GC

यहाँहरुको प्रत्येक पल लाभदायी रहोस् -हार्दिक शुभेच्छा @educationbhuwan.blogspot.com

Sunday, November 23, 2014

मानसिक रोग

मानसिक रोग

मानिस तथा पशुहरूको दिमागी संतुलन बिग्रेर अथवा मानसिक असन्तुलनका कारण देखा पर्न सक्ने विभिन्न रोगहरूलाई मानसिक रोग भनिन्छ। मानिस तथा पशुहरूको मानसिक स्थिति बिगार्ने रोगहरू धेरै प्रकारका छन्। मानसिक स्थिति खराब अथवा कमजोर भएमा कति पए मान्छे तथा पशुहरू बौलाउने पनि गर्दछन्।

मानसिक रोगका कारणहरू

मानसिक रोगको सम्बन्ध मन र मस्तिष्क दुवै तर्फ छ। यसैले मानसिक रोगको असर पनि मन र मष्तिस्क दुवैमा पर्न जान्छ। प्राय: जसो मानसिक रोगी हुन सक्ने मुख्य कारणहरू यस प्रकार अनुभव गरिएको छ। मानसिक रोगको सिकार भएका मानसिक रोगीहरूको अवलोकनानुशार मानसिक रोग लाग्न सक्ने कारणहरू मनो चिकत्सक तथा मनो वैज्ञाकहरूले निम्नानुशार सिद्ध गरेका छन्।

मन

मन चलायमान हुन्छ मन नै शरीरको वाहक हो जसले यो देहलाई सहि अथवा गलत मार्गमा डोराएर लैजान्छ। यसैले हाम्रो धर्म तथा पुराणहरूमा विद्वानहरूले मन माथी ठूलो वर्णन गरेको पाइन्छ यस्तै आजको वैज्ञानिक युगमा पनि मनको मानव मानव शरीर माथी प्रमुख अस्तित्व छ। यदी कसैले मनलाई वसमा राख्न सक्दैन भने त्यो व्याक्ती मानसिक रोगको सिकार हून्छ।

मस्तिष्क

मस्तिष्क सजीव प्राणिको प्रमुख अंग हो। मस्तिष्कलाई दिमाग तथा शिर्ष पनि भनिएको छ। शिर्ष भन्नाले मुख्य भन्ने बुझिन्छ। मस्तिष्कमा कुनै पनि बाहिरिय अथवा भित्रीय चोट पर्न गएर व्याक्ती मानसिक रोगको सिकार हुन सक्छ।

सरुवा मानसिक रोग

केहि रोगहरू सरुवा हुन्छन्। जो एक प्राणिबाट अर्को प्राणिमा सर्छन्। जुन सरुवा रोगले रोगिलाई मानसिक असर पुगाउँछ त्यस्तो रोगलाई सरुवा मानसिक रोग भनिन्छ। व्याक्तीलाई मानसिक रोगीको सिकार बनाउने सरुवा मानसिक रोग पनि एक कारण हो।

केही प्रचलित मानसिक रोगहरू

हुनत प्रत्यक व्याक्ती कुनै न कुनै मानसिक रोगको सिकार हुन्छ। जस्तै निदमा बोल्नु, एक्लै बरबराउनु, रक्शी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्वेसनी बन्नु अचानक रिसाउनु आदी सबै मानसिक रोग नै मानिन्छ तर कुनै खास रोगका कारण व्याक्तीको मानसिक सन्तुलन पुरै बिग्रेर व्याक्तीको दिमागले सही काम गर्न छोड्छ भने त्यसलाई पूर्ण रूपले मानसिक रोगको सिकार भएको मानिन्छ। यसरी व्याक्तीलाई पूर्ण मानसिक रोगी बनाउने खालका केही रोगहरू यस प्रकार रहेका छन्।

No comments:

Post a Comment

सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस   -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी   सम्मान तथा सशक्तिकरणहे...

Most viewed