GC

यहाँहरुको प्रत्येक पल लाभदायी रहोस् -हार्दिक शुभेच्छा @educationbhuwan.blogspot.com

Monday, June 6, 2011

राजनीतिले बिगारेको देश

राजनीतिले बिगारेको देश
    कुनै पनि व्यक्ति, समाज, क्षेत्र र देशलाई कुनै विचार, भावना वा नीतिले डोर्‍याएको हुन्छ, गतिशील बनाइरहेको हुन्छ । जस्तो सोच, विचार, दर्शन छ, त्यसैले अगाडि बढाइरहेको हुन्छ । नेपालको पर्रि्रेक्ष्यमा यस देशलाई राजनीतिले पटक पटक दुख दिएको छ, चिथोरेको छ, शोषण गरेको छ ।
राजनीति . राज ± नीति
अर्थात् समाजमा भएका सोझा साझा व्यक्तिहरूमाथि आफ्नो वर्चस्व कायम राख्दै राज गर्ने वा शासन गर्ने नीति । नामले नै स्पष्ट पारेको यस नीतिको आफ्नै व्याख्या भएका छन् विगतदेखि वर्तमानसम्म । परापर्ूवकालदेखि नै राजनीतिबारे चर्चा परिचर्चा हु“दै आएका छन् । तर यसको वास्तविक अर्थ ठूलाबडाले राज गर्ने शोषण गर्ने नभई समाजले राज गर्ने, व्यवस्थित हुने नीति हो । तर पछि नेता, राजाहरूले राज गर्ने नीतिको अर्थ बन्यो राजनीति । त्यसैले यहा“ राजनीतिको विरोध हैन, त्यो बुझने शैलीको शब्दको विरोध हो ।
त्यसैले वास्तविकरूपमा समाजका लागि हो भने राजनीति होइन, समाजसेवा नीति हुनर्ुपर्छ । राजनीति शास्त्र होइन, समाजसेवा नीति शास्त्रको पढाइ हुनर्ुपर्छ ।
त्यसैले राजतन्त्र अहिलेसम्म हटेको छैन । हाल राजाको नाम मात्र हर्टाई समाजसेवी नेताको आवरणमा राज गर्ने, राजनीति गर्ने राजा अर्थात राजनेताहरू शोषण गरिरहेका छन् । देश पल पल इतिहासमा पनि शोषित भयो, हाल पनि भइरहेको छ । समाजसेवा नीतिको आवरणमा हर्ुर्केको राजनीतिको शोषणमा पिल्सिरहेको छ देश ।
इतिहासमा
यहा“ राज गर्ने परम्पराले नै गर्दा विगतका राजा रजौटाको राज गर्ने शासनमा यहा“का जनताहरू कति शोषित भए, कति विलिन भए इतिहासले स्पष्ट देखाएको छ । राज गर्ने शासनका तात्कालिन बाइसे तथा चौविसे राज्यबीचको एक आपसको राजनीतिमा कति निदोर्षनेपालीले ज्यान गुमाए, शोषित भए त्यसको कुनै यकिन छैन । राजनीतिको चरम उत्कर्षा विगतमा राजपरिवारका आफ्नै सदस्यलाई समेत मारेर राज गर्नै मौका छोप्ने सम्मको कार्य गर्नेको अधिनमा रहेका भाइभारदारहरू कति शोषित भए, त्यहा“का जनताहरू कसरी मर्ुख बनाइए, त्यसको पनि गणनासम्म गर्न सकिदैन । यस्तै राजनीतिले गर्दा कैयौ“ नेपालीले ज्यान गुमाए, औपचारिक सहिद बनाइए, कति नेपालीहरूले अज्ञात मृत्यु वरण गरे, यी कुराहरू ऐतिहासिक रहस्यमै विलिन भएका छन् ।
यसै राज गर्ने नीतिकै परिणामस्वरूप कोतपर्व, भण्डारखाल पर्व, जनयुद्ध, राजदरवार हत्याकाण्डलगायत विभिन्न घटना परिस्थितिहरू सबै राजनीतिले जन्माएको काण्डैकाण्डको इतिहासमा सूचीकृत भएका छन् ।
यसकै परिणमस्वरूप देशलाई टुक््रयाउने, देशको अखण्डता, इज्जतमा आ“च पुर्‍याउने, देशको रगतमा होली खेल्ने हजारौ“ लाखौ“ घटनाहरू छन । जसअर्न्तर्गत सुगौली सन्धी, कुटनीतिक सम्बन्ध, दौत्य सम्बन्धजस्ता विविध सम्बन्धका साथै स्वार्थ लुकेका विभिन्न शासन व्यवस्था राणा शासन, पञ्चायत व्यवस्थालगायतका विभिन्न राज गर्ने व्यवस्था र सन्धिहरूले नेपाल आमाका पर्ूव पश्चिमका, तर्राई“का कति भागहरू, नदीनालाहरू टुक््रयाइयो, देशले कति भाग गुमाउनुपर्‍यो, कति नेपालीहरूको बली दिइयो, यसको सम्पर्ूण्ा सत्य विवरण इतिहासको पानामा समेटिन नसकेपनि ब्रह्माण्डको इतिहासमा रहस्यमय भएर बसेको छ । आत्मिक चिन्तन गर्ने सबै नेपालीले यसको आभाष पाउन सक्छन् । सबै कुराहरू इतिहासमा कोरिनुपर्दैन, बोलिनुपर्दैन, व्याख्या गरिनुपर्दैन, स्पष्टिकरण दिनुपर्दैन, के भएको थियो र के भइरहेको छ सबैले आफ्नो आत्मिक चिन्तनबाट चेतना पाएका छन् र पाउन सक्छन् ।
हाल
समाजसेवाको आवरणमा राजनीतिको स्वरूप र नाम परिवर्तन भई केही राहात मिलेको आभाष भएपनि यसको पर्ूव संस्कार, बानी, नीति भने हटेको छैन हालसम्म पनि । परिवर्तनको नाममा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हु“दै केही समाजसेवा नीतिको भावना समेट्ने कोशिश गरिएतापनि त्यो कुरा आवरणमा मात्र सीमित भएको छ । समाजसेवा नीतिकै आवरणमा धकेलिदै धकेलिदै सुस्तरूपमा समाजसेवा भइरहेको छ । तर जनताले नदेखेको स्थानहरूबाट व्यक्तिगत स्वार्थसिद्धिका लागि को कति लागि परे र लागिपरिरहेका छन्, त्यो केवल ती संलग्न व्यक्तिहरूको आत्मा र प्रकृतिलाई मात्र थाहा छ । यसरी समाजलाई देखाउने आवरणरूपी समाजसेवाले पनि केही विकासको लागि देशलाई धकेलेको अवस्थामा हाल त आवरणमा पनि स्पष्ट राजतन्त्र झल्किन थालेको छ, दृश्य छायांकन भइरहेको छ । कसैको हत्या हुन्छ र खुलेआम त्यसको जिम्मेवारी लिइन्छ, भाषणै पिच्छे गालीगलौज हुन्छ, चरित्र हत्या हुन्छ, आफ्नो राज गर्ने पद्को अभिमानस्वरूप र्सार्वजनिक स्थलमै जनतालाई शोषित गरिन्छ पदीय जिम्मेबारीसहित । यदि समाजसेवा नीति भएको भए सबैले जिम्मेबारी लिन्थे देश विकास गर्नका लागि न कि हत्या हिंसाका लागि । त्यसैले यहा“ स्पष्टरूपमा राजतन्त्र देखिइदै छ । जनतामाथि राज गर्ने तन्त्र । त्यसैले जनतामाथि राज गर्ने तन्त्र र जनतामाथि राज गर्ने नीति उस्तै उस्तै हो ।
राजतन्त्र  . राजनीति -तन्त्र  . तरीका, नीति  . दर्शन)
त्यसैले राजनीति नहटेसम्म राजतन्त्र कदापि हट्न सक्दैन । त्यसैले वास्तविकरूपमा समाजसेवा गर्ने हो भने राजनीतिको अहिलेको भावनालाई अन्त्य गर्ने कोशिश गर्दै समाजसेवा नीतिको स्वार्थरहित धार अवलम्बन गर्नुपर्छ । राजतन्त्रको शब्द हटेपनि यो समयमा अदृश्य राजाहरूले निर्दोष जनतामाथि राज गरिरहेका छन् । कसैले वाकस्वतन्त्रता हुनर्ुपर्छ भन्दै आफ्नो निर्दोष दुःख पोख्न पाउनर्ुपर्छ भन्दै केही बोलेमा भोली त्यसको हत्या भइसकेको हुन्छ । चाहे त्यो शरीरको होस्, चाहे चरित्रको । एउटै नेपालमा एक दलले समाजसेवा नीतिकै आवरणमा आफ्नो गल्तिहरूलाई लुकाएर अर्को दलको भए नभएको दोष लगाउने परम्परा छ । प्रत्येक दिन दलबीचमा कार्यकर्ताहरूको हत्या भइरहेको हुन्छ । हाम्रो पार्टर्ीीे हो भन्दै हत्याराहरूको संरक्षण पनि अर्कोतिर हुन्छ । हाल टोल टोलमा राजाहरू जन्मिरहेका छन्, राजनीति गरिरहेका छन् । ँजहा“ स्वार्थ हुन्छ, त्यहा“ राजनीति हुन्छ, जहा“ राजनीति हुन्छ त्यहा“ स्वार्थ हुन्छ’ हाल राजनीतिको परिभाषा यो बनेको छ । त्यसैले स्वार्थरहितको राजनीतिलाई समाजसेवा नीति भनिन्छ । यदि कोही स्वार्थरहित सेवा गर्दै समाजसेवीको रूपमा अगाडि बढ्छ भने सबैले आत्मिक साथ दिन्छन् । त्यही साथको फलस्वरूप उसलाई माथि उभ्याइन्छ तर बिस्तारै समाजसेवा गरेवाफत पाएका सुखसुविधामा लिप्त हु“दै उसमा स्वार्थ पलाई समाजसेवीको आवरणमा राजनीतिको बीउ“ अंकुरण हुन थाल्छ र ऊ समाजसेवी होइन तिनै जनतामाथि राज गर्ने राजनेता बन्दछ ।
त्यसैले वास्तविकरूपमा देशको विकास गर्न चाहने हो भने आफ्नो सीमित स्वार्थलाई होइन देश विकासको स्वार्थलाई अघि बढाऔ“ । यो यस दलको, ऊ अर्को दलको नभनी एउटा नेपालीको रूपमा हेरौ“ र सक्षमलाई समाजसेवा नीतिअर्न्तर्गत समाजसेवी बनाऔ“ न कि राजनीति अर्न्तर्गतको राजनेता । त्यसैले सबैतिर समाजसेवा नीतिको चेतना विस्तार गरौ“, जसमा आफूले नपाएर पनि देशका लागि केही गर्ने चिन्तन होस्, आफूले देशबाट के पाए“ होइन, देशलाई के दिए भन्ने प्रश्न होस्, यस छोटो जीवनमा देशका लागि केही पनि त दिन सकेको छैन भन्ने उत्तर होस् तब मात्र यो देश, देश बन्दछ, तबमात्र हाम्रो जीवन सफल हुन्छ । आखिर यो शरीर सबैले त्यागेर जानुछ भने किन देशका लागि त्याग नगर्ने - तर वास्तविकरूपमा हर्ेर्ने हो भने त्यागभित्र लुकेको प्राप्ति नै प्राप्ति छ, जुन प्राप्ति देशका लागि हुनेछ, देशभित्र रहने नेपालीका लागि हुनेछ, हाम्रो लागि हुनेछ । त्यसैले यसरी प्राप्ति हुने शान्तिलाई किन नखोज्ने - यो हामी सबैले चिन्तन मनन गर्ने विषय हो ।
जति पनि मेसिनहरू छन् त्यसलाई त्यसकै लागि बनेको एउटा सिस्टमले चलाउ“छ भने मानिसलाई चलाउन मान्छेकै लागि बनाइएको भौतिक सिस्टमले मात्र काम गर्दैन । त्यस्ता सिस्टम त कति भंग हुन्छन् कति । तर मान्छे चेतनशील प्राणी भएकोले मान्छेलाई नीतिले चलाउन सक्छ । यदि राजनीति छ भने जनतामाथि राज हुन्छ, यदि समाजसेवा नीति छ, यसको भावनाको आत्मिकरूपमा चेतना आएको छ भने समाजसेवा हुन्छ, देशको सेवा हुन्छ, देशको विकास हुन्छ ।
त्यसैले राजनीतिले देशलाई कति बिगारेको छ, कति पछि पारेको छ, कति बिगारिरहेको छ र कति विगार्ने छ भन्ने कुरा एउटा विचार, विश्लेषण र व्यक्तिगत धारणा मात्र नभएर ऐतिहासिक तथ्यांकले स्पष्ट देखाएको कुरा हो र हाल पनि इतिहास कोरिदै नै छ । त्यसैले राजनीतिले यसरी बिगारेको देशमा समाजसेवा नीति लागू गर्ने कि -

-भुवनराज पाण्डेय
अत्तरिया, कैलाली


No comments:

Post a Comment

सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस   -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी   सम्मान तथा सशक्तिकरणहे...

Most viewed