भूमिका
‘तीर्थ’ संस्कृत शव्द हो जसको अर्थ हुन्छ ‘पापदेखि तारने’, ‘पुण्य स्थान’ । पुण्यसंचय र पापको निवारक नै धर्मको मूख्य उद्देश्य बताईन्छ । मानव समाजमा धर्म भावनाकासाथ तीर्थहरुको कल्पनाको विस्तार भएको छ । नेपाल, भारत बाहेक अन्य देशहरुमा पनि यस्तैै धारणा र कल्पनाले अनेक तीर्थहरुको निर्माण गरिएको छ । मनुले धर्मका दश लक्षण बताएका छन् । धृतिःक्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः। धीर्विया सत्यमक्रोधो, दशकं धर्मलक्षणम् ।। (धृति–धैर्य), क्षमा(अरुले गरेको अपराध माफ गरि दिनु, क्षमाशील हुनु), दम(आप्mनो वासनालाई नियन्त्रणमा राख्नु), अस्तेय(चोरी नगर्नु), शौच(भित्री र वाहिरी शुचिता), ईन्द्रिय निग्रहः(ईन्द्रियलाई वशमा राख्नु), धी(बुद्धिमत्ताको प्रयोग), विद्या(ज्यादा भन्दा ज्यादा ज्ञान हासिल गर्नु), सत्य(मन वचन कर्मले सत्यको पालन) र अक्रौध(रिस नगर्नु) । धर्मको सर्वस्व के हो । सुन र सुनेर त्यही अनुसार गर । आफुलाई जे राम्रो लाग्दैन, त्यस्तो आचरण अरुलाई पनि नगर । सामान्य रुपमा कुनै जल वा जलखंडका किनार स्थित पुण्य स्थानलाई तीर्थ सम्झिन्छ । पद्यपुराणको ‘तस्मात् तीर्थेषु गंतव्यं नरैः संसारभीरुभिः पुण्योदकेषु सततं साधुश्रेणि विराजिषु’। पद्यपुराणमा लाक्षणिक आधारमा तीर्थको व्यापक अर्थ लगाएर गुरुतीर्थ, माता पिता तीर्थ, पतितीर्थ र पत्नीतीर्थको उल्लेख गरिएको छ । गुरु आप्mनो शिष्यको अज्ञानमय अन्धकारलाई टाढा गर्दछन् । अतएव शिष्यहरुकालागि गुरु नै परम तीर्थ । पुत्रहरुकालागि मातापिताको पूजन नै तीर्थ । पत्नीकालागि पति सबै तीर्थहरुका समान । व्यक्तिको कल्याण तथा उद्धारका लागि पत्नी सबैभन्दा ठूलो तीर्थ बताईएको छ । ज्ञान एवं गुणदेखि सम्पन्न सदाचारिणी तथा पतिव्रता स्त्री सवै तीर्थहरुका समान छिन् र यस्तो स्त्री जुन घरमा निवास गर्छिन्, त्यो घर तीर्थस्थान बन्न जान्छ । श्रीमद्भागवतमा भगवानका प्रिय भक्त स्वयं तीर्थका समान हुन्छन् । स्कंदपुराणको काशीखंडमा तीनप्रकारको तीर्थहरुको उल्लेख पाईन्छ । जंगम, स्थावर र मानस । जंगम तीर्थ ब्राह्मणहरुलाई बताईएको छ । ब्राह्मण पवित्र स्वभावका हुन्छन् । यस कारण तिनको सेवा गर्नाले तीर्थको फल मिल्दछ । सवै पाप नष्ट हुन्छन् र कामनाहरुको सिद्धि हुन्छ । पृथ्वीतलका कतिपय पुण्य स्थानहरुलाई स्थावर तीर्थ भनिएकोछ । यस्ता तीर्थहरुमा जानाले उत्कृष्ट फलको प्राप्ति हुन्छ । सत्य, क्षमा, इन्द्रिय निग्रह, दया, ऋजुता, दान, दम, ब्रह्मचर्य, विप्रवादिता, ज्ञान, धैर्य आदि ऊध्र्वमुखी मनको वृत्तिहरुलाई मानस तीर्थ भनिएको छ । समस्त तीर्थहरुमा मानसतीर्थलाई नै अधिक महत्व दिईएकोछ । सत्यमा तीर्थ छ । इन्द्रियहरुमा नियन्त्रण राख्नुमा तीर्थछ । सब प्राणीहरुमा दया गर्नुमा तीर्थछ । सरलतामा तीर्थछ । दानमा तीर्थछ । मनको संयममा तीर्थछ । संतोषमा तीर्थछ । ब्रह्मचर्यमा परम तीर्थछ । प्रिय वचन बोल्नुमा तीर्थछ । ज्ञानमा तीर्थछ, धैर्य छ । मानस तीर्थको महत्वलाई बताउँदै लेखिएको छ कि इन्द्रियहरु र मनोविकारहरुलाई वशमा राखेर मनलाई शुद्ध राख्नु नै तीर्थको श्रेयस्कर छ । केवल शरीरका मललाई उतारेर मात्र मानिस निर्मल हुंदैन । मनको मलको परित्याग गर्नुमा नै त्यो भित्रै देखि निर्मल हुन्छ । विषयहरु प्रति अत्यन्त आसक्ति हुनुलाई पनि मनको मल भनिन्छ । ती विषयहरुमा वैराग्य हुनु नै निर्मलता कहलाउँछ । अन्य धर्महरुमा तीर्थयात्रा ः
बौद्ध धर्ममा पनि तीर्थयात्राको महत्व मानिएको छ । लुम्बिनी (वुद्धको जन्म स्थान), गया (बुद्धको बोद्धप्राप्तिको स्थान), सारनाथ (बुद्धले सवैभन्दा पहिले उपदेश दिएको स्थान) र कुशीनगर (बुद्धको परिनिर्वाण भएको स्थान) यी चार स्थानहरुलाई तीर्थको रुपमा मानिएको छ । स्वयं बुद्धले आप्mना शिष्यहरुलाई यी चार स्थानहरुको तीर्थयात्रा द्वारा पुण्यार्जन गर्न आदेश दिएका थिए । बुद्धको अस्थीहरु आरम्भमा विभाजित कुशीनगर, वैशाली, कपिलवस्तु, रामग्राम, पावागढ, बेठद्वारका र अल्लकप्प यी स्थानहरु जहाँ जहाँ राखियो त्यहाँ स्तूप बने । यी स्तुप पनि तीर्थ रुपले पूजित हुन्छन् । जैन धर्ममा समय–समयमा भएका जैन धर्मका प्रचारकहरुलाई तीर्थंकर भन्दछन् । ईसाई धर्ममा प्राचीन कालदेखि नै तीर्थयात्रा लाई पर्याप्त महत्व दिइएकोछ । भारतको पूर्र्वी प्रान्त उडिसामा जगन्नाथ पुरी (कृष्ण), पश्चिमी प्रान्त गुजरातमा द्वारका (कृष्ण), दक्षिणी प्रान्त तमिलनाडुमा रामेश्वर (शिव) र उत्तरी प्रान्त उत्तराखण्डमा वद्रीनाथ (विष्णु)लाई आठौं शताव्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरु आदि शंकराचार्य द्वारा यी स्थानहरुलाई हिन्दूहरुका चारधामको रुपमा नामांकन गरेका थिए । भौगोलिक रुपमा हेर्ने हो भने चारैधामले भारतको पूर्ण बर्ग बनाएको छ, बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा, द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् । उत्तराखण्डको चारधाम भनेर गंगोत्री, यमुनोत्री, केदारनाथ र वद्रीनाथलाइ भनिन थालियो । नेपालमा पनि यस्ता धामहरु नभएका होइनन् । पश्चिम महाकाली देखि पूर्व मेची सम्म जिल्ला जिल्लामा यस्ता देबी देबताका मन्दिर प्रशस्त छन् । हामी चारधाम, तीनधाम जे भने पनि भारतका धामहरुलाई भन्छौं, सम्झन्छौं । भारतका धामहरुमा जसरी भए पनि पुग्ने गर्छाैंं । पुस्तौं देखि भोग चलन गर्दै आएको घर, जग्गा बेचेर भए पनि । नेपालका धामहरुलाई उपेक्षा गर्छौं । यहाँ भारतका धामहरुमा नजानोस भन्न खोजिएको भने होइन । देशि स्याउ खाने नाममा स्वदेशि नास्पातीलाई तिरस्कार नगरौं मात्र भन्न खोजेको । मान्छे न हो जे आफु संग छ वास्ता छैन नभएको कुराको खोजिमा हुन्छ । वारी तिर जति हरियो किन नहोस पारी हरियो देखि राखेको हुन्छ । हाम्रा सेता चाँदी झैं चम्केका, टल्केका हिमशिखरको काखैमा अग्ला, हरिया पहाडको चुचुरावाट छङछङ झरेका मनै लोभ्याउने झरना, नदी नाला, ताल तलैया देखेर ती गोराहरु स्वर्गको आनन्दको अनुभव गरिरहेका हुन्छन् भने हामी देश विदेश तिर गयौं भने समुन्द्रका छाल, अग्ला भवन हेरेर रमाई रहेका हुन्छौं । हिन्दू धर्ममा विभिन्न देवी देवताहरु छन् । कुन देवताको पूजा गर्ने ? भागवत पुराणमा राजा परिक्षितले सुकदेव स्वामीसंग सोध्नु भयो ? हाम्रो पृथ्वी मण्डलमा धेरै देवताहरु छन् । कसलाई मैले देवता सम्झने ? कसैले ब्रह्मालाई भन्छन् त कसैले विष्णु अनि कसैले शिव अझ कसैले अरु देबी देवता । सुकदेव स्वामी भन्नु हुन्छ । धन्दा नमान्नोस परिक्षित राजा धेरै देबी देवता भए पनि विभागका हाकीमहरु जस्तै हुन यी देवी देवता सवैलाई आ–आप्mनो अधिकार दिएको छ । ब्रह्मालाई सृष्टीको, विष्णुलाई पालनको, शिवलाई संहारको, भगवतीलाई ऐश्वर्य बृद्धिको, सरस्वतीलाई विद्याको, रुपको अप्सरालाई, गानाको गन्धर्वलाई, दाम्पत्य जीवन मिलेर वस्नको लागि शिवजीलाई, विद्या विनोदमा शंकरजीको, विध्नहर्ताको लागि गणेश । अन्तमा सवैलाई छोडेर सवैकाम सिद्ध गर्नकोलागि भगवान विष्णुको आराधना गर्नु । नेपालमा पनि त्यस्ता धेरै महत्वका धामहरु छन् । पाशुपतक्षेत्र काठमाण्डौं जिल्लामा पशुपतिनाथ(शिव),उत्तरमा मुक्तिक्षेत्र(मुक्तिनाथ) मुस्ताङ जिल्लामा (विष्णु), पश्चिममा रुरुक्षेत्र
रिडी तानसेन हृषिकेश (विष्णु) र पूर्वमा बराहक्षेत्र सुनसरी जिल्लामा (विष्णु) । यसरि क्षेत्रगत धामहरुको बर्णन गर्दा हरिहरक्षेत्रलाई छुटाउनु कदापि हुंदैन । देवघाटमा मुक्तिक्षेत्रवाट आएको कालीगण्डकी (हरि) र गोशाइकुण्डवाट आएको त्रिशुली (हर) को संगमलाई हरिहरक्षेत्र भनिन्छ । यसको महिमा कम छैन । भारतवर्षका राजा भरतले राजकाज चटक्कै छोडेर प्रभुको नाममा बाँकि जीवन विताउन पवित्र स्थान खोज्दै जाँदा यस हरिहरक्षेत्रमा आई पुग्नु भयो । यो कुरा भागवत पुराणबाट थाहा पाईन्छ । त्यस्तै चक्रवर्ती राजा मुकुन्द सेन । सांसारिक वन्धनदेखि मुक्त हुन स्वेच्छ्याले छोराहरुलाई राजपाट सुम्पिई आप्mनो राज्य पूर्व वराहक्षेत्र, पश्चिम रुरुक्षेत्र, उत्तर मुक्तिक्षेत्र र दक्षिण हरिहरक्षेत्र हुंदाहुंदै पनि आप्mनो जीवनको उत्तराद्र्ध (शेषजीवन) पनि सप्तगण्डकीको संगमक्षेत्र देवघाटक्षेत्रमा विताउनुले देवघाटको गरिमा वर्चस्व कम रहेनछ भन्ने प्रष्ट हुन्छ । यो कुरा ईतिहासबाट थाहा पाईन्छ । यसैले हरिहरक्षेत्रलाई पाँचौ धाम अथवा चारधाम भित्रको पाँचधाम भन्दा फरक नपर्ला । गंगा र यमुनाको संगम जसरी पवित्र छ, त्यसैगरी कृष्णागण्डकी र त्रिशुली जस्ता दुई देवनदीहरुको संगम पनि पवित्र छ । एउटा नदी गोसाईकुण्डबाट उत्पन्न भएर आएको, अर्को दामोदरकुण्डबाट उत्पत्ति भएर आएको दुई फरक फरक दिशाबाट, तर मिलन हुन आएको छ देवघाटमा । यो त्यो भूमिलाई पुण्य बनाउन नै भएको हो । यसैले देवघाटको महिमा अति नै छ । काञ्चीकामकोटी पीठका शंकराचार्यले यो कलिकालमा स्वर्गद्वारीमा यस्तो अपूर्व यज्ञ देख्दा स्वर्गद्वारी साच्चै स्वर्गपुरी भएको अनुभव गरे । नेपालका चारधामहरु कम महत्वका छैनन् । तीनधामको यात्रा गरि सकेपछि चौथो धाम रुरुक्षेत्रको दर्शन गर्न जानका लागि प्रत्येक साल मानिसहरुलाई मुक्तिक्षेत्र, स्वर्गद्वारी, पाथीभरा जस्ता मन्दिरहरुमा लिएर जाने संध संस्थाहरुमा सम्पर्क राख्दा कसै कसैले भने तपाई मात्र हुनु हुँदो रहेछ रुरुक्षेत्र जाउँ भन्ने । अझ कोहीले त यहाँ सम्म पनि भने रुरुक्षेत्र भन्ने मन्दिर पनि छ ? रुरुक्षेत्र जहाँ साक्षात हृिषकेश भगवानको मूर्ति छ त्यस्तो ठाउँको वारेमा थाहा नपाउनु प्रचार प्रसारको कमिको कारणलेनै हो । धार्मिक उद्देश्य या भक्ति भावले पवित्र स्थानमा दर्शन, पूजा आदिको लागि जानु तीर्थयात्रा भन्ने गरिन्छ । तीर्थयात्रा पैदलमा जति आनन्द हुन्छ त्यति गाडिमा हुदैन । जति गाडिमा हुन्छ त्यति रेलमा हुंदैन । जति रेलमा हुन्छ त्यति हवाईजहाजमा हुंदैन । पैदल यात्रा गर्नु मकै र भटमास खानु हो भने अन्य साधनबाट यात्रा गर्नु सातु खानु जस्तै हो । धार्मिक उद्देश्यले कुनै पवित्र मन्दिरमा धेरै मानिसहरु मिलेर यात्रा गर्नेलाई यात्री भनिन्छ । हिन्दू धर्मशास्त्रमा यात्राको फाईदा लिने हो भने यातायातको साधन प्रयोग नगरि पैदलै छाता र अन्य कुनै सामानको समेत प्रयोग नगरि गर्नु भन्ने छ । पुण्यका इच्छुकहरुले नजिक र यातायातको सुविधा हेर्दैनन् । शास्त्रीय प्रमाणमा चल्दछन् । शुक्लयजुर्वेदमा भनिएको छ हात–हतियारले सुसज्जित भई विभिन्न तीर्थ तथा धार्मिक स्थलमा भ्रमण गर्दै हिड्ने रुद्र भगवान्ले हामी सबैको कल्याण गरुन् । यसैले तीर्थयात्रामा निस्कदा कुनै डरत्रास लिएर हिड्नु पर्दैन । तर अहिले धर्मशास्त्रमा वर्णन गरे अनुसार गाडी नचिढी अझ छाता समेत नओढी तीर्थयात्रामा जान सम्भव छैन ।
मन्दिरहरुमा जानु केवल गाडी चढ्ने, मिठो मिठो खाने, धर्म कमाउने उद्देश्यले मात्र नभएर जहाँ गयो त्यहाँको प्रकृति, पर्यटक स्थल, ऐतिहासिक स्मारक, हेर्नु । भूगोल, ईतिहास, संस्कृति, सभ्यता, भाषा आदिको जानकारी प्राप्त गर्नु । व्यक्ति रहन सहन, भेषभुषा, रिती रिवाज, खान पान, बोली चालीको प्रत्यक्ष संम्पर्कमा आउनाले त्यस क्षेत्रको अवलोकन, अध्ययनवाट उपयुक्त ज्ञान प्राप्त गर्नु पनि हुनेछ । यो मनोरन्ंजक हुन्छ र ज्ञान बर्धक पनि । यहाँवाट प्राप्त ज्ञान स्थिर र अमिट हुन्छ । आफैंले आँखाले देखेको कुरा जीवन पर्यन्त याद रहि रहन्छ । हाम्रो आत्मविश्वास पनि वढ्छ । पहाड, सागर आदिको भ्रमण गर्दा हाम्रो साहसिक प्रवृत्ति पनि वढ्छ र शारीरिक विकास पनि हुन्छ । जसले हामीलाई जीवनमा आईपर्ने कठिनाईको सामना गर्न मद्दत मिल्दछ । कम्तीमा वर्षको एक पल्ट समय मिलाएर आप्mनो परिवार, ईष्ट मित्र, साथी भाई धेरै मानिसहरुका साथ यात्रा गर्नु राम्रो हुन्छ । जसरि दिनभरको थकानलाई रातको निद्राले मेट्छ त्यस्तै सधैं एकनासको जीवनयापन बाट दिक्क भएको हाम्रो मन मष्तिक पुनः ताजा गराउंछ यात्राले । तीर्थयात्रीहरुले तीर्थयात्रा संस्मरण गराउँदा कसैले कठिन भन्दा कठिन तीर्थयात्रालाई पनि हल्का रुपले संस्मरण गराउने, कसैले सरल भन्दा सरल तीर्थयात्रालाई पनि कठिन रुपमा संस्मरण गराई दिनाले र त्यसैलाई आधार मानेर तीर्थयात्रा गर्दा त्यो तीर्थयात्रा राम्रो नहुन सक्छ यसैले तीर्थयात्रालाई जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिश गरेका छौं । तीर्थयात्रा गरि सकेकाहरुवाट यसको मूल्यांकन गर्नु हुने नै छ । नेपालका चारधाम र अन्य मन्दिरहरुको महत्व पनि कम छैन भन्ने उद्देश्यले ती धामहरुको यात्रा गरेर तीर्थयात्रीहरु सामु तीर्थयात्रा संस्मरण ल्याउन २०६९ साल देखि सुरु गरेको तीर्थयात्रा २०७४ सालको अन्तमा केही मात्रामा पूरा भयो । जे जति पूरा भयो । तीर्थयात्राको क्रममा देखेका, सुनेका, भोगेका कुराहरु केरकार, टिपन टापन गरियो । यो केरकार र टिपन टापन पनि हुँदैनथ्यो होला ? जहिले जहाँ जसलाई भेटे पनि ‘मान्छे मर्छ तर अक्षर कहिल्यै मर्दैन’ लेख्नु पर्छ भनेर सदैव घच्घचाई रहने, हौसला दिनु हुने । आपूmपनि त्यसैमा लागि रहने । रस्व दीर्ध देखि कृती प्रकाशन गर्ने सम्पूर्ण व्यवस्था गरि दिने । कृति प्रकाशन भए पछि खुसि हुने रमाउने । कृति ठाउँ ठाउँमा स्वयं वितरण गरि दिने त्यस्ता महान साहित्यकार, अक्षरका पुजारी, आदरणीय सम्धी स्व. प्राध्यापक राममणि रिसालज्यूको भौतिक शरिर आज हामी माझ छैन । वहाँको अनुपश्थिति हामी माझ खट्की रहेकोछ । जन्मे पछि मर्नु पर्ने प्रकृतिको नियम । टारेर टर्दैन । जे होस हुने हुनामि भैसक्यो । वहाँले जगाई दिनु भएको हौसला कायमै छ, रहनेछ । यो वेलामा हामी फेरी वहाँको आत्माको चीरशान्तिको कामना गर्दछौं । हाम्रो तीर्थयात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने छोरा प्रविण, वुहारी सुष्मा, नाती आयान, ज्वाई सरोज मणि रिसाल, छोरी प्रजीना रिसाल नातिनी प्रार्थना रिसाल, भान्जाहरु रिवाज भण्डारी र रितेस भण्डारीलाई धन्यवाद नदिएमा यो तीर्थयात्रा संस्मरण अधुरो रहन्छ । यो टिपोटमा कुनै त्रुटि नहोला भन्न सकिन्न । त्यस्ता त्रुटि औल्याइदिनु भै सहयोग गरि दिनु हुन हार्र्दीक अनुरोध गर्दै यो कलम विट मार्ने अनुमति चाहन्छौं ।
२०७४ माघ १ गते
तीर्थयात्री, वेली गल्ली, बानेश्वर, बत्तिसपुतली काठमाण्डौ – ९
माधव आचार्य
शान्ता आचार्य
४–४८८८०१

No comments:
Post a Comment