गुह्येश्वरी, पशुपतिनाथ
एक दिनको कुरा हो, पशुपतिनाथ मन्दिर परिशर भित्र रहेका मन्दिरहरु को दर्शन गरि उन्मत्त भैरवको पश्चिम, नव दुर्गाको पूर्व पट्टीको पेटीमा वसेर सहयात्रीलाई कुरेर वसिरहेको । नजिकै एकजना भारतीय तीर्थयात्री वसि रहेका । कुराकानीको सिलसिलामा उनले सोधे दक्षिण ढोका अगाडि हात जोडेर वसेको को हो ? मूर्ति प्रष्टै थियो । मलाई भन्न सजिलो । एउटा पूर्व राजा महेन्द्र अर्को पूर्व राजा विरेन्द्र । त्यसपछि उनले फेरी सोधे हामी वसेको अगाडिको भुईको देवता के हो ? ढुंगामा कोरिएका एकैनासका नौवटा चित्र । अहिले घेरिएको त्यति वेला खाली केही पूजा गरे जस्तो । यसो विचार गरेँ नौ वटा चित्र भएकोले नवग्रह हुनु पर्छ भनेर भनी दिएँ । भन्नत भने ! तर आफैंलाई भित्रै भित्र कौतुहल भयो यो नवग्रह नै होत ? उपत्यका भित्रको गाउंमा नै जन्म भएकोले अघिपछि पशुपति नगए पनि वालाचतुर्दशिमा वच्चामा हजुरआमा, आमासँग रातभर वत्ती वालेर भोलि पल्ट वनकालीमा दही च्युरा खाएको सम्झना ताजै छ यो मानसपटलमा । जव काठमाण्डौंको वानेश्वर, वत्तीसपुतलीमै वस्न थालियो । वेला वेलामा दर्शन । कुनै वेला विहान टहलिन सधै पशुपतिनाथ तिर लाग्दा सवै मन्दिरको दर्शन ग¥यो तर ती मन्दिरहरु कुन–कुन देवताका हुन भनेर वुभ्mने कोशिस गरिएन । पशुपतिनाथ परिशर भित्र असंख्य मन्दिरहरु । कति मूर्त र कति अमूर्त । मूर्त मूर्त नै भै हाल्यो । सहजै थाहा भयो । अमूर्तको वारेमा वुझ्ने प्रयास गरिएन । जव कसैले केहीकुरा सोध्छ र जवाफ दिनु पर्दा त्यति वेला महशूस हुने रैछ यो थाहा पाईराखेको भए हुन्थ्यो । जव कसैले कुनै कुराको वारेमा आपूmलाई सोध्छ र कसैलाई यस वारेमा वुझाउनु पर्छ । पशुपतिनाथका वारेमा कसैले सोद्धा र कसैलाई वुझाउनु पर्दाको यात्रा संस्मरण हो यो । एक दिन हामी माधव आचार्य, शान्ता आचार्य, प्रविण आचार्य, सुष्मा आचार्य, सरोज मणी रिसाल, प्रजीना रिसाल र प्रार्थना रिसाल विहान केवल चिया मात्र खाएर ८ बजे तिर पशुपतिनाथ दर्शनका लागि हिड्यौं पैदलै । घरबाट पशुपतिनाथ मन्दिर नजिकै भएका कारण कुनै यातायातको सहारा लिनु परेन । वेली गल्ली, लाल वहादुर वम मार्ग, वत्तीसपुतली हुंदै गौशाला चोकमा पुग्यौं । भगवान् पशुपतिनाथको मन्दिर र पावन पशुपति क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूजनको श्रद्धा र आस्थाको केन्द्रविन्दू एवं पवित्र तीर्थस्थलका रुपमा रहि आएको । देवपाटन, जयवागेश्वरी, गौरीघाट, चावहिल, कुटुम्बहाल, सिफल, गौशाला र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रलाई ओगटेर २६४ हेक्टरको क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रमा ४९२ साना ठूला विभिन्न शैलीका मठ मन्दिर, सत्तल, ढुंगेधारा, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलिङ्ग रहेका छन् । पशुपतिनाथ मन्दिर काठमाण्डौं जिल्लाको वडा नं ८ मा बागमती नदीको किनारमा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा
पर्दछ । सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । शैव, शाक्त, वैष्णव, वौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्त जनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र वनेको छ । पशुपतिनाथमा मूख्य रुपमा शिवजीको पूजा हुने भएकोले शिवरात्री पर्व विशेष महत्वका साथ मनाइन्छ । भगवान शिव देवताका पनि देवता भएकाले उनलाई ‘महादेव’ । चाँडै खुसि हुने ‘भोलेनाथ’ । सवैलाई वरदान दिने ‘भोलेबाबा’ । संसारकै देवता ‘विश्वेश्वर’ । योग सिकाउने पहिलो ‘आदियोगी’ । योग गुरु ‘योगेश्वर’ । मार्कण्डेय ऋषिलाई यमराजबाट वचाएकाले ‘महामृत्युञ्जय’ । प्रकृती र पुरुष दुवै ‘अर्धनारीश्वर’ । ब्रह्माको छोरा दक्षलाई दण्ड दिएकाले ‘दक्षेश्वर’ । कस्मीक नाचका राजा ‘नटराज’ । इच्छा पूरा गरिदिने ‘आशुतोष’ । ईश्वरका पनि ईश्वर ‘महेश्वर’ । तेस्रो आंखा भएकाले ‘त्रयम्बकम्’ ‘त्रिलोचन’, ‘त्रिनयन’ । समयको वावु ‘महाँकाल’ । निलो घाँटी भएकाले ‘नीलकण्ठ’, जटा परेको कपाल भएकाले ‘जटाधारी’, शिरमा गंगा भएकाले ‘गंगाधर’, शरीरमा खरानी घस्ने ‘भष्मागर’, बाघको छाला ओढ्ने ‘बाघम्बर’, शरीरमा सर्पहरुको माला बेर्ने ‘नगेन्द्रहार’ । डमरु वोक्ने ‘डमरुवाला’ । त्रिशूल बोक्ने ‘त्रिशूलधारी’ । कैलासमा वस्ने ‘कैलासपति’, पार्वतीका पति ‘पार्वतीपति’(उमापति) । रामका पनि इश्वर ‘रामेश्वर’ । त्रिपुर दहन गरेकाले ‘त्रिपुरारी’ । वलियो भएकाले ‘महावलेश्वर’ । किराँतरुप धारण गरेकाले ‘किरातेश्वर’ । अन्य नामहरुमा ‘परमेश्वर’, ‘इशान’, ‘गुरुदक्षिणामूर्ति’, ‘महेश’, ‘हर’ ‘शंकर’, ‘रुद’ ्र, ‘गिरिश’, ‘अरिहन्त’, ‘भार्गभ’, ‘भव’, ‘भवेश’, ‘चन्द्रशेखर’, ‘इशान’, ‘गौरीनाथ’, ‘तपेश्वर’, ‘त्रिलोकनाथ’, ‘जयवर्धन’, ‘जपेश’, ‘जतिन’, ‘जयन्त’, ‘जोगेश’, ‘जोगिन्दर’, ‘जोगराज’, ‘उमाकान्त’, ‘उमानन्द’, ‘उमेश’, ‘उमेश्वर’, ‘केदार’, ‘किरात’, ‘महामणि’, ‘महेश’, ‘मंगेश’, ‘मुकेश’, ‘नगेन्द्र’, ‘नगेश’, ‘नकुल’, ‘निरन्जन’, ‘ओमकारनाथ’, ‘विरभद्र’, ‘विराटेश’, ‘पुस्कल’, ‘रनेश’, ‘शक्तिधर’, ‘शशिभुषण’, ‘शशिशेखर’, ‘शेखर’, ‘शिवेन्द’्र, ‘शिभेश’, ‘यमजित’, ‘योगेश’, ‘शिवशंकर’, ‘शोपान’, ‘शुशिल’, ‘शम्भु’, ‘स्वयम्भु आदि जस्ता हजारौं नामले पुकारिन्छन् । असुर, राक्षसहरुले पनि पूजा गर्ने देवता । शिव सत्यम, शिभम्, शुभम्, सुन्दरम् र कान्तम् हुन् । शिवमा परस्पर विरोधी भावहरुको सामन्जस्य हेर्न पाईन्छ । शिवको टाउकोमा एकातिर चन्द्रमा छ भने अर्को तिर महाविषधारी सर्प पनि उनको घांटिमा माला छ । उनी अर्धनारीश्वर भएर पनि कामजित छन् । गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी छन् । सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र छन् । शिव परिवारमा भूत, प्रेत, सिंह, मयूर तथा मूषक सवैको समभाव देख्न सकिन्छ । जसले पशुको रक्षा गर्छ उसैलाई ‘पशुपति’ भनिन्छ । जसले आप्mनो ईन्द्रियहरुलाई जितेको हुंदैन, ईन्द्रियहरुलाई वशमा राख्न सक्तैन उही पशु हो । पशु स्वयं आप्mनो वन्दन खोल्न सक्तैन । जो मानव वन्छ उसले वन्दन खोल्छ । जुन मानिसलाई पशु वनाउने काम, क्रोध, लोभ र मोहलाई नै भगवान शिवले संयम गराउनु हुन्छ । शिवको नामले नै काम, क्रोध, लोभ र मोह नष्ट हुन्छ । जस्को कोई छैन नाथ उसको ‘पशुपतिनाथ’ । हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरुमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । महाभारतमा भगवान शिवको अस्त्रलाई ‘पाशुपतास्त्र’ भनेर बर्णन गरिएको छ । महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।
महाभारत युद्ध जिते पछि पाँच पाण्डव भ्रातृहत्याको पापबाट मुक्ति पाउन चाहन्थे । तर यो पापबाट मुक्ति पाउन शिवको कृपा जरुरी थियो । शिवको दर्शनका लागि पाण्डवहरु काशी गए । त्यहाँ शिवलाई भेट्न सकेनन् । शिवजी खोज्दै हिमालयमा पुगे । शिवजी पाण्डवलाई दर्शन दिन चाहदैनथे । त्यसैले शिवजी केदारनाथमा गएर अन्तध्र्यान भएर वसे । पाण्डवहरु पनि के कम खोज्दै केदारनाथ पुगे । शिवले पाण्डवहरुवाट बच्न वयलको रुप धारण गरे र पशुहरुको हुलमा गएर समावेश भए । पाण्डवहरुलाई शंका लाग्यो तव भिमले आप्mनो गोडा दुई पहाडमा फैलाई दिए । यस वीचमा सवै गाई भैसी निक्लीए तर शिवरुपी वयल भीमको गोडाको मुनि आउन तयार भएन । भीमले शिवरुपी वयललाई गएर समात्न लागे । तव वयल अलि अलि गरि जमिनमा अन्तधर््यान हुन लाग्यो । भीमले पछाडिको भाग समाते । तव शिव पाण्डवहरुको अशिम श्रद्धाले अति प्रसन्न हुदै उनीहरुलाई दर्शन दिदै भाई हत्याको पाप वाट मुक्त गरि दिए । केदारनाथमा शिवजीको पछाडिको भाग र पशुपतिनाथ शिवजीको अगाडिको भाग भनिन्थ्यो भने अहिले भक्तपुरको डोलेश्वर महादेवलाई शिवजीको अगाडिको भाग भनिन्छ । शिवजीको हात तुङ्ग नाथमा । मुख रुद्रनाथमा । नाभी मदमेश्वरमा । जटा कल्पेश्वरमा । यी चार पवित्र स्थान समेत केदारनाथलाई ‘पञ्चकेदार’ भनिन्छ । शिव सृष्टिकर्ता हुन् संहार कर्ता पनि हुन् । शिव वुढो पनि हुन् जवान पनि हुन् । उनी अत्याचारलाई निर्मुल पार्छन । देवताहरुको रक्षा गर्छन् । उनी वर्तमान हुन भविष्य पनि हुन् । विश्व भरिका हिन्दूहरुको पवित्र स्थलका रुपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएकोछ । भारतको चारधामको दर्शनपछि पशुपतिनाथको दर्शन गरे पछि मात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेकोछ । यो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएका हुन् । भगवान पशुपतिनाथको मन्दिर वरपर रहेका विभिन्न शैलिका मठ मन्दिर स्तूप, विहार तथा साधना द्वारा वेष्ठित क्षेत्रलाई ‘पाशुपत क्षेत्र’ भनिन्छ । काठमाण्डौं उपत्यकाको प्राचिन इतिहास ः काठमाण्डौं उपत्यकाको उत्पत्तिका बारेमा विभिन्न कुराहरु सुन्नमा आउँछन् । बौद्धमार्गीहरुको भनाई अनुसार । काठमाण्डौं उपत्यका पहिले ताल थियो । एक पटक मञ्जुश्री चीनवाट आए र कमलको पूmलको विउ तलाउमा रोपे । केही दिन पछि त्यो विउ उम्रेर विरुवा भयो । उनले चोभार नजिक आप्mनो तरवारले काटेर तलाउको पानी बाहिर पठाई दिए पछि यो ठाउं वस्नको लागि उपयुक्त भयो । मञ्जुश्रीले ‘धर्माकर’ नाम गरेका मानिसलाई उपत्यकाको राजा वनाएर पशुपति नजिक देवपत्तन नाम गरेको शहर वनाए । हिन्दू धर्म अनुसार द्वापर युगमा भगवान श्रीकृष्ण भारतको द्वारकावाट ग्वालाहरुका साथ नेपाल आए । ग्वालाहरुले साथमा गाई पनि लिएर आएका थिए । पहिले तिनीहरुलाई ‘गोपाल’ भनिन्थ्यो भने अहिले ‘यादव’ भनिन्छ । भगवान कृष्णले आप्mनो सुदर्शन चक्रले चोभारको डांडो काटि दिए । तालको पानी बाहिर गयो । ताल उर्वरा भूमिमा परिणत भयो । उनीसंगै आएका ग्वालाहरु नयाँ ठाउँमा वस्न चाहे । तिनीहरुसंगै धेरै गाईहरु थिए । ती गाईहरु मध्ये एउटा गाईले सधैं दुध नदिएकोले के कारण हो वुझ्न खोजे । गाई संगै पछि लागेर हिडे । वनको एक ठाउँमा पुगे पछि गाईको थुनबाट दुधको धारा वग्दथ्यो । उनले त्यो ठाउँमा के रहेछ भनेर खनेर हेर्ने विचार गरे । खन्दा त्यहाँ ठूलो प्रकाश निस्क्यो र खन्ने ग्वालाहरु प्रकाशले जलेर मरे । त्यसपछि उनैका छोरा भुक्तमान त्यहाँको राजा भए । त्यही ग्वालाको गाईले सधैं दुध चढाएको ठाउं नै हो आजको ‘पशुपतिनाथ’ ।
गौशालावाट चावहिल जांदा पहिलो चौवाटो आउंछ, त्यसका बायाँपट्टीकै बाटो हुदै सिफल तर्फ जांदा दायाँपट्टी ताम्रेश्वर महादेवको मन्दिर छ । त्यहां दर्शन गरी श्री जयबागेश्वरी आउनु पर्छ ।
जयबागेश्वरी ः उहिले काठमाण्डौंका जनतामा शिक्षाको चेतनास्तर कम भएका बखत श्री पशुपतिनाथसंग प्रार्थना गर्दा खुसी भई कैलाश
मानसरोवरमा गई नील सरस्वतीलाई प्रार्थना गरी खुसी तुल्याई ल्याउ भनी शिक्षा, वुद्धी ज्ञानको चेतना पनि अभिवृद्धी होला भन्दा यहांवाट भक्तहरु गई नीलसरस्वतीलाई खोजी गरे । भेट्न नसकी पुनः शिवजीकै ध्यान गरेपछि शिवजी प्रसन्न भई उत्तरपूर्व कुनामा गई हेर नीलसरस्वतीको दर्शन हुनेछ भनी मनाई खुसी तुल्याई लैजानु भन्ने स्वप्न भयो । भक्तहरुले त्यसै गरी नीलसरस्वतीको ध्यान पाठ गरी खुसी तुल्याएपछि यी जयबागेश्वरी नेपाल, काठमाण्डौंमा स्थापना गरियो । यस पीठमा आदि गणेश पनि छन् । जसको सुंड छैन र पूर्ण शरीर छ । यी देवी कैलाशवाट यहां आई बसेकी हुन । यिनिसंग वर्षको एकपटक पशुपतिनाथले भेट र उपहारसमेत दिने गर्दछन् । भुवनेश्वरी मन्दिर ः गौशालावाट पशुपति र गुहेश्वरी जाने वाटोमा छ भुवनेश्वरी मन्दिर । भुवनेश्वरी मन्दिर दुई तले ‘प्यागोडा’ शैलीमा वनेको छ ।
प्यागोडा ः
प्यागोडा शैली र शिखर शैली वास्तुकलाको एक निर्माण शैली हो । प्यागोडा शैलीमा भवनहरुमा तलै पिच्छे पाली निकालेर वनाइन्छ । यो निर्माण शैली नेपाल, भारत, म्यानमार, इण्डोनेशिया, थाइल्याण्ड, चीन, जापान, कोरिया, भियतनाम लगायत एशियाली देशहरुमा प्रयोग
भएको पाइन्छ । यो मन्दिर प्रख्यात लिच्छवि राजा शिवदेवले सातौं शताव्दीमा वनाएका थिए । वेला वेलामा अन्य राजाहरुले पनि यसको मर्मत तथा सम्भार गर्दै आए । मन्दिर भित्र एक सांकेतिक यन्त्र मात्रिकाको रुपमा पूजा हुन्छ । मन्दिर भित्र पूजारी मात्र जान सक्छन । अन्य भक्तजनहरुले ढोका वाहिरवाटै दर्शन गर्नु पर्छ ।
भुवनेश्वरी मन्दिर परिसरमा अन्य थुप्रै देवी देवताका मूर्तिहरु राखिएका छन् । मन्दिर अगाडि शिवलिङ्ग रहेको छ । शिवलिङ्ग अगाडि भित्तामा लगभग जमिनकै सतहमा ढुंगेधारावाट कलकल पानी झरिरहेको छ । मानिसहरु कसैले हातमा, कसैले भांडोमा धारावाट पानी थापेर शिवलिङ्गमा रहेको जलहरीमा हाल्ने गर्छन् । हनुमानको मूर्ति, सरस्वतीको मूर्ति, तुलसीको मोठमा तुलसीको पूजा गर्न सकिन्छ । पश्चिम पट्टीवाट पशुपतिनाथको छाना र गजुर देखियो यहीँवाट दर्शन गरियो । ढोकाको दायाँ वायांँ तिर एकैनासका साना मन्दिर भित्र वायाँ तर्फ गणेश र दायाँ तर्फ कुमारको मन्दिरको दर्शन गरि अगाडि वढ्यौं ।
गुरुदक्षिणामूर्ति ः कैलाश पर्वतको दायाँपट्टी सडकको वायाँतिर गुरुदक्षिणामूर्र्तिको मन्दिर छ । यसको स्थापना राजा नृपेन्द्र मल्लका पालामा पशुपतिका मूल पूजारी स्वामी विमलानन्दले गरेका हुन् । मन्दिर अगाडि खुल्ला ठाउंमा शिवलिङ्ग । दुईतल्ले प्यागोडा शैलिको कलात्मक छाना भएको मन्दिर । लगभग पांच सिढी चढेर उक्ले पछि ढोका । ढोकामा अक्सर भोटे ताल्चा मारेको हुन्छ । ढोका प्वालै प्वाल भएको हुनाले चिहाएर हेर्न सकिन्छ । गुरुपूर्णिमाको दिन श्री पशुपतिवाट पूजा सहित चारै जना भट्टहरुले बाजागाजासहित गुरुदक्षिणामूर्तिमा आई पूजा गर्ने गर्दछन् । गुरुपूर्णिमाका दिन गुरुदक्षिणामूर्ति पूजाले विशेष महत्व राख्दछ । गुरुदक्षिणामूर्ति शिवजीले सप्तऋषिहरुलाई तत्वज्ञान प्रदान गर्नु भएको हो । त्यसैले जंगलको वीचमा सात जना ऋषि र शिवजीको आकृति सो मूर्तिमा देखिन्छ । प्वालैवाट दर्शन गरियो । श्री हेमन्तभैरव ः श्री गुह्येश्वरी जाने बाटोमा उमाकुण्ड अगाडि एउटा रुखमुनि श्री हेमन्तभैरवको प्रस्तर खण्डको आकृतिविहीन मूर्ति छ । ती भैरवको पनि तान्त्रिक विधिपूर्वक पूजा हुन्छ । ती भैरवको दर्शन पूजन श्री पशुपति दर्शनार्थीले प्रायः गर्दछन् । तिनको दर्शन नगरेमा विध्न पर्दछ भन्ने किंवदन्ती छ । उमाकुण्ड ः ओरालो लागेको एकैछिनमा दायाँ पाखामा देखियो ढोका । लेखिएको थियो उमाकुण्ड । उमाकुण्डको दर्शन पछि पक्कि सडक हुंदै पुगियो वागमतीको किनार नजिक ठूलो ढोकावाट प्रवेश गरि पुगियो वागमतीको किनारमा । पहिले देखियो किनार भन्दा माथि हनुमानको मूर्र्ति । संगै थियो पाटी । केही सिंढी ओर्लदै तलतिर लागियो नजिकै दुईतिर ढुंगाको खम्वामा घण्ट झुण्ड्याइएको । पुलको गारो संगै थियो ढुंगाको ‘भकारी’ मुनि वागमतीको किनारमा पानीको सतहमा थियो ‘गौरीघाट’ । गौरीघाट ः गुह्येश्वरी जाने सडकको पुल मुनी, वागमतीको किनारमा एउटा ठूलो ढुंगा ।
नदीको किनारमा खुल्ला ढुंगालाई अविर र तेल घसेर रातो पारिएको । पानीकोधारले काटेर ढुंगाका विभिन्न आकृति वनेका छन् । यो ढुंगा गौरीको प्रतिकको रुपमा रहेको हुनालेनै यसको नाम ‘गौरीघाट’ हुन गएको छ । पहाडमा रहेका शिव (किरांतेश्वर) लाई प्रसन्न पार्नका लागि माता पार्वतीले यही घाटमा वसेर माघ महिना भरि नित्य स्नान गरि रहेकी थिइन् । गौरीघाटमा स्नान गरेर किरांतेश्वर शिवलिङ्गको दर्शन जसले गर्छ, उसको निरोग, सुख, सम्पत्ति प्राप्ती तथा परलोकमा मोक्ष प्राप्ती हुन्छ । यसै विश्वासका साथ माघ महिना भरि यहां मेला लाग्छ ।
किरांतेश्वर ः गौरीघाट मन्दिरवाट सिंढी चढेर माथि उक्लेपछि वागमतीको पुल आउंछ । गुह्येश्वरी मन्दिर तिर जान । पुलवाट केही मिटर पर पक्किवाटोको दायाँ किनारवाट ठाडो उकालो चढ्न ढुंगाको सिंढी वनाइएको वाटो छ । केही पर गए पछि घुमाउरो बाटो पनि छ । त्यो वाटो उक्लदै गए पछि माथि एउटा धर्मशाला देखिन्छ । धर्मशालाको ढोका भित्र प्रवेश गरेपछि पुनः दोश्रो आगन आउंछ । आगनको वीचमा चारैतिर इटाले वनेको पर्खाल भित्र वीचमा एउटा टेढो खडा रहेको किरातेश्वर शिवलिङ्ग छ । शिवलिङ्गलाई सिन्दुर र तेल लगाएर रातो वनाइएको छ । पौराणिक कथा ः एक पटक महादेव वनविहार गर्न जान्छु भन्ने निश्चय गरेर अन्तधर््यान भई श्लेष्मान्तक वनमा किरातीको रुपधारण गरि शिकार खेल्न लाग्नु भयो । शिवजीलाई नदेखेर पार्वतीले मनमा दिक्क मानी ध्यान दृष्टिले विचार गर्दा सवै थाहा पाइन र यौटी अत्यन्त राम्री किरातिनीको रुप धारण गरि त्यही श्लेष्मान्तक वनको यौटा ठूलो रुखमुनि गएर वसि रहिन । पछि महादेवले देखेर विवाह गर्न भन्दा पार्वतीले माता पिताको आग्रह विना विवाह नगर्ने भनि आप्mनो घरमा लिएर गइन् । हिमालय पर्वत कहां पुगेपछि यिनी पार्वती रहिछिन् भन्ने थाहा पाएर अत्यन्त लज्जित भई शिवजी त्यहांवाट अन्तध्र्यान भई श्लेष्मान्तक वनमा किरातेश्वरको रुपमा वस्नु भयो । पार्वतीले ध्यान दृष्टि द्वारा सवै जानेर आफु पनि वागमतीमा स्नान गरि किरातेश्वर शिवलिङ्गको पूजा गरेर त्यही तपश्या गर्न लागिन । पार्वतीले स्नान गरेको हुनाले त्यस घाटलाई ‘गौरी–घाट’ भन्दछन् । जो मनुष्य गौरीघाटमा स्नान गरि किराँतेश्वरको दर्शन गर्दछ । उसको सम्पूर्ण पाप नाश भएर कैलाशमा वस्न पाउंछ । सूर्यघाट ः किरातेश्वर महादेवको ठीक पश्चिम–दक्षिण तल बागमती नदीमा ओर्लिदा सूर्यघाट रहेको छ । जहां सूर्यको विम्व पनि देख्न सकिन्छ । किरातेश्वरको दर्शन पछि हामी लाग्यौं गुह्येश्वरी मन्दिर तिर । गुह्येश्वरी मन्दिर अगाडि वागमती नदीको किनारमा विभिन्न देवी देवताको मन्दिर छन् । जसमध्ये एउटा रुखको मुनि जलेश्वर महादेवको मन्दिर छ । जलेश्वर महादेव चौसठ्ठी ज्योतिर्लिङ्ग मध्ये एक हुन् । दर्शन पछि हामी भव्य रुपमा सिंगारिएको ढोकावाट प्रवेश गरि गुह्येश्वरी मन्दिरको प्रांगणमा पुग्यौं । लाईन लामो थियो तैपनि वस्यौं लाइनमा । लाईन छिटो छिटो सर्दै थियो । एकैछिनमा मन्दिर भित्र पस्यौं । गुह्येश्वरी मन्दिर ः दक्षप्रजापतिले आप्mना स्वामी जगदीश्वरलाई साह्रै क्षुद्र
वचन गरेको र निन्दा गरेको सहन नसकी राता राता आँखा पारी नागिनीले झैं लामो सुस्केरा हाली दाह्रा किटेर रिसले जुरुक्क उठीन्, भूमिमा लात्ताले हानिन् र छातीमा मुड्कीले हानी यज्ञकुण्डमा फालहालेर प्राण छाडिन । जहां जहां सतीदेवीको अंग पतन भयो । त्यहां त्यहां व्रम्हाले एक एक स्वयम्भु लिङ्ग उत्पन्न गराए । सवै भन्दा पहिले नेपाल खण्डमा पुगेर गुह्य पतन भयो नेपाल पीठ गुह्येश्वरी देवी चन्द्रघण्टा योगिनी सिद्धेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरुपले रहे । त्यस पुण्यभूमिमा इन्द्रादी देवता आई तपश्या गरे । इश्वरी प्रसन्न भएर सत्य, त्रेता, द्वापर र कलि यी चारै युगमा हामी देवताकै नामले प्रख्यात होऔ भनि मागे । इश्वरीले तथास्तु भनी वरदान दिइन । वागमतीको किनारमा गुह्येश्वरी माताको मन्दिर छ । मन्दिर प्रवेश गर्न कलात्मक प्रवेश द्वार वनाईएको छ । भित्र प्रवेश गरे पछि केही सिंढीहरु चढ्दै मन्दिर परिसरमा पुगिन्छ । मन्दिर वरिपरि सत्तलहरु छन । वीचमा पित्तल, सुन र चांदीले वनेको भव्य मन्दिर देखिन्छ । यसको छाना सुनले वनेको छ । ढोका चांदीले । मन्दिरको वीचमा छाना नभएर खुल्ला छोडिएको छ । मानिसहरुको भनाई अनुसार धेरै पटक मन्दिरमा छाना राख्ने प्रयास गरियो तर छाना राख्ना साथ मन्दिर भत्किन गयो । यसैले चारैतिर छानाको आकार दिएर वीचमा खालि राखियो । यस मन्दिरको निर्माण राजा प्रताप मल्लले सन १६५४ मा गरेका थिए । यसको गजुरलाई चारवटा नागहरुले रक्षा गरिरहेका छन् । गुह्येश्वरी मन्दिरमा दुई ढोका पश्चिम तर्फ रहेका छन् । पहिलो ढोकावाट प्रवेश गर्ने र दोश्रो ढोकावाट वाहिर निस्कने । मन्दिरभित्र एक गहिरो कुण्ड छ । जहां कालीले गुप्त भई तपस्या गरेकी छन् । यो कुण्डमा जल घट्ने र वढ्ने हुदैन । ढोकावाट भित्र पसी करिव डेढ मिटर तल गए पछि भुइमा सिंगमरमर विछ्याईएको छ । वीचमा सुन चांदी प्रयोग गरेर एउटा ठूलो थाली जस्तो कलाकृति वनाईएको छ । यहाँ देवीहरुको कुनै मूर्ति छैन । सतीदेवीको गुह्यपतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ कमलाकारको वीचमा चाँदीको कलशले ढाकिएको मन्दिर भित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरु देवीको रुपमा पूजा गर्ने गर्दछन् । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा वताइएको छ । पूजा सकिएपछि पुजारीले कलश हटाई भक्तहरुलाई कुण्डको दर्शन गराइ दिन्छन् । भक्तहरुले कुण्डको जल लिन सक्छन् । यहां भैरवलाई बलि चढाइन्छ । यहां मन्दिर भित्र गणेश, छिन्नमस्ता, अष्टमात्रिका, आठ भैरव पनि छन् । गुह्येश्वरीको बायाँ दिशामा ‘गुह्येश्वर’ महादेव छन् । जसलाई ‘सिद्धेश्वर’ महादेव पनि भनिन्छ । यहां आपूmले मागेका कुरा पूरा भएर आप्mनो क्षमता अनुसार पूजा गर्छन । कोही भक्त गुह्येश्वरीमा १०८
उसिनेको अण्डा, अण्डाको १०८ रोटी, दालको रोटी गुह्येश्वरीको सानो कुण्डमा चढाउंछन् । गुह्येश्वरी मन्दिरको पश्चिम पट्टीको ढोका । ढोका साधारण मानिसका ढोका जस्तै । ढोकावाट वाहिर लामो सिँढी उक्लेर माथि श्लेष्मान्तक वनको शिखरमा पुगिन्छ । दायाँ–वायाँं पर्खाल वीचमा ढुंगाको सिंढीको वाटो । गुह्येश्वरीको पश्चिम ढोकावाट वाहिर निस्कनासाथ सिंढीहरुमा सास नफेरिकन उक्लन पर्ने पौराणिक मान्यता । केही सिंढीहरु चढ्दै जहां सम्म केही माथि गणेशको मूर्तिछ । ती गणेश लाई ‘साक्षी गणेश’ भन्ने भनाई छ । सिंढी उक्लदै जांदा वीचमा वायाँतिर वाटोको छेउमा सिताको गोडाको पाइला रहेको भन्ने भनाई छ । त्यहाँ रुखको पात चढाईन्छ । त्यहाँ दर्शन गरेर शिखरमा पुग्यौं ।
गोरखनाथ मन्दिर ः गुह्येश्वरीवाट सिंढीको वाटो उक्लदै जांदा झण्डै ५–७ मिनेट लाग्छ गोरखनाथ मन्दिर पुग्न । गोरखनाथ मन्दिर शिखर शैलीमा वनेको छ । मन्दिर संगै ठूलो त्रिशूल र वसाह । मन्दिरको माथिल्लो भागमा स्वर्ण कलश जस्तो चम्कीलो गजुर । यो मन्दिर पूजा र आरती गर्न मात्र केही समय खुल्ने गर्दछ । प्राय मन्दिर वन्दै रहन्छ । वन्द भएता पनि प्वालै–प्वाल भएको ढोकावाट चिहाएर देख्न सकिन्छ । यहांको मूख्य भनेको गोरखनाथ वावाको खरानी नै हो । यो मन्दिरको निर्माण राजा जयस्थिति मल्लले १३८५–१३९५ मा वनाएका । गोरखनाथ नेपालको आराध्यदेव । नेपालका शाहवंशीय राजाहरुले उहाँको उच्च किसिमको आदर सम्मान गर्ने, उहाँलाई पूज्य मान्ने, प्रत्येक कार्य गुरु गोरखनाथलाई सम्झेर मात्र गर्ने । पैसामा पनि गोरख लेख्ने । नेपालीहरुका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपालीहरु विश्वमा वीर गोर्खालीको नामबाट गर्व गर्छन । खुकुरीको भरमा अंग्रेजहरुलाई परास्त गर्नु गुरु गोरखनाथकै कृपाको परिणाम हो । महायोगी गुरु गोरखनाथ शिवकै अवतार, शिवकै स्वरुपमा स्थित हुनुहुन्छ । एक किम्वदन्ती अनुसार गोरखनाथले राजकुमार पृथ्वीनारायण शाहलाई दही लेराउनको लागि भनेछन् । पृथ्वीनारायण शाहले दुनामा दही ल्याएर गोरखनाथवावालाई दिए । बाबाले दही खाएर भने ओ हो तिमीलाई दिन त विर्सेछु भनेर पृथ्वीनारायण शाहको हातमा ओकलि दिए र त्यो दही खाउ भने । उनले घृणाले त्यो दही खाएनन् र हातवाट मिल्काई दिए । दही उनको गोडामा पर्न गयो । गोरखनाथ वावाले भन्नु भयो । यदि तिमीले त्यो दही खाएको भए तिमीले जुन जुन देश बोल्थेउ त्यो त्यो देश तिम्रो अधिनमा हुन्थ्यो । तर दही खसेर तिम्रो गोडामा पर्न गयो यसैले तिमी स्वयँ जुन जुन देशमा गएर युद्ध गर्छौ त्यो देश तिमीले जित्छौ भन्ने वरदान दिए । पछि उनले अनेक राज्य जितेर गोरखा राज्यलाई ठूलो पारे । मनकामना ः गोरखनाथ मन्दिरको सामुन्ने मनकामना माताको मन्दिर छ । यो गोरखामा अवस्थित प्रशिद्ध मनकामना मन्दिरको प्रतिक हो । मनकामनाको मन्दिर पनि सधै जसो वन्द हुन्छ । वन्द भएता पनि ढोकाको प्वालवाट दर्शन गर्न सकिन्छ । मनकामना मातासंग जे माग्यो त्यो पूरा हुने विश्वास छ । हामी गएको वेलामा मन्दिर खुल्लै थियो भित्र पसेर दर्शन ग¥यौं ।
ब्रह्मा ः हिन्दू देवताहरु मध्ये एक ब्रह्माजीको मूर्ति मृगस्थलीमा देख्न सकिन्छ । ब्रह्माको मूर्ति विरलै पाइन्छ ।
मृगस्थली ः
वन विहार गर्न मन लागेर शिवजी यौटा मृगको रुप धारण गरी श्लेष्मान्तक वनमा अनेक मृगहरुका साथ आनन्द गरिरहनु भएकोले मृगस्थलीमा चारैतिर तारको वार लगाएर मृगहरु पालिएका छन् । मृगहरु हामी गुह्येश्वरीवाट गोरखनाथ मन्दिर तिर आउंदै गर्दा देखिन्छन् । यसैले त्यतिवेला शिवजी मृगको रुप धारण गरी वनमा नाचिरहेको भान पर्न जान्छ । विश्वरुप मन्दिर ः श्लेष्मान्तक वनमै दक्षिणपट्टी श्री विश्वरुपको प्रसिद्ध मन्दिर रहेको छ । त्यहां श्री भैरव र अन्य देवी देवताका मन्दिर पनि छन् । यहाँ विश्वविराट भगवान्को दर्शन गर्न पाइन्छ । यहां कान नसुन्ने गणेश छन् । जसलाई ‘वहिरा गणेश’ भनिन्छ ।
कार्य सफल हुन्छ हुदैन ः
मृगस्थलीवाट तल आर्यघाट तर्फ ओर्लदा केही ढुंगाका सिढीहरु ओर्लिएपछि वाटोको दायाँ तर्फ पर्खालको गारोमा अन्दाजी ४ फिट उचाईमा एउटा प्वाल देखिन्छ । जहां मानिसहरु वल्लो पर्खाल देखि दुवै हात एक आपसमा नमस्कार मुद्रामा सिधा पारेर आंखा चिम्लिएर हात जोड्दै अगाडि वढ्दै जादां हात सिधा प्वाकल भित्र प¥यो भने कार्य सफल हुने र हात अन्त प¥यो भने कार्य सफल नहुने अनुमान गर्ने गर्छन । ढाड दुखेको निको हुनेः तलतिर झर्ने क्रममा एकठाउंमा वायाँतिर गारोमा ढुंगाको ककारो छ । ककारो ढाड राख्न हुने खालको छ ।ं ढाड ढुंगामा राखेमा ढाड दुखेको निको हुन्छ भन्ने जन विश्वास रहेको छ । त्यसैैले मानिसहरु त्यहां ढाड राखेर वसेका हुन्छन् ।
वाह्र ज्योतिर्लिङ्ग ः पशुपतिनाथ मन्दिरको पूर्व पट्टी, आर्यघाटको ठीक अगाडि वागमतीको किनारमा केही अग्लो स्थानमा लहरै वाह्र शिवलिङ्गंको ढुंगाको मन्दिर रहेको छ । प्रत्येक मन्दिरमा चारै तिर ढोका वीचमा शिवलिङ्ग रहेको छ । जहां वाह्र ज्योतिर्लिङ्गको दर्शन एकैपटक गर्न सकिन्छ । विभिन्न अलग अलग वाह्र ठाउँमा रहेको ज्योतिर्लिङ्गको दर्शन गर्न कठिन छ तर यहां आएर एकै पटक दर्शन गर्न सकिन्छ । भारतमा रहेका वाह्र ज्योतिर्लिङ्गहरु (१) गुजरात, सौराष्ट्र«««मा–सोमनाथ (२) आन्ध्र प्रदेश, शैलमा– मल्लिकार्जुन (३) मध्य प्रदेश, उज्जयिनीमा–महांकालेश्वर (४) मध्य प्रदेश, मालवा क्षेत्रमा–
ऊंकारेश्वर र ममलेश्वर (५) झारखण्ड, परलीमा–वैद्यनाथ ६) महाराष्ट्र«««, डाकिनीमा–भीमाशंकर ७) तमिलनाडु, सेतुवन्धमा–रामेश्वर (८) गुजरात, दारुकावनमा–नागेश्वर (९) उत्तर प्रदेश, वाराणसीमा–विश्वनाथ (१०) महाराष्ट्र«««, गौतमी तटमा –त्रयम्वकेश्वर (११) उत्तराखण्ड, हिमालयमा–केदारनाथ र (१२) महाराष्ट्र«««, शिवालयमा–घृष्णेश्वर । राम मन्दिर ः ज्योतिर्लिङ्ग रहेको स्थान भन्दा केही सिंढी ओर्लिदै गएपछि बागमती नदीको किनारमा दक्षिण तिर लवकुश सहितको राम मन्दिर र लक्ष्मीनारायण मन्दिर रहेका छन् । यो राम मन्दिर राजा जयस्थिति मल्लले वनाउन लगाएका हुन् । वागमती नदी ः बागमती नदी नेपालको एक मूख्य नदी हो । यो नदी शिवपुरीको बाघद्वारमा उद्गम भएर वग्दछ । सुन्दरीजल, गोकर्णेश्वर महादेव, पशुपतिनाथ हुंदै काठमाण्डौंको किनार भएर वग्दछ । टेकु दोभानमा यो नदी विष्णुमती नदी संंग मिसिन्छ र चोभारको गल्छिवाट उपत्यका काटेपछि यो नदी तराई तिर वग्दछ । यो नदी नेपालमा लगभग १९५ कि.मि. यात्रा तय गर्दछ र बिहारको सीतामढीमा कमला नदीमा मिलेर कोशी नदीमा गएर मिसिन्छ । यो नदी धार्मिक नदी हो । पौराणिक कथा अनुसार व्रह्माजीले प्राणि सृष्टिको कामना गर्दै भगवान शंकरलाई प्रशन्न पार्न घोर तपश्या गर्नु भयो । व्रह्माजीको तपश्यावाट खुसि भएर भगवान शंकर जोड जोडले हांस्न लाग्नु भयो । जोड जोडले हांस्दा शिवजीको मुखवाट थुकका छिटा निस्के र त्यो छिटा हिमालय पर्वतमा पर्न गयो । हिमालय पर्वतमा परेको छिटावाट वागमती उत्पत्ति भइन् । त्यसैले यस नदीलाई शिवगंगा वा व्रह्मसरस्वती पनि भनिन्छ । यस नदीमा स्नान गर्नाले ठूला ठूला पापीको पनि उद्धार हुन्छ । पुनर्जन्म, पशुयोनीमा जन्म लिनु पर्दैन । भगवान कृष्णले देवताहरुलाई भन्नु भएको थियो । कलियुग सुरु भए पछि बागमती पवित्र भएर सय गंगा वरावर हुन्छीन् । बराह पुराण अनुसार बागमती नदी हिमालय पर्वतवाट वहेकीले यिनी गंगा वरावर पवित्र छिन् । बागमती नदी उत्पत्ती भएर ठाउँ ठाउँमा पहाडलाई काटेर गल्छी बनाउँदै वहेकि छिन् ।
गोकर्णेश्वर महादेव मन्दिर निरको गल्छी । गौरीघाट निरको गल्छी र चोभारको गल्छी । उद्गमस्थल देखि चोभार सम्म बागमती नदी किनारमा हिन्दूहरुको पवित्र मन्दिरहरु रहेका छन् । सुन्दरीजलमा सुन्दरीमाई । गोकर्णमा गोकर्णेश्वर महादेव । गु«ह्येश्वरी मन्दिर । पशुपतिनाथको मन्दिर । कालोमोचन । टेकु । चोभारमा जल विनायक (गणेश)को मन्दिर । गोकर्णेश्वर महादेव मन्दिर काठमाण्डौंको उत्तरपूर्वी भागमा पर्दछ । यस ठाउँमा चन्द्रभागा नाम गरेको सानो खोला बागमती नदीमा मिल्दछ । बागमती नदीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिर देखि उत्तरवाहिनी कान्ति भैरव मन्दिर सम्मको क्षेत्रलाई ‘उत्तरगया’ भनि पितृलाई सम्झी श्राद्ध तर्पण गर्ने गरिन्छ । यो उत्तरगयामा श्राद्ध नगरी गयामा श्राद्ध गर्न हुँदैन भन्ने भनाई रहेको छ । लोकोक्तिः शिवजी यसै क्षेत्रमा मृगको रुपधारण गरी वसेका रहेछन् । तिनलाई चिनेकाले ब्रह्मा, विष्णु र इन्द्रले मृगरुपी शिवजीको सिङ समातेछन् । सिङ तीन टुक्रामा भाँचिएछ । तीनै देवताका हातमा एउटा उउटा टुक्रा आएछ । आ–आप्mनो भागको सिङलाई इन्द्रले अमरावतीमा, विष्णुले वैकुण्ठमा र ब्रह्माले यस ठाउंमा गाडेछन् । कालान्तरमा त्यसैलाई गोकर्णेश्वरका नामले पूजाआजा गर्न लागिएकोछ । स्वस्थानी व्रतकथा अनुसार ः सतीदेवीको देव्रे कान यहाँ पतन भएकोले गोकर्ण भनिएको । रावणले गोकर्णेश्वर महादेवलाई तपस्याको बलमा खुसी तुल्याएर बलियो र विजेता हुने वरदान पाएका थिए । गोकर्णलाई ‘पितामह तीर्थ’, ‘भुजवत तीर्थ’ र ‘उत्तर गया’ भनिन्छ । नेपालका ६४ शिवलिंङ्गहरुमध्ये एक मानिने गोकर्णेश्वर महादेवको ख्याति धेरै छ । गोकर्णेश्वरको मन्दिर जयस्थिति मल्लले बनाएको चर्चा पाइन्छ । वागमती नदीले पहाडलाई दुई भागमा विभाजन गरिदिएको छ । वारीको पहाडलाई ‘श्लेषमान्तक’ वन र पारीको पहाडलाई ‘मृगस्थली’ नाम दिइएकोछ ।
वासुकी गुफा ः
वासुकी मन्दिरको तल वागमती नदीको किनारमा ढुंगैढुंगाको ककारो छ । त्यही ककारोमा रहेको गुफालाई वासुकी गुफा भनिन्छ । गुफामा साधु सन्तहरु वसेका हुन्छन् ।
वत्सलादेवी ः पशुपतिनाथ मन्दिरको दक्षिण पूर्वी कोणमा वत्सलादेवीको मन्दिर रहेको छ । परम्परागत रुपमा रहेको यो मन्दिर दुई छाना भएको छ । मन्दिरको चारै तर्फ ढोका र मन्दिर भित्र साकार मूर्ति नभएर एउटा मण्डप र मण्डपमा ‘यन्त्रपीठ’ मात्र रहेको छ । यिनलाई सर्वसाधारणले स्पर्श गरेर आपैmंले पूजा गर्न सक्छन् । यिनैलाई वत्सलादेवी मानी पूजा गरिन्छ । यी पार्वती शिवजीको प्रेमले वसेकीले शिवजीले वत्सला भनी वर दिएका छन् । मेरो प्रेमले वसेकीले तिम्रो नाम ‘वत्सला’ हो र तिम्रो दर्शन गरी जो मेरो दर्शन गर्छ, ऊ, स्वतः
कैलाशवासी हुन्छ । यिनलाई पनि पशुपतिनाथले वर्षको एकपटक भेट र उपहार दिनु हुन्छ । चैत्र चतुर्दशीका अवसरमा यसमाथि धातुको मूर्ति राखेर अर्चना गरिन्छ । यो विश्वास गरिन्छ कि माता पार्वती यहां अदृश्य रुपमा रहेकी छिन । प्रत्येक साल चैत्र कृष्ण चतुर्दशी देखि ३ दिन सम्म वत्सलादेवीको यात्रा निकालिन्छ ।
आकाश भैरव ः वत्सलाको दक्षिण आगनमा आकाश भैरव छन् । वत्सलाको प्रदक्षिणा पूजा आजा सकी आकाश भैरवको दर्शन गर्नु पर्छ ।
मङ्गला गौरी ः त्यसपछि मङ्गला गौरीको दर्शन गर्नु पर्दछ ।
नीलसरस्वती ः नील सरस्वतीको दर्शन गरी जम्वुद्वीप र कागेश्वरीको दर्शन गरि आर्यघाट गई स्नान गर्नु पर्दछ । यस आर्यघाटको पूर्वतर्फ खर्वरीका नाम गरिएको तीर्थछ । जहां पार्वतीकी साथी खर्वरीकाले स्नान गरेकी थिइन् । पश्चिम किनारमा मृगेश्वरभन्दा भित्रवाट मृगोदक तीर्थ आएको छ । वाग्मती यी तीन तीर्थ आएर त्रिवेणी वाग्मती भएकाले यहां स्नान गर्नाले त्रिवेणी नुहाएको फल मिल्दछ र मृगोदक तीर्थको जल खाएमा पशुयोनिमा जन्म लिनु पर्दैन । मृगेश्वर महादेवको दर्शन र स्पर्शले शिवलोकमा वास हुन्छ । मृगेश्वरको मन्दिरमा ढोका संगै कम्मर सम्म जमिनमा गाडिएको एक मानव आकृति ढुंगाको मूर्ति छ । यसलाई ‘विरुपाक्ष’ भन्दछन् । विरुपाक्ष ब्राह्मण हुन् । एक पौराणिक कथा अनुसार धर्मदेव नाम गरेका एक व्राह्मण घोर व्यभिचारले गर्दा कुष्ठरोग भएछ । यसवाट दुखि युवक वाह्मणले ने मुनीको सल्लाहले नेपालमा भएका सम्पूर्ण शिवलिंङ्गको दर्शन गरे । यिनले भक्ति भावले भगवान पशुपतिनाथको दर्शन गरे । भगवान पशुपतिनाथ प्रसन्न भएर वरदान दिए र आप्mनो निकट रहन ठाउं पनि दिए । जनश्रृति र जन विश्वास अनुसार विरुपाक्षको मूर्र्ति धेरैवर्षमा अलि अलि माथि आउंदा आउंदै अहिले कम्मर सम्म आएको हो भन्ने किम्वदन्ती रहेको छ । जव यो मूर्ति जमिनमा पूरा माथि आउंछ तव कलियुगको समाप्त हुन्छ । पृथ्वीमा प्रलय हुन्छ र सत्ययुग प्रारम्भ हुन्छ । यसैले यस विरुपाक्षको मूर्र्तिलाई ‘कलिको मूतिर्र्’ पनि भनिन्छ । मृगेश्वर मन्दिरमा गणेश र महाकालीको मूर्र्ति पनि छ । जो पहिले दुराचारको पाप कट्टा गरी मोक्ष हुन यहां आइवसेका हुन् । मृगेश्वरको उत्तरपट्टी गंगामाइको मन्दिर छ । जहां गंगा र यमुनाका मूर्ति छन्, जुन राजा प्रताप मल्लले स्थापना गरेका थिए । घाट–अस्पताल ः गंगामाई मन्दिरको उत्तर तिर, पशुपतिनाथ मन्दिरको पूर्वढोकावाट पांच सिढी उक्लेपछि पुनः लगभग दश सिढी उत्तरतिर उक्लेपछि आउंछ वार्दली सहितका कोठाहरु, जहां विरामीहरु
राखिएका । अस्पतालमा पाइने सुविधा छन् । वैद्यले हेरि राखेका हुन्छन् । त्यसैले ‘घाट–अस्पताल’ भनिएको । भन्दा फरक नपर्ला ? यहां उमेर पुगेर पशुपतिनाथको शरणमा प्राण त्याग गर्ने इच्छा भएका । अस्पतालवाट औषधि उपचार हुन नसक्ने भनी माया मारि सकेका । कुनै उपाय नलागेर केवल प्राणमात्र रहेका । अन्तिम अवस्थामा पुगेका विरामीहरुलाई यहां ल्याइन्छ । वैद्यले उपचार गर्छन । कति अस्पतालवाट ठिक हुन नसक्ने भनिएका विरामीहरु पनि ठिक भएर घर फर्केका छन् । यहां ल्याइएका सवै मर्छन भन्ने पनि छैन । आर्यघाट ः पशुपतिनाथको पूर्वपट्टी बागमतीको किनारमा रहेको छ ‘आर्यघाट’ । ‘घाट’ भन्नाले मानिस दाह संस्कार गर्ने ठाउँलाई भनिन्छ । बागमती नदीको किनारको दुवै तर्फ ढुंगाका पर्खाल सहित ठाउँ ठाउँमा दाह संस्कारका लागि ढुंगा चिनेर वाटुलो पारि वनाइएको ठाउँलाई ‘भकारी’ भनिन्छ । अस्पतालमा, घरमा, यत्रतत्र मरेका मानिसहरु पशुपतिनाथ मन्दिर परिसरमा रहेको पवित्र बागमती आर्यघाटमा दाह संस्कारको लागि लिएर आउँछन् । यहाँ दाह संस्कार गर्नाले मरेको मानिसले मुक्ति पाउछ भन्ने जन विश्वास रहेको छ । पुगिसरि आउनेले अस्तु(लाशको टुक्रा अथवा खरानी) राखेर त्यसलाई पवित्र नदी गंगामा विसर्जन गर्न भारतको हरिद्वार या वनारसमा लगेर वगाउँछन् । जसलाई ‘अस्तु विषर्जन’ भनिन्छ । आजकल यहाँ दिनमा २५ देखि ३० वटा सम्म दाह संस्कार हुँदो रहेछ । कुनै दिन एक वटा पनि दाह संस्कार नभएमा । नक्कली मानिस वनाएर भए पनि दाह संस्कार गर्नु पर्दो रहेछ ।
पशुपतिनाथ मन्दिर ः पहिला चारै ढोकावाट मन्दिर प्रवेश गरिन्थ्यो । अस्तव्यस्त थियो । कोही भित्र पस्ने । कोही बाहिर निस्कने । तर अहिले त्यो छैन । केवल पश्चिम तिरको ढोकावाट प्रवेश गरेर सोहि ढोकावाट वाहिर निस्कनु पर्ने भएकोले हामी पश्चिम ढोकावाट मन्दिर तिर लाग्यौं । सर्वप्रथम पहिलो ढोका भित्र प्रवेश गर्ने क्रममा दायाँ वायां साना मन्दिर । वायां तर्फ गणेशजीको दक्षिण फर्केको मूर्ति । दायाँ तर्फ कुमारको उत्तर फर्केको मूर्र्ति । दुवैको दर्शन गरि अघि वढियो । वाटोमा मिलाएर विछ्याइएका ढुंगाहरु । वायाँ तर्फ पाटीमा भिक्षा मागेर वसेका पहेंलो वस्त्र लगाएका भिक्षुकहरु । वायाँ श्रीभूतेश्वर महादेव ÷श्रीश्री १००८ श्रीशंकराचार्य मन्दिर नपुग्दै ७– ८ सिंढी चढेर उक्लेपछि सुन्दर, चारैतिर ढुंगा विछ्याइएको विश्राम स्थल । जुत्ता त्यहीँ राखेर केही १–२ सिढी उक्लेपछि जुत्ता चप्पल छोए पछि पवित्र पार्न त्यहां धाराको व्यवस्था गरिएको रहेछ । हामी पशुपतिनाथ मन्दिरको पश्चिम ढोका मा पुग्यौं ।
गैह्र हिन्दूहरुकोलागि प्रवेश निषेध ः पशुपतिनाथ मन्दिर भित्र केवल हिन्दूहरुलेमात्र प्रवेश गर्न पाउँछन् अरुले पाउँदैनन् । भारतका पूर्व प्रधान मन्त्री राजीव गान्धी नेपालको भ्रमणमा आउँदा उनलाई पशुपतिनाथ मन्दिर भित्र प्रवेश गर्न दिइयो तर उनकी पत्नी सोनीया गान्धीलाई प्रवेश गर्न दिइएन । गैह्र हिन्दूहरुको लागि पशुपतिनाथ टाढैवाट हेर्न र सांझको आरती हेर्नको लागि आर्यघाट पारी उच्च
स्थानमा उनीहरुलाई अवलोकनको व्यवस्था गरि दिएको छ जहाँवाट छर्लङ्ग देख्न सकिने भएकोले यस ठाउंको नाम नै ‘व्युटिफुल’ रहन गएकोछ । यही बाट विदेशि पर्यटकहरु पशुपतिनाथ मन्दिर वरपर, आर्यघाट जहाँ हिन्दू विधि अनुसार दाह संस्कार गरि रहेका हुन्छन् । ती दृश्यहरु उनीहरुको लागि अनौठो लागेर आप्mनो क्यामरा तथा अन्य प्रविधिवाट कैद गरि रहेका हुन्छन् । पहिले राजा महाराजाको । अहिले ठूला नेताहरुको स्वर्गारोहण हुँदा उनीहरुको दाह संस्कार गर्दा आर्यघाट अगाडि पुरै ठाउँ विदेशिका साथै सर्वसाधारणले भरि भराउ हुन्छ ।
मूख्य ढोका ः श्री पशुपतिनाथको प्राङ्गणमा प्रवेश गर्ने पूर्व, पश्चिम, उत्तर र दक्षिण गरि चार ढोकाहरु छन् । ती चार ढोकाहरु मध्ये पश्चिम ढोका प्रमुख ढोका मानिन्छ ।
मन्दिरको पश्चिम ढोकाको सामुन्ने वाहिरको ढोका रहेको छ । ढोका आकर्षक र भव्य छ । तल ढोकाको दायाँ–वायाँं ढुंगावाट वनेको सिंहको आकर्षक मूर्तिछ । सिमेण्टवाट वनेको ढोका । चारवटा सिमेण्टको खम्वा वीचमा आकर्षक ढोका । माथि दायाँ–वायाँं लाम्चो भ्mयालको आकार । त्यसको माथि वायाँ गणेशको मूर्र्ति , गणेशको माथि चन्द्रमा, दायाँ मयुरमा वसेका कुमारको मूर्र्ति र माथि सूर्य । माथि तिर वीचमा दायाँ–वायाँं स्वस्तिक चिन्ह भित्र
लेखिएको छ । यसको माथि दायाँवायाँ खुल्ला वरण्डा छ वीचमा हिमालयको काखमा दुई नदीको वीचमा भोले शंकर हातमा त्रिशूल र डमरु, गलामा सर्पको माला लगाएर आशिर्वाद मुद्रामा उठेको आकृतिछ । नदीको किनारमा शिवलिङ्ग पनि रहेकोछ । दायाँ–वायाँं पूmल सहितको पूर्ण घडाको आकृति रहेकोछ भने त्यसको ठिक माथि ॐ माथि ढलानको छाना र माथि तीन गजुर राखेको रंग रोगनले सिंगारिएको ढोका । । अर्को पट्टी पनि सवै भन्दा माथि ॐ शिव पार्वतीको आकृति । त्यसको तल
केही तल वायाँ तिर श्री ५ महेन्द्र सहारा दायाँ तिर वि.सं २०१६ लेखिएकोछ । यसवाट थाहा हुन्छ यो ढोका राजा महेन्द्रले वनाउन लगाएका रहेछन् । पश्चिम ढोका भित्र प्रवेश गर्नु अगाडि ढोकाको ठेलामा टाउकोले दर्शन गरेर भित्र पस्यौं । ढोका भित्र पसे पछि मन्दिरको गजूरको दर्शन गर्नु पर्दछ । दर्शन पछि ५ सिंढी ओर्लेर केही पाइला हिडेपछि फेरि दुई सिंढी ओर्लेर पशुपति मन्दिरको प्रांगणमा पुगिन्छ । प्रांगणमा ढुंगा छापेको छ । सफा प्रांगण । पशुपतिको प्राङ्गण पुग्नु अगावै वायाँ तिर ढुंगा छापिएको फराकिलो ठाउं छ जहां वीचमा खुल्ला शिवलिङ्ग (श्रीद्रव्येश्वर) हुनु
हुन्छ । जहां मानिसहरु परेवालाई आहारा हालेर परेवाको पखेटाले फाल्ने हावा लिइ रहेका थिए । परेवाको पँखेटाले फालेको हावाले मानिसको स्थास्थलाई राम्रो हुन्छ भन्ने भनाइ छ । अगाडि वडेमाको वसाह पशुपतिनाथको पश्चिम ढोका अगाडि गजधम्म वसेका छन् । वसाहको दायाँ पट्टी खुल्ला हनुमानको मूर्ति उत्तर तिर फर्केर वसेको छ । अगाडि वढ्ने क्रममा वायाँ तिर । तुलसिको मोठ । मोठमा सरस्वतीको मूर्ति । अन्य मन्दिर जहां भित्र शिवलिङ्ग रहेको छ । श्रीनाटेश्वर मन्दिर । मन्दिरको उत्तर ढोका अगाडि परिसरमा श्रीभृङ्गीशिव । वासुकी मन्दिरको सिंढी चढ्ने संगै दायाँ तिर श्रीचण्डेश्वर मन्दिर । पशुपतिनाथको प्रांगणमा प्रवेश गर्ने अन्य ढोकाहरु ः पश्चिम ढोका पछि चालु ढोका पूर्व तिरको ढोका हो । आर्यघाटवाट सिंढी उक्लेर गएपछि पूर्वको ढोकावाट भित्र छिर्न सकिन्छ । दक्षिण ढोका उन्मत्त भैरवको पछाडि र कीर्तिमुख भैरव मूर्र्तिको अगाडि पश्चिम पट्टी दक्षिण ढोका छ । उत्तर ढोका वासुकी मन्दिरको उत्तर पट्टी को ढोका । कैलाश जहां लाखवत्ती वालिन्छ त्यहांवाट आउने ढोका हो यो । तर अहिले यो ढोकामा ताल्चा मारिएकोछ । नजिकै फलामको ढोका र फलामको भ¥याङ हालिएको छ । त्यहाँवाट वासुकी मन्दिर अगाडि पुगिन्छ । विशेष पर्वहरुमा मात्र यो ढोका खुल्छ । अहिले त्यहां मानिसहरुले पूजा गर्ने गरेका छन् । वसाह ः पशुपतिनाथको पश्चिमी ढोका अगाडि पशुपतिनाथलाई हेरेर वसेका विशाल नन्दीवसाहा) छन् । वसाहा शिवको वाहन हुन् । नन्दीलाई शिवलोकमा देवतागणको उपाधिले सम्मान गरिएकोछ । यो विशाल वसाह पित्तलले वनेको र सुनको जलप लगाएको छ । यो नेपालको सवैभन्दा ठूलो वसाहको प्रतिमा हो । शिवजीको द्वारपालको रुपमा वसेका छन् वसाह । यो वसाह जंगवहादुरका छोरा जगतजंगले स्थापना गरेका हुन् । पश्चिम ढोकावाट भित्र छिर्दा वसाहको पछाडिको भाग देखिन्छ । नेपालको तराइ भागमा रहने नेपालीहरु र भारतको विहार तिरका मानिसहरु पशुपतिनाथको दर्शन गर्नु भन्दा पहिले वसाहको पछाडिको भाग देख्नु अशुभ मान्दछन् । यो देख्नाले पशुयोनीमा जन्म लिनु पर्दछ भन्ने विश्वास गर्दछन् । उनीहरु अन्य ढोकाहरुवाट प्रवेश गर्दछन् भने अन्य ठाउंका मानिसहरु यो कुरा विश्वास गर्दैनन् । नन्दी ः कुरा पहिलेकै हो । एक जना शिलाद नाम गरेका मानिस थिए । उनको पूरा परिवार थियो । उनी सुख संग वसिरहेका थिए । एक पछि एक गर्दै सारा परिवारको अकाल मृत्यु भयो र शिलाद एक्लो भए । आप्mनो वयलको रेखदेख गर्नु र शिव नामको जप गर्नु नै उनको काम थियो । उनको पूर्वज सपनामा आएर आप्mनो वंशको अगाडि वढाउने हो भने केही गर्नु पर्छ भनेर भन्थे । उनी शिव भक्तिमा लिन थिए । शिलादले भगवान शिवलाई खुसि पारेर बालक प्राप्त गरे । वालकको नाम नन्दी राखे । उ शिव भक्त थियो । केही वर्ष पछि शिलादको घरमा दुई ऋषि मित्र र वरुण आए र तिम्रो छोराको आयु लामो छैन भने । शिलाद आप्mनो छोरालाई हेरेर चिन्तीत भए । नन्दीले भने तिमीले भनेका थियौ कि तिमीले भगवान शिवलाई देखेका थियौ । जसले भगवान शिवलाई देखेको छ उसले
डराउनु पर्दैन । ऋषिहरुले जे भने पनि । पिता मर्न डराउनु पर्दैन । भगवान शिव शक्तिशालि हुनुहुन्छ । उहांले जे पनि गर्न सक्नुहुन्छ । नन्दीले पिता समक्ष भने । मेरो जन्म शिवको सेवाको लागि भएको हो । त्यसपछि नन्दी घर र पिताजीलाई छोडेर कैलाश तिर लागे र भगवान शिवको सेवामा लागे । कहिल्यै फर्केर घर गएनन् । शिलाद अव वुढो भए । पुत्र सुख उनको भाग्यमा रहेनछ । उनलाई सहाराको आवश्यकता प¥यो । पूर्वजका सपनाले उनलाई सताई रह्यो । उनको सामु अरु विकल्प थिएनन् । त्यसपछि लागे उनी कैलाश तिर आप्mनो छोरा नन्दीलाई लिन । कैलाश पर्वत पुगे । शिव गण गएर नन्दीका वावु आएका छन् छोरालाई लिन भनेर महादेवलाई भने । महादेवले शिलादलाई आदर साथ लेराउन अह्राए । शिलाद आएर महादेव समक्ष विन्ती गर्न लागे । प्रभु ! म कसरि भनु । मैले पूर्वजको सपनाको इच्छा पूरा गर्नको लागि प्रभुको तपश्या गरे । हजूरले यस कृषकलाई आशिर्वाद दिनु भयो । हजूरको आशिर्वाद पाउदा पनि म अहिले एक्लै छु । आशिर्वादको सुखवाट वञ्चित छु । हजूरले त इच्छाको पूर्ति गरि वक्सेको थियो । शिलाद ! इच्छाको साथै मोहको जन्म हुन्छ । प्रभु ! यही इच्छा अनुसार मेरो मोह वन्यो । नन्दी मेरो पुत्र अवश्य हो भगवानको सेवक पनि । म भगवानको निराधार गर्न सक्तिन । तर म के गरुं ? भगवान शिव ! नन्दी मेरो अत्यन्त प्रिय हो । सत्यत यो हो उसको उत्पत्ति नै तिम्रो वंश वृद्धिको लागि भएको हो । त्यसैले पहिला अधिकार त तिम्रै हो । यसैले मलाई यहाँ खिचेर ल्यायो । खाली हात कोही पनि गएको छैन त्यसैले । अव उसले आप्mनो वावु प्रतिको कर्तव्य निभाउनु पर्दछ । आधा रातमा भगवान शिवले नन्दीलाई वोल्याएर ल्याउन अराउनु भयो । शिलाद आएको थाहा पाएर अन्तै गएर सुतेका रहेछन् । नन्दी दुखि हुंदै आए । नन्दीलाई भगवानले भन्नु भयो पलायनको वाटो होइन । आउ नन्दी आप्mनो वावु संग मिल । तिमीलाई थाहा छ नन्दी पिता माताको लागि सवैभन्दा ठूलो सुख सन्तान सुख हो । ले भने मैले हजुरको सेवा गरे यही मेरो जिवनको लक्ष हो । हजूरको सेवा गर्नु नै नन्दीको पहिचान हो । जति सास लिनु आवश्यक छ उति नै हजूरको सेवा गर्नु मेरो लागि उतिनै आवश्यक छ । हजूर यो नन्दी विना रहन सक्नु हुन्छ ? यदि यहांवाट निकाल्नु नै छ भने किन मलाई यहां राख्नु भयो । हजुरनै भन्नु हुन्छ मोहको वन्धनमा पर्नु हुंदैन भनेर । तिम्रो पिताको सेवा नै तिम्रो कर्तव्य । जसले यो सेवा गर्छ उसले कुनै देवी देवताको सेवा गर्नु आवश्यक छैन । म शिलादको छोरा छिनेर सुखि कसरी रहन सक्छु ? मेरो आदेश मान तिमी आप्mनो वावु संग जानै पर्छ । मेरो सेवाको उत्तरदायित्व तिमीले पूरा गरि सक्यौ । तिमी आप्mनो पिता सित जाउ । शिलादले नन्दीलाई लिएर आए । नन्दी केही पनि नगरी केवल महादेवलाई सम्झीरहन्थे । यता महादेवलाई पनि नन्दी विना कैलाश शुन्य भयो । अनि नारदका साथ नन्दीका घरमा पुगे महादेव । तिमी जत्तिको मेरो कोही छैन । नन्दी तिमी विना प्रिय मेरो कोही छैन कैलाश हिड भन्नु भयो । जव सम्म तिमी कैलाशमा जांदैनौ तवसम्म म यही तिमी संगै वस्छु । तिमीलाई आज आशिर्वाद दिन्छु । तिम्रो कानमा आएर जसले जे भन्छ त्यो म समक्ष अवश्य पुग्दछ । नन्दीले शिलादलाई भने मलाई माफ गरिदिनुस पिता मैले तपाईको दायित्व निभाउन सकिन । शिलादले भने धन्य हुं यस्ता पुत्र त वढी भाग्यले मात्र प्राप्त हुन्छ । स्वयं प्रभु तिमीसित प्रेम गर्नुहुन्छ । जाउ पुत्र जाउ र आप्mनो धर्म निभाउ । सच्चा मन लगाएर प्रभुको सेवा गर मेरो सेवा गरे जस्तै हुन्छ । नन्दी ! तिम्रो काम मेरो सेवा मात्र होइन । मेरो भक्तको प्रार्थना सुन्नु । यो काम जटिल छ । भक्तहरु प्रति
भेदभाव नगर्नु । त्यसपछि शिव हाँसेर नन्दी लाई भन्नु भयो । नन्दी मेरो वसाह पनि हरायो । तिम्रो अनुहार पनि वसाहको जस्तै छ तिमी कैलाशमै वस तिमी मेरो वाहन, द्वारपाल, साथी र शिवका गणको नाइके भयौ । नन्दीलाई शक्ति सम्पन्नता र कर्मठताको प्रतीक मानिन्छ । एक पटक नन्दी पहरेदारीको काम गरि रहेका थिए । शिव पार्वती संग घुम्न गएका थिए । भृगु ऋषि शिवको दर्शन गर्न आए । नन्दीले भृगुलाई गुफा भित्र जान दिएनन् । भृगुले श्राप दिए तैपनि नन्दीले एकनास वाटो रोकि रहे । केही समय पछि देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको हलाहल विष शिवको हातवाट जमिनमा खस्यो । त्यो खसेको हलाहल नन्दीले देखेर त्यसलाई जम्मा गरेर पिउन लागे समयमै शिव र पार्वतीले देखेर रोके त्यसैले केही नराम्रो हुन पाएन । फेरि एक पटक रावणले आप्mनो हातले कैलाश पर्वत उठाए । नन्दीले क्रुद्ध भएर आप्mनो खुट्टाले यस्तो दवाव दिए कि रावणको हात दव्न गयो जवसम्म रावणले शिवको आराधना नगरी र नन्दी संग माफी नमागे सम्म छोडेनन् । यता कार्तिकेयले मृत्यु देवीलाई भष्म गरे । यमराजलाई भस्म गरे । त्यसपछि जलन्धर कार्तिकेय संग लड्न युद्धभूमिमा आयो । यति वेला महादेव पनि समाधिमा वसि रहेका थिए । समाधिमा वसेका महादेवलाई जागा गराउनु अनिवार्य थियो । ब्रह्मा, विष्णु, नारद लगायत अन्य देवी देउताहरु के गर्ने कसो गर्ने भनेर छटपटाई रहेका थिए । विष्णुले भने महादेवलाई गणेशले जागा गराउन सक्छन् । महादेवलाई गणेशले जागा गराउन गए । महादेवको अगाडि नन्दी(मूर्र्ति) द्वारपालको रुपमा वसि रहेका थिए । नन्दीको कानमा गएर गणेशले महादेवलाई समाधिवाट जागा गराउन गुहारे । शिव, पार्वती र साँढे ः एक पटक शिव, पार्वती आप्mनो बाहन साँढेमा घुमिरहेका थिए । शिव हेर्दैमा बुढा देखिन्थे भने पार्वती जवान र राम्री पनि । बाटोमा हिड्ने मानिसहरु यो देखेर भन्ने गर्थे कस्तो नसुहाउने जोडी । बुढो र जवान स्वास्नी मानिसको । बाटोमा शिवले पार्वतीलाई भने । पार्वती तिमी साँढेमा चढेर यात्रा गर । तिनीले आप्mनो स्वामीले भनेको मानिन् र साँढेमा चढिन् । शिव संगसंगै हिडेर गए । गाउँलेहरुले खुवै आलोचना गरे । कस्तो स्वार्थी स्वास्नी मानिस रहिछ बुढो लोग्नेलाई हिडाएर आफु साँढेमा चढेकी । शिवले आप्mनो विचार परिवर्तन गरे । पार्वती मानिसहरुले तिमीलाई नराम्रो दृष्टिकोणले हेरे । यो वुद्धिमानी होला म साँढेमा चढ्छु तिमी हिड । शिव साँढेमा चढे र यात्रा गर्दै थिए मानिसहरुले फेरी कुरा काटे । कस्तो मुर्ख मानिस रहेछ आफु मोटोघाटो भएर पनि सांढेमा चढेको छ तर जवान, भलादमी र सोझी केटीलाई वाटोमा हिडाएर ।
यो सुनेर दुबै जना साँढेमा चढेर जाँदै थिए । तिनीहरु अर्को गाउँमा जाँदै थिए । मानिसहरु रिसाएर भन्न थाले । हेर ! यी दुष्ट दम्पतीहरुलाई ! दुवै साँढे माथि चढेका । एउटा सोझो दुखि प्राणिलाई मार्न लागे यिनीहरुले । अव एउटा मात्र उपाय बाँकि छ । तिनीहरुले साँढेलाई स्वतन्त्र छोडिदिए । साँढे एकातिर हिडिरहेको । महादेव र पार्वती साँढेको पछाडि पछाडि हिडिरहेका । तिनीहरुले नयाँ मानिसहरु भेटे । तिनीहरु आफु आफु हाँसिरहेका थिए र एक अर्कालाई कानेखुसि गरि रहेका । कस्ता मूर्खहरु ! संगै आप्mनो बाहन भएर पनि त्यसको सदुपयोग नगरेका । त्यसपछि शिवले पार्वतीलाई भन्नु भयो । अव आउ हामीलाई जे ठिक लाग्छ त्यो गरौं । अरुले जे भन्छन् भन्छन् । यो संसारमा कसैले पनि हामीले गरेको ठिक छ भनेर भन्दैनन् । यो फलानोले गरेको ठिक छ भनेर कसैले पनि प्रशंसा नगरि त्यसको विरोध मात्र गर्छन । यो प्रकृतिको नियमै हो ।
पशुपतिनाथको दर्शन नियम ः
पशुपतिनाथ दर्शन गर्ने आप्mनै नियमहरु छन् । नियम वमोजिम परिक्रमा दर्शन गर्नु उचित हुन्छ । पशुपति दर्शन गर्दा ध्यान पु¥याउनु पर्दछ । शिवको पूरा परिक्रमा नगरी आधा परिक्रमा गर्नु हो । पूरा परिक्रमा गर्दा उत्तर पटिको जलहरिवाट जल खस्ने निर्माल्य नाघिने हुंदा मन्दिरको अर्ध परिक्रमाको निर्देशन भएको हो । पशुपति मन्दिरको परिक्रमा दर्शन आप्mनो शक्ति, सामथ्र्य, समय अनुसार पशुपतिको लिंङ्ग, मन्दिर प्राङ्गण मात्रको र वरपरको क्षेत्र सहितको
दर्शन गर्न सकिन्छ । वसाहलाई दायाँ पारी पूर्व तिर अगाडि वढ्दै जांदा साना साना मन्दिर त्रिशूल, अन्नपूर्ण, ज्वरहरेश्वरलाई दायाँ पारी दर्शन गर्दै पुनः सानो मन्दिर भित्र रहेको चण्डेश्वरको दर्शन गर्दै केही सिंढी उक्ली गोसाइस्थान महादेवलाई दायाँ पारेर वासुकी नारायणको दर्शन गर्न गयौं । गोसाइस्थान ः रसुवा जिल्लामा ४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड नीलो पानीको सरोवर हो । यसका वरिपरि अरु १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मूख्य गोसाइँकुण्डलाई चाहि शिवकुण्ड मानिन्छ । पशुपतिनाथको पूर्वमा केही अग्लो स्थानमा वासुकी नागको मन्दिर रहेकोछ । वासुकी मन्दिर ः महर्षि कश्यप तथा उनकी पत्नी कद्रुको तीन छोराहरु थिए १) अनन्त (शेषनाथ) २) तक्षक र ३) वासुकी । यिनीहरुलाई नागहरुको राजा भनिन्छ । मान्यता अनुसार नागको वास पाताललोक हो । सवैभन्दा ठूलो भाई अनन्त भगवान विष्णुको भक्त हुन । उनी मुसा तथा अन्य जीववाट खाद्यान्नको रक्षा गर्दछन् । भगवान विष्णु जव क्षीरसागरमा योग निन्द्रामा हुन्छन् तव अनन्त उनको आशन वन्दछन् । उनको यो मुद्रा अनन्तशयनम् भनिन्छ । अनन्तले आप्mनो शिर माथि पृथ्वीको धारण गरेका हुन्छन् । उनले भगवान विष्णुको साथ रामायण कालमा रामको भाई
लक्ष्मण र महाभारतमा कृष्णको दाई वलरामको रुपमा अवतार लिएका थिए । यसको साथै रामानुज र नित्यानन्द पनि उनको अवतार भनिन्छ । भाई वासुकी भगवान शिवको भक्त हुन् । भगवान शिव सधैं आप्mनो गर्धनमा वेरिएर हिड्छन् । तक्षक खतरनाक मानिन्छन् । विशालु भएकाले उनीदेखि सवै डराउंछन् । वासुकी नागको टाउकोमा नागमणि हुन्छ । वासुकी नागको वहिनी मनसा हुन् । त्रिपुरदाहको समयमा वासुकी शिवको धनुषको ताँदो वनेका थिए । यो नागको देवता वासुकीको मन्दिर हो । यो मन्दिर पशुपतिनाथको जस्तै सानो मन्दिर छ । मन्दिरमा एक मात्र पश्चिम पट्टी ढोका रहेको छ । मन्दिरमा प्रयोग भएका काठहरुमा नागका अनेकौं चित्र कोरिएका छन् । जनश्रृती अनुसार जसरि पशुपतिनाथको गलामा वसेर नागले पशुपतिनाथको रक्षा गर्दछन्, त्यस्तै पशुपतिनाथ मन्दिरको नजिकै रहेको वासुकी मन्दिर यहांका वहुमूल्य रत्न सुरक्षाका लागि राखिएको हो । वासुकीलाई च्यापि गरुडले ल्याउंदा आदि युगमा गरुडवाट फुत्किई पशुपतिनाथको शरणमा आई तप गरिरहंदा पशुपतिनाथ खुसी भई तिम्रो नामले शहर वसाई तिमी यसै स्थानमा वस । तिम्रो दर्शन गरेर मात्र मेरो दर्शनको फल होला भनी वास पनि दिनु भयो । पुराणका अनुसार आर्यघाटमा वसेर घोर तपश्या गरेका हुनाले भगवान पशुपतिनाथ प्रशन्न भएर वासुकीलाई आप्mनो साथै रहने वरदान दिएका थिए । यहांको पूजा र पुजारीको नियुक्ति पशुपतिनाथको दर्शन र पूजा गर्नु अघि वासुकीको दर्शन र पूजा गरिन्छ । वासुकीको पूजाकालागि पशुपतिनाथको जस्तै पुजारी भट्ट व्यवस्था गरिएको छ । मूर्र्ति सुन, चांदी र तासको कपडाले श्रृंगारीएको हुन्छ । मूर्र्तिलाई टाढावाट दर्शन गर्नु पर्छ पुजारी वाहेक अरुले छुन पाउदैनन् । पुजारी भट्टलेनै टिका लगाइ दिएर पूmलप्रसाद लगाइ दिन्छन् । मन्दिरको वीचमा भगवान वासुकीको मानव आकृति पद्यासनमा वसि रहेका छन् । मूर्र्तिको माथि शेषनाथको फण फैलिएकोछ । करिव आधा मिटर अग्लो यो मूर्र्ति कालो पत्थरले वनेकोछ । यो मन्दिर राजा प्रताप मल्लले वनाउन लगाएका हुन् । मन्दिरलाई परिक्रमा गर्दा वासुकीलाई चढाएको जल नाघिन्छ भनेर मन्दिर नघुम्नेहरु पनि छन् । बासुकि नागको बारेमा अर्को कुरा ः शिवजीको गलामा नाग ः फरक फरक सुन्न पाइन्छ । कसैले नागलाई शिवजीको वाहन भनेका छन् । शिवलाई पशुपति भनेर चिनिन्छ । जसको अर्थ हुन्छ सम्पूर्ण प्राणिमात्रको भगवान । उनले सवै प्राणिहरुलाई नियन्त्रणमा राख्छन् सर्प जस्तो डरलाग्दो प्राणिलाई पनि आप्mनो गलामा गहनाका रुपमा लगाएका छन् । अर्को कुरा छ नागलाई भगवान शिवले कैलाशमा वस्न दिए । कैलाशमा जाडो भएकोले शिवले आप्mनो गलामा राखेर न्यानो पारे । कसैको भनाई शिवजीको गलामा नाग तिन फन्को वेरिएको उनी त्रिकालदर्शी भूत, बर्तमान र भविष्यका ज्ञाता भएकाले हो ।
शिवको त्रिशूलको बारेमा ः शिवले संहार गर्नको लागि त्रिशूलको प्रयोग गरेका छन् । त्यसैले शिवको अस्त्र त्रिशूल हो । शिवको त्रिशूलको तीनवटा सुइरोले तीन कुरालाई जनाउंछ । १) ब्रह्मा, विष्णु र महेश, २) सरस्वती, लक्ष्मी र काली । ३) सृष्टी, पालन र संहार । ४) भूत, बर्तमान र भविष्य । ५) स्वर्ग, मत्र्य र पाताल । ६) सत्व, रज र तम । ७) इच्छा, कार्य र सिद्धि ८) शारीरिक, मानसिक र आध्यात्मिक । ९) ईडा, पिंगला र
सुषूम्ना । शिवजीको जटामा गंगा ः सगर नामका एक राजाको साठी हजार पुत्र प्राप्त भयो । एक दिन राजा सगरले आप्mनो साम्राज्यको समृद्धीको लागि एक अनुष्ठानको आयोजना गरे । एक घोडा त्यस अनुष्ठानको एक अभिन्न हिस्सा थियो । जसलाई इन्द्रले ईश्र्यावश चोरेर लगे । सगरले त्यस घोडाको खोजी गर्न सवै छोराहरुलाई पृथ्वीको चारै तर्फ पठाए । त्यो घोडा पाताललोकमा ध्यानमग्न कपिल ऋषिको नजिकै पाए । उनले त्यो घोडा कपिल ऋषिले नै चोरेर लगेको भनेर उनको अपमान गर्न लागे । उनको तपस्या भंग गरि दिए । ऋषिले धेरै वर्ष पछि पहिलो पटक आँखा खोले र सगरको छोराहरुलाई देखे । उनको द्दृष्टिपातले सवै साठी हजार जलेर भस्म भए । अन्तिम संस्कार गर्न नपाए पछि सगरका छोराहरुको आत्मा प्रेत वनेर आए । दिलिपको छोरा र सगरको एक वंशज भगीरथले यस घटनाको वारेमा सुने उन्ले प्रतिज्ञा गरे कि गंगाको पृथ्वीमा ल्याउंछु ताकि गंगा जलले सगरका छोराहरुको पाप धुन सकुँ र उनीहरुको मोक्ष प्राप्त हुन सकोस् । भगीरथले गंगाको पृथ्वीमा ल्याउनको लागि ब्रह्माजीको तपस्या गरे । ब्रह्माजी तपस्यावाट खुसि भएर गंगालाई आदेश दिए कि पृथ्वीमा जाउ र त्यहाँवाट पाताललोक जाउ ताकि भगीरथको वंशजको मोक्ष प्राप्त हुन सकोस् । गंगालाई यो कुरा धेरै नै अपमानजनक लाग्यो र उनले तय गरिन कि पूरा वेगले स्वर्गवाट पृथ्वीमा झर्छु र उसलाई वगाएर लैजान्छु । तव भगीरथले डराएर शिवजीको प्रार्थना गरे कि शिवले गंगाको वेग कम गरि दिउन् । गंगा पूरै अहंकारका साथ शिवको शिरमा खस्न लागिन् । शिवजीले शान्ती पूर्वक आप्mनो जटामा वांधे र केवल सानो सानो धारा मात्र वाहिर निक्लन दिए । शिवजीको स्पर्श पाएर गंगा अझ पवित्र भइन् । पाताललोक तर्फ जाँदा गंगाले पृथ्वीमा वहनको लागि एक अन्य धाराको निर्माण गरिन ताकि अभागि मानिसहरुको उद्धार हुन सकोस् । गंगा एकमात्र यस्ती नदी हुन जो तीनै लोकमा वहन्छिन् स्वर्ग, पृथ्वी र पाताल । भगीरथको प्रयासले गंगा पृथ्वीमा आएकोले उनलाई ‘भागीरथी’ पनि भनिन्छ ।
महादेव र दुर्वासा ऋषि ः ऋषि दुर्वासा अत्रि ऋषि र सती अनुसुयाबाट जन्मेका हुन् । ऋषि दुर्वासा भन्नाले रिसाहा भन्ने वुझिन्छ । अत्रि सप्त ऋषि मध्ये एक हुन् । यिनी ब्रह्माका छोरा हुन् । दुर्वासा ऋषिका पिता ऋषि अत्रि तीन ब्रह्मा ऋषिहरु ऋषि गौतम र ऋषि भारद्वाज मध्ये एक हुन । यी तीन ऋषिहरु मध्ये ब्रह्मा ऋषि गौतमलाई, विष्णु ऋषि अत्रि लाई र शिव ऋषि भारद्वाजलाई भनिन्छ । दुर्वासा ऋषिले धार्मिक बाटोमा हिडाउन धेरै महत्वपूर्ण काम गर्नु भएको छ । ऋषि
दुर्वासा भगवान शिवको अंश हुन् । दुर्वासा शिवको रिसवाट जन्मेका हुन् । एक पटक शिवको ब्रह्मा र विष्णु संग झगडा परेको थियो । त्यो रिस जम्मा अनुसुया माथि परेको थियो जसवाट दुर्वासाको जन्म भयो । सती अनुसुयालाई ब्रह्मा, विष्णु र शिव जस्तो छोरा पाउनु परेको थियो । ब्रह्मा जस्तै चन्द्र(सोम) को जन्म भयो । विष्णु जस्तै दत्त्रातय र शिव जस्तै दुर्वासाको जन्म भयो ।
महादेव र परिवार ः
महादेवलाई असल पतिका रुपमा लिइन्छ । उनले पार्वतीलाई सधैं आदर र सम्मान गरेका छन् । सधैं आप्mनो छेउमा राखेर सम्मान गरि रहेका हुन्छन् । यस्तो अरु देवताहरु विष्णु र ब्रह्माले गरेको पाइदैन । महादेवले आप्mनो परिवारलाई ज्यादै माया गर्नु हुन्छ । उनले गणेश, कार्तिकेय, अशोक सुन्दरी र देव, देवता, गण, भक्त आदि सवैलाई माया गर्नु हुन्छ । वहाँ पशुहरुलाई पनि उत्तिकै माया गर्नु हुन्छ । त्यसैले नै वहाँलाई ‘पशुपति’ भनिएको हो । सवैले आप्mनो परिवार प्रति कसरि माया ममता गर्नु पर्छ भन्ने कुरा महादेववाट सिक्नु पर्दछ ।
म मह हा ाद देव वक का ोे ट टा ाउ उक का ाम मा ा च चन् न्द द्र्रम मा ा ः ः
ब्रह्माका छोरा दक्ष प्रजापतिले आप्mना २७ छोरीहरुको विवाह चन्द्रमा संग गरि दिएका थिए । चन्द्रमाले तिनीहरु मध्ये एउटी छोरी रोहिणीलाई मात्र मन पराउंदथे । रेवती सहित अन्य छोरीहरुले चन्द्रमाले केवल रोहिणीलाई मात्र माया गरेको हामीहरुलाई उपेक्षा गरेको पत्नीको स्थान नदिएको अझ हामीहरुलाई त्याग्न खोजेको भनेर आप्mनो पिता दक्ष समक्ष विन्ती जाहेर गरे । दक्षले आप्mना छोरी ज्वाई चन्द्रमालाई सोधे के यो कुरा साँचो हो ? चन्द्रमाले भने साँचो हो । दक्षले आप्mनो ज्वाई चन्द्रमालाई भने तिमीले मेरा सवै छोरीहरुलाई विवाह गरेकाले सवैलाई उत्तिकै माया गर्नु पर्छ । तिम्रो यो अपराध पूरै समाजको विरुद्ध हो । त्यसैले कुनै पनि निर्णय परिवारको समक्ष लिनु हुंदैन । भरी सभामा लिनु पर्छ । उनले पुरै सभा बोलाए । चन्द्रमा तिमीले रेवती र अन्य पत्नीको अधिकार नदिएर आप्mनो उत्तरदायित्व पूरा गरेनौ । विवाहको मर्यादाको उलंघन ग¥यौं । म प्रजापति दक्ष तिमीलाई यो आदेश दिन्छु, तिमीले रेवती र अन्यलाई पत्नीको स्थान दिनु पर्छ र प्रेम पनि गर्र्नु पर्छ । चन्द्रमाले भने क्षमा गर्नु होस् प्रजापति ! यो संसार भलै तपाइको आदेश अधिनमा होला तर प्रेम हुंदैन । यदि होला त सतीको मनबाट शिवजी निकाल्न तपाई सक्षम हुनु हुन्थ्यो ? दक्षले भने सतीको विद्रोहवाट तिमी धेरै खुसि भएछौ अन्यथा प्रजापति दक्ष संग यस्तो तर्क गर्ने साहस गर्दैनथ्यौ । यस्तो विद्रोहको अग्नी सम्पूर्ण समाजमा फैलन सक्छ । म अहिलै यसै समयमा यसको अन्त गर्छु । म तिमीलाई यस्तो दण्ड दिन्छु यदि कसैको मनमा विद्रोहको भावना आए यो परिणामले उ काँपोस । इच्छाको विरुद्ध प्रेम गर्नु यो भन्दा ठूलो दण्ड के हुन सक्छ प्रजापति ! यो सुने पछि दक्षले श्राप दिन तयार भए । अन्य उपस्थित ऋषि मुनिहरुले हामी चन्द्रमालाई सम्झाउंछौं भने रेवतीले पनि विन्ती गरिन् चन्द्रमालाई दण्ड नदिनुस पिताश्री यिनलाई दण्ड दिएर मात्र मलाई प्रेम प्राप्त हुंदैन । दक्षले भने अव धेरै ढिलो भै सक्यो भन्दै कसैले भनेको नमानी दक्षले चन्द्रमालाई श्राप दिए । तिमीले विवाह गरेर रेवती र अन्यलाई पत्नीको स्थान नदिएर घोर अपराध ग¥यौ त्यसैले म ब्रह्मपुत्र प्रजापति दक्ष तिमीलाई क्षय हुने श्राप दिन्छु । श्राप दिना साथ चन्द्रमा भुईमा ढले ।
श्रापले गर्दा चन्द्रमाको शक्ति क्षिण हुंदै गयो । पृथ्वीका प्राणिमा नराम्रो असर पर्न गयो । ब्रह्माले चन्द्रलाई सल्लाह दिए । महादेव बाहेक अरुले यो श्राप मुक्त गर्न सक्तैनन् । तिमी महादेवको प्रार्थना गर । चन्द्रमाको आमा अनुसुयाको हातवाट पूजाको थालि भुईमा खस्यो र पती अत्री के भयो अनुसुया भन्दै आए । कतै अनर्थ भयो स्वामी । आकाशमा हेर्दा हेर्दै चन्द्रमा क्षय हुंदै गए । कालो कालो हुंदै चन्द्रमा पुरै गायव भए । चन्द्रमालाई अवश्य केही भयो । कुनै भारी संकटमा होला उ । सारा ब्रह्माण्डनै काप्न थाल्यो । ब्रह्मा, विष्णु र शिव सवैले थाहा पाए । नारद महादेव समक्ष हात जोडेर विन्ती गर्न थाले । महादेव हजूरले प्रजापतिलाई वढावा दिएको कारण आज देख्नु भयो । तपाई जगत पिता हुनु हुन्छ । तपाईको यो एकांकीपन, उदारता प्रकृतिको लागि राम्रो होइन । तपाइले केही गर्नु प¥यो । महामण्डपमा तपाईलाई अपहेलना ग¥यो । तपाईको पूजा छिन्यो । दक्षले गर्न सम्म ग¥यो तैपनि हजूरले केही पनि गर्नु भएन । तपाईको मौनताको कारण नै हो दक्षको अहंकार । अव पनि रोक्न भएन भने संसारको विनास निस्चित छ । केही गर्नुस प्रभु केही गर्नुस । चन्द्रमाको क्षय हुन श्राप दिनु पनि यही श्रँृखलाको कडि हो प्रभु । चन्द्रमाको क्षय हुनाले सृष्टिको सन्तुलन नष्ट हुन्छ । महादेव रिसाएर भन्नु भयो । मेरो विरुद्ध प्रजापतिले आज सम्म जे गरे मैले केही भनिन मेरो लागि त्यो केही महत्व नै थिएन । उनको दायित्वमा मैले आज सम्म हस्तक्षेप गरिन नत उनको निर्णयको कुनै विरोध गरेंँ । प्रकृति र सृष्टिको क्षति पु¥याउनु प्रजापतिको आप्mनो दायित्वको विरोध गएर आप्mनो अहंकार वढ्दै गयो, अव यस्को विनास अनिवार्य छ । दक्षको संहार अनिवार्य छ । सृष्टिको सन्तुलन कायम राख्नको लागि दक्षको संहार अनिवार्य भयो । महादेव क्रोधित भए । नन्दीले नारदलाई भने महादेवको यो रुप रोक्नु पर्छ कुनै उपाय निकाल्नुस भन्दा नारद भन्छन् यसको उपाय केवल भगवान विष्णुले मात्र निकाल्न सक्छन म गएर विष्णुलाई विन्ति गर्छु भने । नारदले विष्णुलाई भने संसारको कुन समस्या छ हजूरले समाधान गर्न नसक्ने । तपाई सर्वज्ञ, सर्वज्ञानी हुनुहुन्छ । तपाईको लिला अपरम्पार छ । तपाई संसारको पालन कर्ता हुनुहुन्छ । प्रलय हुन लागि सक्यो तपाई केही गर्नु हुन्न । लक्ष्मीले भनिन् यस्तो संकटको वेलामा पनि तपाई मुस्कुराई रहनु भएको छ । लाग्छ उपाय भेटाई सक्नु भएछ । यदि म र ब्रह्मा मिलेर शिवको पूजा गरेमा शिवको क्रोध शान्त हुन्छ । तर यो उपाय अधुरो छ । दक्षको श्रापले शिवको पूजा हुन सक्दैन । नारदले भने के तपाई यो प्रलय रोक्न सक्नु हुन्न ? विष्णुले भने लाग्छ त्यस्तै । यता चन्द्रमाका माता पिता चन्द्रमा भएका ठाउंमा आए । चन्द्रमा इन्तु न चिन्तु भएर सुति रहेका छन् । अनुसुयाले भनिन् हे दक्ष प्रजापति तपाईले मेरो छोरालाई किन क्षय हुने श्राप दिनु भयो । एउटा आमाको छोरा छिन्ने महापाप नगर्नुस प्रजापति । यसले जे गरेको छ त्यसको दण्ड वरु मलाई दिनोस तर मेरो छोरालाई बचाइ दिनोस् । यो सुनेर दक्षले भने प्रजापति दक्षले दिएको श्राप फिर्ता लिन सकिन्न । किन यस्तो श्राप दिने आवश्यक पर्न आयो । यस्तो के ग¥यो मेरो छोराले ? अहंकारमा आएर उसले आप्mनो दायित्व भुलेको थियो । संसारको लागि उदाहरण वन्न गयो । यस्को अविनास अनिवार्य थियो । चन्द्रमाका पिताले भने । दायित्व त तिमीले भुल्यौ प्रजापति आप्mनो अहंकारले संसारको संचालन गर्ने दायित्व, संसारको सन्तुलन वनाई राख्ने दायित्व, चन्द्रको यो श्राप दिएर त्यो दायित्वको पनि त्याग दियौ । एक श्राप आप्mनो अहंकारको किन दिदैनौ । संसारको उद्धारको लागि तिम्रो अहंकारको विनास हुन आवश्यक छ ।
कश्यप ऋषिले भने चन्द्रमाको ठिक गर्ने एक मात्र उपाय छ त्यो हो महामृत्युञ्जय मन्त्र । भनिन्छ मार्कण्डेय ऋषिले त्यो मन्त्र जप गरेर सिद्ध गरे । आप्mनो मृत्युको विजय प्राप्त गरे । महादेवले महामृत्युञ्जयको मन्त्र दिदै भन्नु भएको थियो जसले महामृत्युञ्जय मन्त्रको जप गर्छ उसको अकाल मृत्यु हुंदैन । तर मार्कण्डेय ऋषिले यो मन्त्रको अहिले सम्म सार्वजनिक गरेका छैनन् । उनीसंग गएर यो मन्त्र लिएमा चन्द्रमाको अकाल मृत्युवाट वचाउन सकिन्छ । विष्णुले आप्mनो परमभक्त दक्षलाई साथ दिन्छु भन्दै दक्षलाई दर्शन दिएर भन्नु भयो । यो के गरेका दक्ष । चन्द्रमालाई श्राप । भुल ग¥यौ तिमीले । ब्रह्माले संसारको सन्तुलित वनाई राख्नको लागि शक्ति दिएका थिए । सन्तुलन विगार्नको लागि होइन । दक्षले भने परन्तु यो श्रापको फिर्ता लिनको लागि पनि मेरो हातमा छैन प्रभु । तिम्रो भूलको सुधार गर्नको लागि त मलाई यहां आउन प¥यो दक्ष । तिमी मेरो परम भक्त हौ । तिमीले यो भुल्न नहुने । चन्द्रमा सामान्य व्यक्ति होइनन् । उनी नव ग्रह मध्ये एउटा ग्रह हुन । चन्द्रमा नहुंदा संसारको चक्र टुट्न सक्छ । श्रापको फिर्ता लिन सक्दैनो भने चन्द्रमाको कमि पूरा गर्नु पर्छ तिमीले दक्ष । चन्द्रमाको पूर्ण मृत्यु हुनु भन्दा अगाडि एउटा नयाँ ग्रहको स्थापना गर्नु पर्छ । यति गरेमा ससारको सन्तुलन पनि विग्रिदैन र तिम्रो प्रतिष्ठा पनि कायम रहन्छ । भक्तको प्रतिष्ठा नै भगवानको प्रतिष्ठा हो । यो मेरो प्रतिष्ठाको प्रश्न हो दक्ष तिमीले वुभ्mयौ । तर प्रभु म यो नयाँ ग्रह कसरि वनाउ । विष्णुले सल्लाह दिए । सरस्वती नदीवाट बत्तिसलक्षणले युक्त भएको नारीवाट माटो ल्याएर अनुष्ठान बनाउन । बत्तिसलक्षणले युक्त भएको सती वाहेक कोही थिएन । दक्षले सतीको घेरा वन्दी हटाएर अनुष्ठानको लागि सरस्वती नदी बाट माटो लेराउन लगाए यसको लागि सैनिकहरु पठाए । सरस्वती नदीको किनारमा सैनिकहरु टाढै वसे । सती माटो लिन गइन । लक्ष्मी सतीको भेष धारण गरेर सैनिकहरु संग दक्षको दरवारमा पुगिन र त्यहांवाट अन्तध्र्यान भइन । यता सैनिकहरु लक्ष्मीलाई दक्षको दरवारमा लिएर गए । ऋषिको भेष धारण गरेका ब्रह्मा र विष्णुले महादेवको अर्धागिनी सतीलाई पूजा गरे पछि महादेवको क्रोध शान्त भयो । मार्कण्डेय ऋषिले चन्द्रमालाई दक्षको क्षेत्र भन्दा वाहिर प्रभासमा लिएर जान भने जहां दक्षको प्रभाव कम हुन्छ । प्रभासमा चन्द्रमा मृत्युको शैयामा सुति रहेका छन् सवै जना महामृत्युञ्जय मन्त्र पढिरहेका छन । महादेव आउनु भयो र चन्द्रमालाई बचाउनु भयो । यता दक्षको नयाँ ग्रह पूरा हुन नपाई चकनाचुर भएर ढल्यो । चन्द्रमाले महादेवको पाउमा परेर भने तपाईले मलाई श्रापवाट मुक्त गरि दिनु भयो धन्यवाद दिनको लागि म संग शव्द छैन । महादेवले भन्नु भयो । तिमी प्रजापतिको श्रापवाट मुक्त भएका छैनौ चन्द्रदेव । महामृत्युञ्जयको जपवाट प्रजापतिको श्रापको प्रभाव अवश्य कम भयो तर हटेको छैन । तिम्रो अपराध पनि क्षमा योग्य छैन चन्द्रदेव । तिमीले रेवती र अन्य संग सहमतिमा विवाह गरेका हौ । उनीहरुलाई पत्नीको सम्मान र अधिकार दिनु तिम्रो कर्तव्य हो । तर तिमीले कर्तव्यको पालना गरेनौ । एक अपराधिलाई दण्ड मिल्नु उचित हो । प्रजापतिले चन्द्रदेवलाई उचित दण्ड दिएर सहि काम गरे । सामान्य पिता भए अवश्य क्षमा गर्थे, तर उनी सामान्य होइनन् दक्ष प्रजापति हुन् । समाजको सञ्चालनको उत्तरदायित्व उनको काँधमा छ । उनले ज्वाईलाई क्षमा गरि दिएमा समाजमा गलत सन्देश जान सक्छ । म अति प्रसन्न भए प्रजापतिले आप्mनो पारिवारिक सम्वन्धलाई मात्र नहेरी न्यायधर्मको पालना गरेकोमा । तिमी अपराधि होउ त्यसैले दण्ड पायौ । चन्द्र देवले महादेवको पाउमा पर्दै भने, मलाई बचाउनोस प्रभु म आप्mनो अपराधको क्षमा चाहन्छु । म वचन दिन्छु रेवती र अन्यको भविष्यमा पूर्ण सम्मान दिन्छु । चन्द्रका वावुले भने महादेव म त पुत्र विना रहन सक्छु तर यो संसार चन्द्रमा
विना कसरि सृष्टिको सञ्चालन होला । चन्द्रमालाई वचाउनोस् प्रभु । ऋषि कश्यपले भने महादेव यदि प्रजापतिको श्राप पूर्ण रुपमा हटाउन नसकेमा यस्तो कुनै वरदान दिनोस जसले चन्द्रमाको जिवन दान मिलोस । अनुसुया चन्द्रमाको आमाले भनिन् केही गर्नुस प्रभु मेरो छोरालाई वचाउनुस् । पत्निहरुले भने हाम्रो सुहाग वचाउनुस प्रभु । दधिचि ऋषिले भने चन्द्रमाको रक्षा गर्नै प¥यो प्रभु । चन्द्रदेवको अपराध क्षमा योग्य छैन । तैपनि सृष्टिको लागि मैले जीवन दान दिए । यद्यपि म प्रजापतिको श्रापवाट मुक्त गर्न सक्दिन परन्तु आप्mनो शिरमा धारण गरेर प्रजापतिको श्रापवाट अभयदान अवश्य दिन्छु । दधिचि ऋषिले भने महादेव पहिले चन्द्रमाको आप्mनो शिरमा धारण गर्नु होस । अर्को कुरा छ प्रभु हामी सवै प्रभुको प्रत्यक्ष पूजा गर्न चाहन्छौं यदि हजूरको आज्ञा भएमा । महादेवको चन्द्रमा सहित सवैजनाले धुमधामका साथ दही, दुध, ध्यु ले स्नान गरे । पूजा अर्चना गरे । नाचगान भयो । शिवजीको आराधना भयो । नारद, ब्रह्मा, विष्णुको उपस्थिति भयो । ब्रह्माले भने शिव चन्द्रमाको आप्mनो शिरमा धारण गर्छन । विष्णुले भने अद्भुत घटनाको साक्षी वन्नमा हामीलाई रोक्न पाएनौ महादेव । महादेवले सवैलाई स्वागत गरे । चन्द्रमालाई पूरा प्रकाश दिएर चन्द्रमा आप्mनो शिरमा धारण गरे महादेवले । प्रजापति दक्षको श्रापको कारण आजको पन्द्र दिन सम्म तिम्रो आकार सानो हुंदै जान्छ । परन्तु मेरो अभयदानको कारण अर्को पन्ध्र दिन सम्म तिम्रो आकार वढ्दै जान्छ । पूर्णिमामा तिमी वास्तविक आकारमा पुग्छौ । तिम्रो यो चक्र सृष्टिको अन्त सम्म चल्दै रहन्छ । चन्द्रमाले महादेव समक्ष भने महादेव म यो स्थानमा तपाईको भव्य मण्डप वनाउंछु । ब्रह्माले भन्नु भयो आज देखि यो स्थानको ‘सोमनाथ’ तीर्थको नामले जानिन्छ । ब्रह्मा र विष्णु दुवैले भन्नु भयो । यहाँ आउने सव भक्तको सवै वाधा, सवै दःुख समाप्त हुन्छ । आजको दिन विशेष हो । आजको दिनमा महादेव पनि श्राप मुक्त हुनु भयो । आजको दिन महादेवले चन्द्रमाको अभयदान दिनु भयो । आजको यो विशेष दिनको संसारमा ‘शिवरात्री’को नामले जानिन्छ । शिवलाई ‘चन्द्रशेखर’को नामले चिनिन्छ जसले चन्द्रमालाई आप्mनो टाउकामा राख्छन् । शिव अवतार ः शिवले वेला वेलामा फरक फरक रुप लिएर समस्त जगतको कल्याण गर्नु भएको छ जसलाई ‘अवतार’ भनिन्छ । शिवका अवतारहरु । १) आदि शंकर २) आलम प्रभु ३) अर्धनारिश्वर ४) अश्वत्थामा ५) आधुतेश्वर ६) वटुक ७) भैरव ८) भिक्षुवार्य ९) ब्रह्मचारी १०) बृषभ ११) गोरखनाथ १२) गृहपति १३) हनुमान १४) हरिहर १५) खण्डोवा १६) किरात १७) कृष्ण दर्शन १८) महेश १९) नन्दी २०) नटराज २१) नीलकण्ठ २२) पिप्लाद २३) ऋषि दुर्वाशा २४) साधु २५) शराव २६) सुनानर्तक २७) सुरेश्वर २८) वैश्यनाथ २९) वीरभद्र ३०) विभुस्वथमा ३१) विराट र ३२) यतिनाथ ।
शिवजी र डमरु ः शिवजीलाई कस्मिक डान्सर र एक ठूलो म्युजिसियनका नामले चिनिन्छ । शिवजीको तान्डव नृत्यमा कस्मिक डान्स र उनको डमरुले कस्मिक आवाजको प्रतिनिधित्व गर्दछ । डमरुको आवाज टाढा टाढा सम्म पनि पुग्दछ । आदि शक्तिको विस्मृितको कारण अपस्मार शक्तिशालि हुंदै गई रहेको थियो । अपस्मार विस्मृितको दैत्य हो । अपस्मार देवताहरु भन्दा पनि शक्तिशालि भएकोले त्र्रह्मा, विष्णु आदि देवताहरुले अपस्मारलाई दमन गर्न महादेवलाई अनुरोध गरि रहेका थिए । महादेव वाहेक अपस्मारलाई कसैले मार्न सक्दैनथ्यो । महादेवले अपस्मारलाई भन्नु भयो । अन्धकार जति सुकै गहिराई र प्राचिन किन नहोस् त्यसलाई सत्य र योगको अग्निकणले एकै क्षणमा समाप्त गरिदिन्छ । यो योगा अग्नी कुनै अपस्मारले वुझाएर नवुभ्mने वाला हो । तैले ठिकै भनिस धर्मको छायाँमा अधर्म, सत्यको छायाँमा असत्य, स्मृतिको छायाँमा विस्मृतीको पालन सधैं हुंदै आइरहेको सवैको सधैं रहिरहन्छ । तर सत्य योग द्वारा तेरो दमन गर्ने विकल्प यो संसारमा छंदैछ । आप्mनो टाउकावाट एउटा जटा पृथ्वीमा मिल्काउनु
भयो त्यसवाट अर्को शिवजी प्रकट हुनु भयो । अव अपस्मारलाई नियन्त्रणमा राख्न महादेवले डमरु वजाउनु भयो । एक पछि अर्को जटा पृथ्वीमा मिल्काउंदै जानु भयो जति जटा मिल्काउनु भयो त्यति नै महादेव प्रकट हुंदै जानु भयो र डमरु वजाउन थाल्नु भयो अपस्मारले चारैतिरवाट डमरुको आवाज सुन्न थाल्यो । डमरुको आवाज सुन्न नसकेर कान थुन्न थाल्यो । फेरी अर्को जटा पछारेर फेरी अर्को महादेव प्रकट हुनु भयो र भन्नु भयो । अपस्मार ! विस्मृतीको दैत्य तैले थाहा पाईस कि त ‘नट’ होस् तर तैले विर्सिस कि म स्वयं एउटा ‘नटराज’ हुं । तेरो दमनको नृत्यारम्भ हुंदैछ । चारैतिरवाट डमरुको आवाज र नटराजको नृत्यले गर्दा अपस्मार भुइमा ढल्यो । पुष्प वृष्टि भयो । यता विस्मृतीमा रहेकी पार्वतीको पनि स्मृती आयो । उनले गणेशलाई चिनिन् । गणेशले विचार गरे अव पिताजीले अपस्मारको दमन गर्नु भएछ । विष्णुले भन्नु भयो । महादेव ! तपाइले अपस्मारको दमन गरेर केवल पार्वतीको मात्र नभई समस्त संसारको एक ठूलो संकटवाट वचाउनु भयो । व्रह्मदेवले भन्नु भयो । देवी पार्वतीको विस्मृतीले यसलाई शक्तिशालीमात्र नभएर निर्भिक पनि वनाई दिएको थियो । नारदले भन्नु भयो । अपस्मारको कारण हजुरको नटराजको दर्शन पनि भयो । महादेवले भन्नु भयो । अव चिरकाल सम्म मेरो यो नटराज स्वरुप अपस्मारको दमन गरिरहन्छ । संसारको यो स्मरण रहोस् अपस्मारको अन्त हुंदैन किनकि अपस्मारको अन्त त सम्भवै छैन । संसारको सधैं अपस्मारको दुष्प्रभाव प्रति जागरुक रहनु पर्छ । निरन्तर योग द्वारा आप्mनो मनको एकाग्र राख्नु पर्छ । ज्ञान विद्याको दियो सधैं वालिराख्नु पर्छ । अज्ञान र अविद्याको अन्धकार भ्रमित गर्न सक्दैन । नारद धन्य हे प्रभु ! तपाई केवल तपाई नै हुनु हुन्छ जो पारिवारिक उल्झन हुंदा हुंदै पनि समस्त संसारका दुःख हटाउन नटराज रुप लिएर नृत्य गर्न सक्नु हुन्छ ।
शिवजी र जटा ः शिवजीले आप्mना गणहरुलाई टाउकामा राखेर हिडिरहनु भएकोछ । दक्षले महादेवलाई नाना तरहले गालि ग¥यो त्यो सहन नसकि सतीदेवीले यज्ञकुण्डमा हाम फालेर मरिन् । यो कुरा थाहा पाए पछि महादेवले आप्mनो जटा जमिनमा फाले त्यसवाट महाकाली उत्पन्न भईन अर्को जटा फाले त्यसवाट वीरभद्र उत्पत्ति भए । महादेवले महाकाली र वीरभद्र लाई भने तिमीहरुले चाँडै त्यो दक्षको यज्ञ विध्वंस गरेर आओ । महाकाली र वीरभद्रले सोही गरे । पुनः महाकाली र वीरभद्रलाई आप्mनो शरीरमा लिन गराउनु भयो । अपस्मार विस्मृतीको दैत्य लाई महादेव वाहेक कसैले मार्न सक्दैनथ्यो । महादेवले आप्mनो जटा पृथ्वीमा मिल्काउनु भयो त्यसवाट महादेवको अर्को रुपको उत्पत्ति भयो । एक पछि अर्को जटा पृथ्वीमा मिल्काउँदै जानु भयो त्यसवाट महादेवै महादेव उत्पत्ति हुनु भयो । चारैतिरवाट डमरु वज्न थाल्यो साथै नटराजको नृत्य । त्यो डमरुको आवाज र नृत्यले अपस्मारको मृत्यु भयो ।
भगीरथको प्रयासले गंगालाई पृथ्वीमा वहनु प¥यो । पूरा वेगले स्वर्गवाट पृथ्वीमा झर्छु र उसलाई वगाएर लैजान्छु । तव भगीरथले डराएर शिवजीको प्रार्थना गरे । शिवले गंगाको वेग कम गरि दिउन् । गंगालाई आप्mनो जटामा खस्न लगाएर गंगाको वेग कम गराए । प्रजापतिको श्रापवाट चन्द्रमालाई अभयदान दिएर महादेवले चन्द्रमा आप्mनो शिरमा धारण गर्नु भयो ।
शिवजीको तेस्रो आँखा ः भगवान शिवलाई ‘त्रयम्वक’ देव पनि भनिन्छ । उनको दायाँ आंखा सूर्य, बायाँ आँखा चन्द्रमा र तेस्रो आँखा अग्नी । दायाँ र वाँयाका दुई आँखाले संसारको गतिविधि लाई दर्शाउँछ भने निधारमा रहेको तेस्रो आँखाले ज्ञान, शक्ति आदिको प्रतिनिधित्व गर्छ । एक पटक दुर्गा भवानीले विवाह गर्न चाहिन् । तिनी त्रिमुर्ती हिन्दू धर्मका प्रमुख देवताहरु ब्रह्मा, विष्णु र शिव कहां विवाहको प्रस्ताव लिएर गइन् । ती मध्ये विष्णु र ब्रह्मा डराए । दुर्गा जस्तो ठूलो देवी संग विवाह गर्न । अझ विष्णुले त दुर्गालाई वहिनीको रुपमा आदर गरे । त्यसपछि उनी शिव कहाँ गईन । शिवले भने म तिमी संग विवाह गर्छु यदि तिमीले तिम्रो तेस्रो आंखा मलाई दिएमा । उनले शिवलाई तेस्रो आँखा दिईन् र भनिन् तिमीले यो केवल एक पटक मात्र म माथि प्रयोग गर्नु । सती देवीको मृत्यु पछि महादेव वौलाहा जस्तै भएर हिडि रहेका थिए । सतीदेवीको मृत शरीर आफुसंग नभए पछि उनी जंगलमा गएर समाधि लगाएर वसे । यता तारकासुर नामको राक्षसले सारा देवताहरुलाई दुःख दिईरहेको थियो । यसलाई केवल शिवका छोराले मात्र मार्न सक्छन् तर उनी अहिले सम्म जन्मेका छैनन् । ध्यान मग्नमा रहेका शिवलाई जागा नगराए सम्म शिवको विवाह हुंदैन । विवाह नगरी पुत्र प्राप्ती हुंदैन । ब्रह्मा, विष्णु सारा देवताहरु मिलेर शिवलाई व्युझाउन कामदेवलाई काम वाण हान्न लगाए । काम वाण लागेर शिव व्युझिए । शिव रिसाएर कामदेवलाई तेस्रो आंखाले भस्म पारि दिए । कामदेव धर्मका प्रेम र कामका देवता हुन् । उनी ब्रह्माका छोरा हुन । महादेवले भष्म गरेपछि उनी दोस्रो जन्ममा कृष्णका छोरा प्रद्युम्नको छोराको रुपमा जन्मिएका थिए । तेस्रो आंखाको अर्को कथा ः एक पटक पार्वतीले आप्mनो हातले शिवको दुवै आंखा छोपि दिइन् । संसार अन्धकारमय भयो । तव शिवले आप्mनो तेस्रो आँखा खोले र संसारलाई उज्यालो र शक्ति प्रदान गरे । शिवको तेस्रो आँखाको ताप र पार्वतीको हातको पसिनाको थोपा जमिनमा पर्न गयो र एउटा वच्चामा परिणत भयो । त्यो वच्चालाई ‘अन्धका’ भनियो । उ अन्धो थियो । उसलाई एउटा असुरले पालन पोषण ग¥यो । उ कसवाट जन्मियो भन्ने पनि ज्ञान भएन । उ पार्वतीको रुपमा मोहित भयो र पछि उसलाई शिवले नै मारि दिनु भयो ।
महादेव किन बाघको छाला माथि वस्छन् र शरीरमा बाघको छाला नै बेर्छन् ? हिन्दूहरुका देवता महादेव किन बाघको छाला प्रयोग गर्छन ? शिव पुराणमा एउटा अनौठो कथा छ । शिव संसार भरि नाङ्गै घुम्दथे । एक पटक उनी एउटा जंगलमा पुगे जहां ठूला ठूला ऋषिमुनिहरुको आश्रम थियो । त्यो आश्रममा ऋषिमुनिहरु आप्mना पत्नीहरुकासाथ वस्थे । ऋषिमुनिका पत्नीहरु जवान शिवका साथ सम्पर्कमा रहे । शिवको सम्पर्कमा आए पछि ती ऋषिपत्नीहरु
आप्mनो दैनिक काममा एकचित्त हुन सकेनन् । आश्रममा धेरै गडवडि हुन गयो । ती ऋषिमुनिहरुले विचार गरे यो हुनाको कारण जवान नाङ्गा शिवजी नै हुन त्यसैले तीनलाई पाठ सिकाउनु प¥यो । उनीहरुले शिवजी आउने वाटोमा कुकुर पठाए । जव शिवजी आए तव आप्mनो सवै शक्ति लगाएर तिनीहरुले कुकुरलाई बाघ बनाए । तर उनले रत्तिभर डर नमानी बाघलाई सजिलै सित मारे र त्यसको छालाले आप्mनो शरीर ढाके । यो देखेर ती ऋषिमुनिहरुले विचार गरे हाम्रो यत्रो शक्ति एकै छिनमा सजिलै खत्तम पारि दिए त्यसैले यिनी साधारण मानिस होइनन् भनेर शिवको पाउमा परे । त्यतिवेला शिवले बाघको छालाले शरीर ढाकेका थिए । त्यसैवेला देखि शिवले बाघको छालाले शरीर ढाक्ने र बाघको छालामा बस्ने गरेका हुन् । बाघ र सिंह जनावरहरुमा डरलाग्दो जनावर मानिन्छ । त्यस्ता डरलाग्दा जनावर पनि महादेव देखि डराउंछन् । यस्ले जनाउंछ उनी बाघ, सिंह भन्दा पनि शक्तिशालि छन् भनेर ।
महादेव र गाँजा, भाँग धतुरो ः देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गरे । मन्दागिरी पर्वतलाई मदानी, वाशुकि नागलाई नेती वनाएर । समुन्द्र मन्थनबाट धेरै कुराहरु निस्के देवता र दानवहरु मिलेर वाडेर लिए । समुन्द्र मन्थनबाट निस्केका कामधेनु गाई(ऋषिले), उच्चश्रवा घोडा(दैत्यराज बलिले), ऐरावत हात्ति(गजराज) देवराज इन्द्रले, कस्तुप मणि(विष्णुले), चन्द्र (शिवले), पारिजातस्वर्गलोकमा), कल्पद्रुम,रम्भा, तिलोत्तमा (स्वर्ग), देबी महालक्ष्मी, वारुणी मदिरा(दानवले), शंख, धन्वन्तरी,अमृत । समुन्द्र मन्थनवाट कालकुट विष पनि निस्क्यो । कालकुट विषको तापले गर्दा मानिसहरु, पशुपंछि र रुख विरुवाहरु डढेर खरानी भए । देवता र दानवहरु भाग्न थाले । ब्रह्मा, विष्णुले त्यसलाई नष्ट गर्न सकेनन् । विष्णुको शरीर पनि कालो भै सकेको थियो । देवता, असुर र ब्रह्मा सहित भगवान शिवलाई भेट्न कैलाश पुगेर महादेवलाई विन्ती गरे । संसारमा भएका सवै प्राणि, रुख विरुवालाई बचाउन शिवले त्यो विष म सेवन गर्छु भने र विष हातमा लिए, उनले त्यो विष घाँटीमा नै राखे । त्यति वेला देखि शिवको घांटी निलो भयो र उनलाई ‘नीलकण्ठ’, ‘कलाकण्ठ’ मूर्र्ति भनेर भनिन थालियो । महादेवले तिनीहरुलाई अमृत पान गराउनु भयो । सवै देवताहरुले अमृत पान गरेर खुसि भए । समुन्द्र मन्थन पछि शिवको टाउको वेलपत्रले ढाकिएको थियो । यो पनि डाहा मेट्नको लागि हो । समुन्द्र मन्थनवाट निस्केको चन्द्र शितलताको लागि शिवलाई दिए । ऋगवेद, अथर्ववेद र आयुर्वेदमा गाँजा, भाँग र धतुरोलाई औषधिको रुपमा लिइएको पाइन्छ । यो ठूला ठूला रोगको लागि प्रयोग गरिन्छ । त्यसैले शिवले गाँजा, भाँग र धतुरो सेवन गर्नुको कारण भित्र भित्रै जलेको शरीरलाई शान्त पार्नका लागि हो । भाङ यसवाट रोगहरुमा हुने फाइदा । भोक नलाग्ने, मांशपेशीको दुखाई, पेट दुखाई, निद्रा नलाग्ने, गोनोरिका, महिनावारी हुंदा धेरै रगत बग्ने, पखाला, हैजा, पानी देखि डराउने, धनुष्टंकारमा पातको रसको सेवन गरिन्छ । रगतमासी परेको बेलामा यसको पातको काँडा बनाएर खाइन्छ । अजीर्ण अपच, रगत बग्ने, यौनशक्तिमा कमी, पेटमा जुका परेमा, घाउ आएको बेलामा बीउको चूर्णको सेवन गरिन्छ । टाउको दुखेमा । दम रोगमा । वाथ भएमा । टाउकोको चायामा । भोक जगाउन । घाउ खटिरामा । यसको सेवनले मात लाग्छ । होली र शिवरात्री पर्वमा मिठाईमा मिलाएर खाइन्छ । महादेव र खरानी(भष्म) ः
महादेव हिन्दूहरुको देवी देवता मध्ये शक्तिशालि देवता हुन् । यिनी अरु देवी देवता भन्दा भिन्न छन् । अरु देवी देवताहरु कपडा लगाएर सिंगार पटार गरेर गहनाले सजिएर देखिन्छन् भने महादेव शरीरमा खरानी घसेर हिड्छन् । शिवलाई संहारकर्ता भनेर चिनिन्छन् । उनले शरीरमा मसानको खरानी दलेर हिड्नुको कारण हो ! यो नश्वर, नासवान शरीर एक दिन माटोमा मिल्न जाने हुंदा यसलाई सजाएर राख्नु आवश्यक छैन । फेरि अर्को कारण पनि छ ः महादेव कैलाश पर्वतमा बस्छन् । कैलाश पर्वतमा धेरै जाडो हुन्छ । शरीरमा खरानी घस्नाले जाडोमा शरीर तातो गराउँछ ।
महादेव र निधारमा खरानीको टिकाः महादेवको निधारमा समानान्तर खरानीका तीन धर्काको टिका लगाएको देखिन्छ । अग्नी कुण्डवाट निस्केको पवित्र खरानीलाई ‘भष्म’ भनिन्छ । मानिसको दाह संस्कार गरेर आएको खरानीलाई ‘चिताभष्म’ भनिन्छ । महादेवलाई यो खरानी धेरै मन पर्छ । बनारसमा विशेश्वर महादेवलाई दाह संस्कार गर्दा निस्केको धुवाँ ज्यादै मन पर्छ । पशुपति आर्यघाटमा भष्मेश्वर महादेव हुनु हुन्छ दाहसंस्कार गर्दा निस्केको धुवाँ महादेव समक्ष पुग्दछ । महादेवको निधारका टिकाका तीन धर्काले सत, चीत र आनन्द वुझाउँछ । तीन धर्काले गायत्री मन्त्र भुर, भुवस्व र स्वाह वुझाउँछ । तीन धर्काले सृष्टी, पालन र संंहार । ब्रह्मा, विष्णु र महेश । भूत, बर्तमान र भविष्य यसैले भगवान शिवलाई त्रिकालदर्शी भनिन्छ । यसले हाम्रो शरीर अमर छैन भन्ने वुझाउँछ । समानान्तर तीन धर्काले महादेव माया जालमा पर्दैनन् भन्ने वुझाउंछ । उनी माया देखि टाढा छन् । विष्णुको निधारमा रहेको टिका अंग्रेजी अक्षर ‘यु’ ले विष्णु माया रुपि जालमा खेल्छन् भन्ने वुझाउँछ । पवित्र खरानी तीन किसिमको हुन्छ । शान्तिकर, पुष्टीकर र कामद । पवित्र खरानीलाई विभूति पनि भनिन्छ । यो कालो जादु तन्त्र, मन्त्र गर्नको लागि पनि प्रयोग गरिन्छ । मानिसको दाह संस्कारवाट निस्केको खरानी लगाउनेलाई अघोरीवावा भनिन्छ । कुनै मानिसलाई, साना साना बच्चाहरुलाई झारफुक गर्न खरानीको प्रयोग गरिन्छ । साना वच्चाहरुलाई एक ठाउँ वाट अर्को ठाउँमा लैजान पनि खरानी, पैतालाको धुलो लगाइन्छ ।
महादेव, कैलाश र मानसरोवर ः कैलाश महादेव वस्ने ठाउं हो । कैलाश पर्वत तिव्वतको एक पर्वत श्रेणी हो । यो ६६३८ मि. २१७७८ फिट अग्लो छ । यसको पश्चिम र दक्षिणमा मानसरोवर र रक्षाताल छ । यहाँवाट महत्वपूर्ण नदीको उद्गम भएको छ जस्तो ब्रह्मपुत्र, सिन्धु, सतलज आदि । हिन्दू धर्ममा यसलाई पवित्र मानिन्छ । पौराणिक जनश्रुति अनुसार शिव, ब्रह्मा आदि देवगण, मरीची ऋषि एवं रावण, भस्मासुर आदिले यहाँ तपस्या गरेका थिए । बौद्ध साहित्यमा पृथ्वी स्थित स्वर्ग भनिन्छ । कैलाश पृथ्वीको मध्य भाग मानिन्छ । कैलाश पर्वतमाला कश्मीर देखि भूटान सम्म फैलिएको छ । उत्तरी शिखरको नाम कैलाश
पर्वत हो । यस शिखरको आकृति विराट् शिवलिङ्ग जस्तै छ । यहां सधैं हिउं परिरहन्छ । यसको परिक्रमा को महत्व मानिन्छ । हिन्दू विचारधारा अनुसार यो सरोवर सर्वप्रथम भगवान ब्रह्माको मनबाट उत्पन्न भएको हो । संस्कृत शव्द ‘मानसरोवर’, ‘मानस’ र ‘सरोवर’ मिलेर वनेको छ । जस्को अर्थ हुन्छ मनका सरोवर । यहाँ देवी सतीको शरीरको दाँया हात झरेको थियो । शिव पूजा शिवजीको पूजा मन्त्र, तन्त्र, मुद्रा र अभिशेकवाट गरिन्छ । अभिशेक ः अभिशेक शिव लिङ्गमा गरिन्छ । दही, दुध÷पानी, मह, नरिवल पानी, विभुति, पञ्चामृतदुध, दही, मह, ध्यु र चिनी), केरा, चन्दन, ध्यु, बेसार, वास्ना आउने तेल, वेल पत्र, पूmल आठ पूmल भगवान शिवलाई चढाईन्छ । पहिलो पूmल अहिंसा प्रथमम पुष्पम, दोस्रो पुष्पम ईन्द्रिय निग्रम, तेस्रो सर्भ भुथ दया पुष्पम, चौथो क्षमा पुष्पम विशेषतह, पाँचौ शान्ती पुष्पम, छैठौं तपह पुष्पम, सातौं ध्यान पुष्पम र आठौं सत्यम आस्था विद्या पुष्पम । पञ्चामृत कहिल्यै पनि काँशको भाडामा नवनाउनु । यो रक्सि वरावर हुन्छ । पानी, दुध, दही, ध्यु आदिमा औला नचोप्नु । नङले गर्दा ती चीजहरु विशुद्ध हुन जान्छन् । केतकी पूmल, तुलसी पत्र र चम्पक पूmल शिवजीलाई चढाईदैन । वेलपत्र छान्दा चक्र र वज्र भएको नछान्नु । चक्र भन्नाले वेलपत्रमा किराले प्वाल पारेर सेतो वनाएको । वज्र भन्नाले पात जोडिएर मोटो भएको । वेलपत्र तीन पात भएको मात्र चढाउनु । एक पात , दुई पात मात्र भएको वेलपत्र कहिलै नचढाउनु । वेलपत्र ६ महिना सम्म वासी मानिदैन । वेलपत्रलाई जल छर्केर पुनः शिवलिङ्गमा चढाउन सकिन्छ । महादेव र वेलपत्र ः शिवजीलाई ज्यादै मन पर्ने पात वेलपत्र र फलपूmलमा वेल जुन त्यही रुखमा फल्छ । वेलपत्र भनेको संस्कृत शव्द हो । यो भनेको रुखको पात । यसलाई संस्कृतमा ‘श्रीफल’ भनिन्छ । यो ६–१० मिटर सम्म अग्लो हुने अर्ध पतझर रुख हो । यसका पातहरुमा एउटै डाँठमा तीनवटा पातहरु छुट्टिएका हुन्छन् । तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ । यसका आँख्ला नजीकै सोझा काँडाहरु हुन्छन् । वेलपत्र नेपाल र भारतमा पाइन्छ । नेपालमा यो पूर्व देखि पश्चिम सम्म करिव ११०० मिटर सम्मको उचाई भएका ठाउंहरुमा पाइन्छ । बेलपत्रमा तीन पत्र हुन्छ जसको अर्थ ब्रह्मा, विष्णु र महेश । साथ साथै महादेवको तीन नेत्र, त्रिशूलको आकार । नेपालको नेवारी समाजमा अविवाहित छोरीले वेलसंग विवाह गर्ने परम्परा रहि आएकोछ । वेलपत्रको रुख पवित्र रुख मानिन्छ । एक पटक एक शिकारी जंगलमा शिकारको खोजिमा गएछ । उ एउटा वेलको रुखमा वसेर शिकारको वाटो हेरि राखेको थियो । शिकार पाउन सकेन । उ वेलको पत्र टिप्दै भुइमा फाल्दै थियो । उसले फालेको प्रत्येक पत्र शिवलिङ्ग माथि परेछ । शिवजी प्रशन्न भएर उसलाई धेरै वरदान दिनु भएछ ।
भनिन्छ धनकी देवता लक्ष्मीको वास वेलपत्रको रुखमा हुन्छ । उनी शिव र पार्वतीको पूजा त्यहीवाट गर्छिन । स्कन्दपुराणमा एक पटक पार्वती आराम गरि रहेको वेलामा उनको निधारवाट पसिना मन्दरा पर्वतमा खस्यो र त्यहांवाट वेलपत्रको रुख जन्मियो । गिरीजा रुखको फेदमा । महेश्वरी रुखको हांगामा । पार्वती पातमा । कात्यायनी फलमा । गौरी पूmलमा । यसरि एउटै रुखमा यतिका शक्तिहरु रहन्छन् । महादेवलाई मन पर्ने खिर । जसले खिर पकाएर शिवजीलाई वेलपत्रको रुखमा अर्पण गर्छ उ कहिलै पनि गरिव हुंदैन । विभिन्न किसिमका रोगहरुको लागि यसको प्रयोगवाट फाइदा हुने भएकोले यसको नाम ‘पीडा निवारक’ पनि भनिन्छ । १) यसको पातको रसले मधुमेह, पिसाव पोल्ने तथा पेट सफागर्नु परेमा लाभदायक हुन्छ । २) किटनाशक औषधि वनाउन परेमा पनि यसको रसको प्रयोग गर्नुपर्छ । ३) रगतमासी परेमा, झाडापखाला लागेमा, वान्ता भएमा, ज्वरो आएमा, यसको जरा प्रयोग गर्नुपर्छ । ४) आयूर्वेदिक दसमुलारिष्ट भन्ने औषधि बनाउन पनि यसको जरा तथा बोक्राको प्रयोग गरिन्छ । ५) मधुमेह रोगीहरुको लागि यसको पात लाभदायक हुन्छ । ६) पाचनशक्ति बढाउन, कब्जीयत हटाउनु परेमा यसको पाकेको फलको प्रयोग गर्नुपर्छ । ७) जुका परेमा, आउँ परेमा, जण्डीस भएमा झाडा पखाला लागेमा यसको नपाकेको फलको प्रयोग गरेमा लाभदायक हुन्छ ।
महादेव र रुद्राक्ष ः यो संस्कृतको ‘रुद्र’ र ‘अक्ष’ बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्यासुरलाई नाश गर्न लामो समय सम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरु भनेर नामाकरण गरियो । रुद्राक्ष भन्नाले रुद्र(महादेव)को आँखा भन्ने वुझिन्छ । रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेता पनि संसार भरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले वताएका छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुर्लभ मानिन्छ । एकमुखी रुद्राक्ष शिव, द्विमुखी गौरी शंकर, त्रिमुखी अग्नि, चतुर्थमुखी पंचदेव, षष्ठमुखी कार्तिकेय, सप्तमुखी प्रभु अनन्त, अष्टमुखी गणेश, नवममुखी भगवती देवी दुर्गा, दशमुखी हरिविष्णु, तेह्रमुखी इन्द्र चौदमुखी हनुमान । प्रत्येक रुद्राक्षको वीचमा प्वाल रहेको हुन्छ । प्रत्येक रुद्राक्षमा माथिवाट तल लाईन तानिएको हुन्छ जस्तो पृथ्वी(ग्लोव)मा हुन्छ । ती लाइन प्रत्येक रुद्राक्षमा फरक फरक हुन्छ जसलाई हामी मुखे अथवा मुखी भन्दछौं । रुद्राक्षले भनिन्छ पृथ्वी र स्वर्गलाई जोडिन प्रतिनिधित्व गर्दछ । एकमुखे रुद्राक्ष ः यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतिक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको पूmलमा परी तत्काल बन्द हुंदा त्यसवाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष
महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रो चाहिँ धरतीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएकोछ । शिव पुराण अनुसार रुद्राक्ष चार रङ्गका हुन्छन् सेतो, रातो, पहेंलो र कालो । यो पनि भनिएको छ कि ब्राह्मणले सेतो, क्षत्रीले रातो, वैश्यले पहेंलो र शुद्रले कालो रुद्राक्ष लगाउनु । रुद्राक्षको फाइदाः रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदयरोग आदिलाई नियन्त्रीत गर्दछ । रुद्राक्षलाई पिंधेर महको साथमा लगाउनाले दादमा लाभ हुन्छ । रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ । रुद्राक्षको फललाई पिंधेर लगाउनाले जलनमा शान्ति, सितलता प्राप्त हुन्छ । वच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५–५ मिनेटमा वच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ ।
महादेव र योग ः महादेवको अंश भएको जलन्धर शक्तिशालि हुंदै गयो । देवराज इन्द्रलाई पराजित गरेर उ देवराज वन्न पुग्यो । ब्रह्मा, विष्णु आदि देवताहरुले महादेवलाई गुहार्न थाले जलन्धरलाई मार्नु प¥यो भनेर । महादेवले भन्नु भयो, अहिले सम्म जलन्धरले गरेको काम मेरो दृष्टिमा अनुचित छैन, जव पर्छ त्यति वेला म हस्तक्षेप गर्छु । त्यहां माथि म एक्लै जलन्धरलाई मार्न सक्तिन । यसको विकल्प आदिशक्ति । यसैले पार्वतीको स्मृतिहिनवाट मुक्ति गराउन प्रयत्न गरिरहेकोछु । अष्टाङ्ग योगको दोश्रो चरण समाप्त भयो अव छ चरण वाँकि छ । त्यो पूर्ण हुन समय लाग्छ हामीले धैर्य राख्नु पर्छ । अष्टाङ्ग योगको आठौं चरण पार गरेपछि तव उनको आप्mनो पुरै शक्तिको आभास हुन्छ । यस युगको त अन्त हुनै पर्छ । महादेव गुरु वनेर पार्वतीलाई योग सिकाएका हुन् । उनले योगी वनेर ऋषि दधिचिको आश्रममा पार्वतीलाई ऋषिमुनिलाई खाना वनाएर खुवाउन पनि लगाए । बृक्षासन – बृक्ष जस्तै दुवै हात माथि उठाएर एक खुट्टा उचालेर रुख झैं स्थिर भएर रहनु । यो बृक्षको पनि जन्म हुन्छ साथै मृत्यु पनि । यसको जिवन निस्वार्थ छ । स्थीर छ । धैर्यवान छ । त्यस बृक्ष संग एकाकार भएर रहु । जव एकाकार भएपछि दृढताको भंग नगरि आँखा चिम्लेउ । यो आशन गर्नेको साधु सुखको अनुभुति हुन्छ । योगमा आशन, मुद्रा महत्वपूर्ण छ यसमा निपुणता पाए पछि योगि आप्mनो सिद्धिको दिशामा सहजताका साथ अग्रसर हुन्छ । एक स्वस्थमयि तनमा नै स्वस्थवानको आवास हुन्छ । योगिको लागि आवश्यक छ शारिरिक, मानसिक सवै प्रकारवाट आरोग्य । तेस्रो चरण ः शव मुद्रा मा सतीदेवीले प्राण त्याग गरेपछि महादेवले वोकेर हिडेको स्मृति आयो । चौथो चरण ः डमरु वजाउंदा वच्चा वेलाको स्मृति आउन थाल्यो । महादेवले पार्वतीको पिताजीको घरमा लिएर गए कुनै स्मृति फिर्ता आयो कुनै आउन वांकि छ । पार्वतीको प्राणायाम साम्भविको महामुद्रा सिकाउनु हुन्छ । महादेवले धैर्यका साथ
पार्वतीको साथ निभाए । स्वास लिने र छोेड्ने ः स्वासले एकाकार, नारी शुद्धि हाम्रो शरीर एक पात्र समान हुन्छ । क्षमता हाम्रो पात्र अनुसार परिवर्तन हुँदै जान्छ । योगको चार अक्षर यम, नियम, आशन, प्राणायाम यो वैरङ्ग जान्न हाम्रो शरीर रुपी पात्रको अश्वर, व्रह्मशक्ति र दशमहाविद्या जस्तो महान धारण गर्न यो मात्र एक उचित पद्धती हो । जव पार्वतीलाई प्राणायाम गर्दा कठिनाई पर्छ तव महादेव गुरु रुप छोडेर महादेवको रुपधारण गरेर उनले सिकिरहेको प्राणायामको उपहास गर्छन, ताकि पार्वतीले अझ दृढ भएर प्राणायाम गरुन् । अव सिकाउंदै हुनु हुन्छ समुचित मुद्रा धारण । यो गर्दा पार्वतीको नाम साम्भवि । यो मुद्रा धारण गर्दा पार्वतीले सती देवी हुंदा भगवती वनेर दैत्यहरुको नास गरेको स्मृती पाइन् । स्मृतीको एक पछि अर्को याद आयो । आदि शक्तिको रुपधारण गरिन् । दश महाविद्यापछि आदिशक्तिको रुप धारण गरेपछि भगवतीलाई आप्mनो धारण गर्छिन । हातको मुद्रा ः चिन मुद्रा ः चिन मुद्रा वाट आप्mनो प्राणको इच्छा अनुसार निर्देशित गर्न सकिन्छ यस मुद्रावाट जव शास लिइन्छ प्राण शरीरमा अधोभाग र अर्थात नाभिको तल अझ तल अग्रसर हुंदै जान्छ । चिनमयि मुद्रा ः प्राणिको नाभिक उधो भाग निर्देशित गर्दछ । आदि मुद्रा ः प्राणको उधो भाग माथि अर्थात मस्तिष्कमा प्रेशित गर्छ । मेरुदण्ड मुद्रा ः पूर्ण मुद्रा ः यसको असर समस्त शरीरमा पर्दछ ।
प्रत्याहार
योनी मद्रा वैराग्य चार चरण पूरा मन निर्मल भयो । अव मनमा उत्तम संकल्प उत्पत्ति भयो । योगको अन्तरंग तीन चरण ध्यान, धारणा र समाधिको लागि अग्रसर हुन पार्वतीलाई भन्नु भयो । यी तीन मिलाएर संयमको अवस्था वन्छ । यी तीनवाट नै चितको वसमा राख्न सकिन्छ । चितको विकासको उदय हुन्छ । भक्तिकोलागि चितको एक स्थानमा स्थीर राख्नु पर्छ । उसको लागि कुनै पदार्थ विशेष या देश विशेष ध्यान केन्द्रित गर्नु पर्छ । योगमा देशका दुई अर्थ छ । देश हाम्रो शरीरको भित्र पनि अवस्थित हुन्छ । मध्य अर्थात निधार (ललाट) को मध्य नासिकाको अग्रभाग हृदय र नाभी यो हाम्रो शरीरमा स्थीत देश हुन । यसको अतिरिक्त गुरु देवी देवताको मूर्र्ति, प्रज्ज्वलित दीपशिखा, योगीको शरीर, ॐकार जो सिद्ध हुनेको आलम मनुको योगमा देश भनिन्छ । चितको कुनै पदार्थ या देश विदेशमा केन्द्रित गर्ने प्रकृया धारणा, जे मा मन एकाग्र गर मन उसको गुण उसको आकार धारण गर्दछ । चित यदि अशान्त छ भने, अशुद्ध छ भने यस प्रकृयावाट उसले शान्ति र शुद्धताका भाव स्थापित हुन्छ । यही एउटा सर्वोत्तम मार्ग हो चित्त शुद्धिको । यसरि योगको अन्तिम समाधिमा वसेकी पार्वतीलाई जलन्धरले आप्mनो माया शक्तिले अपहरण ग¥यो । सो अपहरणलाई लिएर आप्mनो गुरु शुक्राचार्य र पत्नी बृन्दाले एउटा जलन्धर
जस्तो वीरले गर्न नहुने काम भन्दै गुरु शुक्राचार्यले त गुरु वन्न छोडि दिनु भयो । यस्ले गर्दा उसले समाधिमा रहेकि पार्वतीलाई केही गरेको थिएन । गणेश वाल योगी र महादेव योग गुरु भएर स्मृतिहीनमा रहेकी पार्वतीलाई स्मृतिमा लेराउनु भयो । विष्णुले बृन्दाको पतिब्रता नष्ट पारि सकेका थिए । आदि शक्ति र महादेव मिलेर जलन्धरलाई मारि दिनु भयो । लक्ष्मीले भनिन् महादेववाट पार्वतीलाई सिकाएको यो योग विद्या देवी पार्वतीको साथसाथै समस्त जगतको कल्याण गर्दछ । महादेव पति र गुरु दुवैको भूमिका निभाई रहेका छन् । यो उनको महान एवं अद्भुत काम हो । पहिलो पटक महादेव गुरु वनेर पार्वतीलाई यो योगा सिकाएका हुन् भने दोश्रो पटक सप्तऋषिहरुलाई सिकाइएको हो ।
महादेव र कथा ः एकपटक पार्वतीलाई नरमाईलो लागि रहेको थियो । उनले शिवलाई राम्राराम्रा कथाहरु भन्न अनुरोध गरिन । यो कथा हिमालय पर्वतको एउटा गुफामा भनिएको थियो । यो कथा नै संसारको पहिलो कथा थियो । यो कथा एउटा चराले सुनेको थियो । पछि यो कथा चराले माछालाई । माछाले गन्धर्वलाई । गन्धर्वले यक्षलाई सुनाएको थियो । मानिसमा पुग्दा सम्म यो कथा सयौं कथामा वाडिन गयो जसलाई अहिले ‘कथा–सरित–सागर’ समुन्द्रको कथा भनिन्छ ।
महादेव र काली ः पार्वती हिन्दू धर्मावलम्वीकी देवी हुन । उनीलाई शक्ती, गौरी तथा हिन्दू धर्मका ठूला देवता महादेवकी पत्नी भएकाले महादेवी पनि भनिन्छ । काली हिन्दू देवी पार्वतीको भयंकर रुप हो । दुर्गासप्तशतीमा दुर्गालाई ११ नामले बन्दना गरिएको छ । जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुते ः राताराता आँखा । एक हातमा तरवार अर्को हातमा दानवको टाउको । अर्का दुई हात आशिर्वाद मुद्रामा । दैत्य असुरहरुको टाउकाको माला लगाएकी । देख्दैमा डरलाग्दो रुप भएकी । सधैं जीव्रो वाहिर निकालेकी । अनौठो दृश्य त यो छ कि शिवको छातीमा खुट्टाले टेकि राखेकी । जो कि आप्mनै पतिलाई । एक पटक राक्षस थियो रक्तवीज । उस्को रगत को थोपा पृथ्वीमा पर्ना साथ थुप्रै रक्तवीजको जन्म हुन्थ्यो । यसले गर्दा त्यो रक्तवीज राक्षसलाई कसैले पनि मार्न सकेनन् र मार्ने आँट पनि गरेनन् । यस्तो अवस्थामा शक्ति कालीको रुप लिएर उक्त राक्षसलाई मार्न गईन । रगत भईमा पर्ना साथ हजारौं रक्तवीजहरुको जन्म हुन्थ्यो । लडाईमा तरवारमा लागेको रगत भुइमा पर्न नदिन कालीले तत्कालै पिईदिन्थिन । रक्तबीजका सवै सिपाहीको समाप्त पारे पछि केवल रक्तबीज मात्र बाँकि रह्यो । त्यसलाई भुइमा ढालेर त्यसको रगत पिउन थालिन । रगत पिउँदा पिउँदा रक्तबीज म¥यो । राक्षसहरुको रगत पिए पछि भगवती वौलाहा जस्तै भईन् र तिनले विर्सिन राक्षसहरुलाई मारिसके भनेर । तिनी मरेका राक्षसहरुको शरीरमा नाच्न लागिन् । यो देखेर देवताहरु दुखि भए र शिवलाई सहयोगको लागि प्रार्थना गरे । यस्तो अवस्थामा भएकी कालीलाई शिवले मात्र रोक्न सक्थे ।
शिव जमिनमा गएर लम्पसार परे । जहाँ काली नाची रहेकी थिइन । काली नाच्दै जाँदा शिवको छातीमा उनको खुट्टा पर्नासाथ तत्कालै तिनी होशमा आईन र आप्mनो भूल थाहा पाइन् । त्यसपछि तत्कालै उनको जीब्रो बाहिर निस्क्यो । आप्mनो लोग्नेलाई त्यस्तो गरेकोमा लज्जीत हुन पुगिन् । केही वेर पछि तिनी आप्mनो पहिलेको अवस्थामा फर्किन र लडाई पनि समाप्त भयो । यसवाट थाहा हुन्छ महादेवले पनि शक्ति विना ठूला ठूला कार्यहरु गर्न सक्तैनन् ।
महादेव र बुद्ध ः शिवको अवतार भैरवलाई वौद्ध धर्ममा महाँकाल र काल भैरव भनिन्छ । दुई मूर्र्तिहरु हिन्दू र वौद्ध धर्ममा महाँकाल र काल भैरव भनिन्छ । हिन्दू र वौद्ध धर्ममा समान पूजिन्छन् । महाँकाल समयका वावु हुन साथै कालो हुन्छन् । यिनी नटराज नाची रहेका वेलाका जस्ता देखिन्छन् । हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति र बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्छन् । भगवान पशुपतिनाथको नित्यपूजाका क्रममा शालिग्रामको पूजाका साथै श्रीयन्त्रमा तान्त्रिक विधिले शक्तिपूजा गरिन्छ । भगवान पशुपतिनाथलाई प्रतिवर्ष बुद्धमुकुट पहि¥याउने भएकाले पनि भगवान् पशुपतिनाथ स्वयं धार्मिक समन्वयको प्रतिक हुनुहुन्छ र हामीलाई सधै पारस्परीक सद्भावनाको प्रेरणा प्रदान गरि रहनु हुन्छ ।
महादेव र पार्वती सम्वाद ः एक पटक भगवान शिव र पार्वती पृथ्बीमा घुमिरहेका थिए । पार्वतीले हजारौं मानिस पवित्र गंगाजीमा नुहाईरहेका देखिन् र महादेवलाई सोधिन् । यी सवै मोक्ष प्राप्तीका लागि नुहाई रहेका छन । के यी सवैले मोक्ष प्राप्त गर्छन ? त्यसपछि महादेवले भन्नु भयो । यी मध्ये कसै कसैले मोक्ष प्राप्त गर्छन सवैले होइन । पार्वतीले फेरि महादेवलाई भनिन् । यिनीहरु सवै धेरै टाढावाट कति दुःख कष्ट शहेर यहाँ आएका छन् भने ति मध्ये केहीले मात्र मोक्ष किन पाउने प्रभु ? महादेवले पार्वतीलाई भन्नु भयो । तिमी र म भएर एउटा खेल खेलौंं त्यसपछि तिमीले थाहा पाउँछ्यौं । महादेव एउटा कुष्टरोग लागेको बुढो पति बन्नु भयो र पार्वती एउटा राम्री जवान पत्नी बनिन् । गंगाको किनारमा वसेर पार्वती त्यहाँ भएका मानिसहरुलाई भन्न थालिन् । लौ न मेरो कुष्टरोग लागेका पतिलाई गंगा स्नान गर्न सघाउनुस् । तिनी बारम्वार कराई रहेकी थिईन् । कतिले उनलाई हेर्दा पनि हेरेनन् । कतिले उनले भनेको सुन्दा पनि सुनेनन् । कति उनको वारेमा कानेखुसी गर्दै हिंडे । कतिले सहानुभुति देखाए तर सहयोग गरेनन् । केही केटाहरु आएर पार्वतीलाई भने । किन तँ यस्तो वुढो रोगिलाई लिएर हिडिरहेकि छेस् छोडि द,े यसलाई त्यो वुढोको सट्टा हामी सित विवाह गर । यसो गर्दा गर्दै आधा दिन विति सक्यो । बल्ल एउटा मानिस आयो । यो देखेर उसले केही नभनि गंगा स्नान गराएर लेराई दियो र नमस्ते भनेर त्यहाँबाट गयो । त्यसपछि महादेवले पार्वतीलाई भन्नु भयो यो मान्छेले मोक्ष पाउँछ । त्यसपछि पार्वतीले थाहा पाउनु भयो ।
कामाख्य मन्दिर ः कामाख्य मन्दिर भारतको गुहाटी, आसाममा पर्दछ । गुवाको अर्थ सुपारी र हाटको अर्थ बजार । गुवाहाटीको अर्थ सुपारीको वजार । विश्वमा नै यो सुपारीको क्रय विक्रयका लागि प्रख्यात छ । गुहाटीमा निलाचल पर्वतमा यो मन्दिर पर्दछ । कामाख्य मन्दिरलाई तान्त्रीक देबी पनि भनिन्छ । कामाख्य देवीको मन्दिर परिसरमा काली नामका अरु दश मन्दिरहरु छन् । तिनीहरु धुमावती, मातंगी, बगोला, तारा, कमला, भैरवी, छिन्नमस्ता,भुवनेश्वरी र त्रिपुरा सुन्दरी हुन् । यो १०८ शक्ति पीठ मध्ये एक हो । यहाँ सती देबीको योनी पतन भएको विश्वास गरिन्छ । कसैले यो विश्वास गर्छन कि शिव र पार्वती यहाँ वसेर सम्भोग गरेका थिए । यहाँ भगवतीको महामुद्रा (योनीकुण्ड) मा छ । कामाख्य देवीलाई रजश्वला देवी पनि भनिन्छ । यस मन्दिरको गर्भगृहमा शक्तिको योनी रहेको छ । पौराणिक शास्त्र अनुसार सत्ययुगमा यो पर्व १६ वर्षमा एक पटक, द्वापर युगमा १२ वर्षमा एक पटक त्रेता युगमा ७ वर्षमा एक पटक र कलियुगमा प्रत्येक वर्ष आषाढ(जुन) महिनामा अम्वुवाची पर्वको दौरान आमा भगवती रजस्वला हुन्छ र आमा भगवतीको गर्भ गृह स्थित महामुद्रा (योनि तीर्थ) बाट निरन्तर तीन दिन सम्म जल प्रवाह भएको स्थानमा रगत प्रवाहित हुन्छ । यो कलियुगमा एक अद्भुत आश्चर्य देखिन्छ । यस वेला कामाख्य नदी नजिकै ब्रह्मपुत्र नदी पुरै रातो हुन्छ र तीन दिनका लागि मन्दिर बन्द हुन्छ । त्यसपछि पवित्र जलले मन्दिर सफा गरिन्छ । तर यसको बैज्ञानिक प्रमाण छैन तर नदी पूरा रातो हुन्छ । पौराणिक कथाः एक पटक घमण्डी असुरराज नरकासुर एक दिन आमा भगवती कामाख्यालाई आप्mनो पत्नी मानेर वसि रहेको थियो । कामाख्या महामायाले नरकासुरको मृत्यु निकट नै भएकोले उनले भनिन् यदि तिमी एकै रातमा नीलपर्वतको चारै तर्फ ढुंगाको आराम घर निमार्ण गर र कामाख्या मन्दिरको संगै एक विश्राम कक्ष वनाई दियौ भने तिम्रो इच्छानुसार पत्नी वनुंला यदि तिमीले त्यो गर्न सकेनौ भने तिम्रो मृत्यु निश्चित छ । घमण्डले चुर भएको असुरले चारै ओटा आराम घर वनाएर विश्राम कक्ष वनाउदै गर्दा महामायाको मायावी (कुक्कुट)कुखुराले रात्रि समाप्तिको सूचना दियो । नरकासुर क्रोधित भएर कुखुराको पीछा गर्दै ब्रह्मपुत्र नजिकै गएर मारि दियो । आज पनि यो स्थान कुक्टाचकिले प्रसिद्ध छ । पछि भगवतीको मायाले भगवान विष्णुले नरकासुर असुरलाई मारि दिए । आदि शक्ति महाभैरवी कामाख्याको दर्शन गर्नु अधि महाभैरव उमानन्द (जुन गुवाहाटी शहर नजिक ब्रह्मपुत्र नदीको मध्य भागमा जसमा भगवान शिवको दर्शन गर्नका लागि डुंगावाट जानु पर्छ । टापु नजिक अवस्थित छ) मा दर्शन गर्नु आवश्यक छ । उमानन्द मूर्तिको मानिस भैरवयानी कामाख्याको रक्षक मान्छिन् । यो प्राकृतिक शैलदीप हो । जुन तन्त्रका सर्वोच्च सिद्ध सतीको शक्तिपीठ हो । यस टापूको मध्याँचल पर्वतको नामले जानीन्छ । किनकि यही समाधिमा रहेका सदाशिवलाई कामदेवले कामबाण हानेका थिए र समाधिवाट जागेर सदाशिवले उसै समय कामदेवलाई भस्म गरि दिएका थिए । भगवतीको महातीर्थ(योनीमुद्रा) नीलांचल पर्वतमा कामदेवको पुन जीवनदान मिलेको थियो । यसैले यो क्षेत्र कामरुपको नामले पनि जानिन्छ । सती स्वरुपिणी आद्यशक्ति महाभैरवी कामाख्या तीर्थ विश्वको सर्वोच्च कौमारी तीर्थ पनि मानिन्छ ।
गुवाहाटीको कामरुप पनि भनिन्छ । पौराणिक ग्रन्थमा यो उल्लेख गरिएको पाइन्छ । कामदेव कि पत्नी रतिले महादेवको आराधना गरेर प्रशन्न पारिन् र आप्mनो पतिको पुनर्जीवित गरेर नवीन रुप प्रदान गर्न विन्ती गरिन् । महादेवले रतिको विन्ती स्वीकार गर्दै कामदेव लाई जीवित गरि दिए । कामदेवले यसै ठाउँमा आप्mनो रुप प्राप्त गरेकाले यसको नाम कामरुप पनि भनिन्छ । देवी भागवत महापुराणमा कामरुप कामाख्या शक्तिपीठको महिमाको विस्तृत उल्लेख गरिएको पाईन्छ । भगवती कामाक्षी देवीको यो स्थल परम तीर्थ स्वरुप छ । उत्कृष्ट तपस्थली हो । श्रेष्ठ धर्मको आधार हो । परम गति प्रदान गर्ने शक्तिपीठको महिमा अपरंपार छ ।
महादेव र भागवत पुराण ः शिवजीले पार्वतीलाई सोध्नु भयो । पार्वती तिमीलाई के सुन्ने ईच्छा छ । प्रभु अरु कुरा सवै मलाई थाहा छ । म माथि हजूरको दया भाव छ भने एउटा कुरा विन्ती गर्छू । भगवान शिवले सोध्नु भयो । के कुरा ? अरु कुरा केही होइन । मलाई ज्ञान पाउँ । तिमीले मलाई ज्ञान पाउँ भन्यौ । ज्ञान एकान्तमा लिनु पर्छ । तिमीलाई म कथा भन्छु, अव एकान्तमा जाउँ भनेर एकान्तमा लिएर जानु भयो । मैले भनेको कथा तिमी सुनी राख । मैले भनेकोमा सही थाप्दै जाउ । वीच वीचमा हस्, हा,े हा,े हजुर, हजुर भनि राख । नवुझेको कुरा यो वुझिन भन । पार्वतीले हस् भनिन् । कथा भन्दै जाँदा सारा कथा सकिन लागेको थियो त्यही वेला पार्वती निदाई छन् । कथा सिधिए पछि महादेवले भन्नु भएछ वुभ्mयौ त पार्वती भन्दा पार्वती त निदाउनु भएछ । तिमी सुतिरहेको वेलामा सहि थाप्ने को हो त भन्दा आफु त निदाईछु सही थाप्ने को होला त ? यो सुनेर महादेवले ध्यान दृष्टिले हेर्दा त भरखर पूmलबाट फुटेका सुगाकावच्चाहरु पो रहेछन् । महादेवले ए पर्खेस भनेर पिनाक धनुष छोडिदिनु भएको थियो । शिवजीका पिनाक धनुषका प्रभावले जेठो सुगा पूर्ण व्रह्मज्ञान भएको कारणले अग्नीकुण्डमा हाम फालेर त्यहीवाट सुकेको काठमा विर्य पतन भएको थियो । त्यहीवाट सुकदेव स्वामी भन्ने छोरा को जन्म भयो । कान्छो सुगा पूरा ब्रह्मज्ञान नभएको कारणले उत्तराको गर्भवाट अभिमन्युका पुत्रका रुपमा परिक्षित राजाको जन्म भयो । परिक्षितलाई शुकदेव मेरो पूर्व जन्मको दाजु भन्ने थाहा थिएन तर सुकदेवलाई परिक्षित पूर्व जन्मको भाई भन्ने थाहा थियो । परासरका नाती व्यासका छोरा सुकदेव स्वामी, अर्जुनका नाति अभिमन्युका छोरा परिक्षित दाजु भाई हुन । सवैभन्दा पहिले नारायणले ब्रह्मालाई भागवत अर्पण गर्नु भयो । ब्रह्माले त्यो भागवत देवर्षी नारदलाई प्रदान गर्नु भयो । नारदले वेदव्यासलाई प्रदान गर्नु भयो । वेदव्यासले आप्mनो छोरा सुकदेवलाई वताउनु भयो । चार श्लोकी भागवत थियो । ‘भा’ = भावना, ‘ग’ =गती, ‘ब’ = बर्णन र ‘त’ = तर्पण । यो चार श्लोकी भागवतलाई वेदव्यासले अठार हजार श्लोकमा परिवर्तन गराई दिनु भयो । यो वाह्र भागमा विभाजन गरिएको छ । ३३५ अध्याय छन् । यहाँ अनेक प्रकारको वर्णन छ । यहाँ ज्ञानको वर्णन छ । भक्तिको वर्णन छ । वैराग्यको वर्णन छ । जसले जे खोज्छ त्यही पाउंछ । यो भागवत मिश्रीको डल्लो जस्तो छ । सवैभन्दा पहिलो भागवत वक्ता सुकदेव स्वामी र श्रोता परिक्षित राजा हुन भने दोश्रो सुतजी वक्ता र अठासी हजार ऋषिमुनिहरु श्रोता हुन । आत्म ज्ञान सम्वन्धी ईश्वरमा लिन हुने उपाय वैदिक सनातन धर्म, महाराज परिक्षितलाई सुकदेव स्वामीले,उद्धवलाई भगवानले, देवहुतीलाई कपिलले, रामले लक्ष्मणलाई,
कृष्णले अर्जुनलाई, शिवले पार्वतीलाई, ब्रह्माले सनकादी कुमारलाई, ब्रह्माबाट नारदले, नारदवाट व्यासले, व्यासले लेखे पछि अहिले । एकपटक शिव र पार्वती रथमा जाँदै हुनुहुन्थ्यो । भगवान शिव रथवाट ओर्लिएर भुईमा ओर्लिएर दण्डवत गर्नु भयो । पार्वतीले सोध्नु भयो यहाँ हजूरले मान्नु पर्ने कोही देख्दिन किन कसलाई ढोगेको प्रभु ? भगवान शिवले भन्नु भयो । आज भन्दा दश हजार वर्ष अगाडि यहाँ भागवत पुराण (सप्ताह) लगाईको थियो । त्यही पुण्यभूमिलाई मैले दण्डवत् गरेको । त्यसपछि पार्वतीले पनि रथवाट ओर्लिएर दण्डवत गरिन् । केही पर पुगे पछि फेरी भगवान शिव रथवाट ओर्लेर दण्डवत् गर्नु भयो । पार्वतीले फेरी सोध्नु भयो । यहाँ के भएको थियो प्रभु । भगवान शिवले भन्नु भयो । आज भन्दा दश हजार वर्ष पछि यहाँ सप्ताह लगाईदैछ । त्यो पुण्य भूमिलाई मैले आजै देखि दण्डवत् गरेको । पुराण ः ब्रह्म पुराणहरु ः १) ब्रह्म पुराण २) ब्रह्माण्ड पुराण ३) ब्रह्मवैवर्त पुराण ४) मार्कण्डेय पुराण ५) भविष्य पुराण । विष्णु पुराणहरु ः १) विष्णु पुराण २) श्रीमद्भागवत् पुराण ३) नारदेय पुराण ४) गरुड पुराण ५) पद्य पुराण ६) अग्नि पुराण । शिव पुराणहरु ः १) शिव पुराण २) लिङ्ग पुराण ३) स्कन्द पुराण ४) वायु पुराण । महादेव र स्वस्थानी ब्रतकथा ः स्वस्थानी हिन्दू देवी हुन् । जसले स्वच्छ हृदयले उनको भक्ती गर्दछ उसले मागेको कुरा पूरा हुन्छ । स्वस्थानी देवी चार हात भएकी खड्ग, त्रिशूल, वर, नीलकमल हातमा लिएकी अष्टदल कमलमा आठ मातृका रुपमा बस्ने, तीन आँखा र चार बाहु भएकी नाना अलंकार वस्त्र पहिरेकी सुनको जस्तो वर्ण भएकी ईश्वरी हुन् । तिनी अष्ट मात्रृका (महाकाली, वैष्णवी, व्राह्मी, महेस्वरी, कौमेस्वरी, बाराही, इन्द्रायणी र चामुण्डा) को वीचमा वस्छिन । अष्ट मातृकालाई दौरा(नेपाली राष्ट्रि««य पोशाक दौरा सुरुवाल)को आठ तुनाको रुपमा लिइन्छ । स्वस्थानी व्रतकथा भगवान शिव र पार्वतीको जेठा छोरा कुमारले अगष्त्य ऋषिलाई सुनाई रहेको पाईन्छ । अगस्त्य ऋषि हिन्दु धर्मका सप्तऋषि मध्ये एक ऋषि हुन् । उनकी पत्नी लोपामुद्रा एक राजकुमारी थिइन् । अगस्त्य गोत्रका प्रवर्तक मानिने यी ऋषि निकै खन्चुवा थिए । अगस्त्य ऋषिले सागर(समुन्द्र)लाई अञ्जुलीमा राखेर पिएका थिए । यो ब्रत पौष शुक्लपूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ नेपाली महिलाहरुले गर्ने कठीन ब्रत हो । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन भगवान विष्णु संग प्रार्थना गर्दा विष्णु भगवानले भन्नु भयो हे पार्वती, संसारका सबै व्रतहरुमा उत्तम र थोरै परिश्रमले ईच्छा पूर्ण हुने जुन व्रत छ, त्यो ब्रत हो श्रीस्वस्थानी ब्रत । पार्वतीले स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । खास गरि यो स्वस्थानी व्रत कथा महादेवका पत्नीहरु सती, पार्वती, गंगा र गोमाको वारेमा वर्णन गरिएकोछ । सुमेरु परिक्रमा गर्न गएको छोरा कुमार चाँडै आउन नसक्दा चिन्तामा रहेकी आमा गंगालाई शिवजीले श्रीस्वस्थानी परमेश्वरीको पूजा गर तिम्रो छोरा चांडै
आउँछ भने पछि ब्रत समाप्त पछि कुमार आई पुगे । अश्वत्थामा ऋषिले रसातल पातालमा रहेका नागिनीहरुलाई, सप्तऋषिहरुका अनुसार गोमाले, स्वर्गका अप्सराहरुका अनुसार चन्द्रावतीले स्वस्थानीको ब्रत वसेर आप्mनो इच्छा पूरा गरे ।
महादेव र जादू ः कुरा सन् १८७९ को हो जव भारतमा व्रिटिस साम्राज्य थियो । कर्णेल मार्टिन अफगानिस्तान संग लडाई गरि रहेका थिए । कर्णेल मार्टिन लडाईको मैदानबाट सधैं आप्mनो पत्नीलाई पत्र पठाई रहन्थे । लडाई लामो समय सम्म चल्यो । श्रीमती मार्टिनले समाचार पाउन सकिनन् । तिनी धेरै चिन्तित थिईन् । एक पटक उनी घोडा चढेर वैजनाथ महादेवको मन्दिरबाट जाँदै थिइन् । उनी मन्दिरमा बजेको शंख, घण्ट र शिव भजनको आवाजले आकर्षक भईन् । तिनी मन्दिर भित्र गईन र ब्राह्मणहरु शिवको पूजा गरि रहेका थिए । ब्राह्मणहरुले उनको मलिनु अनुहार देखे र के आपत्ति प¥यो भनेर सोधे । तिनीले सवै कुरा उनीहरुलाई वताईन् । शिवको आराधना गर शिवले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ । ब्राह्मणको सल्लाह अनुसार तिनीले ‘लघु रुद्री अनुष्ठान’ मन्त्र ‘ओम नम शिवाय’ एधार दिन सम्म गरिन् । उनले भगवान शिव संग प्रार्थना गरिन । उनको पति सुरक्षित साथ घर फर्कोस । ‘लघु रुद्री’ को अन्तिम दिनमा एक परदेशी आएर एउटा चिठी दिए । उनको पतिले लेखेको चिठी रहेछ । ‘मैले रणभूमिबाट सधैं चिठी पठाउँदै आएको थिएँ तर अकस्मात शत्रुहरुले हामीलाई कब्जामा लिए हामी त्यहाँवाट उम्कन सक्ने कुनै उपाय नै थिएन । हामी मृत्युको मुखमा परि सकेका थियौं । अकस्मात, मैले त्यहाँ लामो कपाल पालेका, हातमा त्रिशूल लिएका एक भारतीय योगीलाई देखे । उनी हेर्दामा अग्ला लडाकु थिए । यी ठूला मानिसलाई देखे पछि शत्रुहरु भाग्न थाले । हाम्रो खराव समय एकाएक विजयमा परिणत भयो । यो त्यही भारतको मान्छेले गर्दा नै भएको हो जुन मान्छे बाघको छाला वेरेर हातमा त्रिशूल लिएको थियो । त्यो ठूलो योगीले भने, म कसैसंग पनि डराउदिन म तिमीलाई वचाउन आएको हुँ किनभने म तिम्रो पत्नीको प्रार्थना देखि धेरै खुसि भएँ । चिठी पढेपछि लेडि मार्टिनका आँखाहरु खुसिका आँशुले भरिए । उनी स्तव्ध भईन् । तिनी भगवान शिवको पाउमा परिन र आँशुका धारा वगाउन थालिन् । केही हप्ता पछि कर्णेल मार्टिन फर्किए । श्रीमती मार्टिनले सवै घटना वताईन् । अव दुवै पति पत्नी शिव भक्त भए । सन १८८३ मा तिनीहरुले भा.रु पन्द्र हजार शिव मन्दिर निर्माण गर्न चढाए । यो कुरा वैजनाथ महादेव, आग्रामा लेखिएको छ । यो नै एक मात्र वेलायतीले वनाएको हिन्दू मन्दिर हो । त्यसपछि श्रीमती मार्टिन युरोप घर फर्किन । तिनी युरोप फर्केर उता शिव मन्दिर वनाएर आप्mनो पूरा जीवन शिव भजनमा नै विताइन् ।
महादेव र माझी ः भगवान शिव कैलाशमा वस्थे । एकदिन शिवले पार्वतीलाई वेदको वारेमा वताई रहेका थिए । यो क्रम धेरै वर्ष सम्म चलि रह्यो । एक दिन पार्वती एक चित्तले सुन्न सकिनन् । शिवजी रिसाएर पार्वतीलाई भन्नु भयो ‘पृथ्वीमा माझीको रुपमा जन्म होस्’ शिवको मुखवाट यो कुरा निस्कना साथ पार्वती अन्र्तध्यान भईन । ‘ओ ! मैले के गरें ? म मेरो पत्नी विना रहन सक्तिन’ भन्दै शिव पनि अन्तध्र्यान हुनु भयो ।
त्यसै वखत पार्वती पृथ्वीमा जन्म लिन पुगिन् । मूख्य माझीले सानो वच्ची रुख मुनि भेटाए र घर लगे । उनले सानो वच्चीलाई आप्mनो छोरी वनाएर पाले । वच्चीको नाम पार्वती राखे । पार्वती माछा मार्ने काममा सघाउंथिन् । समय वित्तै गयो पार्वती वढेर ठूली र राम्री भईन् । तिनी आप्mनो वावुलाई सघाउंथिन । डुंगा पनि छिटो चलाउंथिन् । कैलाशमा शिव एक्लै थिए । नन्दी शिवलाई भन्दथे किन तपाईले पार्वतीलाई लिएर नआउनु भएको । म त्यो गर्न सक्तिन उनको जन्म अनुसार उनी माझी सितै विवाह गर्छिन । ओ, त्यसो भए, मैले केही गर्नु पर्ला । नन्दीले मनमनै कुरा गरे । भोलि पल्ट नन्दी एउटा ठूलो ह्वोएल माछा वने । जहाँ माझीहरु माछा मार्थे त्यही गए । उनी माझीहरुलाई दुःख दिन थाले । माझीहरु गएर मूख्य माझी संग उजुर गरि रहेका थिए । हामीले माछा मार्न सकेनौ । एउटा ठूलो ह्वोएल आएर हाम्रो डुंगाको जाली काटेर दुख दिइ रहेको छ । केही व्यवस्था गर्नुस । माझीहरुको यो कुरा सुनेर मूख्य माझीले धोषणा गरे ‘जसले त्यो ठूलो ह्वोएल समात्छ, उसको मेरी छोरी सित विवाह गरिदिन्छु’। धेरै जवान माझीहरु ह्वोएल समात्न आए तर कसैले सकेनन् । मूख्य माझीले भगवान शिव संग गुहारे ‘ओ भगवान, हामीलाई त्यो ठूलो माछा समात्न सहयोग गर्नुहोस् । ’ पार्वतीले पनि प्रार्थना गरिन् ‘ओ भगवान, कृपया आउ र हामीलाई सहयोग गर’ भगवान शिवले पार्वतीले गरेको प्रार्थना सुने । उनी एउटा जवान माझीको रुप लिएर मूख्य माझी समक्ष गएर भने । ‘म तिमीलाई सहायता गर्छु । म त्यो ह्वोएल माछालाई समात्छु र तिम्रो छोरी सित विवाह गर्छु’ ‘तिमी धन्यवादका पात्र हुनेछौ यदि तिमीले सहायता गरेमा’ मूख्य माझीले भने । जवान मान्छे समुन्द्रमा गएर ह्वोएल समाते, नन्दी धेरै खुसि भए । नन्दी ह्वोएल माछाको रुपमा थिए । उनी जवान मानिसको अगाडि लम्पसार परि दिए । जवान मानिस र पार्वतीको विवाह भयो । भगवान शिवले आप्mनो प्यारी पार्वतीलाई फर्काएर लेराए ।
महादेव र अघोर पथ ः अघोर पथ हिन्दू धर्मको एक संप्रदाय हो । यसको पालना गर्नेलाई ‘अघोरी’ भनिन्छ । अघोर पथको उत्पत्तिको वारेमा आज सम्म निश्चित प्रमाण मिलेको छैन । कपालिक संंप्रदायको समकक्ष मानिन्छ । भारतको प्राचीनतम घर्म ‘शैव’ (शिव साधक) संग सम्वन्धित छ । अघोर संप्रदायका व्यक्ति आप्mनो विचित्र व्यवहार, एकान्तप्रियता र रहस्यमय का लागि जानिन्छ । अघोर पथका प्रणेता भगवान शिवलाई मानिन्छ । भनिन्छ कि भगवान शिवले स्वयं अघोर पथको प्रतिपादित गरेका थिए । भगवान दत्तात्रेयलाई अघोरशास्त्रका गुरु मानिन्छ । दत्तात्रेयलाई भगवान शिवको अवतार पनि मानिन्छ । अघोर संप्रदाय अनुसार ब्रह्मा, विष्णु र शिव यी तिनैको अंशको रुपमा दत्तात्रेयले अवतार लिएका । अघोर संप्रदायको व्यक्ति शिवजीको अनुयायी हुन्छन् । उनको अनुसार शिव स्वयंमा संपूर्ण हुन र जड, चेतन समस्त रुपमा विद्यमान छन् । अघोरीवावाहरु कालो लुगा लगाउँछन् । शिवजीको जस्तै जटा पालेका । तिनीहरु गाँजा, भाँग, धतुरो शिवजीको प्रसाद भन्छन् । धुनि जगाएर गाँजा, भाँग, धतुरोले रमाई रहेका हुन्छन् । अघोरी संस्कृति विल्कुलै अनौठो छ । तिनीहरु गाडेको लास झिकेर खान्छन् । कि जंगलमा कि
मसानमा वस्छन् । मसानमा लास पोल्न प्रयोग गरिएका दाउरा जम्मा गर्छन । त्यसमै खाना वनाउँछन् । मान्छेको मासु खानु उनीहरु पवित्र मान्छन् । उनीहरुको विचारमा जव मानिस मर्छ उसको शरीरवाट आत्मा गए पछि त्यो लास हुन्छ । त्यो लास अरु जनावरहरुको जस्तै हुन्छ । यसमा कुनै भिन्नता छैन एउटा मरेको कुखुरा, मरेको वोका, खसि, मरेका जनावर र मरेको मानिस । अघोरी वावाहरु मरेको मानिसको मासु मात्र खाँदैनन् उनीहरु अरु जनावर कुखुरा खसि पनि खान्छन् तर उनीहरु गाईको मासु कहिलै खाँदैनन् । तिनीहरु रक्सी पिउँछन् । गाँजा, भांग, धतुरो खान्छन् । सवै चीज खान्छन् मान्छेको दिशा र पिशाव पनि । तिनीहरु लाग्छ अर्कै ग्रहका मान्छे । तिनीहरु यो सांसारिक दुनियावाट अलग छन् । उनीहरुको आप्mनै संसार छ आप्mनै जीवन यापन छ । वाहिर संसारमा के भै रहेको छ कुनै मतलव छैन । महादेव र नागा बाबा ः नागा साधु वनाउने प्रक्रिया महाकुम्भ मेलाको समयमा हुन्छ । नागा साधु वन्न विभिन्न परीक्षा पार गर्नु पर्छ । परम्पराको रक्षा र त्यसलाई अघि वढाउन विभिन्न सन्यासी अखडामा प्रत्येक महाकुम्भको वेलामा नागा साधु वनाईन्छ । माया मोह त्यागेर वैराग्य जीवन विताउने ईच्छा लिएर विभिन्न अखडामा शरणमा आएका व्यक्ति परम्परा अनुसार आजकल प्रयाग महाकुम्भमा नागा साधु वनाइन्छ । एक पटक महाकुम्भमा पाँच हजार भन्दा वढी नागा साधु वनाईन्छ । नागावावाहरु शिवजीका सिपाही हुन् । शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न आउने नागा र वावाहरुलाई उनीहरुको स्तर अनुसार पशुपतिनाथ मन्दिर भित्र, बाहिर, राम मन्दिर लगायात अन्य ठाउँको व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई धुनि जगाउन चाहिने दाउराका साथै अन्य कुराहरु पशुपति विकास कोष र गुठी संस्थानले मिलेर गर्छन । साथै जाने वेलामा पनि उनीहरुको स्तर अनुसार रु १ सय एकाउन्न देखि रु ५ हजार १ सम्म दिएर विदाई गर्ने गरिन्छ । महादेव र शिवरात्री (महाशिवरात्री) ः फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्री पर्वको सुरुवात कहिले देखि भयो भन्ने कुरा फरक फरक उल्लेख गरिएको पाईन्छ । पुराणमा उल्लेख भए अनुसार शिव आपैंmले पार्वतीलाई भन्नु भएको थियो । ‘यो दिन मलाई विशेष मन पर्छ’ । चतुर्दशी तिथिका स्वामी शिव हुन् । अतः ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ । फाल्गुण कुष्ण चतुर्दशीलाई सबै शिवरात्री मध्ये विशेष भएकाले ‘महाशिवरात्री’ भनिएको हो । ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समय सम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तको यो समय अत्यन्त शुभ मानिन्छ । शिवको अर्थ हो कल्याण । शिव सबैको कल्याण गर्ने देवता हुन । अतः महाशिवरात्रीमा सरल उपाय गर्दा मात्र पनि इच्छित सुखको प्राप्त हुन्छ । महाशिवरात्री पर्व दिन भर पूजा को साथ साथै रात भर महादेवको भक्ति गर्नु हो । महाशिवरात्रीको अर्थ हुन्छ राति जागरण वसेर शिवको आराधना गर्नु । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रीकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रुपमा अवतरण हुनु भएको थियो । शिवजी उत्पत्ति हुनु भएको रातका नामबाट नामाकरण भएको यो पर्व ‘कालरात्री’, ‘मोहरात्री’, ‘सुखरात्री’ र ‘शिवरात्री’ नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा पुराणहरुमा वर्णित छ ।
समुन्द्र मन्थन गर्दा विष निस्के पछि देवता र दानवहरु डराएर शिवको शरणमा पुगे । संसारलाई वचाउन शिवले त्यो विष पिए । विषपान गर्दा उनको घाँटी निलो भयो । त्यस वेला देखि उनलाई ‘नीलकण्ठ’ भनिन थालियो । शिवले संसार ध्वस्त हुनवाट जोगाएकोले त्यस दिन देखि ‘शिवरात्री’ पर्व मनाउन थालिएको भनिन्छ । शिव पुराण अनुसार एक पटक हिन्दूहरुका दुई प्रमुख देवता ब्रह्मा र विष्णु झगडा गरि रहेका रहेछन् । म ठुलो भनेर । अरु देवताहरुले शिवलाई सोधेछन् । दुई मध्ये को ठूलो हो ? शिवले दुईको वीचमा शिवलिङ्गको उत्पत्ति गरेर भन्नु भयो । जसले यसको आदि र अन्त फेला पार्दछ त्यो ठूलो । ब्रह्मा शिवलिङ्गको माथि तिर लागे भने विष्णु तल तिर । उनीहरुले आदि र अन्त फेला पार्न सकेनन् । तर ब्रह्माले केतकी पूmललाई साक्षी राखेर झुठो कुरा बोले । भगवान शिवले ब्रह्मालाई दण्ड दिए । अव देखि तिम्रो प्राथना कसैले नगरोस् । केतकी पूmलले झुठो साक्षी वकेकोले उनलाई पनि दण्ड दिए । तिम्रो पूmल पनि पवित्र कार्यमा नचढोस् । शिव पहिलो पटक लिङ्गमा देखिएकोले यो दिनलाई विशेष पर्व को रुपमा ‘महाशिवरात्री’को नामले चिनिन्छ । चन्द्रमाले अभयदान पाए पछि महादेव समक्ष भने महादेव ! म यो स्थानमा तपाईको भव्य मण्डप वनाउंछु । ब्रह्माले भन्नु भयो आज देखि यो स्थानको ‘सोमनाथ तीर्थ’को नामले जानिन्छ । ब्रह्मा र विष्णु दुवैले भन्नु भयो । यहाँ आउने सव भक्तको सवै बाधा, सवै दःुख समाप्त हुन्छन् । आजको दिन विशेष हो । आजको दिनमा महादेव पनि श्राप मुक्त हुनु भयो । आजको दिन महादेवले चन्द्रमाको अभयदान दिनु भयो । आजको यो विशेष दिनको संसारमा ‘शिवरात्री’को नामले जानिन्छ । सोमवारको पूजा विधि ः सोमवारको व्रत साधारणतया दिनको तेश्रो पहर सम्म हुन्छ । व्रतमा फलाहार वा पारणको कोई खास नियम छैन तर दिन रातमा केवल एक समय मात्र भोजन गर्नु पर्छ । सोमवारको व्रत तीन प्रकारको छ । साधारण प्रति सोमवार, सौभ्य प्रदोष र सोह्र सोमवार विधि तिनैको एक जस्तै हो । शिव पूजा पछि कथा सुन्नु पर्छ । तीनैको कथा अलग अलग छ ।
महादेव र अक्षय तृतीया ः हिन्दूशास्त्र अनुसार वर्षभरीमा कैयौं विशेष योगहरु पर्छन । ती मध्ये एउटा महायोगको नाम हो ‘अक्षय तृतीया’ । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिध्नविनाशक’ दिन पनि भनिन्छ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै ‘अक्षय तृतीया’ भनिन्छ । ‘अक्षय’को अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस । पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई ‘परशुराम जयन्ती’का रुपमा पनि मनाइन्छ । नर–नारायण यसै दिन अवतरित हुनु भएको थियो । चार युगहरुमा सत्य–युग र त्रेता–युगको प्रारम्भ यसै तृतीया तिथिवाट भएको हो । यस कारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरुमध्ये एक बद्रीनाथधामको ढोका यसै दिन खोलिन्छ । वृंदावन स्थित श्री बांके बिहारीजी मन्दिर वर्ष भरिमा यसै दिन मात्र खुल्छ ।
कुनै पनि शुभ कार्य, मांगलिक कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले भनेर गणेशले लेख्नु भएको महाभारतको रचनाको प्रारम्भ अक्षया तृतीया कै दिनवाट सुरु भएको थियो । यसै दिन सातु र सर्वत दान गर्ने चलन छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत (दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चीज हालि सर्वत र जौको पिठोको सातु) दान गर्ने, खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । भगवान कृष्णलाइ आप्mनो बच्चा बेलाको साथी सुदामा एक मुठि चामल लिएर भेट्न आएका थिए । कृष्णले अतिथी देवोभवः अर्थात पाहुनाहरु भगवान हुन भन्ने आदर्शका साथ व्यवहार यसै दिन गरेका थिए र फर्कदा सुदामा धनि भएका थिए । यसै दिन द्रौपदीको ‘चिरहरण’ भएको र भगवान कृष्णले वचाउनु भएको थियो । कुवेरले भगवान शिवको आराधना गरेर धनि हुने वरदान यसै दिन पाउनु भएको । पवित्र गंगा यसै दिन पृथ्वीमा अवतरण गर्नु भएको । पाण्डवहरु वनवासमा रहंदा भगवान कृष्णले द्रौपदीलाई ऋषि दुर्वासालाई खुवाउन यसै दिन उनीलाई ‘अक्षय–पत्र’ (एउटा भाँडो कहिल्यै खानेकुरा नरित्तिने) दिएका थिए । अन्नको देवी भनेर मानिने अन्नपूर्णा । देवी पार्वतीको अवतार मानिने अन्नपूर्णा । एक पटक सवै माग्नेहरुको प्रतिनिधित्व गरेर भगवान शिव देवी पार्वती(अन्नपूर्णा) कहाँ अन्न माग्न गएका थिए । देवी पार्वतीले आफैले भगवान शिवलाई खुवाएकी थिईन । सो दिन अक्षय तृतीया कै दिन थियो । यसै दिन महाभारतको युद्ध समाप्त भएको थियो । जगन्नाथ पूरीको रथयात्रा पनि यही दिनबाट शुरु हुन्छ ।
महादेव र रुद्री पाठ ः पशुपतिनाथको दर्शन गर्ने भक्तजन आप्mनो क्षमता अनुसारको रुद्रीपाठ गराउन सक्छन् । कोही आप्mनो मनोकामना पूरा भएको खुसियालिमा, कोही मनोकामना पूरा होस् भनेर रुद्री पाठ लगाउँछन् । रुद्रीपाठ ३ प्रकारको हुन्छ । क) एक आवृती पाठ ः यस रुद्रीमा केवल १ आवृति पाठ हुन्छ । करिव एक घण्टाको रुद्रीपाठमा भक्तजनहरु आप्mनो क्षमता अनुसार १ देखि ११ ब्राह्मण राखिन्छ । ख) महारुद्री पाठ ः यो रुद्रीमा ११ आवृति पाठ हुन्छ र भक्तहरु आप्mनो क्षमता अनुसार ११ देखि १२१ ब्राह्मण संलग्न हुन्छन् । ग) लहु रुद्रीपाठ ःयो रुद्री पाठमा १ देखि ११ आवृति पाठ हुन्छ । यो रुद्रीमा पूरा १२१ ब्राह्मण संलग्न हुन्छन् । माथिका सवै रुद्रीपाठमा ब्राह्मणहरुलाई भोजन तथा पाठ अनुसार दक्षिणा र धोती, गम्छा दान गरिन्छ ।
महादेव र बालाचतुर्दशी ः वर्षभरिमा दिवंगत भएका आफन्तहरुको शिवलोकमा बास होस् भन्ने कामना गर्दै शतबीज छर्न अधिल्लो रात (मार्ग कृष्ण त्रयोदशी) नै पशुपति क्षेत्रमा मानिसहरु जाग्राम बस्ने
गर्छन । अधिल्लो दिन नै मानिसहरु पशुपतिनाथ परिसरका सत्तल, पाटी र खुला चौरमा त्रिपालहालेर महादीप बाली भजन किर्तन गर्दै रातभर जाग्राम वस्छन् । श्रद्धालुहरु बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालोतिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्राहरु छर्दै पशुपति क्षेत्रका देवीदेवताका मन्दिरहरु कैलाश, गौरीघाट, आर्यघाट गुह्येश्वरी परिक्रमा गर्दछन् । सत्ययुगमा शिवले मृगको रुपधारण गरी जहाँ जहाँ वीचरण गरेका थिए त्यहाँ त्यहाँ सतबीज छर्ने गरिन्छ । त्यसरी छरेको प्रत्येक सतबीजको गेडाले एक एक तोला सुन दान गरे जतिको पुण्य मिल्छ भन्ने जनविश्वास रहँदै आएको छ । छोराछोरी नभएका कसैकसैले आपूm मरेपछि शिवलोकमा बास होस् भन्ने कामनाका साथ आपूm जीवित छँदै सतबीज छर्न जाने पनि चलन छ । यस दिन वर्षबन्धन भनेर पशुपतिनाथलाई दिनभरि चाँदीको कवच लगाइदिने परम्परा छ । भोलिपल्ट औँशीका दिन उक्त कवचका साथै पशुपतिनाथका सबै गहना तथा एकमुखी रुद्राक्ष आदि जाँच्ने र भेटी चढाएको रकमबाट सुन किनेर पशुपतिको ढुकुटीमा दाखिला गर्ने परम्परा छ । पशुपतिसम्म जान नसकेकाहरुका लागि पशुपति विकास कोषको खातामा एक हजार रुपैयाँ जम्मा गरेपछि उनीहरुको नाममा महादीप बालिदिने व्यवस्था गरिएकोछ । बालाचतुर्दशिका दिन बागमतीमा पूmल तारिन्छ । बालाचतुर्दशीको बारेमा पौराणिक कथाः बालानन्द नाम गरेका एक व्यापारी थिए । उनी आर्यघाटमा आए जहाँ मानिसहरुको दाह संस्कार गरि रहेका थिए । उनी आप्mनो नातेदारको दाह संस्कारमा भाग लिन आएका थिए । दाहसंस्कार भईरहेको थियो । बालानन्द नजिकै बसेर खानेकुरा खाई रहेका थिए । खाई रहेको वेलामा मरेको मानिसको एक सानो टुक्रा जलाई रहेको ठाउँवाट उछिट्टिएर उनले खाई रहेको थालमा पर्न आयो । उनले त्यो थाहा पाएनन् । त्यो मासुको टुक्रा निले । मासुको टुक्रा निल्नासाथ उनी एकाएक चाँदीको टाउको भएको राक्षसमा परिवर्तन हुन पुगे । उनी राक्षसमा परिणत भए पछि राक्षसि रुप देखाउन थाले । जलिरहेको लासलाई आगोबाट झिकेर खान थाले । यो देखेर सारा मानिसहरु डराएर भाग्न थाले । त्यसपछि उनलाई वलासुर भनिन थालियो । वल+सुर वलासुर भनेको राक्षस । आर्यघाट वलासुरको लागि ज्यादै मनपर्ने ठाउँ भयो । उनी आर्यघाट छोडेर कतै जाँदैनथे । अव मानिसहरुलाई आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न जान पनि गाह्रो पर्न थाल्यो । एउटा साधारण मानिस यसरि राक्षस हुन पुगेकोमा सवै दुखि भए । सवै मिलेर राजालाई गुहारे प्रजाले । बालासुरलाई मार्नै पर्ने भयो । उनले वृस(वालासुरको ज्यादै मिल्ने साथी) लाई वालासुरलाई मार्न लगाए । बृसले राजाले भने अनुसार वालासुरलाई मार्ने व्यवस्था मिलाए । बाला मारिए । आप्mनो साथी वालालाई मारे पछि बृस पछुतोमा परे । मैले एउटा साधारण मानिसलाई किन मारे । उनी श्लेष्मान्तक बनमा गएर ओम भन्दै आप्mनो साथी वालालाई मारेकोमा पश्चाताप गर्दै भगवान शिवको प्रार्थनामा लागे । आप्mनो साथीको लागि प्रार्थना गरेकोमा भगवान शिवले उनको प्रार्थना सुन्नु भयो । भगवान शिवले बृसलाई भन्नु भयो । तिमीले
सतबीज पवित्र ठाउँ श्लेष्मान्तक वनमा छर त्यसपछि जुन तिमीले आप्mनो साथी बालालाई मारेको दोष तिमीलाई लागेको थियो, त्यो दोषवाट तिमी मुक्त हुनेछौ । बृषले भगवान शिवले भने अनुसार गरे । त्यसपछि देखि यो दिनलाई बालाचतुर्दशी भनिन थालियो । आप्mनो मरेका नातागोता, इष्टमित्र को नाममा सतबीज छर्ने चलन भएको हो ।
महादेव र पानी ः सम्पूर्ण प्राणिहरुको जीवन धान्नको लागि पानी नभई हुंदैन । त्यस्तै समय समयमा पानी नपरेमा सम्पूर्ण अन्न बाली, बोट विरुवा, बन जंगल सुख्खा भएर अनिकाल पर्न जान्छ । महादेवले गंगालाई आप्mनो शिरमा राख्नु भएको छ । यस्तो बेलामा मानिसहरु महादेवलाई गुहार्छन । हर हर महादेब पानी देउ यत्तिले पुगेन अलि थपिदेउ । यहाँ हर भनेको महादेव हुन । मानिसहरु विहान मुख धुँदा पनि महादेव कै नाम लिन्छन् । हर हर गंगे हर हर । हर काशी हर काँशी । यसरि पानी नपरि पृथ्वीमा सुख्खा पर्न गएमा महादेवले डमरु बजाएर पानी पारिदिन्छन् भन्ने हिन्दूहरुको विश्वास रहि आएको छ । महादेवलाई साधारण कुराहरु चढाए पुग्छ । पानी, खरानी, दुध, दही, वेलपत्र आदि । अन्य कुरा केही नभए पानी मात्र चढाए पनि महादेव खुसि हुनुहुन्छ ।
महादेव र पीनास ः हे पार्वती मत्र्यलोक जानु प¥यो नाच हेर्न मलाई धेरै इच्छा लाग्यो, हिंड जाउँ भने । हे इश्वर म किन जाउँ, हजुरमात्र पाल्नुहोस् भनी पार्वतीले बिन्ती गर्दा महादेव एक्लै नागलोक गए । त्यहाँवाट मत्र्यलोकमा आए । नाच कीर्तन हेर्नलागे । हेर्दा हेर्दै नरलोकमा धेरै दिनसम्म भुली कैलाशमा नपुग्दा महादेव किन आउनु भएन, कसो भयो, के कामले भुल्नु भयो महादेवलाई चांडै डाकी ल्याउ भनी पार्वतीबाट गौरी गाईलाई आज्ञा हुंदा हवस् भनी गौरीगाई नरलोक पुगी महादेवसित भेट गरी हे प्रभु ! कैलाशबाट पार्वतीले चाँड्रै महादेवलाई डाकी ल्याउ भनी आज्ञा हुंदा म आएकी हुँ भनी बिन्ती गरिन् । महादेवले राम्रै भयो संगै जाउंला भनी गौरी गाईलाई बाँधिदिनु भयो । महादेव नफर्के पछि बाछालाई लिन पठाउनु भयो । बाछालाई पनि बाँधिदिए । सिंहलाई लिन पठाउनु भयो उसलाई पनि बाँधिदिनु भयो । सिंह नफर्के पछि अव महादेव हत्तपत्त आउनु हुन्न केही पिडा दिए जरुर आउनु होला भनी काखीको रौं उखेली पीनास बनाई पीनास खडा हुँदा हे पीनास तिमी नरलोकमा जाउ र महादेवको नाक भित्र पसी पीडा देउ तब महादेव यहाँ आउनु होला भन्दा हवस भनी पीनास नरलोकमा पुगे । महादेवका नाक भित्र पसी पिडा दिन लागे । महादेव आत्तिएर गाउँले वैद्य खोजी ओखती गर्दा पनि नीको भएन । वैद्यले यो कठिन रोग हो, नाक झर्ला भने जस्तो देखिन्छ । हामीबाट यो निको हुंदैन । महादेवजी गौरी, बसाहा, सिंहलाई लिएर कैलाश जानुभयो । पार्वती सित भेट हुने वित्तिकै हे पार्वती यस नाकका व्यथाले साह्रै पीडा दियो । मेरो नाक झर्न लाग्यो । चाँडो उपाय गरिदेउ । भनी महादेवको आज्ञा हुंदा पार्वतीले विन्ती गरिन् हे इश्वर नरलोकमा धेरै दिन भुलेर वस्नु भयो मैले गौरी, बाछा र सिंहलाई लिन पठाउदा पनि नआएकोले पिडा दिए मात्र आउनु होला भनि काखीको रौं उखेली पीनास बनाई पठाएथें अव केही चिन्ता गर्नु पर्दैन भनि नाकमुनि दुई हात थापी पार्वतीले हे पीनास बाहिर निक्ली भन्दा पीनास बाहिर निस्क्यो । महादेव अचम्म मानि मलाई त यस्तो पिडा दियो भने नरलोकमा कस्तो गर्ला यसलाई छाड्न हुंदैन भनी वाचा बाँधी वन्धन गरी राख्नु पर्छ
भन्दा पार्वतीले पीनासलाई बोलाई श्रीमहादेवका अगाडि राखि दिंदा पीनासले अव म कहाँ बसुं के खाउं भनी विन्ती गर्दा हे पीनास मत्र्यलोकमा ठाउँ खोजी बस् मान्छेको खकार र सिगान खाएर वस्नु । मान्छेले तलाई पिडा दिए मात्र तैले पीडा दिनु मान्छेले केही पीडा नदिई अघिवाटै तैले पीडा दिइस् भने तलाई ब्रह्महत्या, गोहत्या लाग्ला भनी वाचा बँधाई महादेवले पीनासलाई मत्र्यलोकमा पठाई दिनु भयो । पीनासले बस्ने ठाउँ तलास गर्दा पाटनका अनिरुद्र पाँडेको रछानका किनारमा चारपाटे ठूलो ढुंगा मुनि वसेछ । एक दिन अनिरुद्र पांडेले तातो पानीले स्नान गर्दा तातो पानी ढुंगा भित्र पस्ता पीनासका जहान र पीनासको दूर दुहाई भयो । पीनास कराउन लाग्यो मैले तिम्रो केही विराम नगरी तिमीले मेरो परिवार भस्म गरी मारी दियौ । म पनि तिम्रा जहान भस्म गरी मारी दिन्छु भनी गाईका थुन भित्र पसी दूधमा विषछोडि दियो । त्यो दूध(गोरस) खाई पांडेका जहान भस्म भई मरेछन् । सोही विरहले अनिरुद्र पांडे दहीको ठेकी र च्यूरा लिएर परदेश गए । पछि अनिरुद्रले पिनासलाई वाचा वन्दन गराई साछी १) जसु चाण्डाल २) क्यामुनाको रुख ३) बाणगंगा ४) दहीको ठेकी ५) अग्नि ६) अनिरुद्र पाँडे । पीनासको दोहोलो पारे ।
पशुपतिनाथ र बाँदर ः बाँदर दुई खुट्टाले उभिएर हिड्नसक्ने, जंगलमा बस्ने हेर्दा मानिस जस्तै देखिने स्तनधारी जनावर हो । बाँदर अरु जनावरहरु भन्दा धेरै बुद्धीमान भएको कुरा विज्ञानले पनि सिद्ध गरि सकेको छ । परापूर्व कालमा मान्छे पनि एक बाँदर नै हो । बाँदरले मानिसले गर्न सक्ने र मानिसले गर्न नसक्ने सबै काम गर्न सक्छ । रामायण कालमा भगवान श्रीरामलाई बांदरहरुले नै सीताको खोजीमा ठूलो साथ दिएका थिए । भगवान रामका बाँदर सेनाका सेनापती हनुमान थिए । हनुमान शिवका अवतार मानिन्छन् । पशुपति मन्दिर वरिपरि प्रशस्त बाँदरहरु देख्न सकिन्छ । रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए । मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे । पुरुष स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरुकोमा थियो ।
पशुपतिनाथ र विशेष पूजा ः पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पैसा तिर्नु पर्दैन तर पैसा तिरेर मन्दिरमा भक्तजनले आप्mनो गच्छे अनुसार विशेष–पूजा गर्न सक्छन् । यो पूजा एघार सय रुपैंया देखि पच्चिसलाख रुपैयाँ सम्मको छ । यो पूजा गराउँदा पशुपति नाथका भट्टहरुलाई केही रकम दिने गरिन्छ ।
पशुपतिनाथ र साँढे ः महादेवका वाहन नन्दीको पशुपतिनाथ मन्दिर भित्र मूर्र्ति राखिएको छ । साथै मन्दिर भित्र बाहिर साँढेहरु पनि प्रशस्त देखिन्छन् । प्रत्येक पूर्णिमामा एक वरलाई विधिपूर्वक सांढे वनाएर स्वतन्त्र छोडि दिइन्छ । यसैले पनि त्यहा प्रशस्त साँढेहरु देख्न पाएको हो । महादेव पशुपंक्षीका पनि देवता भएकाले सांढे र परेवाहरु प्रशस्त देख्न सकिन्छ ।
वासुकीको टाढावाट दर्शन प्रदक्षिणा गरि गुप्तेश्वर महादेव त्यसपछि
सिद्धेश्वर महादेवको दर्शन ।
सिद्धेश्वर महादेव ः वासुकीनारायणको मन्दिरवाट अलि तल केही सिंढी झरिसकेपछि वायाँपट्टी भ्mयालभित्र सिद्धेश्वर महादेव रहनु भएको छ । लाल गणेशःः पशुपतिनाथ मन्दिरको पूर्वपट्टी वुढानिलकण्ठको नजिकै पश्चिम तिर लाल गणेशको मन्दिर छ । करिव ४ मिटर अग्लो यो मन्दिरको ढोका दक्षिण तर्फ रहेकोछ । मन्दिर भित्र दक्षिण तिर फर्केको अन्दाजी १ मिटर अग्लो लाल गणेशको मूर्र्ति छ । सधैं सिन्दुर र तेल मिलाएर लगाउनाले यो मूर्र्ति सधैं रातो हुने भएकोले नै यिनलाई लाल गणेश भनिएको हो । पशुपतिनाथ परिशरमा गणेशका अन्य मूर्र्तिहरु पनि छन् तर पनि पशुपतिनाथको दर्शन गर्नु पूर्व लाल गणेशको पूजा गर्नु पर्दछ । पशुपतिनाथका पूजारीहरु पनि पशुपतिनाथ मन्दिर भित्र प्रवेश गर्नु अगाडि लाल गणेशको परिक्रमा गरि दर्शन गर्दछन् । लाल गणेशको श्रद्धा पूर्वक पूजा अर्चना गर्दा आफुले मागेको कुरा पूरा हुने विश्वास छ । कसैले सिद्धिदाता लाल गणेश पनि भन्दछन् । वुढानिलकण्ठ ः पूर्व ढोका अगाडि सुतिरहेका वुढानिलकण्ठको दर्शन । काठमाण्डौं शहरबाट दश किलोमिटर उत्तर शिवपुरी पहाडको फेदीमा हिन्दूका देवता विष्णुको विशाल मूर्र्ति छ । भगवान विष्णु आराम संग नाग माथि सुतिरहेको अवस्थामा सो मूर्र्ति छ । यो भगवान विष्णुको नेपालको सवैभन्दा ठूलो ढुंगाको मूर्र्ति हो । बुढा किसान निलकण्ठले धान सुकाउन आगन वनाउन लाग्दा उक्त मूर्र्ति फेला परेकोले यसको नाम बुढानिलकण्ठ रहन गएको हो भन्ने किम्वदन्ती छ । राजा प्रतापमल्ललाई सपनामा तिमी र तिम्रा वंशज मलाई दर्शन गर्न आएमा मृत्यु हुन्छ भनेकाले त्यस दिन देखि राजा र उनका परिवार त्यहाँ जादैनन् । त्यहांको जस्तै विष्णुको मूर्र्ति हनुमानढोका भित्रै वनाउन लगाएर दर्शन गर्न थाले । यस्तै मूर्र्ति बालाजु बाइसधारा उद्यान भित्र पनि वनाइएको छ । पशुपति नाथ परिसरमा निर्माण गरेको मूर्र्ति पनि यस्तै हो तर यिनीहरु धेरै साना छन् । अनि संगै रहेका लाल गणेशको दर्शन, सूर्य मन्दिरमा सूर्यको दर्शन, राधाकृष्ण मन्दिर, आर्यघाट ओर्लनु अगाडि ढोकाको दायाँतिर गरुडनारायणको मूर्र्ति ।
सूर्य मन्दिर ः पशुपतिनाथ मन्दिरको पूर्व ढोकाको सामुन्ने पश्चिम तिर फर्केको सानो मन्दिर छ जुन सूर्य मन्दिर हो । वेदमा सूर्य जगतको आत्मा मानिन्छ । समस्त चराचर जगतको आत्मा सूर्य नै हुन् । पहिला सूर्यको उपासना मन्त्रवाट हुन्थ्यो । पछि मूर्ति पूजाको प्रचलन आयो र सर्वत्र सूर्य मन्दिरको निर्माण भयो । ऋषि दुर्वासाको श्रापवाट कुष्ठ रोगले ग्रस्त श्रीकृष्ण पुत्र साम्बले सूर्यको आराधना गरेर यस भयंकर रोगवाट मुक्ति पाएका थिए । गरुडः
हिन्दू तथा बौद्ध धर्ममा उल्लेख हुने गिद्धको आकारप्रकारसित मिल्ने यो ठूलो चरा जस्तै जीव हो । यसलाइ विष्णुको वाहन मानिएको छ । गरुडका पिता ऋषि कश्यप हुन । ऋषि कश्यपका दुई श्रीमती थिए । विनीता र कद्रु । यिनीहरु दक्ष प्रजापतिका छोरीहरु थिए । कश्यप ऋषिले आप्mना श्रीमतीहरुलाई के इच्छा छ भन्दा विनीताले दुईवटा छोराहरुको इच्छा गरिन भने कद्रूले हजार सर्पहरुको इच्छा गरिन् । कद्रूको हजारौ फुलवाट चांडैनै सर्पहरुको जन्म भयो । विनीताको दुईवटा फुल लामो समय सम्म पनि केही नभएकोले उनले फुललाई फुटाएर हेरिन माथिल्लो भागको आधा मानव विकास भएको पाईन । पहिलो छोरा अरुण भए । दोश्रो पूरा समय लगाएर चराको आकारमा गरुड जन्मे । गरुड चराहरुको राजा हुन भने सर्पहरुको शत्रु । चाँगुनारायण ः नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स मा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मि. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक द्दृष्टिकोणले महत्वपूर्ण रहेको छ । लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थ्ति डांडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रुपमा यिनलाई ‘डोलाशिखर स्वामी’ भनिएको हो । नेपाल भाषामा ‘चाँप’ लाई ‘च’ र वन लाई ‘गुँ’ भनिन्छ । त्यही ‘चंगुनारायण’ अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो । संस्कृतमा यिनलाई ‘चम्पकनारायण’ भनिन्छ । अष्ट चिरञ्जीवी ः हनुमान, कृपाचार्य, अश्वस्थामा, मार्कण्डेय, विभीषण, वली, व्यास, परशुराम । सरस्वती ः सरस्वती हिन्दू धर्मको प्रमुख देवी मध्ये एक हुन् । यिनी ब्रह्मा की मानसपुत्री हुन् । विद्याकी अधिष्ठात्री देवी मानिन्छ । यीनको अन्य नाम शतरुपा, वाणी, वाग्देवी, भारती, शारदा, वागेश्वरी आदि । यिनको उपासना गर्नाले मूर्ख पनि विद्वान वन्न सक्छन् । सरस्वतीको एक मुख, चार हात छन् । दुई हातमा वीणा । एक हातमा वेद र अर्को हातमा माला । यिनको वाहन हाँस । भगवती सरस्वतीको जन्म ब्रह्माको मुखवाट भयो । उनी वाणी र विद्याकी देवी हुन् । ब्रह्मा उनी संग मोहित भए र विवाह गर्न चाहे । सवै देवताहरुले सम्झाए त्यसपछि उनले आप्mनो त्यो देह त्यागि दिईन । देवी भागवतका अनुसार यिनी ब्रह्मा की स्त्री हुन् । व्रम्हनाल ः आर्यघाटमा वागमती नदीको किनारमा एक नाली वागमती नदीमा मिसिन्छ । नदी किनारमा यस नालीमा एक कुण्ड वनेको छ । यस कुण्डमा शिवलिङ्ग पनि छ । यो फोहर नाली होइन । सुगन्धीत नाली हो । यस नालीमा भगवान पशुपतिनाथको पूजामा प्रयोग
भएको दुध, दही, चिनी (सख्खर), मह, ध्यु वहेर आएको हुन्छ । यात्रुहरु नालीको कुण्ड व्रम्हनालवाट जल लिएर जान्छन् । काठमाण्डौंको हिन्दू समुदायका मानिसहरुको अन्तिम सास रहंदा व्रम्हनालको किनारमा वनेको शैयामा पाउलाई नदीमा छोएर सुताउंछन् । कुण्डको जल मुखमा हालि दिन्छन् । यसो गर्नाले सम्पूर्ण पाप नाश भएर स्वर्ग पुग्छन् भन्ने शास्त्रमा उल्लेख छ । पशुपतिनाथ मन्दिरको पूर्वतर्फ एक छाना भएको मण्डप छ । जहा साधू धुनी वालेर वसेका हुन्छन् । साधुको सामुन्ने कोई भक्तहरु गाजा वनाई रहेका हुन्छन् । एक मिटर अग्लो चारपाटे मण्डपलाई मुक्ति मण्डप भनिन्छ । कहिले काँहि गाना वजाना पनि हुन्छ । मुक्ति मण्डपको पूर्व तर्फ एक वार्दलीछ जहांवाट आर्यघाट, वागमती नदी, नदीपारीका शिव मन्दिरहरु र सामुन्ने विश्वरुपको जंगलका सुन्दर दृश्य देखिन्छ । हिन्दूहरुको आराध्य देव पशुपतिनाथ मन्दिर परिसरमा गैर हिन्दूहरुलाई प्रवेश निषेध छ । यसै समुन्द्रपारवाट आएका गैर हिन्दू, गोरा पर्यटकहरु वागमती नदी पारीको उच्च भागमा विश्रामका लागि व्यवस्था गरि दिएको छ । त्यही वाट पशुपतिनाथ परिसर, आर्यघाटको फोटो खिचिरहेका हुन्छन् । मुक्तिमण्डपमा व्यासासनतर्फ फर्कि एकक्षण व्यासासनलाई प्रणाम गरि मुक्तिमण्डपमा तल श्रीयन्त्र गंगाजीको दर्शन गर्नु र साथसाथै अन्त दर्शन नगरेको भए सम्पूर्ण देवीदेवताहरुलाई सम्झी मनमनले दर्शन गरी मुक्ति मण्डपमा वसी मुक्तिको वरको याचना गर्नुपर्दछ । श्रीयन्त्र ः पशुपतिनाथको षोड्शीको पूजा श्रीयन्त्रमा गरिन्छ । श्री पशुपतिका मुखलिङ्गका मस्तक भागमा श्रीखण्ड चन्दनले श्रीयन्त्र लेखेर त्यसैमा नित्य श्रीयन्त्रको पूजन तान्त्रिक विधिविधानले गरिन्छ । श्रीयन्त्रमा षोडशी त्रिपुरासुन्दरी भगवतीको पूजन पद्धति ज्यादै गोपनीय छ । तिनैको दीक्षा प्राप्त भएका पूजारीहरुले मात्र विधिपूर्वक गर्दछन् । त्यो पूजा गर्दा पशुपति मन्दिरको दक्षिण पूर्व र उत्तरतर्फको ढोकाहरु वन्द गरिन्छन् र समाप्त भएपछि मात्र खुल्दछन् । श्रीयन्त्रको स्पष्ट रुप पशुपति प्राङ्गणको पूर्वपट्टी रहेको मुक्ति मण्डपवाट वाग्मतीतर्फ हेर्दा पूर्ववाट श्री पशुपति प्राङ्गणभित्र उक्लने सिंढी नजिकै गंगाको मन्दिरमाथि देखिन्छ । तल आर्यघाटमा रहेको गंगा मन्दिरको गजुर नभएर अनेक त्रिकोण आकृतिले वनेको वैदिक विधिको यन्त्र छ । भक्तहरु त्यहां माथिवाटै उनको दर्शन पूजन गर्ने गर्छन । श्रीयन्त्रमा पैसा पार्न कोशिस गरिरहेका हुन्छन् । यस यन्त्रमा पैसा अडियो भने इच्छित कार्य सफल हुने विश्वास भक्तजनहरु गर्छन । सन्तापहरेश्वर ः मुक्ति मण्डपको दक्षिण पश्चिम दिशामा करिव १ मिटरको मण्डप मुनि खाल्डो भित्र सन्तापहरेश्वर शिवलिङ्ग छ । भगवान सन्तापहरेश्वरको सच्चा मनले प्रार्थना गर्नाले सन्तान प्राप्त हुने जन विश्वास छ ।
श्रीकृष्ण मन्दिर ः मुक्ति मण्डपको दक्षिण तर्फको घरको कोठामा एउटा सेतो सिंगमरमरको श्रीकृष्णको सुन्दर मूर्र्ति छ जुन गाई चराउंदा मुरलि वजाईरहेको मुद्रामा उत्तम कालिगढले वनाएको मूर्र्ति मन्दिर भित्र छ । सूर्य मन्दिर संगै पनि राधाकृष्णको मन्दिर छ । भण्डार ः कृष्ण मन्दिरको पछाडि एउटा घर छ त्यस घरलाई भण्डार भनिन्छ । यहां श्री पशुपतिनाथको भोग लगाउन भोजन पकाइन्छ । यहां पकाएको भोजन दक्षिण ढोका अगाडि धर्मशिलामा लेराउन नजिक पर्छ । श्रीकीर्तिमुख भैरव ः श्री पशुपतिनाथको प्राङ्गगणमा मूख्य मन्दिरको पूर्व दक्षिण कुनामा श्रीकीर्तिमुख भैरवको छाना नभएको खुल्ला मन्दिर छ । त्यसमा श्रीकीर्तिमुख भैरवको केवल मुखाकृति मात्र भएको भुइमा प्रस्तर प्रतिमा छ । त्यही पूर्वपट्टीको भित्तामा श्रीकीर्तिमुख भैरवकै धातुको प्रतिमा पनि टांसिएकोछ । कीर्तिमुख भैरव मूर्र्तिको वायाँ तर्फ एक घण्टा र साथै गणेशजीको आधा मिटर उचा मूर्तिछ । त्यहां तान्त्रीक पद्धतिवाट मत्स्य, मुद्रा, मांस, मदिरा आदि उपचार चढाएर विशेष पर्वहरुमा पूर्णिमामा पशुवलि पनि दिएर पूजा हुन्छ । श्रीकीर्तिमुख भैरवको दर्शन गरेर मात्र श्री पशुपतिको पुजन गर्नु पर्छ । यहां भक्तजनले आपैmंले छोएर दर्शन गर्न सकिन्छ । यी भैरव जालन्धरले जगत् जननी पार्वतीको सुन्दरताको लोभमा राहुलाई कैलाश पठाउंदा शिवजीको आंखीभौवाट नरसिंहरुप भयानक महापुरुषको रुपमा प्रकट भएर राहुलाई खान जांदा राहुले अरु उपाय नदेखेर शिवजिकै स्तुती गरेकाले शिवजीले प्रशन्न भई अरुको दुत भएकाले नखाउ भन्नु भयो । भैरवले शिवजी संग मलाई साह्र्रै भोक लाग्यो के खाउं भन्दा आप्mनै हात, पाउको मासु खाउ भन्नु भएकोले खांदा खांदा खालि गर्धन माथिको भाग मात्र वांकि छ । यी भैरवलाई तिम्रो दर्शन गरी मेरो दर्शन गर्दा मात्र मेरो दर्शनको पूर्णफल प्राप्त होला भनी शिवजीले वर पनि दिनु भएको छ । यो भैरवको दर्शन गरिसकेपछि घोप्टो परिरहेका आकाशभैरवको पनि दर्शन गर्नुपर्दछ । यी भैरवले आकाशमार्गमा पर्ने सम्पूर्ण चीजहरुलाई ग्रास वनाउन थालेपछि तान्त्रिक विधिले धोप्टो पारिराखेको हो । पशुपतिनाथको मन्दिर परिसरमा यो नै एकमात्र मूर्र्ति हो जहां पशुवलि दिइन्छ । यहां प्रत्येक पूर्णिमामा श्री पशुपतिनाथको महाभोज दिने वेलामा पञ्चवली (वोका, रांगो, भेडा, कुखुरा, हांसको वलि दिइन्छ । यी भैरवलाई तिम्रो दर्शन गरी मेरो दर्शन गर्दा मात्र मेरो दर्शनको पूर्ण फल प्राप्त होला भनी शिवजीले वर पनि दिनु भएको छ । शीतलामाता ः कीर्तिमुख भैरवको दाया तर्फ को गाह्रोमा करिव १ मिटर उचा मन्दिरको आकृति छ । दुई छाना प्यागोडा शैलीको मन्दिर शीतलामाताको हो । यस मन्दिरमा हातमा सानो घडा लिएर वसेकी शीतलामाताको मूर्र्ति छ । कीर्तिमुख भैरव र शितलाको दर्शन गरि दक्षिण ढोकावाट वाहिर गई चौसठ्ठीको दर्शन गरि पशुपतिनाथ प्रांगणमा प्रवेश गरि उन्मत्त भैरवको दर्शन ग¥यौं । चौसठ्ठी ः
कीर्तिमुख भैरव मूर्र्तिवाट पश्चिम तिर पशुपति नाथको मन्दिर प्राङ्गणवाट वाहिर निस्कने ढोका छ । पशुपतिनाथ मन्दिर परिसरको वाहिर निस्कंदा वायाँ पट्टी दायाँ–वायाँं १ पूmट देखि ३ फिट अग्लो पर्खाल र पर्खालमाथि शिवलिङ्गहरु राखेर एउटा भुल भुलैया वनाइएकोछ । यहां दायाँ– वायाँं ६४ यन्त्रमा ५५१ शिवलिङ्गहरु छन् । यसैलाई चौसठ्ठी भन्ने गरिन्छ । यो परिक्रमा गर्नाले ८४ लाख पशुयोनीमा जन्म लिन पर्दैन भन्ने मान्यता रहि आएकोछ । यो परिक्रमा गर्ने ठाउंको वीचमा प्यागोडा शैलिको एक गोलाकार ३ तले शिवलिङ्ग मन्दिर छ । यो मन्दिर राजा प्रताप मल्लले १७७५ मा वनाएका थिए । खण्डित मूर्तिको पूजा अशुभ मानिन्छ तर ध्यान दिनु कि सिर्फ शिवलिङ्ग कुनै अवस्थामा खण्डित मानिदैन । परिक्रमा ः परिक्रमा विष्णुको चार, गणेशको तीन सूर्य देवको सात, दुर्गाको एक शिवको आधी परिक्रमा गर्नु पर्छ । एकादशरुद्र ः चौसठ्ठीको लिङ्ग परिक्रमा क्षेत्र वाहिर दक्षिण र पश्चिममा ढुंगावाट निर्मित अग्लो शिव मन्दिर छ । जसलाई एकादशरुद्रको मन्दिर भनिन्छ ।
मूख्य पुरोहित, मूल भट्ट (पण्डा) आवास ः यही अग्ला अग्ला मन्दिरको पछाडि अर्थात चौसठ्ठीको अगाडि मूलभट्टको आवासीय भवन छ ।
उन्मत्त भैरव ः
पशुपतिनाथको प्रांगणको मूख्य मन्दिरको ठीक दक्षिण पट्टी एउटा छुट्ट्रै मन्दिर छ । यो उन्मत्त भैरवको मन्दिर हो । मन्दिरको ढोका उत्तर तर्फ फर्किएको छ । मन्दिर भित्र तामाका पाताले वनेको भैरवको भयंकर, विशाल मूर्ति उभिएको मुद्रामा रहेकोछ । दश हात भएको यो मूर्र्ति दुई मिटर भन्दा अग्लो छ । दश हातमा छ हातले विभिन्न शस्त्र अस्त्र लिएको छ । दुई हात आशीर्वादको मुद्रामा उठेकोछ । तलको दुई हात रक्तपान गर्ने अवस्थामा रहेको छ । गलामा टाउकाको माला । कम्मरमा वाघको छाला । वाघको छालावाट वाहिर निस्केको उत्तेजित लिङ्ग । यस डरलाग्दो मूर्र्तिलाई वीरभद्र भनिन्छ । दायाँ खुट्टाले दक्षप्रजापतिको नांगो शरीर कुल्चिरहेको देखिन्छ । यो मूर्ति दिगम्वर (नग्न) स्वरुपकोछ । यहां पनि तान्त्रिक उपचारले मत्स्य, मांस, मदिरा, मुद्रा चढाएर पूजा हुन्छ । यिनको दर्शन दर्शनार्थिले आफैंले छोएर गर्न सक्तछन् । दक्षप्रजापतिले आप्mना स्वामी जगदीश्वरलाई साह्रै क्षुद्र वचन गरेको र निन्दा गरेको सुनी मनले सहन नसकी सतीदेवीले यज्ञकुण्डमा फालहालेर प्राण छाडिन । यो कुरा नारद मुनिले महादेवका चरणमा विन्ती चढाए । महादेवले सतीदेविलाई सम्झी अत्यन्त क्र्रोध गरि तीनै आंखावाट अग्निको ज्वाला निकाली एक जटावाट महाकाली उत्पन्न भइन् । भने अर्कोवाट वीरभद्र उत्पत्ति भए र शिवजीको आज्ञा अनुसार दक्षप्रजापतिको यज्ञ ध्वम्स पारि दक्षप्रजापतिको टाउको काटि यज्ञमा होमी दिए पछि
विरणीले प्रार्थना पछि वोकाको टाउको जोडि विउताइदिए । तीनै वीरभद्रलाई महादेवले पछि आप्mनो शरीरमा लिन गराउनु भयो । तीनै विरभद्रलाई पशुपतिनाथ परिशरमा स्थापना गरिएको हो । दक्षिण पट्टी उन्मत्त भैरव अगाडिवाट पशुपतिनाथको दर्शन गर्न नसक्ने अवस्थामा गजुरको स्वचित्त र सत्यमनले दर्शन गर्दा वरावर फल मिल्दछ । एक छिन उन्मत्त भैरवको नजिकै पेटिमा वसि पशुपतिनाथ मन्दिरको गजुरको दर्शन गरियो । पशुपतिनाथ मन्दिरको दक्षिण ढोकाको अगाडि एक ठूलो हल छ जसलाई यज्ञशाला भनिन्छ । यज्ञशालामा प्रवेश द्वारको वायाँ तर्फ पशुपतिनाथको प्रार्थना गरेको मुद्रामा अनेक राजाहरुको मूर्र्ति छ । यो सवै धातु तथा पत्थरको मूर्र्ति नेपालको प्राचिन मल्लराजा, रानीको हो । यज्ञशालामा प्रवेश गर्नासाथ नजिकै यज्ञवेदी देखिन्छ । यहां हरेक पूर्णिमामा सरकारको तर्फवाट र अन्य अवसरमा व्यक्तिहरुवाट यज्ञको आयोजना गरिन्छ । हरेक पूर्णिमामा सरकारको तर्फवाट एक वरलाई विधिपूर्वक सांढे वनाएर स्वतन्त्र छोडि दिइन्छ । यज्ञशालामा पूर्वतिर एक मण्डप छ । यसलाई व्यास आशन पाठ गर्ने ठाउंं । यहां पण्डितहरु पुराण कथा प्रवचन गर्छन । भक्तजनहरु यहां एकाह, सप्ताह, नवाह र चर्तुमार्स पुराण लगाउंछन् । हामी यज्ञशालामा प्रवेश गरि यज्ञवेदीलाई प्रदक्षिणा गर्दै यज्ञशालाको दक्षिण तर्फको भित्तामा कोरिएका करिव १ मिटर अग्ला चार मूर्र्तिहरु रहेका छन् पहिलो सती वियोग, दोश्रो शान्त शिवसुन्दरम, तेस्रो पार्याय पाशुपतास्त्र प्रदान र चौथो नटेश्वर महादेव । मूर्तिहरुको दर्शन गर्दै यज्ञशालाको पश्चिम तर्फ रहेको यज्ञशालाको वीचमा सिंगमरमरले वनेको गोलाकार शिवलिङ्ग भंmकेश्वर महादेवको दर्शन गर्दै अष्टमातृका (दक्षिणकाली र नवदुर्गाको) प्रणाम गरि वाहिर पशुपतिनाथ प्रांगणमा आयौं । अष्टमातृका ः शाक्त सम्प्रदायमा अष्टमातृका आठ देवीको उल्लेख छ । ब्रह्याणी, वैष्णवी, माहेश्वरी, इन्द्रायणी, कौमारी, बाराही, चामुण्डा र महालक्ष्मी । कुनै कुनै सम्प्रदायमा
मातृकाको संख्या सात(सप्तमातृका) वताईन्छ । नेपालमा अष्टमातृकाको पूजा हुन्छ । दक्षिण भारतमा सप्त मातृकाको पूजा हुन्छ । सप्तमातृकाका महालक्ष्मी हुन्नन् । दक्षिणकाली ः पशुपतिनाथ मन्दिरको दक्षिण तिर रहेको यज्ञशालाको प्रवेशद्वारको दायाँ तर्फ लामो मण्डपमा नवदुर्गाको मूर्र्तिहरु छन् पहिलो मूर्ति दक्षिणकालीको प्रतिमा मूर्तिहो । दाहिने पट्टी वीरेश र देवे्रपट्टी गणेशको मूर्ति एवं सूर्य आदिका मूर्तिछन् । यी सप्तमातृकाको दर्शन, पूजन तान्त्रिक विधि अनुसार पूजा हुन्छ । यिनको पूजा स्वयं स्पर्श गरेर गर्न पाउने व्यवस्था छ ।
काठमाण्डौं शहर देखि करिव १८ कि.मि. दक्षिण महाभारत श्रृंखलाको काखमा फर्पिङ शहर नजिकै दक्षिणकाली शक्ति पीठ छ । यो शक्ति पीठ तीनै महाकाली हुन् । जसले महादेवको आज्ञा अनुसार दक्षप्रजापतिको यज्ञ ध्वस्त पारि पछि उनलाई महादेवले आप्mनो शरीरमा लिन गराउनु भयो । उनै कालीलाई पशुपति मन्दिरको परिसरमा स्थापना गरिएको हो । दक्षिणकालीको मन्दिर खुला रुपमा रही त्यसको पश्चिमी भित्तामा पूर्वाभिमुख भई देवीको मूर्तिछ । मूर्ति कंकालका रुपमा, छ वटा हातमा क्रमशः वज्र, सर्प, खड्ग, चक्र, खप्पर र कर्तृ धारण गरेको रुप देखिन्छ । आसनमा नरमुण्डा छ । दाहिने तिर क्रमशः सप्तमातृका देवी वर्गका नरसिंह, इन्द्रायणी, वाराही, वैष्णवी, महेश्वरी, कौमारी र गणेशको मूर्र्ति छन् । राजा प्रताप मल्लद्वारा निर्माण गरिएको यो काली मन्दिर पहाडको खोचमा दुइ नदीको दोभानमाछ । नवग्रह ः प्राङ्गणमा खुल्ला आकाश मुनि नवग्रहका आकृतिका शिलामा कुदिएका चित्रहरु देख्न सकिन्छ । ज्योतिष शास्त्रमा प्रयोग हुने ९ वटा सौर्य पिण्ड । बुध, शुक्र, चन्द्र वृहस्पती, सूर्य, मंगल, केतु, शनि र राहु । चन्द्र, बुध, वृहस्पती र शुक्रलाई शुभ ग्रह र सूर्य, मंगल, शनि, राहु र केतुलाई अशुभ ग्रह यो केवल लाक्षणिक अर्थमा प्रयोग भएको शव्दावली हो । ज्योतिष विज्ञानले पृथ्वीमा भएका प्राणिहरुलाई ग्रहले प्रभावित पारेको हुन्छ । प्रत्येक ग्रहमा एक विशिष्ठ उर्जा हुन्छ । ग्रहको ऊर्जा कुनै पनि व्यक्तिको भाग्यको साथ एक विशिष्ठ तरिकावाट जोडिन पुग्छ जव उ आप्mनो जन्मस्थानमा पहिलो सास लिन्छ । यो ऊर्जा धरतीको निवासिका साथ तव तक रहन्छ जव तक उसको वर्तमान शरीर जिवित रहन्छ । स्पर्श प्रणाम गरि अव हामी पशुपतिनाथको ज्योतिर्लिङ्गको दर्शनका लागि लाग्यौ दक्षिण ढोका तिर । दक्षिण ढोका अगाडि पूर्व राजाहरु महेन्द्र र विरेन्द्रको अग्लो खम्वामा स्वर्ण प्रतिमा र अन्य साना साना प्रतिमा । सवैजना पशुपतिनाथलाई हात जोडेर प्रार्थना गरिरहेको मुद्रामा । यी प्रतिमाहरुको तल धर्मशिला (तामाको पाताले ढाकेको, तामाको चौको) को दर्शन गरेर मन्दिरमा उक्लीयौं । धर्मशिला (तामाको चौको) ः पशुपति मन्दिरको दक्षिण ढोकाको नजिक अर्थात सिंढी उक्लनु अगावै तामाको पाताले ढाकेको चारपाटे चौको छ । यहां प्रत्येक पूर्णिमाका दिन करिव ५८० के.जी. (६ मुरी) चामलको भात, दाल मास, केराउ, मुग, मटर, मुसुरो, रहर, रातोमास आदि गरी एकएक पाथी र ८४ किसिमका सागपात, तरकारी सहित माटाको भिउँटमा दही, दुध, ध्यु सजाएर चौरासी व्यञ्जन सहित पशुपतिनाथलाई महाभोग लगाइन्छ । यो तामाको चौकि पशुपतिनाथलाई महाभोग लगाउने थाली हो ।
पहाड जस्तो भातको थुप्रोको वरिपरि दाल, तरकारी, साग सव्जी मिठाई तथा फलपूmल सजाएर भोग लगाइन्छ । यसै दिन यज्ञशालामा यज्ञ गरेर वर छोड्ने गरिन्छ । कीर्तिमुख भैरवमा पञ्चवली (५ प्रकारको पशुवध) रांगो, वोका, हांस, कुखुरा र परेवा वलि दिइन्छ । मन्दिरको चारैतिर दियोमा वत्ती वालिन्छ । सोहि दिन मानिसहरुले लाख वत्ती वालिरहेका हुन्छन् । यस दिन धेरै भक्तजनहरुको उपस्थिति हुन्छ पशुपतिनाथ मन्दिरमा । पशुपतिनाथको दर्शन गर्नु भन्दा अगाडि यो थालीको प्रणाम गर्नु पर्दछ । पशुपतिनाथ मन्दिर ः पशुपतिनाथको मन्दिर परिसरको वीच भागमा रहेकोछ । यो करिव ३ फिटको उचाईमा निर्माण गरिएकोछ । यो मन्दिर प्यागोडा शैलीमा वनेको दुई तले छ । यो अति सुन्दर खुदी काठले वनेको छ । पित्तलको छानामा सुनको जलप लगाएको छाना छ । मन्दिरको सवैभन्दा माथि सुनको कलश जस्तो गजुर र संगै डमरु सहित त्रिशूल पनि छ । यस मन्दिरमा रहेको सुनको गजुरले यहाँको धार्मिक विचारको प्रतीकलाई दर्साउँछ । मन्दिरको चारै दिशामा पशुपतिका सामुन्ने चार ढोकाहरु छन् । पूर्व, पश्चिम, उत्तरको ढोकाहरु चांदिले वनेका छन् भने दक्षिण ढोका तामाको पातामा सुनको जलप लगाएको छ । दुवै छाना अड्काउन प्रयोग गरिएका काठहरुमा अनेक मूर्तिहरु वनाइएका छन् । चारै कुनामा काठका विचित्र प्राणिको आकृती भएको शार्दुल वनाएको छ । दुई खुट्टा
टेकेर दुई खुट्टाले आक्रमण गरेको मुद्रामा उठेको जस्तो देखिने मूर्र्ति वनाइएको छ । पशुपतिनाथको मन्दिर जमिन देखि २३.६ मिटर अग्लो छ । तल्लो छानालाई सहारा दिन ठड्याइएको शार्दुल वाहेक अन्य ६–६ वटा काठका खम्वा छन् । यसमा विभिन्न देवी देवताका पूर्ण कदका मूर्र्तिहरु कोरिएका छन् । जस्तो ः दक्षिणमा ः युधिष्ठिर, द्रौपदी, भीमसेन, अर्जुन, नकुल र सहदेव । पूर्वमा ः वलराम, गुहेश्वरी, सरस्वती, गंगा, यमुना र विश्वकर्मा ।
उत्तरमा ः गणेश, व्रम्हा, शिव, पार्वती, विष्णु र कुमार । पश्चिममा ः हनुमान, राम, सिता, लक्ष्मण, भरत र सत्रुधन । त्यसको तल स्त्री पुरुषको मैथुनिक मुद्राको प्रतिमा कोरिएको छ । सवै कोरिएका चित्रहरुमा कलात्मक रंग भरिएको छ । मन्दिरको वरिपरि लगभग ४ फिटको वरण्डा छ । वरण्डामा पित्तलको रेलिङ राखिएको छ । वरण्डामा सिंगमरमर विछ्याइएको छ । चारै ढोका अगाडि सिंढी वनाइएको छ । चारै ढोकाको अगाडि दायाँ–वायाँं पित्तलको सिंह वसेको छ । चारैतिरको रेलिङ्गमा पित्तलको वत्ती वाल्नको लागि दियो राखिएको छ । मन्दिरको तल वरिपरि ढुंगा विछ्याइएको छ । यहां रहेको शिवलिङ्ग देवत्व कालो पत्थरको रहेको छ, जुन ६ फिट अग्लो छ र त्यसको परिधि पनि उस्तै छ । त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेश ः
कल्पान्तरमा पृथ्वी जलमग्न भएका बेला विष्णुबाहेक अरु कोही थिएन ।
सर्वप्रथम विष्णुको उत्पत्ति भयो । आकाशवाणि भयो । हे ! विष्णु ! पद्मनाभ ! हे ! विश्वेश्वर तपाई पूर्ण हुनुहुन्छ । पूर्णवाट कुनै पूर्ण निक्ले पनि वांकि शेष पूर्ण नै रहन्छ । बत्ति समान पूर्ण जसले दोश्रो वत्ती जलाउँछ । फेरि पनि उसको प्रकाश जत्तिको त्यत्ति नै रहन्छ । हे विष्णु ! संसार नष्ट भै सक्यो सवै थोक समाप्त भै सक्यो तैपनि तपाई पूर्ण हुनुहुन्छ । केवल तपाई नै सृष्टिको रचना गर्न सक्नु हुन्छ । तपाई नै जीवनको जन्म दिन सक्नु हुन्छ । विष्णुको नाभिवाट कमल र कमलवाट ब्रह्माको उत्पत्ती भयो । आँखावाट सूर्यको उत्पत्ति भयो । निधारवाट शिवको उत्पत्ति भयो । त्यसपछि ब्रह्मा र शिवले विष्णुलाई प्रणाम गरे । ब्रह्मा र शिवले सोधे हामी को हौ पहिचान पनि दिनु प¥यो । विष्णुले भन्नु भयो । जो महुं तपाईहरु त्यही हो । जो तपाईहरु हो त्यो म हुं । म विष्णु हुँ । तपाई ब्रह्मा, तपाई महेश हुनु हुन्छ । हामी तिनै एक अस्तित्वका तीन रुप हौं । त्रिमूर्र्ति हौं । ब्रह्माले सोधे मेरो हुनाको उद्देश्य के हो ? लक्ष के हो ? सृष्टिको रचना हुनुपर्छ । संसारको निर्माण गर्नु पर्छ । यो सवै काम तपाईले गर्नु पर्छ । तपाई विधाता हो । जीवन दिनेको जन्मदाता हो । हे ! महेश हे ! शिवशंकर निर्माण र विनाश जन्म र मृत्यु एक क्रम हो एक चक्र हो । जो वनेको छ त्यसको समाप्त पनि हुनु पर्छ । जसले जन्म लिन्छ उसले मर्नु पनि पर्छ । यो क्रम चलिरहन्छ । त्यही प्रकृतिको नियम हो । आरम्भ व्रह्मा हुन । हे महेश ! तपाई अन्त हो । तपाई दुई वीच म विष्णु पालन गर्छु । हे विधाता ब्रह्मा अव सृष्टिको रचनाको सुभारम्भ गर्नुस । कानवाट मधु र कैटभ को जन्म । ब्रह्मालाई सृष्टिकर्ता पितामह र विष्णुलाई पालनकर्ता पालक भन्ने छन् । तिमीहरु र ममा केही अन्तर हुने छैन, तर त्यस्तो घमण्ड भने गर्नु हुंदैन । हिन्दूधर्मका तीन प्रमुख देवतामा ब्रह्मा, विष्णु र महेश हुन् । तीनै देवतालाई त्रिदेव भनिन्छ । यिनीहरु
रजगुण, सत्वगुण र तमगुणले युक्त छन् । त्यस्तै जाग्रत, स्वप्त र सुसुप्ती अवस्था हुन । विष्णु र शिव एकै रुप मानिन्छ । भनिन्छ विष्णुको मुटु शिव हुन त्यस्तै शिवको मुटु विष्णु हुन । ब्रह्मा ब्रह्मलोकमा, विष्णु बैकुण्ठमा र शिव कैलाशमा बस्छन् । ब्रह्माको सृष्टिका रचयिता मानिन्छ । महाप्रलय पछि भगवान नारायण धेरैकाल सम्म योगनिन्द्रामा निमग्न रहे । योगनिन्द्रावाट विउंझेपछि उनको नाभिवाट एक दिव्य कमल प्रकट भयो । जहांवाट स्वयम्भू ब्रह्मा प्रकट भए । उनीले आप्mनो आंखा चारैतर्फ घुमाए तव शून्य देखे । यही चेष्टाले उनको चारैदिशामा चार मुख प्रकट भयो । जव चारैदिशामा केही नदेखे पछि उनले सोचे यस कमलमा वस्ने म को हूँ ? म कहांवाट आए ? यो कमल कहांवाट निक्लेको छ ? धेरैकाल सम्म तप गरे पछि ब्रह्माजीले शेषशय्यामा सुतेका भगवान विष्णुको दर्शन भयो । परम पुरुषको दर्शन भए पछि उनी प्रसन्न भए र भगवान विष्णुको स्तुति गाए । भगवान विष्णुले ब्रह्माजीलाई भने कि अव तपाई तपः शक्तिले सम्पन्न हुनु भयो र तपाईलाई मेरो अनुग्रह पनि प्राप्त भयो । अव तपाई सृष्टि गर्न तिर लाग्नुहोस् । आदिकालमा सृष्टि रचना गर्नु अगाडि संसार अंधकारमय थियो । सनातन परमब्रह्म परमात्माले सगुण रुपवाट सृष्टिको रचना गरे र समस्त ब्रम्हाण्डको निर्माण भयो । स्थूल सृष्टिको रचना पंच महाभूत आकाश, वायु, अग्नि, जल र पृथ्वीवाट भयो । विराट पुरुष नारायण भगवानको संकल्पवाट ब्रम्हाजीको उत्पत्ति भयो । पुराण अनुसार क्षीरसागरमा भगवान विष्णुको नाभि कमल वाट ब्रम्हाजी स्वयम उत्पत्ति हुनु भयो । त्यसैले यिनीलाई स्वयंंभु भनिन थालियो । उनले सम्पूर्ण संसारको रचना गरे । सृष्टि गर्नु नै ब्रह्माको मूख्य काम हो । हिन्दू धर्ममा देहको शिरमा वास हुन्छ भन्ने मान्यता छ । ब्रह्मा एक सन्तोष स्वरुपको वृद्ध देवताको रुपमा देखिन्छन् । ब्रह्म पुराणमा त्रिमूर्ति अन्तर्गत यिनी अग्रगण्य र प्रथम बने । तर धार्मिक सम्प्रदायको दृष्टिले यिनको स्थान विष्णु, शिव, शक्ति, गणेश, सूर्य आदि भन्दा गौण हुन गयो । यिनको कुनै पृथक सम्प्रदाय वनेन । प्रमुख देवता भएर पनि यिनको पूजा धेरै कम हुन्छ । यसको कारण आप्mनै छोरी सरस्वतीलाई कुदृष्टि लगाएकोले । दोश्रो कारण ब्रह्माण्डको पत्ता लगाउनकालागि भगवान शिवले विष्णु र ब्रह्मालाई पठाए तव ब्रह्माले फर्केर आएर शिवलाई असत्य वोलेका थिए । व्रह्माको मन्दिर थोरै मात्र छ । सवैभन्दा ब्रह्माको प्रसिद्ध तीर्थ अजमेरको पुष्कर हो । वुढो वावुलाई जस्तै देव परिवारमा यिनलाई उपेक्षित गरिएकोछ । ब्रह्माको पूजामूर्तिको निर्माणको वर्णन मत्स्य पुराणमा पाइन्छ ।
दक्ष प्रजापतिले शिवलाई किन निन्दा गरे ः सतीदेवीको जन्म पछि ब्रह्माले वेदको वारेमा नराम्रा कुराहरु गर्न थाले । शिवजीले वेदको निन्दा गरेको सहन सक्नु भएन र धेरै रिसाउनु भयो र ब्रह्माको पांचौं टाउको काटि दिनु भयो । सतीका वावु, ब्रह्माका छोरा दक्ष प्रजापति शिवजी प्रति धेरै रिसाए र त्यसपछि उनी सधैं शिवलाई हेला गर्न थाले । अर्को ः दक्षप्रजापति र साम्व सदाशिवको झगडा पर्नुको कारण ः प्रयागराजमा (गंगा, यमुना र सरस्वतीको संगम इलाहवाद) ठूला ठूला ऋषिमुनिहरुको दिक्षान्त समारोहमा प्रजापति आउँदा सवै जना उठे तर महादेव उठ्नु भएन । ए मेरो यज्ञशालामा म आउंदा मेरो अपमान गर्ने वाला तँ कहाँको पामर, कहाँको सिल्ली, कहाँको वौलाहा, कहाँको विरालाको आँखा जस्तो भएको, बाँदरको स्वभाव भएको, बनकर इत्यादी भन्न थाल्यो
महादेवलाई । महादेव जुरुक्क उठ्नु भयो र भन्नु भयो ए पशु तँ किन वरवर गर्छस ? मेरो भक्तलाई किन पशु भन्छस् भनेर दारी समातेर भन्छन् भृगु ऋषि आज बाट तिम्रा भक्त पनि तत्वबाट वहिर्मुख हुन शिवजी । हे भृगु ! तँलाई मैले के भन्या छु ? तैले मलाई अपमानको भाषा वोलेको । महादेवले पनि भृगुलाई भन्नु भयो । तिम्रा पनि आजबाट ब्राह्मणी गतिला नहुन र बाहुनको वचन अशुद्ध होस् भन्ने श्राप दिनु भयो । भगले आँखा सन्काएर विरोध गर्ने र पुसाले दाँत देखाएर हाँस्ने । शिवजीले तेरा दाँत पनि फुकाल्छु, तेरा आँखा पनि फुकाल्छु भन्ने प्रतिज्ञा गरेर शिवजी कैलाश तिर लाग्नु भयो ।
सतीदेवीको देहावसान हुनाका कारणहरु ः पहिलो ः पिता दक्ष प्रजापति संग नाता तोड्ने, दोश्रो ः ७ करोड ५० लाख देवीको पीठ उत्पादन गर्नु पर्ने । तेश्रो ः शिवलिङ्ग तयार गर्नका लागि शिवजी नै पत्नीलाई काँधमा राखेर घुम्नु भएको । चौथो ःदण्डकारण्यमा शिवजी र सवै देवताहरु त्याहाँ पुगे । दण्डकारण्यमा पुगे पछि उतावाट राम र लक्ष्मण रुँदै रुँदै आई रहेका रहेछन् । किन रुएका भगवान यिनीहरु भनेर सोधिन सतीले । यी रुँदै रुँदै आउने तिमीले चिनेकी छौ ? भनेर शिवजीले सोध्नु भयो । अहँ छैन भनेर सतीले भन्दा शिव भन्नु हुन्छ । यी अगाडिका राम पछाडिका लक्ष्मण । यी मेरा गुरु र गुरु भाई । हजुरका गुरु र गुरु भाई किन रोएका त ? यसमा एउटा कारण छ रामको गुरु म, मेरो गुरु राम । यिनको पत्नीलाई अरुले लगि दियो त्यसैले रोएका । पत्नीलाई अरुले लगि दियो भनेर रुने देवता कस्ता ? सतीदेवीलाई चित्त वुझेन । शिवजीले थाहा नपाउने गरि सती देवी रामको अगाडि गएर सीता वनेर उभिन् । हा प्राण प्यारी मेरी सिता भनेर भन्नु भएको थियो । म यही छु, मेरो भगवान किन रुनु भएको भनेर रामको नगिचमा जानु भयो । ओ हो किन रुनु भएको भन्दै गएकी सतीलाई भगवान प्रभुले सिता स्वरुप देखेर हे आमा ! हजूर त जगत जननी हुनु हुन्छ । मेरो आमा । आमाले पनि छोरालाई झुक्याउनु हुन्छ भनेर शरणमा पर्दिनु भयो राम । रामले त्यति गरे पछि त सती देवीलाई लाज भयो । ओ हो यिनी त जान्दा रहेछन् भनेर फर्केकि । सतीदेवीको स्वरुपले फर्केकी थिइन । शिवजीले भन्नु भयो आप्mनो पत्नीलाई नमस्कार गुरु आमा । हे प्रभु मलाई किन नमस्कार गरि वक्सेको । अहिले भरखर तँ रामको सिता वन्न गकि हो कि होइन ? आजवाट तेरो र मेरो कुनै सम्वन्ध छैन जा भनेर भन्नु भयो । कुन निउँ पाएर आत्म हत्या गरु भन्दै थिइन् आज पाइन् र अग्नीमा हत्या गरिन् । ब्रह्माले घोर तपस्या पछि ब्रम्हाण्डको रचना गरे । ब्रम्हाको मानस पुत्रहरुमा मनवाट मरिची, नेत्रवाट अत्री, मुखवाट अंगीरस, कानवाट पुलत्स्य, नाभिवाट पुलह, हातवाट कृतु, त्वचावाट भृगु, प्राणवाट वशिष्ठ, अन्गुष्टवाट दक्ष, छायांवाट कन्दर्भ, गोदवाट नारद, इच्छावाट सनत, सनन्दन, सनातन, सनतकुमार पंचवर्षीय वालक रुपमा । आज सम्म पनि यिनीहरु पांच वर्षका नै छन् । शरीरवाट स्वयंभू मनु । ध्यानवाट चित्रगुप्त आदि जन्मे । ब्रह्माले पहिले चार पुत्र सनत, सनन्ंदन, सनातन र सनतकुमारको सृजना गरेका थिए उनीहरुको सृष्टि रचनामा कुनै रुचि नगरेर सवै ब्रम्ह तत्व जान्न मै रमाउन थाले । छोराहरुको यस्तो व्यवहारले ब्रम्हाजीको महान क्रोधका कारण प्रचण्ड ज्योतीको जन्म भयो । त्यस
क्रोधवाट ब्रम्हाजीको निधारवाट मनु र सतरुपा प्रकट भए । जसवाट प्रियवत, उत्तानपाद, प्रसूति र आकूतिको जन्म भयो । आकुतिको विवाह रुचिका साथ । प्रसूतिको विवाह दक्षका साथ । दक्ष र प्रसूूतिले सोह्र कन्याको जन्म दिए । जसमा स्वाहा नामको अग्निको साथ । स्वधाको पितृगणका साथ । सतीको भगवान शिवका साथ ।
अर्धनारिश्वर ः सृष्टिको निर्माणका लागि शिवले आप्mनो शक्तिको आफुवाट अलग गरे । शिव स्वयं पुरुष लिङ्गको द्योतक हुन तथा उनकी शक्ति स्त्री लिङ्गको द्योतक । पुरुष (शिव) र स्त्री (शक्ति) एक हुनाको कारण शिव नर पनि हुन र नारी पनि । यसैले यिनी अर्धनरनारीश्वर हुन् । जव ब्रह्माले सृष्टिको कार्य आरंभ गरे तव उनले पाए कि उनको रचना आप्mनो जीवन पश्चात नष्ट भएर जान्छ तव उनले यो समस्याको समाधानका लागि शिवको शरणमा पुगे । उनले शिवको प्रशन्न गर्न कठोर तपश्या गरे । ब्रह्माको कठोर तपश्यावाट शिव प्रसन्न भए । ब्रह्माको समस्याका समाधानका लागि शिव अर्धनारीश्वर स्वरुपमा प्रकट भए । अर्ध भागमा उनी शिव थिए तथा अर्धमा शिवा । आप्mनो यस रुपवाट शिवले ब्रह्माको प्रजन्नशिल प्राणिको सृजनाको प्रेरणा प्रदान गरे । साथ साथै उनीले पुरुष एवं स्त्रीको समान महत्वको उपदेश पनि दिए । यस पछि अर्धनारीश्वर भगवान अन्तध्र्यान हुनु भयो । शक्ति शिवको अभिभाज्य अंग हुन । शिव नरको द्योतक त शक्ति नारीको । यी एक अर्कोको पुरक हुन् । शिवको विना शक्तिको शक्तिको विना शिवको कुनै अस्तित्व छैन । शिव अकर्ता हुन् । यिनी संकल्प मात्र गर्छन । शक्ति संकल्प सिद्धी गर्दछिन् । शिव आगो हुन भने शक्ति ताप । शिव कारण हुन , शक्ति कारक हुन । शिव संकल्प गर्छन, शक्ति संकल्प सिद्धी । शिव सुशुप्तावस्था, शक्ति जागृत अवस्था । शिव हृदय हुन, शक्ति मस्तिष्क । शिव ब्रह्मा हुन, शक्ति सरस्वती । शिव विष्णु हुन, शक्ति लक्ष्मी । शिव महादेव हुन, शक्ति पार्वती । शिव रुद्र हुन, शक्ति महाकाली । शिव सागरको जल समान हुन, शक्ति सागरको लहर ।
महामृत्युन्जय मन्त्र
ऋगवेद र यजुर्वेदमा उल्लेख गरिएको यस मन्त्रलाई त्रियम्वकं मन्त्र पनि भनिन्छ । यसमा शिवको स्तुति गरिएकोछ । शिवलाई मृत्यु विजेता पनि मानिन्छ । भावार्थ ः ॐ त्रियम्बकं = हे त्रिनेत्र (महादेवको नाम), यजामहे = प्रार्थना गर्दछौं, सुगन्धिं = सुवासित, पुष्टिवर्धनं = जीवकारक, शक्तिकारक, उर्वारुकमिव = वहरादार फल, बन्धनान् = लहरा, मृत्योर्मोक्षिय= मृत्युवाट मोक्ष, मा अमृतात् = अमरता । सरल अनुवाद ः हामी त्रिनेत्रीय वास्तविकताको चिन्तन गछौं जसले जीवनको मधुर परिपूर्णतालाई धोषित गर्छ र बुृद्धि गर्छ । ककडी जस्तै हामी यसको तनबाट मुक्त छौं अमरत्वबाट होइन मृत्युबाट हो । योमन्त्र १ पटक, ११ पटक, २१ पटक, ३१ पटक, ५१ पटक, १०८ पटक र १२१ पटक जप्नुपर्छ । महादेव मन्त्र ः ॐनमःशिवाय भगवान शिवको मन्त्र हो । न ले पृथ्वी र ब्रह्माको प्रतिनिधित्व गर्छ । मः ले पानी र विष्णुको प्रतिनिधित्व गर्छ । शि ले अग्नी र रुद्रको प्रतिनिधित्व गर्छ । वा वायु र महेश्वरको प्रतिनिधित्व गर्छ । य ले अक्ष, सदाशिव र ले जीवको प्रतिनिधित्व गर्छ । महादेव र शिवलिङ्ग ः शिवलिङ्गको अर्थ हो भगवान शिवको आदि–अनादी स्वरुप । शून्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतीक हुनाको कारण लिङ्ग भनिन्छ । स्कन्द पुराणमा भनिएको छ आकाश स्वयं लिङ्ग हो । धरती उसको पीठ या आधार हो र सव अनन्त शुन्यबाट पैदा भएर उसैमा लय हुनाको कारण यसलाई लिङ्ग भनिएको हो । वातावरण समेत घुम्ने धरती वा सवै अनन्त ब्रह्माण्ड को अक्ष÷धुरी नै लिङ्ग हो । शिवलिङ्गको महात्म्यमा वर्णन गर्दै शास्त्रमा भनिएको छ जो मानिस कुनै तीर्थको माटोले शिवलिङ्ग वनाएर उसको विधि विधान अनुसार पूजा गर्छ उ शिवस्वरुप हुन जान्छ । शिवलिङ्गको पूजा गर्नाले मानिस सन्तान, धन, धान्य, विद्या, ज्ञान, समृद्धि, दीर्घायु र मोक्ष प्राप्त गर्दछ । जुन ठाउँमा शिवलिङ्गको पूजा हुन्छ त्यो ठाउँ तीर्थ वन्न जान्छ । जुन स्थानमा सर्वदा शिवलिङ्गको पूजा हुन्छ त्यस स्थानमा मृत्यु हुने मानिस शिवलोकमा जान्छ । यसैले महादेवको एक्लै पूजा हुदैन । संस्कृत भाषामा लिङ्ग भन्नाले चिन्ह हो । अत शिवलिङ्गले शिवलाई चिनाउँछ । हिन्दू देवता शिवको स्वरुप मानिने लिङ्ग आकारको मूर्ति हो । यो देवी शक्ति वा पार्वतीको प्रतीक मानिने योनी माथि रहने गर्छ ।
शिवको लिङ्गमा पूजा किन ः भगवान शिवको लिङ्गमा पूजा किन हुन्छ भन्ने वारेमा पुराणमा उल्लेख भए अनुसार एकपटक हजारौं वर्ष अगाडि एउटा पर्वको आयोजना भएको थियो । कसले आप्mनो जीवन अर्पण ग¥यो । नारदमुनिलाई बोलाइएको थियो । कसले यस्को श्रेय पाउँछ भनेर सोध्न । कसैले यसको उत्तर दिन सकेनन् । नारदले भने विष्णु, ब्रह्मा र शिव यी तिन देवताहरु हुन । यी तिन मध्ये कुनै एउटा हुन्छन् । यो पत्ता लगाउन भृगु ऋषिले सक्छन् । भृगुलाई यो काम गर्न लगाईयो । सवै भन्दा पहिले उनी ब्रह्मा कहाँ गए खवरै नगरि । भृगु आएको देखेर उनी आश्चर्यमा परे । भृगुले ब्रह्मालाई भने तिमी आफुलाई ठूलो भनेर खुवै घमण्ड गर्थेउ नी म आउँछु भनेर पहिलै थाहा पाएनौ । यसैले संसारमा तिम्रो मन्दिर नहोस् । यसै भएर ब्रह्माको मन्दिर संसारमा नगण्य छ । त्यसपछि भृगु शिवलाई भेट्न कैलाश गए । त्यहाँ शिव पार्वती संग भुलेर वसि रहेका रहेछन् । भृगुले शिवलाई भने शिव संसारमा तिम्रो पूजा केवल लिङ्गमा मात्र होस् । यसै वेला देखि संसारमा शिवको लिङ्गमा मात्र पूजा हुने गरेको । शिवलिङ्गमा अभिषेक ः १) दही २) दुध ३) मह ४) नरिवल पानी ५) पवित्र खरानी ६) पञ्चामृत(दुध,चिनी,ध्यु,मह,दही) ७) केरा ८) चन्दन ९) ध्यु र १०) शुद्ध पानी(पवित्र पानी) । एकदिन चित्त दृढ गरी महादेवले हेर्दा आपूmसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरु ? कता जाउँ ? कसरी शान्ति प्राप्त होला भनी धैर्य धारण गरी उत्तरापन्थमा तपस्या गर्न जान्छु भनेर हिडेको चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागि जाँदा जाँदा कर्णाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नु भएछ । त्यहाँका ऋषिहरु गंगा स्नान गर्न गएका रहेछन् । ऋषि पत्नीहरुले महादेवलाई त्यतैबाट जान लागेका देखि आपसमा कुरा गर्न लागे हे ऋषि पत्नी हो हेर, ती जान लागेका महादेव हुन । सतीदेवी मर्नाले बौलाहा जस्तै भई हिडिरहेका छन् । हाम्रा स्वामीहरु एक भक्त रहनाले र अनेक व्रत उपवास गर्नाले दुर्बल छन् । अतः हामीहरुलाई काम भोगमा सन्तुष्ट पार्न सक्ततैनन् । यसकारण हामीहरु यिनैका पछि लागेर जाऔं । यति सल्लाह गरी सवै ऋषि पत्नीहरु महादेवका पछि लागेर हिंडे । त्यसरी पत्नीहरु गएको गंगामा स्नान गर्न गएका ऋषिहरुले थाहा पाई खोज्दै गए । निकै पर पुगेपछि बाटोमै भेटे र ‘ हे महादेव ! तिमीले हाम्रा स्त्रीहरु किन हरण गरेर ल्याएका ?’ भने । तिनीहरुले त्यस्तो भनेको सुनी महादेवले तिम्रा पत्नीहरु म किन हरण गरेर ल्याउँथेँ ? भनी उत्तर दिनु भयो । अनि ऋषिहरुले यी तिम्रा पछि लागेर आएका को हुन् त ? भनी सोधे । अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि पत्नीहरुलाई देखेर यिनीहरुलाई मैले त ल्याएको होइन । कुन्नि किन पछि लागेर आएछन् भन्नु भयो । अनि रिसाएका ती ऋषिहरुले हे महादेव ! हाम्रा पत्नीहरु तिम्रो लिङ्ग देखेर पछि पछि आएका हुन् । अतः तिम्रो त्यो लिङ्ग पतन होस् भन्ने श्राप दिए । तिनीहरुको श्रापले तत्काल शिवको लिङ्ग पतन भयो र त्यसैबाट यौटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो । त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर आदि विष्णु भगवान्कहाँ पुगी बिन्ती गरे । देवताहरुको त्यस्तो प्रार्थना सुन्नासाथ विष्णु भगवान् तत्काल त्यहाँ पुगी त्यो ज्योतिर्लिङ्गलाई अंकमाल गर्नासाथ ज्योतिलिङ्ग साम्य भयो । अनि त्यही ज्योतिर्लिलिङ्गवाट प्रकट भई महादेवले ती ऋषिहरुलाई भन्नु भयो हे ऋषि हो म निर्दोषलाई
व्यर्थमा श्राप दियौ, अतः तिमीहरुको पनि वाक्य शुद्ध नहवस् र ब्राह्मणीहरु पनि एक पति मानेर बस्न नसकून् । एक पटक विष्णु महादेवको शिवलिङ्गमा पूजा अर्चना गरिरहेका थिए । महादेवको हजार नाम लिएर पूजा गरि रहेका । प्रत्येक नाममा एक पूmल चढाउँदै पूजा गरि रहेका । यो देखेर महादेव धेरै खुसि हुनु भयो । हजार नाम लिएर फुल चढाउँदै गए अन्तमा एक पूmल नपुगे पछि उनले आप्mनो आँखा नै चढाए । यस्तो भक्ति देखे पछि महादेवले भगवान विष्णुलाई सुदर्शन चक्र दिनु भयो । एकपटक भस्मासुरले महादेवको घनघोर तपश्या गरेछन् र महादेव खुशी भएर वरदान माग भन्दा उनले जसको थाप्लोमा म हात राख्छु त्यो भस्म होस भन्ने वरदान मागेछन् । महादेवले पनि तुरुन्त तथास्तु भनि वरदान दिएछन् । भस्मासुरले त्यो वरदान सहि हो कि होइन, भनेर जाच्न महादेवको थाप्लोमा हात राख्न खोजेछन् । महादेव डरले त्राहीमाम भएर भागे । भस्मासुरले पनि छोडेनन् । महादेव पातालमा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवती आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाच्न नक्कल गर्दा आप्mनै टाउकोमा हात राख्न पुगि उनी भष्म भएछन् । शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । भगवानको तीन रुपहरु मध्येको एक शिवलाई विनासकर्ताका रुपले चिनिन्छ । शिवलाई प्राय जसो शिवलिङ्गको रुपमा पूजा गर्ने गरिन्छ । शिवलिङ्ग हिन्दु देवता शिवको स्वरुप मानिने लिङ्ग आकारको मूर्ति हो । यो देवी शक्ति वा पार्वतीको प्रतिक मानिने योनी माथि रहने गर्छ । वेदमा यिनको नाम रुद्र भनिएको छ । यिनको अर्धाङ्गिनी (शक्ति) को नाम पार्वती हो । यिनका दुईवटा पुत्रहरु छन् स्कन्द(कुमार, कार्तिकेय) र गणेश । कुनै पुराणमा यिनको पुत्री अशोक सुन्दरी को पनि वर्णन गरिएकोछ । संस्कृत भाषामा पर्वत भन्नाले पहाड भन्ने वुझाउँछ । पार्वती सती देवीको पुनर्जन्म हो । सती भन्नाले महादेवको पहिलो पत्नी हुन् । कार्तिकेय ः कुमार कार्तिकेयको जन्म श्रीस्वस्थानी ब्रतकथाबाट ः महादेव पार्वतीसितमात्र भुलेर कैलाशमानै रहन लागे । महादेव बिना यो संसारको रक्षा कसरी चल्ला अतः ईन्द्रले अग्निलाई डाकेर हे अग्नि ! तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर भनी अग्निलाई अह्राए । ईन्द्रको वचन सुनी अग्निले हवस् भनी कैलासपर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र वायुरुप भई ताल छिराउने प्वालबाट भित्र पसेर भिक्षुकरुप भई महादेव पार्वती एकान्त वसिरहेको स्थानमा पुगे । त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म पार्न लाग्नु भयो । तब जगत्माता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन् हे नाथ ! भिक्षा माँग्न आएका भिक्षुकलाई भस्म पार्नु अनुचित हो नजानेर आएछन्, बरु केही दिऔं र जाऊन् भनिन् । अनि महादेवले आप्mनु हातमा आप्mनै वीर्य थापेर लौ भिक्षा ले भनेर दिनु भयो । अग्निले पनि त्यो वीर्य निलिदिए । शिवको अमोध वीर्यले अग्निलाई गर्भ रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गंगाको किनारमा गएर
कुशको झाङमा उकेलिदिए । त्यो वीर्य आगो बले झैं झाङमा बलिरहेको थियो सप्तऋषिका पत्नीहरु गंगा स्नान गरेर फर्कदा आगो बलेको देखेर कसले आगो बालेर गएछ, ताप्न जाऔं भनेर गए । यौटीले चाहिं अर्काले बालेको आगो ताप्नु हुंदैन भनी गइनन् । छः जनाले आगो तापेर घर गए । ती आगो ताप्ने जतिलाई गर्भ रह्यो र ऋषिहरुले थाहा पाई तिमीहरुलाई कसरी गर्भ रह्यो भनी सोधे । ऋषि पत्नीहरुले केही उत्तर दिन सकेनन् र ऋषिहरु रिसाई श्राप दिए । अनि ती ऋषिपत्नीहरुले त्यो वीर्य गंगामा उकेली आकाशमा गएर षट्कृत्तिका तारा भई रहे । त्यही वीर्यबाट षट्वक्त्र अर्थात छः मुख भएका कुमार उत्पन्न भएर गंगाका पुत्र भई महादेव कहाँ कैलासमै रहे । पहिलो छोरा कार्तिकेय पनि कैलाशमा वसेनन् । छोरी अशोक सुन्दरी पनि वसिनन् । पार्वती सवै परिवार एकै ठाउँमा वस्न नपाउँदा ज्यादै दुखि थिईन । आमा मैनावति पनि शिवलाई कैलाशमा नै राख्न भन्थिन् । यो समस्याको समाधान कसरि गर्ने भन्ने विचारमा थिइन् । नारदले पार्वतीलाई भने पहिला सची इन्द्रको पत्नीलाई पनि यस्तै भएको थियो । तिनीले ईन्द्र नारदलाई दान गरेर दिईन् । पछि नारदले इन्द्र फर्काइ दिए । त्यसवेला देखि इन्द्र सधैं घरैमा वस्छन् । दुवै मैनावती र नारदले पार्वतीलाई सम्झाए शिव दान गरेर दिन । नारदले पार्वतीलाई भने शिव चार व्रह्माका छोराहरु सनक, सनातन, सनन्दन र सनतकुमारलाई दान दिन । ब्रह्माका छोराहरुलाई शिव दान गरेर पठाइयो तर तिनीहरुले शिवलाई फर्काउन चाहेनन् । पछि पार्वती एउटा वुढीको भेष धारण गरेर मात्र ब्रह्माका छोराहरुवाट शिवलाई फर्काईन् । एक पटक भगवान शंकरले माता पार्वतीका साथ जुवा खेल्ने अभिलाषा प्रकट गरे । खेलमा भगवान शंकरले आप्mनो सवै थोक हारे । हारे पछि भोलेनाथ आप्mनो लीला रच्दाको वखत पातको वस्त्र लगाएर गंगाको किनारमा गए । कार्तिकेयले यो कुरा थाहा पाएर माता पार्वती संग सवै कुरा फिर्ता लिन आए । यसपटक खेलमा पार्वती हारिन र कार्तिकेयले शंकरको सवै सामान फिर्ता लिएर गए । अव पार्वती लाई चिन्ता भयो शिवजीको सवै सामान पनि गयो पति पनि गए । पार्वतीले सवै आप्mनो व्यथा आप्mनो प्रिय पुत्र गणेशलाई बताइन् । मातृ भक्त गणेश खेल खेल्न शंकर भगवान भएका ठाउंमा पुगे । गणेशले जीते र मातालाई आफुले जीतेको कुरा सुनाए । पार्वतीले भनिन् तिमीले आप्mनो पितालाई लिएर आउनु पथ्र्यो । गणेशजी आप्mनो पितालाई लिन गए । भोलेनाथ संग उनको भेट हरिद्वारमा भयो । उस समय भोलेनाथ भगवान विष्णु र कार्तिकेयका साथ भ्रमण गरि रहेका थिए । पार्वती संग रिसाएका भोलेनाथ फर्कन चाहेनन् । भोलेनाथको भक्त रावणले गणेशजीको वाहन मुसालाई बिरालोको रुपधारण गरेर डराई दियो । मुसा गणेशजीलाई छोडेर भाग्यो । यता भगवान विष्णुले भोलेनाथको इच्छा अनुसार पासाको रुप धारण गरेका थिए । गणेशले माता उदास भएको कुरा भोलेनाथलाई सुनाए । यस पटक भोलेनाथले भने मैले नयां पासा वनाएको छु । यदि तेरो आमा पुनः पासा खेल्ने सहमति भए म फर्किन्छु । गणेशको आश्वासन पछि भोलेनाथ फर्केर पार्वतीको सामुन्ने पुगे र खेल खेल्नको लागि भने । पार्वतीले हांसेर भनीन् । तपाई संग खेल्ने के चीज छ र ? यो सुनेर भोलेनाथ चुपचाप रहे । अनि नारदजीले आप्mनो वीणा आदि सामग्री दिए । त्यस पछि खेल सुरु भयो । भोलेनाथ
हर वखत जित्न थाले । एक दुइ पटक पासा फ्याके पछि गणेशजीले थाहा पाए भगवान विष्णुले पासा रुप धारणा गरेको रहस्य अनी माता पार्वतीलाई वताए । सवै कुरा सुनेपछि पार्वती रिसाइन् । रावणले माता पार्वतीलाई सम्झाउने प्रयास गरे । उनको रिस कम भएन । रिसमा उनले भोलेनाथलाई श्राप दिइन् । गंगाको धाराको बोझ उनको सिर माथि रहि रहोस । नारदजीलाई एक स्थानमा नटिक्ने सराप दिइन् । भगवान विष्णुलाई सराप दिइन् रावण तिम्रो शत्रु होस् । रावणलाई सराप दिइन विष्णुले तिम्रो सर्वनाश गरुन । कार्तिकेयलाई पनि माता पार्वतीले कहिले पनि जवान नहुने सधैं वच्चा हुने सराप दिइन् । सवै चिन्तीत भए । त्यसपछि नारदजीले आप्mनो कुराले माता पार्वतीको क्रोध शान्त पारे । तव माताले उनलाई वरदान माग्न भनिन् । त्यसपछि नारदजीले भने । यदि सवैलाई वरदान दिने भए मात्र म वरदान माग्छु । पार्वती सहमत भइन् । शंकरजीले कार्तिक शुक्लको दिन जुनमा विजयी हुनेको वर्ष भरी विजयी वनाउनको वरदान मागे । विष्णुले आप्mनो प्रत्येक सानो ठूलो काममा सफलताको वर मागे । कार्तिकेयले सदा बालक रहनेको नै वर मागे र मेरो विषय वासनामा संसर्ग नरहोस सधैं भगवत स्मरणमा लिन रहुं । अन्तमा नारदजीले देवर्षि हुने वरदान मागे । माता पार्वतीले रावणको समस्त वेदको सुविस्तृत व्याख्या दिदै सवैको लागि तथास्तु भनिन् । उत्तरी भारतमा कार्तिकेयले विवाह नगरि व्रह्मचारी रहेको वताईन्छ भने दक्षिणी भारतमा उनको दुईवटा पत्नी रहेको कुरा पाईन्छ । पहिलो देवसेना या देवयानी जो देवराज इन्द्रको छोरी हुन र अर्को भल्ली(सुन्दराभल्ली) हुन ।
महादेव र गंगा ः नदी गंगाको पवित्र मानिन्छ । हिन्दूहरु गंगाजीको पूजा गर्छन । उनीहरु विश्वास गर्छन कि यसमा स्नान गर्नाले मनुष्यको सारा पाप नास हुन्छ । जीवन मरणको चक्रवाट मुक्ति मिल्छ । तीर्थयात्री गंगा जलमा परिवारजनको अस्तुको विसर्जनका लागि लामो यात्रा गरेर आउंछन् ताकि उनीहरुको प्रियजन सिधै स्वर्ग पुगुन भनेर । हरिद्वार, इलाहबाद र वाराणसी जस्ता हिन्दूहरुका पवित्र स्थान गंगा नदीको किनारमा रहेको छ । गंगाको उत्पत्तिको बारेमा हिन्दूहरुमा अनेक मान्यता छ । एक मान्यता अनुसार ब्रह्माजीको कमण्डलुको जल गंगा नामको युवतीको रुपमा प्रकट भएको । वैष्णव कथा अनुसार ब्रह्माजीले विष्णुको आदर सहित पाउ धोए र त्यस जल आप्mनो कमण्डलुमा राखे । अर्को मान्यता अनुसार गंगा पर्वतका राजा हिमवान र उनकी पत्नी मीना की पुत्री हुन् । यस प्रकार उनी देवी पार्वती की वहिनी पनि हुन । उनको पालन पोषण स्वर्गमा ब्रह्माजीको संरक्षणमा भएको थियो । स्कन्द पुराण अनुसार देवी गंगा कार्तिकेय (मुरुगन) की सौतेनी आमा हुन् । पार्वतीले आप्mनो शारीरिक दोषबाट गणेशको छविको निर्माण गरिन् र गंगाको पवित्र जलमा डुबाएपछि मात्र गणेश जिवित भएर उठे । यसैले भनिन्छ कि गणेशको दुई आमा छन् पार्वती र गंगा । उनलाई द्विमातृ अथवा गंगाको छोरा पनि भनिन्छ । कुमार कार्तिकेयको जन्ममा पार्वती संलग्न छैनन् त्यस्तै गणेशको जन्ममा शिव संलग्न छैनन् । पार्वतीले गणेशलाई गंगाजलमा डुवाए पछि जिवित भए । यसैले थाहा पाईन्छ कि शिवका वच्चाहरुको जन्ममा गंगा संलग्न छिन् चाहे कानूनी रुपमा विवाह नभए पनि ।
ब्रह्म वैवर्त पुराणमा विष्णुका तिन पत्नि छन् । उनीहरु हमेशा आपसमा झगडा गरि रहेकाले अन्तमा उनले लक्ष्मीलाई आप्mनो साथमा राखेर गंगालाई शिवका साथ र सरस्वतीलाई ब्रह्माजीका साथ पठाई दिए । महाभारतमा उल्लेख भए अनुसार वशिष्ठ द्वारा श्रापित वसुओले गंगालाई प्रार्थना गरेका थिए कि उनी उसको आमा वनुन् । गंगा पृथ्वीमा अवतरित भईन् र यो शर्तमा राजा शान्तनुको पत्नी वनिन् कि उनीसंग कहिल्यै कुनै प्रश्न नगरुन् अन्यथा उनी उनलाई छाडेर जान्छिन् । सात वसुओले उनको पुत्रको रुपमा जन्म लिए । गंगाले एक एक गरेर सवैको पानीमा वगाई दिईन र श्रापबाट मुक्ति दिलाई दिईन । यस समय सम्म राजा शान्तनुले केही आपत्ति गरेनन् । अन्ततः आठौं पुत्रको जन्ममा उनले आप्mनो पत्नीको विरोध गरे । गंगाले उनलाई छोडेर गईन । आठौं पुत्रको रुपमा जन्म लिए द्यौस मानव रुपी नश्वर शरीरमा फसेर जिवित रहन गए पछि महाभारतमा सर्वाधिक सम्मानित व्यक्ति मा एक भए भीष्म (देवव्रत) को नामले चिनिए । हामी नुहाउँदा भन्ने गर्छौ हर गंगे हर हर । गंगे हर हर । यहाँ हामीले दुवै देव देवीलाई स्मरण गर्दछौं । देबी गंगा र (हर)महादेव ।
अशोक सुन्दरी ः मूख्य शास्त्रमा शिवको पुत्रीको बर्णन गरिएको छैन । उनको कथा पद्यमपुराणमा वर्णन गरिएको छ । पद्यपुराणमा नहुष नामक राजाको चरित्र वर्णन गरिएको छ । एक पटक माता पार्वतीले सुन्दर वगैंचा लेराउन आग्रह गरेकाले शिवले पार्वतीको लागि नंदनवन लिएर गए । माता पार्वतीको कल्पवृक्षको लगाव भयो र त्यो कल्प वृक्ष लिइन । कल्पवृक्ष मनोकामना पूर्ण गर्ने वृक्ष हो । माता पार्वतीले अकेलापन हटाउनको लागि कल्पवृक्ष संग वर मागिन । उनलाई एक कन्या प्राप्त होस । तव कल्पवृक्षवाट अशोक सुन्दरीको जन्म भयो । अ+शोक अर्थात् सुख, माता पार्वतीको सुखी गराउनको लागि उनको निर्माण भएको हो । उनी अत्यन्त सुन्दर थिइन त्यसैले उनलाई सुन्दरी भनिएको हो । माता पार्वती ले ती कन्याको वरदान दिईन कि उनको विवाह देवराज इन्द्र जस्तै शक्तिशाली यूवक संग होस । एकपटक अशोक सुन्दरी आप्mना दासिका साथ नंदनवनमा घुम्न गएकी थिइन् त्यही वेला त्यहां हुंड नामको राक्षस आयो र अशोक सुन्दरीको सुन्दरतामा मोहित भएर विवाहको प्रस्ताव ग¥यो । तव कन्याले भविष्यमा उनले गर्ने विवाहको वारेमा वताईन् । राक्षसले भन्यो नहूषलाई म मारी दिन्छु । तव अशोक सुन्दरीले राक्षसलाई श्राप दिइन् । तेरो मृत्यु नहूषवाट होस् । त्यो राक्षसले नहूषको अपहरण ग¥यो । नहूषको हुंडकै एक दासीले वचाइन् । महर्षि वशिष्ठको आश्रममा नहूष वढे । भगवान् विष्णुको नाभिकमलवाट व्रह्मा उत्पन्न भए । व्रह्माजीवाट अत्रि, अत्रिवाट चन्द्रमा, चन्द्रमावाट बुध, बुधवाट इलानन्दन पुरुरवा, पुरुरवावाट आयु, आयुवाट नहूष । पछि गएर नहूषले हुंडलाई मारि दिए । नहूष र अशोक सून्दरीको विवाह भयो । नहूष र अशोक सून्दरीवाट छ पुत्र याति, ययाति, सयाति, अयाति,वियाति, कृति र सयौं रुपवती कन्याहरुको जन्म भयो । वृत्तासुरको वध गर्नाले इन्द्रको व्रह्महत्याको दोष लाग्यो र महादोषको कारण स्वर्ग छोडेर इन्द्र अज्ञात स्थानमा लुके । इन्द्रासन खाली राख्न नहुने भएकाले इन्द्रको अभावमा सवै देवताहरु मिलेर पृथ्वीको धर्मात्मा राजा नहूषलाई इन्द्रको पदमा आसीन गराइयो । विजया दशमीको टिका लगाउँदाको मन्त्र
आयुद्रोणसुते श्रियाें दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।। ................ अर्थ ः द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रुनाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन दिइन्छ ।
गणेश ः माता पार्वतीले गणेशको जन्म नदिएर उनको शरीरको रचना गरेकी हुन् । पार्वतीले कतै शिवजीको शरीरको मयलवाट भनिएको छ त कतै आप्mनो शरीरको वुकुवावाट) शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन् । भगवान शिवजी वाहिर गएको वेला पार्वतीले त्यही मयलको बालक बनाईन । माता आद्य शक्तिको हातवाट बनेकाले ति बालक जिवित भए । त्यस समय उनको मुख सामान्य थियो । नाम विनायक राखिन । गणेशको रचना पछि माता पार्वतीले उनको घरको पहरेदारीको काम गर्न आदेश दिइन् । विनायकलाई ढोकामा राखि आफु भित्र बसिन् । कतै यो काम उनले भगवान शिवजीलाई छकाउनको लागि गरेकी भनिएको छ भने कतै स्नान गरुन्जेल कसैलाई पनि भित्र आउन नदिनु भनेकि छन् । जे भए पनि बाहिरवाट कोही पनि आएमा भित्र प्रवेश गर्न नदिने भए विनायकले । शिवजी भित्र जान लागे भित्र जान पाएनन् । यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरु आए सम्झाए मानेनन् । शिवका गणहरुको केही लागेन । इन्द्र आए उनले पनि सकेनन् । अन्ंतमा भगवान शिवले नचाहंदा नचाहदै पनि आप्mनो त्रिशूलले बालकको शिर काटेर अलग गरी भित्र प्रवेश गर्नु प¥यो । कतै भित्र गएर माता पार्वती संग भने आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन दिएन वडो मुस्किलले मारेर आएं । अनि कतै शिवजी भित्र आए पछि पार्वतीले सोधिन तपाईलाई ढोकामा कसैले रोकेन ? रोक्यो मैले त आप्mनो त्रिशूलले त्यसको शिर काटेर भित्र आएं । यो सुनेर माता पार्वती त्यो त मेरो पुत्र हो । अझ कतै त बाहिरको कोलाहल सुनेर पार्वती बाहिर आउनु र शिवको त्रिशूल विनायक तिर छोडिनु एकै पटक भएको छ र यो सवै पार्वतीले स्वयं देखेकी छिन् । शिवजीलाई विनायक आप्mनो छोरा हो भन्ने पनि थाहा छ । विनायक उदण्ड भएर सारा शिवगण, देवता, ऋषिमुनिलाई अपमान गरेको स्वयं शिवजीलाई मुसल प्रहार गरेकोले दण्ड स्वरुप नचाहंदा नचाहदै पनि विनायकको शिर काट्नु परेको । यो कुनै वेला ऋषिले महादेवलाई दिएको श्राप अन्यथा नहुने भएकोले आप्mनै छोराको शिर काट्नु परेको । पौराणिक कथा ः भगवान शिवले ऋषि कश्यपका छोरा आदित्यको टाउको काटेर इन्द्रको हात्तिमा लगाइ दिनु भया,े यो देखेर ऋषि कश्यपले भगवान शिवलाई श्राप दिनु भयो । ‘हे महादेव मेरो
छोरालाई मारेर तिमीले मलाई जुन पिडा दियौ त्यस्को आभास तिमीलाई अहिले हुंदैन । यस पिडाको अनुभुती तव हुन्छ जव कालान्तरमा तिमी आप्mैंले आप्mनो छोराको शिर छेदन् गर्दछौ । गजासुर नाम गरेको हात्तिले कहि कल्प सम्म तपश्या गरे । शिवजी प्रशन्न भएर गजासुरलाई दर्शन दिनु भयो र वरदान माग भन्नु भयो । गजासुरले भने हे प्रभु ! म सृष्टिको सवै भन्दा ज्ञानी वन्न चाहन्छु । मलाई थाहा छ संसारमा सवै भन्दा ज्ञानी एक मात्र हुनु हुन्छ । त्यो हजुर नै हो । यसैले म दोश्रो वरदान माग्दछु । हजुर सदैव मेरो शिरमा विराजमान भई रहनुस् । म हजुर जस्तो ज्ञानी वन्न चाहन्छु । भगवान शिवजीले तथास्तु भनि दिनु भयो । यो थाहा पाएर व्रह्मा र विष्णु त्यहां आउनु भयो र भगवान शिवलाई भन्नु भयो । महादेव ! हजुर हात्तिको शिरमा वस्नु भयो भने संसारको के गति होला । विष्णुले गजासुर हात्तिलाई भन्नु भयो । तिमी अर्को वरदान माग । गजासुरले भने मैले यही वरको लागि यत्रो कष्ट सहेर तपश्या गरेको र महादेवलाई प्रशन्न पारेको । विष्णुले भने तिमी निरास नहोउ गजासुर । तिमी जे चाहन्छौ त्यही प्राप्त हुन्छ । कालान्तरमा तिमी सवैभन्दा ज्ञानी वनौला । महादेव संग कैलाशमा वस्न पाउने सौभाग्य पनि प्राप्त हुन्छ । गजासुरले मञ्जुर गरे । जे होस् विनायकको टाउको काटेको देखेर या सुनेर माता पार्वती त्यो त मेरो पुत्र हो ! तपाइले त्यसलाई मारी दिनु भयो भनि रुन, कराउन लागिन यो देखेर भगवान शिवलाई पनि दुःख लाग्यो । विनायकको त्यही अवस्था अपूर्ण रुपमा जिवित गराउन असम्भव छ । किनकी उसको व्यक्तित्वको दोष मलवुद्धिवाट उत्पन्न भएको थियो । यदि उसको टाउको नयां राख्ने हो भने उसलाई पुनर्जन्म दिन सकिन्छ । उनले नन्दीलाई भने मैले बालकको टाउको फुटाली दिए अव त्यो काम लाग्दैन तिमी देवराज इन्द्रका साथ उत्तर दिशामा लाग । पहिले जुन प्राणि देख्छौ त्यसको स्वइच्छाले उसको टाउको लिएर आउ । यो काम आज सूर्यास्त हुनु भन्दा अगाडि नै हुनु पर्छ । सूूर्यास्त पछि विनायकको पुनर्जिवित गराउन असम्भव हुन्छ । नन्दी सहित देवराज इन्द्र कुनै प्राणि भेटिएमा त्यसको टाउको लिएर आउन हिडे । सवै तिर गए सुर्यास्त हुने वेला नजिक भै सक्यो । कुनै प्राणि पनि भेट्न सकिएन । उनीहरु हरेश खाई सकेका थिए त्यत्तिकैमा केही कराएको आवाज आयो । हात्ति उनीहरुको नजिक आई राखेको थियो । नजिक आएर हात्तिले भन्यो । म गजासुर नाम गरेको हात्ति हुं । मैले ठूलो तपस्या गरेर भगवान शिववाट ज्ञानी वन्ने र सधैं शिव संग वस्न पाउने वरदान पाएकोछु । म यही समयको पर्खाइमा थिए त्यो समय आयो । मेरो शिर काटेर लैजाओ भनेर हात्ति लम्पसार परिदियो । त्यही हात्तिको टाउको लिएर आए । हात्तीको टाउको लगाएर बालकलाई जिवित पारियो । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रुपमा अर्को प्राणि वनाए । हात्तिको टाउको राखेर भगवान शिवले वालकको नाम गणेश राखे र अव गणेश हाम्रो छोरा भयो भनेर आशिर्वाद दिए । गणेशजीको विवाह व्रह्माका छोरीहरु रिद्धि र सिद्धि संग भयो । (दक्षिण भारतीय संस्कृतिमा गणेशजी व्रह्मचारी रुपमा दर्शाइएको छ । शिव पुराणमा गणेशका दुईवटा छोरा भए शुभ र लाभ । गणेशको रिद्धिवाट शुभ र सिद्धिवाट लाभको जन्म भएको हो । गणेशको एक पुत्री पनि छिन जसलाई सन्तोषीमा भनिन्छ । सन्तोषीमा सन्तुष्टिको देवता पनि भनिन्छ । तर कहि कतै पनि यसको वर्णन गरेका पाईदैन ।
मुसा (गणेशजीको वाहन) ः
देवराज इन्द्रको दरवारमा सभा भै रहेको थियो । ऋषि बामदेवले सभालाई सम्वोधन गर्दै थिए । यता देवराज ईन्द्र चुस्की लगाएर मस्ती संग वसेका । गन्धर्व कौंचले विणा वजाइ रहेका । ऋषि बामदेवले कौंचलाई विणा नवजाउन आग्रह गरे । मैले यो सभाको लागि भनेर नयां धुन को परिकल्पना गरेकोछु । कौंचको यो नयाँ धुन सुन्नु भन्दा पनि ठूलो के काम पर्न गयो र मैले धुन नवजाउनु भनि उल्टो प्रस्न ग¥यो । धुन वजाई नै रह्यो । अन्य गन्धर्वहरु आपसमा कुरा गर्दै थिए । कौंचले ऋषि बामदेवले भनेको मानेन अव अनर्थ हुने भयो । अर्को गन्धर्वले भन्यो । ऋषि बामदेव दुर्वासा ऋषि भन्दा कम छैनन् । यत्तिकैमा बामदेवले कौंचलाई सराप दिए । मैले तँलाई श्राप दिए तँ अहिले नै तत्कालै मुसो वनेस् । कौंच तुरुन्त मुसो वन्यो र त्यहांवाट मानिसको वस्तिमा पस्यो । अन्नपातको नोक्सान गर्न थाल्यो । मानिसहरुले केही गरेमा मानिसहरुलाई आक्रमण गर्दथ्यो । यसले तहल्का मच्चायो । सवै मानिसहरु मिलेर गणेशलाई विन्ती गरे । गणेशले त्यो मुसालाई नियन्त्रणमा लिएर भगवान शिवले नै यसलाई दण्ड दिनु हुन्छ भनेर मुसोलाई डो¥याएर शिव पार्वती भएको ठाउंमा लगे । यसले मानिसहरुलाई भयभित वनायो यसलाई दण्ड दिनुहोस पिताश्री भन्दा आज देखि यो गणेशको वाहन भयो । यसको दण्ड यही नै हो । कौंचले पनि भगवान शिवलाई दण्डवत गरेर म राजि छु भन्यो । गणेशले पनि स्वीकार गरे । प्राचीन समयमा सुमेरु पर्वतमा सौभरि ऋषिको अत्यन्त मनोरम आश्रम थियो । उनकी अत्यन्त रुपवती र पतिव्रता पत्नी मनोमयी नाम गरेकी थिइन् । एक दिन ऋषि दाउरा लिनका लागि वन गए । मनोमयी घरको काममा लागिन् । त्यसै समय एउटा दुष्ट कौंच नाम गरेको गन्धर्व आयो र उसले मनोमयीलाई देख्यो र व्याकुल भयो । कौंचले ऋषि–पत्नीको हात पक्ड्यो । रुंदै र काप्दै गरेकी ऋषि पत्नीले उं संग दयाको भीख माग्न लागिन । त्यही समयमा सौभरि ऋषि आए । उन्ले गंधर्व को सराप दिदै भने ’तैले चोरले जस्तै मेरी सहधर्मिणीको हात पक्डिस, यस कारण तँ मुसो भएर धरती मुनी चोरी गरेर आप्mनो पेट भरेस्’ काप्दै गंधर्वले मुनि सित प्रार्थना गर्न लाग्यो । ‘दयालु मुनि, अविवेकको कारण मैले तिम्रो पत्नी को हाथ समाते । मलाई क्षमा गर । ऋषिले भने मेरो सराप व्यर्थ हुंदैन, तर द्वापर युगमा महर्षि पराशरको यहां गणपति देव गजमुख पुत्रको रुपमा प्रकट हुन्छन (हरेक युग युगमा गणेशजीले अलग–अलग अवतार लिन्छन) तव तिमी उनको वाहन वन्छौ, त्यतिवेला देवगण पनि तिम्रो सम्मान गर्नेछन् ।’
शिवको नन्दी गण ः श्रृंगी, भृंगी, रिटी, टुंडी, नन्दिक र नन्दिकेश्वर ।
शिवको अष्टमूर्ति ः क्षितिमूर्ति सर्व, जलमूर्ति–भव, अग्निमूर्ति–रुद्र, वायुमूर्ति–उग्र, आकाशमूर्ति–भीम, यजमानमूर्ति–पशुपति, चन्द्रमूर्ति–महादेव, सूर्यमूर्ति–इशान ।
एकादश रुद्र ः अज, एकपात अहिर्बुध्न्य, अपराजित, पिनाकी, त्रयम्बक, महेश्वर, वृषाकपि, शम्भु, हरण र इश्वर ।
दक्षिण ढोका ः श्री पशुपतिनाथको प्राङ्गणमा प्रवेश गर्ने पूर्व, पश्चिम, उत्तर र दक्षिण ढोकाहरु मध्ये पश्चिम ढोका मूख्य ढोका हो भने मन्दिरको पूर्व, पश्चिम, उत्तर र दक्षिणका ढोकाहरु मध्ये दक्षिण ढोका मूख्य ढोका मानिन्छ । सवै ढोकाहरुको दर्शन गर्न नसकेमा दक्षिण ढोकाको मात्र दर्शन गरेमा फल प्राप्त हुनेछ । यसैले नै राजा, महाराजा र राजपरिवारका सदस्यहरु दक्षिण ढोका अगाडिनै हात जोरेर वसेका मूर्तिहरु छन् ।
कतै सद्योजात पश्चिम ढोकावाट पहिले दर्शन गर्ने विधान पनि पाइन्छ ।
पशुपतिनाथको दक्षिण मुख ः पशुपतिनाथ लिङ्गमा चारै दिशामा चार मुख र माथिल्लो भागमा पाचाँै मुख छ । माथिको इशान मुख वाहेक अन्य चार मुख साकार रुपको छ । प्रत्येक मुखाकृतिको दायाँ हातमा रुद्राक्षको माला र वायाँ हातामा कमण्डलु छ । पशुपतिनाथ लिङ्गको दक्षिण दिशाको मुख लाई अघोर मुख भनिन्छ । यो शिवको शाकाहारी रुपहो । दायाँ कानमा सर्प कुण्डल र वायाँ कानमा अन्य आभुषण शिरमा जटा युक्त यो मुख क्रोध मुद्रा जस्तो भयंकर रुप देखिन्छ । यो केवल विनाशकारी मात्र नभई रक्षकको प्रतिक पनि हो । यिनलाई भैरवको प्रतीक मानिन्छ ।
पशुपतिनाथ दर्शनः भक्तजनहरु दक्षिण, पूर्व र उत्तर ढोकावाट मन्दिर भित्र पहिलो प्रकोष्ठ भित्र गएर नजिकैवाट पशुपतिनाथको ज्योतिर्लिङ्गको दर्शन गर्न सक्दछन् । भित्री ढोकामा लगभग ३ फिट अग्लो चांदीको छेकवारले वन्द गरेको छ । पुजारीहरु यो छेकवार चढेर भित्र पस्छन् । भित्रि प्रकोष्ठमा पुजारी (भट्ट) वाहेक कोही पनि जान सक्तैनन् । पश्चिमढोकामा पहिलो प्रकोष्ठ भित्र भण्डारीहरु वसेका हुन्छन् । ज्योतिर्लिङ्गको दर्शन अलि टाढावाट गर्नु पर्दा भण्डारीहरुले छेकिदिने हुन जान्थ्यो । अहिले पश्चिमढोका अगाडि वसाहको सामुन्ने काठको वाटो अपाङ्गहरुको लागि पनि सजिलै संग दर्शन गर्न सकिने गरि वनाएको ठाउंवाट भक्तजनहरु अग्लो ठाउंवाट ज्योतिर्लिङ्गको सजिलै संग दर्शन गर्न सक्छन् ।
पशुपतिनाथका पुजारी (भट्ट) ः मूल भट्ट र भट्ट वाहेक अरुलाई पशुपतिनाथको मूर्ति स्पर्श गर्न र प्रत्यक्ष पूजा गर्न दिइदैन । पशुपतिको मन्दिर भित्र देवताको पूजा गर्न जम्मा चार जना भट्ट व्राम्हणहरु हुन्छन् । ती मध्ये एक मूल पुजारी हुन्छन् । तीनलाई रावल अथवा मूलभट्ट भन्दछन् । अरु भट्टलाई पञ्चदशी र मूलभट्टलाई षोडशी श्री विद्याको दीक्षा हुन्छ । मूल भट्ट विवाहित हनु पर्छ । अरु विवाहित वा अविवाहित जे भए पनि हुन्छ । रातो शिल्कको दौरा र धोति । रातो दोसल्ला ओढेका हुन्छन् । वासुकी मन्दिरमा पनि एक भट्ट (पुजारी) हुन्छन् । पशुपति नाथमा मूल भट्ट र अन्य तीन भट्ट हुन्छन् । मूलभट्ट विशेषत पशुपतिनाथ मन्दिरको दक्षिण मुख
तिर रहेका हुन्छन् । सवै भट्टको नगद वेतन धान चामल दिइन्छ । दक्षिणाको रुपमा दिएको नगद भट्टले पाउछन् । चौसठ्ठी परिक्रमा भन्दा वाहिर दक्षिण पश्चिम तिर ढुंगाले वनेको अग्लो शिव मन्दिर र त्यसको पछाडि पशुपतिनाथका मूख्य पुजारीको आवाशिय भवन छ ।
पशुपतिनाथका भण्डारी ः पश्चिम ढोकाको वाहिरी प्रकोष्ठमा नेपालका भण्डारीहरु भट्टको सहयोग तथा पशुपतिनाथको पूजा सामाग्री तयार गर्न वसेका हुन्छन् । यिनीहरुले पशुपतिनाथको ज्योर्तिलिङ्गमा छुन पाउदैनन् । भक्तहरुवाट पूजासामान लिएर टाढै्रवाट चढाई दिन्छन् । भक्तलाई चन्दन र पूmल प्रसाद दिन्छन् । पशुपतिनाथका भण्डारी उत्तराधिकारको आधारमा हुन्छन् । उनीहरुको जन्म पशुपति मन्दिर क्षेत्र (देवपत्तन) मा नै हुनु अनिवार्य छ । भण्डारी प्रत्येक महिना महिनामा वदलि रहन्छन् । हामी दक्षिण ढोकावाट भित्री प्रकोष्ठमा पस्यौं । भुइमा सिंगमरमरले टलक्क टल्केको भुइ । कुनामा व्राम्हणहरु पाठ गरि रहेका । भित्री प्रकोष्ठमा मूल पुजारी सहित चार जना पुजारी ज्योर्तिलिङ्गलाई सिंगारिरहेका थिए । एकैछिनपछि उनले ढोकामा उभिएका सवैलाई चन्दन लगाई दिए । त्यसपछि हामी भित्रैवाट पूर्व ढोकामा गयौं । पूर्व मुहारको दर्शन गर्न । भित्री प्रकोष्ठमा पशुपतिनाथको ज्योर्तिलिङ्ग । वाहिरी प्रकोष्ठमा दक्षिण ढोका, पूर्व ढोका र उत्तर ढोकामा भित्रैवाट यता उता गर्न सकिन्छ । केवल पश्चिम ढोकाको वाहिरी प्रकोष्ठमा भक्तजनहरु जान सक्दैनन् । त्यहां पुजारीका सहायक भण्डारी वसेका हुन्छन् ।
पशुपतिनाथको पूर्व मुख ः यो मुख तत्पुरुष भनिन्छ । पूर्व मुहारमा तीन आंखा, शिरमा जटा, गलामा रुद्राक्षको माला लगाएको यो मुख महापुरुषको जस्तै शान्त र शौम्य देखिन्छ । यो मुख शिवको ज्ञान र विवेकपूर्ण लोककल्याणकरी रुप हो । पूर्व ढोकावाट पूर्व मुहारको ध्यान, दर्शन सकेर पुनः दक्षिण ढोकावाट भगवान अघोर शिवको दर्शन गर्नु पर्छ । भगवानको पूजाकोलागि पहिले नै रकम जम्मा गर्नेहरुलाई पूर्व ढोकामा लाइन लगाएर भट्टले पालै पालो पूजा गराउँछन् । तत्पश्चात दक्षिण ढोकावाट वाहिर निस्की उत्तर ढोकावाट भित्र पस्नु पर्छ । अव हामी उत्तरी ढोकावाट सिंढी चढेर भित्र पस्यौं । मन्दिरको उत्तरी ढोकाको सामुन्ने ठूलो पित्तलको त्रिशूल र ढुंगाको सानो त्रिशूल गाडिएको छ । त्रिशूलमा डमरु रहेको छ । त्रिशूलको मुनि जलेश्वर महादेव र अन्य देवी देवताको ढुंगाको मूर्र्ति रहेको छ ।
पशुपतिनाथको उत्तर मुख ः यो मुखलाई वामदेव भनिन्छ । पशुपतिनाथको अर्धनारीश्वर रुप हो । यो मुखमा वायाँ तर्फ आधारुप पार्वती (शक्ति) र दायाँ तर्फ आधा महादेव शिवदेवको रुप । यो रुप सृष्टिको प्रतिक हो वामदेवको दायाँ कानमा सर्पको कुण्डल वायाँ कानमा आभुषण स्त्रीको जस्तै लगाइएको छ । उत्तरढोकावाट दर्शन गरि सकेपछि उत्तरवाट पश्चिममा आयौं ।
पशुपतिनाथको पश्चिम मुख ः पश्चिम तिरको मुख सद्योजात हो । यो मुख वालकको जस्तै सौम्य र मासुम देखिन्छ । शिरमा मुकुट पहिरिएको यो मुख कल्याणकारी हो । यो मुखको वाहिरी प्रकोष्ठमा पुजारीका सहायक भण्डारी वसेका हुन्छन् । यसैले यहां दर्शन टाढावाटै गर्नु पर्दछ । पश्चिम ढोका अगाडि शिवजीका वाहन नन्दी (वसाह) वसेका छन् । पश्चिमतिर सिढी उक्लन नसक्नेहरु (अपाङ्ग भएका) का लागि पूर्व तिर फर्कदै र उत्तरतिर फर्कदै विना सिंढीका भ¥याँङ वनाइएको छ ।
पशुपतिनाथको पांचौं मुख ः पशुपतिलिङ्गको माथिल्लो भाग इशान मुख हो । यो मुख निराकार मुख हो । प्रत्येक दिन स्नान पछि यहां शुद्ध श्रीखण्ड चन्दनले श्रीयन्त्र वनाएर पूजा गरिन्छ । यो भगवान पशुपतिनाथको श्रेष्ठतम मुख हो । यो लोक कल्याणकारी वरदाता शिवरुप हो । चारै ढोका खुल्ला नभएको वखतमा दर्शन गर्दा पनि पहिलेकै क्रमले दक्षिण, पूर्व, उत्तर र पश्चिम ढोकावाटै पशुपतिनाथको दर्शन गर्ने र मन्दिरको चारै ढोकाको दायाँ–वायाँं तल रहेका आठ भैरवमाथि अष्टमातृकाहरुको दर्शन गर्नु पर्दछ । हनुमानको मन्दिरको दक्षिण पट्टी छतको मुनि सालको पातमा चन्दन वांडिरहेको थियो । चन्दन लगाइयो । पशुपतिनाथको जल श्रद्धापूर्वक शिरमा धारण गर्नु पर्दछ । प्रसाद स्वरुप दिएको वेलपत्र शिरमा धारण गर्नु हुंदैन ।
पशुपतिनाथको नित्य पूजा ः विहान ८.३० वजे भट्टहरु मन्दिर प्रवेश गरि अघिल्लो दिनको श्रृंगारलाई उतारी आदिकलश स्नानवाट नित्यपूजाको सुरुवात हुन्छ । ९.३० मा चारै ढोका खुलेपछि अभिषेक स्नान र भट्टहरुले रुद्रीपाठ गर्छन । भट्टहरुले एघार आवृत्ति रुद्री पाठ गर्छन । १२ वजे स्नानको काम पूरा गरि धुप र पञ्चामृत चढाउने काम हुन्छ । भगवानलाई तोरीको तेल लगाइन्छ । तोरीको तेललाई पुनः जलले पखाली पूर्ण कलशको जल चढाइन्छ अनी स्नानको काम पूरा हुन्छ त्यसपछि मन्दिरको गर्भगृह, जलहरि सवै सफा गरि नित्य पूजाको काम सुरु हुन्छ । नित्य पूजा श्रृंगारवाट सुरु हुन्छ । चारै मुहारमा श्रीखण्ड चन्दन लगाउने, दृष्टी लगाउने, गहना पहि¥याउने, चांदिको कवच पहि¥याउने त्यसपछि शिरभागमा श्रीखण्ड राखि श्रीयन्त्र लेखि तान्त्रिक विधिवाट पूजा गरिन्छ । श्रीयन्त्रको पूजापछि शिर भागलाई मुकुटले छोपी चारैतर्फ सुनको छाता लगाई भगवानको पूर्ण श्रृंगार गरिन्छ र विहानको धूप आरती गरि वालभोग चढाइन्छ । वालभोगमा शुद्ध हलुवा र अन्य मिठाई फलपूmल । यसरि वालभोगको काम पूरा भएपछि मूख्य भोगको तयारी हुन्छ । मूख्य भोगमा भगवानमा चामलकै भोग चढाइन्छ । यो भोग चारजना भट्टहरु मध्ये एक जना भट्टवाट पशुपति भण्डारमा पकाउने गरिन्छ । यो भोग कसैले नछुने गरि भट्टहरुले नै पशुपति मन्दिर भित्र चढाउँछन् । यसरी भोग चढाउंदा चारै तर्फको वाहिरी र भित्री ढोका वन्द गरिन्छ । यसरि चढाउने भोग सातवटा चांदीको थालमा राखि भोग संगै दाल, खिर, तरकारी, दही, ध्यु चढाइन्छ । विधिवत उक्त भोग भगवानलाई अर्पण गरिसकेपछि करिव १० मिनेट जति मूलभट्ट पनि पश्चिम तर्फ भण्डारी वस्ने ठाउंमा निस्की भित्र खाली गरिन्छ । यसरी भोग सकिएपछि मन्दिर भित्रवाट एक थाली भोग नवग्रहलाई चढाइन्छ । प्रत्येक भोग र वालभोग पछि भगवानलाई चढाएको भोग मध्येवाट एक टुक्रा उत्तर तर्फ रहेको चण्डेश्वरलाई भगवानको
जुठो चढाउनु पर्ने परम्परा छ । यसरी भोग चढाइसकेपछि भोगका लागि वाहिर गएर तीनैजना भट्टहरु मन्दिर प्रवेश गर्दछन् । भोगपछि भगवानलाई वांकी श्रृंगारको काम पूरा गरी चमर पंखाले हम्की एैना समेत देखाइन्छ र त्यसपछि शंख जल सवै भक्तहरुलाई छर्की दिई भट्टले भण्डारी र भक्तहरु सवैलाई प्रसाद वितरण गरेपछि नित्य पूजा सकिन्छ । यसरी नित्य पूजा सकिएपछि मन्दिर वन्द हुन्छ । सांझ दर्शनका लागि हिउंदमा ५ गर्मीमा ५.३० वजे पश्चिम ढोका खुल्दछ । हिउदमा ६ वजे गर्मी महिनामा ६.३० वजे आरती सुरु भई ७.३० मा समाप्त हुन्छ । आरतीमा पञ्च आरती र कपूर आरतीका साथ वालभोग चढाइन्छ । आरती पछि मन्दिरलाई पूरा सफा गरि ढोका वन्द हुन्छ ।
पशुपतिनाथ मन्दिर र दानपत्र ः पशुपतिनाथ मन्दिरमा भेटी चढाउन ठाउं ठाउंमा दान पत्र तामाको ध्याम्पोे राखिएको छ । भेटी चढाउनेले त्यही तामाको ध्याम्पोमा हाल्ने गर्छन । यो राम्रो व्यवस्था हो । यस्तो व्यवस्था भारतका मन्दिरहरुमा पहिले देखि देखिन्थ्यो । यो नेपालमा पनि देखियो । पशुपति मन्दिर र वासुकी मन्दिरमा भेटी ध्याम्पोमा खसाल्ने र चढाउने सामान ढोकामा नै राखि दिने । पहिला दर्शन गर्ने तरिका नै फरक । सिक्काको जमाना । छोएर दर्शन गर्न नपाउने । कोही एक मुठि चामल मन्दिरमा मिल्काउने । कोही भेटि (सिक्का) आप्mनो टाउकोमा छ्वाएर मन्दिरमा ताकेर फ्याँकिदिने । सानो सिक्का फालेर ठूलै रकम भगवान संग माग्ने । यसरि वारम्वार सिक्काले हिर्काउँदा शिवलिङ्गलाई असर पर्ने । पूmल अक्षताले शिवलिंङ्ग ढाकिने । अहिले मन्दिर सफा सुन्दर टाढैवाट देख्न सकिने । पशुपति मन्दिरमा पूजा गराउन चाहनेले पहिले नै तोकिएको रकम तिरेर पूजा गराउन सक्ने ।
हनुमान ः पशुपतिनाथको पश्चिम ढोका पट्टी वसाहको दक्षिण पट्टी हनुमानजीको मूर्र्ति रहेको छ । हनुमान रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरु मध्ये एक हुन । हनुमान वायुका छोरा मानिएका छन् । उनले कुनै पनि रुप धारण गर्न सक्थे । उनी शिवका अवतार मानिन्छन् । रामका परमभक्त हुन् । केही विञचारहरुको अनुसार ११औँ अवतार रुद्रावतार भगवान शिवको अवतार, सवैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छन् । उनको सबैभन्दा प्रसिद्ध उपलब्धि रामायणमा वर्णित छ । बाँदरहरुको सेनाको तथा अग्रणी रुपमा रहेको राक्षस राजा रावण सित युद्ध । उनलाई बजरंग बली पनि भनिन्छ किन ? उनको शरीर एक वज्रको समान थियो । हनुमान पवन पुत्रको रुपमा चिनिनु हुन्छ किन भने पवन देव (हावाको देवता) ले हनुमानको पालन पोषणमा महत्वपूर्ण भूमिका देखाउनु भएको थियो । हनुमान अष्टचिरञ्जीबीमा पनि पर्नु हुन्छ ।
हनुमान र शनि ः शनिको बक्र दृष्टि वाट ब्रम्हा, विष्णु र महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढ्न पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन । यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ । रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आप्mनो जेठो छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरुलाई आप्mनो अनुकूल बनायो । यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरु ग्रहहरुको गतिलाई रोकेर पुत्रको जन्म गराएर आपूm इन्द्रजितको माध्यमबाट रावण अजेय हुन चाहन्थ्यो । नारदले यो कुरा बुझेर प्रकृति विपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनु भयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ । यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो । जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो । तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो । जव हनुमान लंकामा पुगे तब उनले बन्दी शनिलाई मुक्त गरे तर शनिको वक्रदृष्टि उनमा दुष्प्रभाव परेन । हनुमानको दृढ शरीरमा जव कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे । भक्तवत्सल हनुमानले भक्तहरुमा कूदृष्टि नराख्न आग्रह गरे । शनिले तथास्तु भने । यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन ।
हनुमान र सिन्दुर लेपन ः हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छ कि यसले हड्डी एवं मासुलाई सुसँगठित शरीर निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनु भयो । त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरुले हनुमानलाई सोधे । हनुमान भन्नु हुन्छ कि यो हारभित्र भगवान् राम र सीता छ कि छैन ? ती अधिकारीहरु भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आप्mनो हृदय च्यातेर आत्मामा रामसीता देखाईदिनु भयो । त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइ दिएको कथा प्रसंगले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महत्व अझै बढेको प्रष्ट हुन्छ ।
महादेव र रावण ःविश्रवा र दैत्यको राजा सुमालीकी छोरी क।रैकेसीबाट जन्मेको हो । ऋषि विश्रवाका दुई पत्नि थिए । पहिलो वारावरिनी र कैकेसी । कुवेर धनको मालिक पहिलो पत्निबाट जन्मेका । कैकेसीवाट रावण, कुम्भकर्ण, सुपर्णखा र विभिषण जन्मेका । दैत्यको राजा सुमालीले आप्mनी छोरीको विवाह संसारको सवैभन्दा शक्तिशाली पुरुष संग गरिदिने प्रतिज्ञा ग¥यो । कैकेसीले संसारका राजाहरुलाई शक्तिशाली नभएकाले स्वीकार गरिनन् । कैकेसीले ऋषि मुनिहरु खोजीन् र अन्तमा विश्रवालाई रोजिन् । विश्रवाले पनि विवाह गर्न मञ्जुर गरे । रावण आदि दैत्य र आदि ब्राह्मण । उ जन्मदा दश टाउका भएर जन्मेकोले उसलाई दशटाउके अथवा दशानन् भनेर भनिन्थ्यो । कतै कतै उसको दश टाउका नभएर उ दश जना वरावरको वलियो भएको पनि भन्ने गरिन्छ ।
रावण रामायणको एक पात्र हुन । उनी लंका देशका राजा थिए । रावण सृष्टिकर्ता ब्रम्हाका नाति हुन् । उनी शिवका परम भक्त तर नारायणका विरोधी । १० विषय (४ वेद ६ शास्त्र) का विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो । वाल्मीकिले रामायणमा भन्नु भएको छ रावणमा जति पनि राक्षसत्व किन नहोस उनको गुणलाई पनि विर्सन सकिन्न । रावण एक अति बुद्धिमान ब्राह्मण तथा शंकर भगवानको ज्यादै ठूलो भक्त थिए । उनी महा तेजस्वी, प्रतापी, पराक्रमी, रुपवान र विद्वान थिए । वाल्मीकीले उनको गुणको निष्पक्षताका साथ स्वीकार गर्दै उनलाई चारै वेदको विश्वविख्यात ज्ञाता र महान विद्वान वताउँछन् । उनी लेख्छन् । रावणलाई देख्दा राम पनि मुग्ध हुन्छन् र भन्छन् कि रुप, सौन्दर्य, धैर्य, कान्ति तथा सर्वलक्षणयुक्त भएर पनि यदि रावणमा अधर्म बलवान नभएको भए यिनी देवलोकको पनि स्वामी वन्न सक्थे । रावण जहाँ दुष्ट थिए र पापी पनि, वहिँ उनमा शिष्टाचार र उच्च आदर्श वाला मर्यादा पनि थियो । रामको वियोगमा दुःखी सीतालाई रावणले भने । हे सीते यदि तिमी मेरो प्रति काम भोग राख्तिनौ भने म तिमीलाई छुंदा पनि छुन्न । शास्त्र अनुसार वन्ध्या, रजस्वला, अकामा आदि स्त्रीको स्पर्श गर्न निषेध गरिएको छ अतः आप्mनो प्रति अकामा सीताको स्पर्श नगरि रावण शास्त्रोचित मर्यादाको आचरण गर्दछन् । वाल्मीकि रामायण र रामचरितमानस दुवै ग्रन्थमा रावणको ज्यादै महत्व दिएको छ । राक्षसी माता र ऋषि पिताको सन्तान हुनाको कारण सदैव दुई परस्पर विरोधी तत्व रावणको अन्तःकरणलाई घुमाई रहन्छ । सत्ताको मदले रावण उच्छृंखल भएका थिए । ऋषिको, यक्ष र गन्धर्वको नाना प्रकारले दुुःख दिन थाले । एकपटक कुवेरलाई पराजित गरेर पुष्पक विमान आप्mनो अधिकारमा लिए । त्यो विमानमा चढेर उनी कैलाश पर्वत तिर जाँदै थिए । नन्दीले रोकेर भने यो पर्वतमा भगवान शंकर क्रीडा गरि रहनु भएको छ यसैले कसैलाई जान निषेध गरिएको छ । नन्दीको कुरा सुनेर रावण क्रुद्ध भएर भगवान शंकर तिर जान लागे । नन्दीले रोके । त्यतिवेला नन्दीको मुख वानर जस्तो थियो । यो देखेर रावण हाँसे । अनि नन्दी बोले दशानन तिमीले मेरो वानर जस्तो रुप देखेर अपहेलना ग¥यौ यसैले तिम्रो कूल नाश गर्नको लागि मेरै समान पराक्रमी रुप र तेज भएका वानरहरु उत्पन्न हुन्छन् । जुन पर्वतले मेरो विमानको यात्रामा बाधा डाल्यो आज म त्यो पहाडलाई उखेलेर फ्याकिदिन्छु । उचालेर प्mयाक्नलाई पर्वत उठाउने प्रयत्न गरे । जव पर्वत हल्लिन थाल्यो भगवान शंकरले बुढि औँलाले पर्वतलाई दवाई दिनु भयो । रावणको हात दव्न गयो । पिडाले कराउन थाले । भगवान शंकरको स्तुति गाउँदै क्षमा माग्न थाले । यसै दिन देखि दशाननको नाम रावण हुन गयो । भगवान शंकरले उनलाई क्षमा गर्दै एक चन्द्रहार नामक खड्ग पनि दिनु भयो । रावण शिव भक्त हुन । एक पटक शिवको प्रार्थना गर्दा शिवजी प्रसन्न भएर भन्नु भयो के माग्ने ईच्छा छ माग भन्दा रावणले दिने भए हजूरको प्राण प्यारी पार्वती मलाई दिनोस् भनेर मागे । भगवान शिवले ल लैजाउ भनेर पार्वतीलाई दिनु भयो । पार्वतीलाई लिएर रावण लंका जाँदै थिए । ब्रह्मा विष्णुले यो थाहा पाए । अनर्थ हुने डरले विष्णु भेष वदलेर रावण जाँदै गरेको वाटोमा गएर वसे । विष्णुले रावणलाई सोधे यो कसलाई लिएर आएको भन्दा रावणले भने । भगवान शिव खुसि भएर पार्वती मलाई दिनु भयो त्यही पार्वती लिएर जान लागेको । विष्णुले भने ए शिवले तिमीलाई नक्कली पार्वती दिएर पठाएछन् । सक्कली पार्वती त आप्mनो आसन
मुनि लुकाई राखेका छन् । रावणले यो कुरा पत्याएर पार्वतीलाई त्यही छोडेर शिव भएको ठाउंमा गए र मलाई सक्कलि पार्वती दिने भए आसन मुनिको पार्वतीलाई दिनुहोस् । शिवले सवै कुरा थाहा पाएर पिर्का मुनिवाट एउटा पार्वती खडा गरेर दिएर पठाए । यता विष्णुले सक्कली पार्वतीलाई कैलाश पु¥याई दिए ।
रावण दानव मात्र होइन देवता पनि ः भारत र श्रीलंकामा यस्ता ठाउंहरु पनि छन् जहाँ रावणको पूजा हुन्छ । आन्द्र प्रदेश ककिनाद भन्ने स्थानमा रावणले आफैंले वनाएको शिवलिङ्ग छ त्यहाँका माझी समुदायले दुवै शिवलिङ्ग र रावणको पूजा गर्छन । त्यस्तै राजस्थानका कान्यकुव्जका ब्राह्मणहरु दिनहुं रावणको पूजा गर्छन र नैवेद्य भोग चढाउंछन् ।
रावणले सूर्यलाई पनि नियन्त्रणमा राख्न सक्ने ः रावणले आप्mनो छोरा मेघनाद जन्मदा सवै ग्रहहरुलाई आप्mनो नियन्त्रणमा राखेको थियो ।
रावण डक्टर पनि हो ः रावण एउटा आयुर्वेदेक फिजिसियन र वैद्य शिरोमणि हो । उसले महत्वपूर्ण कितावहरु लेखेको छ । नाडि शास्त्र, अर्क शास्त्र, कुमारा तन्त्र । रावण सिन्धुरम औषधिको जन्मदाता हो । रावणको दश टाउका चार वेद र छ शास्त्रको प्रतिक हो । वाल्मीकी ले भनेका छन् । भगवान रामले रावणलाई मारे पनि मन्दोदरीले विलाप गर्दै भनेकि छिन् । अनेक यज्ञको विध्वंश गर्ने वाला, धर्म व्यवस्थाको तोड्ने वाला, देव असुर र मनुष्यको कन्याको जहाँ तहाँ हरण गर्ने वाला आज तिमी आप्mनै यी पाप कर्मको कारणले नै तिमी मरेका हौ । हुनुमानको दर्शन गरि पश्चिम पट्टी रहेको सत्यनारायणको दर्शन गरि वाहिर निस्कीयौं ।
सत्यनारायण मन्दिर ः पशुपतिनाथ मन्दिरको पश्चिम दायाँ तर्फ सत्यनारायणको मन्दिर छ । यो मन्दिर सिमेण्ट प्रयोग गरेर वनेको शिखर शैली मन्दिर हो । मन्दिरको भित्र भगवान सत्यनारायणको प्राचिन प्रस्तरको पूर्णकदको मूर्र्ति छ । शंख, चक्र, गदा र पद्य धारण गरेको नारायणको यो मूर्र्ति कलात्मक छ । सत्यनारायण हिन्दूहरुको एक कल्याणकारी आराध्य देवता हुन् । हिन्दूहरुको आप्mनो मनोकामना पूरा हुन सत्यनारायणको पूजा घर घरमा लगाउंछौं । सत्यनारायणको कथा सुन्दछौं । हामी मन्दिर भित्र गएर भगवानको दर्शन गरेर वाहिर आयौं । पशुपतिनाथको पश्चिम गजुर तिर फर्केर ठूलो स्वरले जयः शम्भाःे भन्दै हात जोरेर दर्शन गर्दा गल्तीले भएका त्रुटिहरु प्रति क्षमा माग्दै पशुपतिनाथ र गजुर समेतको दर्शन गरि वाहिर निस्कनु पर्दछ । सोहि अनुसार वाहिर निस्कीयौं ।
रुद्रगारेश्वर भगवान् ः पश्चिम मूल ढोकावाट वाहिर निस्के पछि दायाँपट्टी केही खुड्किला चढी कैलाश तिर लाग्ने । फेरि दायाँपट्टी पूर्व तिर । ठूलो फराकिलो ढुंगा विछ्याईएको ठाउँ । केही पैदलै हिडे पछि वीचमा वरिपरि ईटाले घेरेर वनाईएको लाख बत्ति बालेर राख्ने कुण्ड । कुण्डमा वत्ती बालेर पचि सकेका माटाका भिउँटहरु । वरिपरि वत्ती वलि रहेका माँटाका भिउँटहरु । भक्तालुहरु उखुको लठ्ठीले पालैपालो वत्ती चलाई रहेका । वालकहरु वलि सकेको वत्तीवाट सिक्का झिकिरहेका । कतै लाख वत्ती वालि सकेका । कतै भरखर वत्ती सल्काउन वत्तीका भिउँट बोकेर पशुपति नाथ मन्दिर तिर लागेका । कतै वत्ती सल्काएर फर्केकाहरु देखिन्थे । त्यो कुण्ड पार गरे पछि । पशुपतिनाथ मन्दिरको उत्तर तर्फको धर्मशाला नजिकै । वासुकी मन्दिरको माथि । लगभग १५–२० फिट गहिरो खाल्डो छ । १०–१२ खुट्किला ओर्लेर तल गए पछि जमिनमा ठूलो वृक्षको (पिपल हो या खरी) फेदमा रुद्रगारेश्वर भगवान् अगाडि वसाह र अन्य देवी देवताका मूर्र्तिहरुको दर्शन गर्न पाइयो । हिमवत् खण्डमा उल्लेख भएका चौसठ्ठी शिवलिङ्गहरु मध्ये पहिले कुशेश्वर महादेवको दर्शन गरि सुरु भएको यात्रा रुद्रगारेश्वर भगवान्को दर्शन पछि समाप्त हुन्छ । भूतेश्वर महादेव र शंकराचार्यको मन्दिर ः पश्चिम तर्फ २५–३० कदम पर पुगे पछि दायाँपट्टी भूतेश्वर महादेव र शंकराचार्यको मन्दिर छ । क्षेत्रपाल झंकेश्वरी ः त्यसपछि अलि पर बायाँ हुंदै क्षेत्रपाल झंकेश्वरीको दर्शन गर्नु पर्दछ । भस्मेश्वर महादेव ः आर्यघाट तर्फ नै दायाँपट्टी भस्मेश्वर महादेवको दर्शन गर्नु पर्दछ । यहां देखि पूर्वतर्फको चितामा सज्जन मानिसको लास जलाउंदा धूवां श्री भस्मेश्वर महादेवमा जाने हुनाले त्यस मृतकको आत्मशान्ति भई कैलाश वास हुन्छ । भस्मेश्वरलाई पहिले भद्रेश्वर भन्ने गरिन्थ्यो ।
ज्योतिशी ब्राह्मण ः भुवनेश्वरीवाट आर्यघाट तिर जाने बाटोको बायाँ लहरै पहेंलो धोती फेरेर, टोपि लगाएर आ–आप्mनो स्थान ओगटेर वसिरहेका ब्राह्मणहरु । आप्mनो अगाडि हस्त रेखा, ज्योतिश शास्त्रका कितावहरु अगाडि राखेका । कोही मानिसका हात हेरि रहेका । कोही चिना हेरेर वताई रहेका । कोही टिका लगाई दिएर वसेका आदि आदि ।
सानो पशुपतिनाथ ः
पशुपतिनाथ मन्दिर धोवीखोला र बागमती नदीको वीचमा रहेकोछ । धेरै पहिले काठमाण्डौका राजाहरु नित्य पशुपतिनाथको दर्शन गर्न आउथे
। धोविखोलामा पुल नहुंदा वर्षा याममा नदीमा भेल आउने भएकोले दर्शन गर्न नपाएकोले राजा महिन्द्र मल्लले काठमाण्डौंको मखन टोल, हनुमान ढोकाको नजिकै पशुपतिनाथ मन्दिरको निर्माण गरे । जसलाई महिन्द्रेश्वर महादेव, सानो पशुपति, मखन पशुपति भनिन्छ । सानो पशुपति मन्दिर निर्माणको एउटा वारेमा कहावत ः कान्तिपुरका मल्ल राजा सधैं पशुपतिनाथको दर्शन गर्न जान्थे । एकपटक काठमाडौं उपत्यकामा ठूलो पानी प¥यो । धोविखोलामा ठूलो वाढि आयो उनी मन्दिर जान सकेनन् । कहिले बाढि कम होला र दर्शन गर्न जाउँला भनि नदी किनारमै वसि रहे । धेरै लामो पर्खाईमा पनि बाढि नघटेकोले उनी त्यही निदाएछन् र सपना पनि देखेछन् । सपनामा पशुपतिनाथ आएर राजालाई भनेछन् तिमीले दरवार नजिकै मन्दिर वनाउ । सोही अनुसार राजाले पशुपतिनाथ मन्दिर निर्माण गर्न लगाएछन् ।
राजराजेश्वरी ः राजराजेश्वरीको मण्डप शैलीको एकतले मन्दिर छ । त्यसमा राजराजेश्वरीको व्राह्मी आदि आठ मातृकासहितका प्रतिमाहरु छन् । त्यो उग्रपीठ हो । त्यहां पनि तान्त्रिक विधिअनुसार नै पूजा आजा हुने गरेको छ । देवताहरुलाई स्पर्श गरेर सर्वसाधारणले आफै पूजन गर्न पाउदैनन् । त्यहीकै पुजारी कर्माचार्यहरु द्वारा समय मिलाएर पूजन गर्न सकिन्छ । यसपछि दक्षिण नदीको किनारै किनार जांदा यहां पहिले पूर्वजन्मको छायाँ देखिने इनार थियो । जहां राजाले आप्mनो छायाँ जनावरको देखेकोले उनीले उक्त इनार पुरी त्यसमाथि राजा शंकरदेवले विराटेश्वर शिवलिङ्ग स्थापना गरी घाटसमेत वनाइदिए ।
पशुपतिनाथ र वृद्ध वृद्धा ः
आर्यघाट जाने बाटोमा एकै नासका पाँच देवल छन् जसलाई पञ्चदेवल भनिन्छ । समाज कल्याण परिषदबाट सञ्चालन भएको वृद्धाश्रम यहाँ रहेको छ । २३० जना भन्दा बढि वृद्ध र वृद्धा यहाँ वस्छन् । बुढेसकालमा आफन्त कोही नभएकाहरु । छोरानातीहरुले कसैले तीर्थयात्रा गर्न लैजान्छु भनेर झुक्याएर यहाँ लेराएर राखिएका र कसैले औषधि मुलो गर्न जाउँ भनेर यहाँ ल्याई राखिदिएका । आफन्तबाट तिरस्कृत भएकाहरु । आप्mनो अन्तिम घडि विताउन यस बृद्धाश्रममा वसेका वृद्ध वृद्धाहरु । जस्को कोही नभएर यहाँ आएर वसेकाहरु त रमाई रहेका हुन्छन । जस्को परिवार हुँदा हुँदै पनि यहाँ आएर बस्नु परेकाहरु आप्mनो परिवारको विछोड हुँदा तड्पीरहेका छन् । अझ चाडपर्वमा त तिनीहरुको आँखा भिजीरहेको हुन्छ । आप्mनो परिवार सम्झेर । पशुपतिनाथ र सन्त महन्त ः पशुपतिनाथ मन्दिरमा प्राण त्याग गर्नाले अर्को जन्ममा मानिस कै जन्म हुने विश्वासले मानिसहरु आप्mनो अन्तिम समय पशुपतिनाथ मन्दिरमा नै विताउने इच्छा बोकेर यहाँ आउँछन् ।
बनकाली ः
गौशालाबाट पशुपति तिर जाँदा केही वेर हिडे पछि माथिल्लो बाटोबाट तल केही सिंढीहरु ओर्लेपछि वाँया र तल्लो बाटोवाट केही सिंढी उक्ले पछि बिचमा दाँया तिर कालीको मन्दिर आउंछ । मन्दिर भित्र कालीको उत्थीत मुद्रामा रहेको मानवाकृति भएको प्रतिमा छ । काली हिन्दू देवी पार्वतीको भयंकर रुप हो । बनको वीचमा यो मन्दिर रहेकोले बनकाली भनिएको हो । यिनको नाम चम्पकदेवी भन्ने पनि प्रसिद्धि छ । यिनको पूजा उपासना पनि तान्त्रिक विधिबाट गरिन्छ । यिनको दर्शन गरी श्री पशुपतिनाथ र अन्य देवीदेवताको दर्शन गरे पछि मात्र दर्शन पूरा हुन्छ । गौशालाको उत्तरतिरको यो पुरै जंगललाई बनकाली भनेर भनिन्छ् । बनको वीचमा भएकोले अक्सर मानिसहरु यहाँ दर्शन गर्न गएको देखिदैन ।
बनगणेश ः गौशालावाट तल्लो बाटो हुँदै पशुपतिनाथको मन्दिर तिर जाने बाटोको बिचमा सडकको बाँयातिर एउटा सानो कम्पाउण्डमा गणेशको मन्दिर छ । पहिला यहाँ जंगल थियो होला त्यही जंगलमा भएकोले यी गणेशलाई बनगणेश भनिएको हुनु पर्छ । नेपालमा हिन्दूहरुका मन्दिर जताततै हुने भएको । अझ एकै ठाउँमा एउटै देवताको फरक फरक मन्दिर ।
भण्डारखाल ः गौशाला चोकबाट उत्तर तर्फ जयबागेश्वरी तिर जाँदा बायाँ तर्फ धर्मशालाको पछाडि तिर भण्डारखालको जंगल कम्पाउण्ड छ । यस भण्डारखाल बगैंचाबाट दैनिक ७२ वटा राम्रा पूmलका माला पशुपतिनाथमा चढाउनु पर्ने परम्परा थियो ।
पिंगलास्थान ः पिंगलास्थान नामक श्री वज्रेश्वरीको मन्दिर छ । त्यस मन्दिरमा तीनवटा शिरोभाग मात्र रहेकोछ । महाकाली, महालक्ष्मी र महासरस्वतीका प्रतिमा । योग शास्त्रमा तीन प्रमुख नाडिमा ईडा, पिंगला र सुषुम्ना हुन् । ईडा ः ऋणात्मक ऊर्जा । ईडा द्वारा उत्पादित ऊर्जाको चन्द्रमाको सद्दृश्य मानिन्छ । अतः यसलाई चन्द्रनाडी पनि भनिन्छ । यसको प्रकृति शीतल, विश्रामदायक र चित्तको अंतर्मुखी गर्नेवाला मानिन्छ । यसको उद्गम मूलाधार चक्र मानिन्छ जो मेरुदण्डको सवैभन्दा तल रहन्छ । इडा वायाँ च्यानल हो । यो सेतो छ । यो स्त्रीलिङ्ग हो । यो चिसो छ । यसले चन्द्रमाको प्रतिनिधित्व
गर्छ । यो नदी गंगा संग सम्वन्ध राख्दछ । मुलाधारबाट शुरु भएर लयकतचष् िको माथि दायामा अन्त हुन्छ ।
पिंगला ः पिंगला, योग शास्त्र मुताविक तीन प्रमुख नाडि मध्ये एक हो । यसले शरीरमा प्राण शक्तिको वहन हुन्छ जसको फलस्वरुप शरीरमा ताप बढ्छ । यसले शरीरमा श्रम, तनाव र थकावट सहने क्षमता
प्रदान गर्दछ । यसले मानिसलाई बहिर्मुखी वनाउँछ । यो दायाँ च्यानल हो । पिंगला रातो हुन्छ । पुलिङ्ग हो । यो तातो हुन्छ । सूर्यको प्रतिनिधित्व गर्छ । यमुना नदी संग सम्वन्ध राख्दछ । मुलाधारबाट शुरु भएर ल्यकतचष् िको माथि दायाँमा अन्त हुन्छ ।
सुषुम्ना ः ती प्रमुख नाडि मध्ये सुषुम्ना पनि एक हो । यो वीचको च्यानल हो । यसले सरस्वती नदीको सम्वन्ध राख्दछ ।
विद्युत दाह संस्कार गृह ः पशुपति क्षेत्र विकास कोषले आर्यघाट भन्दा केही तल चक्रपथ नजिकैको पुल निर विद्युतवाट दाह संस्कार गर्ने भवन बनाएको छ । जहाँ शव जलाउने दुई मेशिन जडान गरिएको छ । हुनत यस्को विरोध पनि गरेका छन् । यो परम्परागत रिती रिवाज अनुसार भएन भनेर । पशुपति विकास कोषले २० वर्ष अघि सुूरु गर्न लागेको थियो । सुरु सुरुमा विरोध हुनु स्वभाविकै हो । यो मेशिन इण्डोमेन इन्जिनियरिंग सर्भिक, कलकत्तावाट खरिद गरेको हो । आर्यघाटमा दिनको ३० दाह संस्कार हुन्छ । एउटा दाह संस्कारको लागि लगभग ३०० किलो दाउरा आवश्यक पर्छ । यसमा अहिले २ वटा मेसिन जडिएको छ । एउटा शव दाह गर्न ४५ मिनेट लाग्छ जहां दाउराबाट ३ घण्टा लाग्थ्यो । खर्च रु १०,०००। लाग्थ्यो मेशिनवाट रु २५००। सरकारले राहत दियो भने अझ कम हुन सक्छ । यसवाट निस्केको धुवाँलाई व्यवस्था गरिएको छ । यसको प्रयोगबाट बागमती खरानी, आधि जलेका काठ, त्यहा फालेका लुगा आदिले फोहर भएको थियो भने अव स्वच्छ राख्न मद्दत पुग्दछ । यसरि दाहा संस्कार छिटो छरितो भएता पनि यस काममा पहिलै देखि लागेका ब्राह्मणहरुको रोजीरोटी भने वन्द हुने भएको छ । तिनीहरुलाई पनि त्यहा गर्नु पर्ने अन्य काममा लगाएमा राम्रो हुने थियो ।
सती ः
लोग्ने मर्दा स्वास्नी पनि लोग्ने संगै चितामा जिउँदै जलेर मर्नु पर्ने प्रथा लाई सतीप्रथा भनिन्छ । जिउंदो मानिसले शवसंगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउंदा सुनिने आवाजलाई मत्थर पार्न ठूलोठूलो स्वरमा बाजा बजाइन्थ्यो । उसले दिएको सराप लाग्ला भन्ने डरले तेल तताएर कानमा हालिदिने र वेहोस पारि जलाउने । आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे । वि.सं १७३७ मा चौतार चिकुटिका बाबु खोरतमको मृत्यु हुंदा सती पठाइएकी पत्नी चिताबाट भागिन भन्ने वर्णन पाइन्छ । चन्द्र शमशेरले आषाढ २५, १९७७ (जुलाई ८, १९२०) सतीप्रथा नेपालवाट औपचारिक रुपमा उल्मुलन गरेका थिए । वि.सं १७४४ मा काठमाण्डौंका राजा पार्थिवेन्द्र मल्ल विष प्रयोग द्वारा मारिदा उनी संग २४ स्त्री सती गए । यक्ष मल्लकी रानी कीर्तिलक्ष्मी पतिको मृत्युपछि सती नगई सतीव्रतमा रहिन् । प्राचिन कालदेखि कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे । पछि आप्mनो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन थाल्यो । सती पठाई दियो भने सम्पत्ति खान पाउने आशमा दाजु भाईहरुले वलजफ्ती सती पठाउन थाले । सती जाने स्वास्नीमानिसलाई सिंगारेर लोग्ने संगै जलाउने गर्दछन् । आर्यघाटको अघिल्तीर सतीलाई सिगार्ने र सतीलाई लेराउने छुट्टै ढोकाको व्यवस्था गरिएको थियो । अहिले उक्त प्रथा वन्द भएकोले त्यो ढोका तामाको पाताले वन्द गरिएकोछ ।
युनेस्को विश्व सम्पदा क्षेत्र ः संयुक्त राष्टÞÞ««संघ, युनेस्को द्वारा बहुमूल्य सम्पदाका रुपमा सुचिकृत विश्वका स्मारक र स्थानहरुलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ । युनेस्कोले कुनै पनि राष्टÞÞ««को विशेष सांस्कृतिक महत्व राख्ने – जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर ) धरोहरहरुलाई आप्mनो सूचिमा सूचीवद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वावधानमा गर्दछ । सम्पदाहरुलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गरिन्छ । सन् २०१३ सम्ममा १६० राष्ट्र«««का ९८१ क्षेत्रलाई विश्व सम्पदाका रुपमा सूचीकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रीत रहेका छन् । प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पत्ति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ । पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ ।
नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरु ः युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाण्डौं उपत्यकाभित्रका सात स्मारक क्षेत्र –
तीनवटा ऐतिहासिक दरवार, दुईवटा वौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्विनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्टिÞÞ««य निकुञ्ज रहेका छन् । उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । १) काठमाण्डौं दरवार क्षेत्र (तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी वैठक, काष्ठमण्डप लगायत) २) पाटन दरवार क्षेत्र ( मूलचोक, सूनदरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर लगायत ) ३) भक्तपुर दरवार क्षेत्र ( सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारी मठ, भूपतेन्दै मल्लको सालिक आदि । ४) पशुपतिनाथको मन्दिर ५) स्वयम्भूनाथ ६) बौद्धनाथ ७) चांगुनारायण मन्दिर ८) लुम्बिनी ९) चितवन राष्टिÞÞ««य निकुञ्ज र १०) सगरमाथा राष्टिÞÞ««य निकुञ्ज । नेपालले सन १९९६ र त्यसपछिका वर्षमा गरी अहिले सम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्को समक्ष आग्रह गरेको छ तर निर्णय हुन वांकि छ । सन १९९६ मा आग्रह गरेको (१) पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र (२) प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिलौराकोट (३) मुस्ताश्ङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला (४) गोरखास्थित मध्यकालीन दरवार क्षेत्र (५) रामग्राम ( ६) खोकना त्यसपछि सन २००८ मा आग्रह गरेको (७) लोमान्थाङ (८) वज्रयोगिनी र सांखुका प्रारम्भिक बस्ती (९) कीर्तिपुरको मध्यकालीन वस्ती (१०) रुरु क्षेत्रको ऋषिकेश हाता (११) नुवाकोट दरवार क्षेत्र (१२) रामजानकी मन्दिर (१३) तानसेनको मध्यकालीन नगर (१४) सिंजा उपत्यका (१५) दैलेखको भुर्ती मन्दिर क्षेत्र ।
पशुपतिनाथ र बोलवम ः मानिसहरु पहेँलो वस्त्र घारण गरेर श्रावण महिनाको सोमवार सुन्दरीजलवाट घडामा पानी लिएर । बोलवम भन्दै । पैदलै खाली खुट्टा हिडेर १५ कि.मि. लामो यात्रा गरेर पशुपतिनाथ मन्दिरमा आएर शिवलिङ्गमा पानी चढाउँछन् ।
पशुपतिनाथ र व्यापार व्यवसाय ः पशुपति बजार एक धार्मिक वजार हो । वजार क्षेत्रमा मासु तथा मदिराको विक्री निषेधित छ । पशुपतिनाथ मन्दिर वरिपरि साना साना धेरै पसलहरु छन् । जहाँ थोरै थोरै लगानि मा धार्मिक पुस्तक, पशुपतिनाथका फोटोहरु, शिवलिङ्ग, शंख, मुगा, मोती, बहुमूल्य पत्थर, श्रृंगार, सजावट तथा उपहारका सामान, देवताका पटहरु, रुद्राक्षका मालाहरु, शालीग्राम पूmल, प्रसाद वेच विखन गरेर धेरै मानिसहरुले आप्mनो परिवारको जीविकोपार्जन गरि रहेका छन् भने पशुपतिनाथ दर्शनमा आउनेहरुलाई यहाँको चिनो स्वरुप लिएर जान पनि सजिलो पारि दिएका छन् । महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि आउने भारतका दर्शनार्थीले आप्mनो देशवाट सामान लिएर आउँछन् त्यो सामान वेचेर यहाँका सामान लिएर जान्छन् । दर्शन पनि गर्ने व्यापार पनि गर्ने । एक पन्थ दो काज । पशुपतिको यात्रा सिद्राको व्यापार भने झै दोहोरो काम पनि गर्दै आएका छन् ।
पशुपतिनाथ र गौशाला ः
पशुपतिनाथ मन्दिरमा नित्य स्नान गराउन आवश्यक पर्ने दुध, दही र ध्युको लागि गौशालामा गाईहरु पालेका छन् । यही गाई पालिएको ठाउँ भएकोले नै यस ठाउँको नाम गौशाला हुन गएको हो ।
पशुपतिनाथ र क्रियापुत्री ः धेरै टाढा टाढाबाट मरेका मानिसहरुको पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिन्छ । दाह संस्कार पछि पनि हिन्दू परम्परा अनुसार १३ दिन सम्म गरिने कर्महरुलाई छुट्टै ठाउँको आवश्यक पर्छ । विभिन्न सामानहरु जुटाउनु पर्छ । जुन सामान जही तही नपाउन सकिन्छ । त्यस्ता सामानहरु यहाँ पाईन्छ । यो भाडामा वसेका र सामान्य मानिसहरुका लागि त ज्यादै सुविधायुक्त छँदैछ । यही घर भएका धनि मानिसहरु पनि यस्ता कार्य गर्न पशुपतिनाथ परिसरमा दाताहरुले बनाई दिएका अत्याधुनिक सुविधा सम्पन्न क्रियापुत्री भवनहरुमा नै आपूmले गर्नु पर्ने कर्म सकाएर जाने गर्छन । के धनि के गरिव सवैैले आप्mनो परम्परा अनुसार यस्ता कार्यहरु गर्दै आई रहेका छन् । पशुपतिनाथ एवं वाग्मतीगंगा आरति सेवा समिति नेपाल ः प्राणि मात्रका आराध्यदेव भगवान श्री पशुपतिनाथका सानिध्यमा कलकल वगीरहेकी वाग्मती गंगाको तटमा विश्व शान्ति, पर्यावरण शुद्धि, मानव कल्याण तथा साँस्कृतिक संरक्षण सम्वर्धनमा टेवा पु¥याउने उद्देश्यले ‘श्री पशुपतिनाथ एव वाग्मतीगंगा आरति सेवा समिति नेपाल’ २०६४।०४।०७ दर्ता भई पशुपति क्षेत्र विकास कोषवाट स्वीकृति लिई २०६४।०४।२१ गते सोमवारका दिन वागमती तटमा उल्लासमय वातावरणमा शुरु भएको आरति हरेक सन्ध्याकालीन समयमा हाल सम्म सोही स्थानमा करिव १ घण्टाको प्रत्यक्ष सांगीतिक आरति कार्य निरन्तर चलिरहेको छ । पशुपतिनाथ एवं वाग्मतीगंगाको महिमालाई सांगीतिक मन्त्र गायनले आध्यात्मिक भाव जगाई आत्मिय आनन्दको अनुभूति गराउने गर्दछ ।
पशुपति क्षेत्र विकास कोष ः आप्mना अनेकौं विशेषताहरुले सम्पूर्ण हिन्दूजगतलाई स्वधर्मनिष्ठा सद्धभावना तथा आत्मीयता र विश्ववन्धुत्वको प्रेरणा प्रदान गर्दै दिव्यताको प्रतीकका रुपमा अवस्थित पावन पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा पशुपति क्षेत्र विकास कोष स्थापना भै आप्mनो कर्तव्यपथमा क्रियाशील रहेको छ ।
जय जय जय पशुपतीनाथ ।।।

No comments:
Post a Comment