GC

यहाँहरुको प्रत्येक पल लाभदायी रहोस् -हार्दिक शुभेच्छा @educationbhuwan.blogspot.com

भन्नैपर्ने कुरा

भन्नैपर्ने कुरा



 आफ्ना पूर्खाहरू को हुन्, कहांवाट कसरी आए र आपूm अहिलेको स्थितिमा कसरी आइ पुगियो भन्ने कुराको कौतुहल मानिसमा जाग्नु स्वाभाविकै हो । यही कौतूहल र उत्सुकताले नै गर्दा म यस काममा लाग्नपुगें । आपूmभन्दा वूढापाका व्यक्तिहरूसंग वुझ्दा यस सम्वन्धी कुनै कुरा फेला पार्न सकिन । कुनै कुरा खोज्दा नपाइनु विभ्mदो कुरा हो । चासो र रउस, खुल्दुली र रहर, कौतूहल र उत्सुकताले मलाई यस काममा संलग्नभई खोजिनिती गर्ने हौसला वढायो । वूढापाकाहरूसंगको छलफल र विभिन्न पुस्तकहरूको अध्ययनवाट वंशावली पूरा गरेपछि पृथ्वीको उत्पत्ति, मनुष्यको उत्पत्ति, जातीय विभाजन, थर, गोत्र, प्रवर आदि के हो कसरी आयो ÷ भयो भन्ने जिज्ञासा वढ्न गयो । त्यही जिज्ञासाको संगालो नै यो पुस्तक हो ।  यस पुस्तकवाट आपूmजस्तै कौतुहलमा रहेका व्यक्तिहरूलाई उनीहरूको जिज्ञासा केही मात्रामा भएपनि पूरा  भए ÷ गरेमा म आप्mनो परिश्रम सफल भएको ठान्दछु ।  मलाई यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग गर्नुहुने संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका शिक्षक श्रीराम सापकोटाज्यू, पण्डित श्री रोम प्रसाद आचार्यज्यू, श्री चिरन्जीवी आचार्यज्यू, जेष्ठपिता श्री नित्यराज आचार्यज्यू , पूज्य पिता श्री रामचन्द्र आचार्य र पूज्य माता श्रीमती भवानी आचार्यप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।  श्रीमती शान्ता आचार्य, छोरा श्री प्रविण आचार्य,  छोरी प्रजीना आचार्यको सहयोग विना यो पुस्तक तयार हुन सम्भव थिएन । यसकालागि र्हािदक धन्यवाद दिन चाहन्छु ।  यसमा कुनै त्रुटि नहोला भन्न सकिन्न । पाठकवर्गले यसमा देखा परेका भूल र त्रुटिहरू कोट््याई रचनात्मक सुझावदिनु भएमा त्यसको सहर्ष म स्वीकार गर्दछु ।

२०४४ माघ १ गते

वानेश्वर, वत्तीसपुतली      – माधव आचार्य काठमाण्डौं ।






फेरि थप केही भनौ कि  ? ?


थोरैमात्रामा प्रकाशित यस पुस्तकको समाप्तिसंगै जिज्ञासु मित्र एवं शुभेच्छुकका आग्रहलाई शिरोधार्यगर्दैे औल्याइएका त्रुटिहरु हटाई परिमार्जित संस्करण लिई पुनः यहांहरू माझ उपस्थित भएको छु । 

अनुसन्धान र खोजको विषय जहिले पनि अपूर्ण र अधूरो नै हुने भएकाले थपघट गर्नु पर्ने विषयमा सहयोगको अपेक्षा सहित नामहरू थाहा नपाएका वंशजहरूको कोठा खाली छोडी यहाँंहरुको सहयोगमा पुनः ती खाली कोठा भर्न जमर्को गर्ने विश्वास समेत म यहाँ दिलाउंन चाहन्छु । 
प्रस्तुत पुस्तक पुनः तयार पार्ने क्रममा आफ्नो अमूल्य सुझाव, सहयोग र प्रोत्साहन प्रदानगर्नु हुने संसद् सचिवालयका सहसचिव श्री मुकुन्द शर्माज्यूमा आभार प्रकट गर्दछु ।  त्यस्तै, वंश, परंपरा र कुलको पहिचान नै आफ्नो पहिचान हो भनी मलाई झक्झकाउने, लेखन कार्यमा संलग्न रहंदा विना कुनै हिचकिच्याहट् समय– समयमा चिया सहित वाक्य– संयोजन र सामग्री–संकलन लगायत्का कतिपय कुरामा संग्लन रहने श्रीमती शान्ता आचार्य, छोरा प्रविण आचार्य,  छोरी प्रजीना रिसाल (आचार्य)   र ज्वाई श्री सरोजमणि रिसालज्यू को दोस्रो संस्करण प्रकाशनको उच्च चाहनाको परिणाम नै यो पुस्तक यहांहरू माझ आइ पुगेको हो, तसर्थ सवैमा यथायोग्य धन्यवाद  छ । 
















कुनै पनि कृतिलाई जवसम्म पाठकसमक्ष पु(याइदैन र त्यसै थन्क्याएर राखिन्छ भने त्यसको कुनै औचित्य रहंदैन भन्ने प्रेरणावक्सी त्यसै थन्कीएर रहेको यस कृतिलाई पुनः प्रकाशितगर्न प्रेरणा दिने आदरणीय सम्धीज्यूहरू वरिष्ठ साहित्यकार तथा प्राध्यापक श्री राममणि रिसालज्यू तथा न्यायाधीश श्री लक्ष्मणमणि रिसालज्यूमा विशेष आभार व्यक्त गर्न चाहन्छु ।

अन्तमा ‘आचार्य’ बंशावलिको फैलावट निकै ठूलो भएको हुंदा यहाँ केबल ललितपुर जिल्लाको ग्वालिन्दहमा आइ वसोवास गर्ने नारायणानन्दका जेठा छोराका बंशलाई मात्र समेट्न परेकोमा म क्षमायाचना गर्दछु । 

२०६४ साल माघ १ गते  ।

वानेश्वर, वत्तीसपुतली             माधव आचार्य काठमाण्डौं ।

फोन नंवर ४(४८८८०१

 

No comments:

Post a Comment

सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस   -भावना परिष्कृत सुनुवार विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी   सम्मान तथा सशक्तिकरणहे...

Most viewed