२०६८ साल माघ २४ गते मंगलबार स्वस्थानीपूर्णिमा - २०१२ फेब्रुअरी ७ (पहिलो दिन)
हाम्रो यात्रा ‘द्वारका’कालागि माघ २५ गतेबाट शुरु हुनुपर्ने । उक्त दिन पूर्णिमा पछिको परेवातिथि । लामो यात्राकोलागि हिंड्न अनुकूूल नहुने । अघिल्लोदिन माघ २४ गते घरबाट शुभ–साईत्मा निस्कनु पर्ने । सबै जना निस्कन सम्भब नभएका कारण गू्रपमा एक जना भए पनि शुभ– साईत्मा निस्कÞँदा राम्रो हुने हुÞँदा युवराज सुवेदीज्यू शुभ–साइत्मा घरबाट निस्कनुभयो । साझ ६ बजे कलंकी चोकबाट अलि पर पेट्र«««ोलपम्प अगाडि भेला हुनुपर्ने । काठमाण्डौंका सडक सधैं जाम, हडताल । समय भन्दा अगाडि नै पुग्नु राम्रो । बा–आमालाई फोनबाट हामी हिड्न लागेकोभन्दै घरमा भएका छोरा, बुहारी, छोरी, ज्वाई र नातिनीसंग बिदा भयौं । भाईबुहारी÷देवरानी सबिना पनि बिहानदेखि हामीसंगै कुलेश्वर जाने भनेर बसिरहेकी थिइन् । उनीलाई कुलेश्वरमा छोडी हामी ५ बजे कलंकी पुग्यौं । तीर्थयात्रामा जानेहरूमध्ये हामीले चिनेको सत्यबती ढुंगाना, सुमित्रा पौड्याल र शर्मिला गौतम । अन्यलाई चिनेका थिएनौं । लगभग ५.३० बजेतिर सुमित्रा पौड्याल, शर्मिला गौतम र इन्दु रेग्मीज्यू आईपुग्नु भयो । हाम्रो बस संगै रहेछ । हामीले अन्य साथीहरूलाई चिनेका थिएनौं । भाउज्यू सत्यबती ढुंगाना नआउन्जेल हामी त्यही सडक पेटीमा नै बसिरहेका थियौं । मोबाईलमा सम्पर्क भैरहेको थियो । ६ बजे बल्ल आईपुगे पछि थाहा भयो जावलाखेलबाट समयमंै हिडेको । बीच बाटोमा उहांको गाडीलाई ट्रकले ठक्कर दिएर गाडी कच्याक् कुचुक् पारिदिएछ । त्यसैले, ढीला भएछ । धन्य ! मानिसलाई केही भएनछ । बस हामीहरूलाई कुरिरहेको रहेछ । उहां आएपछि हामी बसमा चढ्यौंं । सांझ ६ बजे कलंकी चोकबाट ।
यात्रामा हामी २१ जना सहभागी थियौंं । जसमा जावलाखेल, कुसुन्तीबाट सत्यबती ढुङ्गाना, सुमित्रा पौडेल र इन्दु रेग्मी । दूधपोखरी, मच्छेगाउÞँबाट कालु लामा, लक्ष्मी लामा, शिब बिष्ट, इरपति बिष्ट, नरहरि बस्नेत, सानुमाया बस्नेत र विष्णु खत्री । ललितपुर, टीकाथलीबाट युवराज सुबेदी र मायादेबी सुबेदी । काठमाण्डौं, कालिकास्थानबाट केदार खड्का । काठमाण्डौं, काÞँडाघारीबाट विष्णुकुमारी पौडेल । ललितपुर ग्वार्कोबाट लक्ष्मी नेपाल । काठमाण्डौं, कपनबाट गंगा प्रसाद सुबेदी र ललिता सुबेदी । काठमाण्डौं, नयां बानेश्वरबाट शर्मिला गौतम । काठमाण्डौं, तिलगङ्गाबाट मैंयाÞँ श्रेष्ठ र काठमाण्डौं, पुरानो बानेश्वर, बत्तीसपुतलीबाट हामी माधव आचार्य र शान्ता आचार्य ।
२१ जना तीर्थयात्रीकारूपमा ६ बजे कलंकीबाट तीर्थयात्राकालागि प्रस्थान भयौं । नागढुङ्गाबाट केही दिनका लागि काठमाण्डौं उपत्यकालाई छोड्दै अघि बढ्यौं । नौबीसेबाट तल झरे पछि
द्द
युवराज सुबेदीजीले आप्mना गू्रपका यात्रुहरूलाई सगुनस्वरूप सुन्तला बांड्नु भयो । कानमा गुन्जीरहेको थियो बसमा बजाईएका लोकदोहरी । आँँखाले बसको भ्mयालबाट डाँँडा–डाँँडाका घरमा बलेका पिल पिल बत्ती अनि अन्धकार । बीच–बीचमा मलेखु, मुग्लीन् जस्ता बजारहरूमा झलमल्ल उज्यालो, होइन भने उस्तै । यस्त–यस्तैगरि बस रोकियो चितवनको रामनगरमा । आज किन हो पानी परिराखेको छ । नौबीसे देखिनै परेको पानी रामनगरमा पनि झमझम परिरहेकै छ । खाना खानेहरूकालागि केही बेर रोकियो बस । कसैले खाना खाए । कसैले आफैंले लगेका खानेकुराहरू झिकेर खान थाले । १५–२० मिनेटको रोकाइ पछि बस गुड्न थाल्यो । पानी परिरहेकै थियो ।
२०६८ साल माघ २५ गते बुघबार ÷ २०१२ फेब्रुअरी ८ (दोस्रो दिन)
रामनगरमा खाना खाई गाडी भरतपुर हुंदै नवलपरासीतिर लाग्यो । अब त चांडै भैरहवा पुगिन्छ भन्ने लागेको थियो । नवलपरासीको दाउन्नेमा । दायां बायां जंगल । छेउमा सानो चिया पसल, पछाडि केही टहराहरू । गाडी रोकियो । त्यस बेला रातको १ बजेको थियो । सडकमा हेरेको अरु पनि धेरै गाडीहरू रोकिएको देखियो । अहिले एउटा गाडीमा पालैपालो चालक फेर्ने नगरिएको । लामो समयसम्म एउटै चालकले गाडी चलाउंदा ऊ थाक्ने, निदाउनसक्ने, निदाएमा ठूलो दुर्घटना हुन सक्ने भएकोले चालकलाई रिफ्रेश गराउन यो व्यवस्था गरिएको रहेछ । सोही अनुसार हाम्रो गाडीको चालक पनि ३ बजे सम्म आराम गर्ने भएकोले गाडी २ घण्टाका लागि अघि नबढ्ने सूचना चालकका सहायकबाट पायौं । पानी झमझम परिरहेकै छ । कति गाडीमा नै बसिरहनु । तल ओर्लियौं र चिया खायौं । फेरि बसमा उक्लिीयौं । कोही गाडीमा नै सुतिरहेका थिए । दांया–बांया सुनसान जंगल । केवल सडकमा रोकीराखेका वसहरू । बसमा निद्रा लाग्नेहरूकालागि त २ धण्टा बिताउन केही फरक परेन तर बसमा यात्रा गर्दा निद्रा नलाग्ने जस्तालाई २ घण्टा बिताउन धेरै गाहृो भयो ।
रातको ३ बजे पछि आरामगरि चालक आए, गाडी गुड्न थाल्यो । बुटवल हुंदै बिहान ६ बजे भैरहवा बसपार्कमा पुगियो । बस्नकोलागि गेष्ट हाउसको व्यवस्थागरि सबै सामान राखियो । पानी झमझम परिराखेकोनै थियो । चिसो–चिसो हावा चलेको । भैरहवाको ठाउँ अचम्मको । चिसो हावामा पनि लामखुट्टेले चाहिं नछोड्ने ।
यात्राकालागि एक दिन अगाडिनै हिड्नु परेको । सो दिन भैरहवामा बस्नु परेको फाइदा उठाउन हामीले ‘लुम्बिनी’ घुम्न जाने बिचार गरेका थियौं । बिहानको खाना खायौं । आकाश कालो र नीलो भएर झमझम पानी परिरहेको । कहिले उज्यालो हुने कहिले अँँध्यारो । गेष्टहाउसमा अघिल्लो दिनको बसको यात्राले थाकी कोही सुतिरहेका । कोही मनोरन्जन गरिरहेका । पछि फर्कदा मिल्छ मिल्दैन । अहिले भैरहवामा पूरै दिन बसेर पनि ‘लुम्बिनी’ जान नपाइने हो कि
घ
भन्ने निराशलाग्नु स्वाभाबिकै हो । पानी केही मत्थर भई घाम लागेर आयो । ‘लुम्बिनी’ जान सबैजनालाई अनुरोध गरियो । कोही गइसकेका नजाने भन्ने । कोही पोहर गएको भन्ने । कोही केही भन्ने कोही केही । आखिर ७ जना मात्र जाने निधोगरि गाडी रिजर्भ गरियो । ७ जनामा सत्यवती ढुङ्गाना, विष्णु खत्री, केदार खड्का, इरपति विष्ट, लक्ष्मी नेपाल, माधव आचार्य र शान्ता आचार्य ।
समय दिनको ३ बजेको थियो । समय कम घुम्नुपर्ने ठाउँँ धेरै । हिंडेर घुम्न समयले नभ्याउने । गाडीबाटै घुम्नेगरि लुम्बिनीतिर लाग्यौं । लुम्बिनी भैरहवा बसपार्कबाट २२ कि.मि उत्तर जानुपर्ने । लुम्बिनीतिर लागे पछि पानी पर्न शुरु भयो । आधा बाटो पर पुगे पछि मुसल्धारे पानी परेर बाटो अन्धकार भई गाडीमा बत्ती बाल्नु पर्ने भयो । अगाडि पूरा आकाश कालो–नीलो । गाडी भित्र पानी पानी । गाडी तालमा पसेझैं हुन गयो । सबैको मनमा बेकारमा आएछौं, जस्तो नलागेको पनि होइन । हामी १ र २ नं को ढोका छोडी ३ नं को ढोकाबाट भित्र प्रवेश ग¥यौं । पानी मुसलधारे परिरहेकै छ । गाडीबाटै हेर्ने विचारले जर्मन सरकारबाट निर्माण गरेको बौद्धमन्दिरको गेटमा गाडीबाट ओेर्लन नसकी गाडीमा नै बसिरहेका थियौं । अचम्म ! हेर्दा हेर्दा पानी पर्न छाड्यो । घाम लाग्यो । गाडीबाट ओर्लियौं । सबै जना खुशी भयौं । मन्दिरमा कुदिएका कलाहरू एक एकगरिहे¥यौं । क्यामरामा कैद ग¥यौं । बीचमा मन्दिर र वरिपरि सुन्दर बगैंचा । बगैंचामा बुद्धका जीवनसंग सम्बन्धित विभिन्न कलात्मक मूर्तिहरू । मनै लोभ्याउनेगरि राखिएको । त्यसको अगाडि नेपाल सरकारले बनाएको बौद्ध मन्दिर । भर्खर बन्दै गरेको । भगवान् गौतम बुद्धको ठूलो मूर्ति बीचमा राखिएको । त्यसपछि हामी मायादेबी मन्दिर, अशोकस्तम्भ, विश्वशान्तिद्वीप हेर्नतिर लाग्यौं । हामीले रिजर्भ गरेको गाडी चालक गोरे भाई अति रमाइला रहेछन् । पानीले निथु्रक्कभिज्दा पनि हाम्रालागि उनले गरेको सहयोग सदा सम्झना भइरहने खालको ।
क्षेत्रफल ठूलो मायादेवी मन्दिर, अशोकस्तम्भ, विश्वशान्तिद्वीप कसैले कता, कसैले कता भन्दाभन्दै गाडीमा २–३ पटक ओहर दोहर गरियो । गोरे भाई त्यहीको बासिन्दा भए पनि भित्र कहिल्यै गएका रहेनछन् । प्रत्येक दिन मानिसहरूलाई ‘लुम्बिनी’ घुमाउन लेराउने । ढोकामा यात्रुहरूलाई छोडेर आपूm
द्ध
बाहिर कुरेर बस्ने । उनलाई महसुस भएछ र भने आज मैले सबै ठाउँ घुमेको भए यति दुःख पाउनु पर्ने त थिएन । यसैले उनी आज हामी संगै सबै मन्दिर, गुम्बा घुमे । हामी १ नं को ढोकाबाट भित्र पस्यौं । विश्व शान्तिद्वीप, मायादेबी मन्दिर भित्र पुरानो भग्नावशेषमा ‘सिद्धार्थ गौतम’ जन्ंिमदा हिडेको ७ पाइला सुरक्षित राखिएको ठाउँ । ‘अशोकस्तम्भ’ आदि सबै मन्दिर दर्शन ग¥यौं ।
बिभिन्न देशहरूले छुट्टा छुट्ट्रै स्थान ओगटेर बौद्धस्तूप बनाउने क्रममा कसैले निर्माण पूरा गरि सकेका । कसैको निर्माण कार्य अन्तिमचरणमा । कसैको काम प्रारम्भिक चरणमा छन् भने कसैले जमिन लिदैछन् । अहिलेसम्ममा निर्माण कार्य पूरा भैसकेका स्तूपहरूमा जर्मनी सरकारबाट निर्माण गरेको स्तूप अतिउत्तम, सुन्दर र मनमोहक देखिन्छ ।
यसरी, ‘द्वारका’ तीर्थयात्राका क्रममा पहिला आप्mनै देशमा रहेको विश्वका बौद्ध धर्माबलम्बीहरूको प्रमुख तीर्थस्थल लुम्बिनीको त्यो लोभ लाग्दो दृश्यावलोकन बाट सुरु गर्न पाइएकोमा÷अझ विदेशको तीर्थयात्रामा स्वदेशबाट सुरु गर्न पाउंदा ज्यादै सन्तुष्ट हुंदै भैरहवातिर लाग्यौं । लुम्बिनी तिर लाग्दा त्यस्तो डरलाग्दो मौसम फर्कदाको त्यो मौसम । बेलुका ७ बजे भैरहवा पुगियो । गोरे भाईलाई लुम्बिनीको भ्रमण राम्रो संग गराए बापत् धन्यबाद दिदै हामी गेष्टहाउस
पुग्यौं । नास्ता गरि सुत्यौं ।
२०६८ साल माघ २६ गते बिहीबार ÷ २०१२ फेब्रुअरी ९ (तेस्रो दिन)
आज हामी गोरखपुर रेलकोलागि पुग्नु पर्ने । सबेरै उठी नुहाइ–धुवाई । चिया खायौं । गेष्टहाउसका व्यक्तिले हामीलाई पुछताछ गर्नु भयो । तपाईहरू कहां जाने ? हामीहरू आज गोरखपुर जान लागेको भन्दा उनले भने । त्यसो भए म सुनौलीबाट बस मगाईदिन्छु । ठीकैछ भनी बस मगाईदिन अनुरोध ग¥यौं । उनले फोन गरे र भने चुनावको कारणले गर्दा गाडी आउंदैन । तपाईहरू चांडै सुनौली गइहाल्नुस् । चुनावको कारण बोर्डरमा गाडी नपठाउन पनि सक्छ । तब हामीहरू हतार हतारगरि भैरहवा बस पार्कबाट जिपमा १५ मिनेट पछि बोर्डर पुग्यौं । बोर्डर पार गरि सुनौली बस स्टप सम्म पुग्न रिक्साको प्रयोग गरियो । ‘सुनौली’ बसपार्कबाट गोरखपुरतिर लागियो । ९० कि.मि को यात्रा पार गर्नुपर्ने रहेछ । बाटामा देखियो ठूला ठूला समथर फाँँट बाटोको दायां–बायां गहुंको खेती । गहुंकोबीचमा पहेंलो पूmलेको तोरी । फाँँँटका बीच–बीचमा ठूला ठूला रुखहरू लाग्छ ती आँँँपका रूख । जता हे¥या,े त्यतै हरियो मैदान । यही हरियालीलाई हेर्दै हामी गोरखपुरतिर लाग्यौं ।
छ
गोरखपुर पुग्ने बेलामा उत्तर–प्रदेशमा चुनावी प्रचार–प्रसार भैरहेको रहेछ । गोरखपुर मन्दिर पुगेपछि मुख्य बाटो बन्द भै बस अर्कैबाटो भएर गोरखपुर रेल्वे स्टेशन दिउसो १.१५ बजे पुगियो । सुनौलीसम्म त नेपाली सिम कार्डले काम गरेको थियो । आप्mनो घर, परिवार, इष्टमित्र संग संपर्क भैराखेको थियो । अब नेपाली सिम् कार्डले काम गर्न छोड्यो । मोबाईलमा नेपाली सिम कार्ड झिकेर भारतीय सिमकार्ड राख्यौं ।
हामी त्यस दिन रातको १०.३० बजे गोरखपुरबाट इलाहाबाद जानु पर्ने थियो । त्यसैल,े गोरखपुर रेल्वे स्टेशनमा सामानराखी पालैपालो खाना खान बाहिर निस्कियौं । गोरखपुरबाट इलाहाबाद ३५६ कि.मिको दूरी पार गर्नु पर्ने रहेछ । गोरखपुर – इलाहाबाद दुई जनाको त्ष्अपभत ऋजबचनभ क्ष्च्क। घद्धण्र( क्ष्च्ऋत्ऋ क्भचखष्अभ ऋजबचनभ क्ष्च्क। ज्ञण्र( न्क्ब्क् ऋजबचनभ क्ष्च्क।छण्र( गरेर जम्मा क्ष्च्क। द्धण्ण्र( च्क। टद्धण्र( लाग्दोरहेछ ।
हामी रेलवे स्टेशन वरिपरि घुम्यांै । स्टेशनमा नै बसिरह्यौं । १०.३० मा छुट्नु पर्ने रेल ११ बजे मात्र आयो । हाम्रो रेल प्लेट फर्म ९ मा लाग्ने जानकारी गराएको थियो । पछि प्लेट फर्म १० मा लाग्ने सूचना प्राप्त भयो । हाम्रो रेल नंबर १५००४ । रेलको नाम चौरी चौरा एक्स्प्रेस थियो । राती ११ बजे हामी रेलबाट इलाहाबाद तर्फ लाग्यौं ।
२०६८ साल माघ २७ गते शुक्रबार ÷ २०१२ फेब्रुअरी १० (चौथो दिन)
गोरखपुर – इलाहाबाद भएर हामी इलाहाबादको प्रयागमा जानु पर्ने । हामी ओर्लने रेल्वे स्टेशन इलाहाबाद भएता पनि एक स्टेशन अगाडिनै ओर्लने विचारले ठीकठाक भएर बसेका थियौं । जब पुल पार गर्ने क्रममा रेलबाट नदीका किनारामा भर्खरै सिद्धिएको कुम्भ मेलाकालागि राखिएका साना साना पालहरू देखेपछि हामीलाई थाहा भयो कि हामी ओर्लने ठाउँँँ यही रहेछ । हामी रामगढ रेल्वेस्टेशन इलाहाबाद सिटीमा उत्रियौं । त्यतिबेला बिहानको ९ बजेको थियो ।
स्टेशनबाट ३–४ मिनेट ओर्लेर तल आएपछि टेम्पोचालकहरू हामीलाई घेर्न आए । कुरैकुराको सिलसिलामा उनीहरूले हामीलाई राम्रो गेष्ट हाउस देखाइदिने । गेष्ट हाउसमा सबै सामान राखी स्नानकालागि प्रयाग जाने सल्लाह अनुसार हामी गेष्ट हाउस हेर्न गयौं । २–३ वटा गेष्ट हाउस हेर्दा त्यति चित्त बुझेन । अब गेष्ट हाउस खोजेर समय बरबाद गर्नु भन्दा पहिला प्रयागमा स्नान गर्ने । नास्ता गर्ने । अनि गेष्ट हाउस खोजेर बस्ने विचारगरि अटोबाट सबै सामानहरू लिएर ‘प्रयाग’ तिर लाग्यौं ।
हाम्रो अटो रोकियो यमुना नदीको किनारमा । सबै सामानहरू कोठामा बन्दगरि हामी दुई वटा
ट
डुङ्गा लिएर यमुना घाटबाट तीन नदीको संगम । यमुना,( उत्तराखण्डको चार धाम मध्ये एक धाम यमुनोत्रीबाट आएको ) गङ्गा ( उत्तराखण्डकै अर्को धाम गंगोत्रीबाट आएको ) र सरस्वतीको संगम जसलाई ‘प्रयाग’ भनिदोरहेछ । उतैतिर लाग्यौं । जांदा बायांतिर नदीको किनारमा बनेका ठूला ठूला अग्ला अग्ला पर्खालहरू । सम्राट् अशोकको दरबार रहेछ । २०–२५ मिनेटको डुङ्गा चढाईबाट संगमस्थल प्रयाग पुगियो । बाटोमा डुङ्गामा अर्को डुङ्गाबाट चरालाई खुवाउने आहारा बेच्ने आएका । एकैछिनमा सेता सेता परेवा जस्ता चराहरू डुङ्गाको वरिपरि घेर्न आए । आहारा खान आएका ती चराहरू समुद्रमा घुमिरहने । समुद्रमा नै तैरने । सफा सुन्दर चराहरूले मनै आनन्द आउने । ती चराहरू साइबेरीयाबाट आएका रे ! सारङ को हुल पनि देखियो । बेच्न लेराएका आहारा चराहरूलाई खुवाउंदै समुद्रको मनोरम दृश्यहरू हेर्दै संगमस्थल पुगियो ।
संगमस्थल बीच बीचमा बाँँस गाडेर डुङ्गालाई एक अर्कोमा बांधी अड्याइएको थियो । हाम्रो डुङ्गा पनि त्यही भएको डुङ्गामा लगेर बांधियो । अर्को डुङ्गामा पण्डा बसेका थिए । नुहाउनु भन्दा अगाडि उनले श्रीमान्÷श्रीमती जोडी भएकालाई तीनवटा नरिबल हातमा राखीदिए । त्यसपछि अरु सबैलाई तीनवटा नरिबल हातमा राखी भट्भटाए । पालैपालो प्रत्येकलाई बाचा–बन्धन गराए । गङ्गालाई १ किलो मिठाई दान गरेको १०१ । २ किलो मिठाई दान गरेको २०१ । ३ किलो मिठाई दान गरेको ३०१ । ................ क्रमशः । सबैले आप्mनो गच्छेअनुसार मिठाई चढाउने बाचा गरे पछि । नुहाउन लुगा फेिरयो डुुङ्गामैं । डुुङ्गामानै नुहाउनु पर्ने तर बीचमा त्यति गहिरो थिएन । नुहाउनलाई आपूmखुसी नुहाउन नपाइने । ती पहिला हातमा दिएको नरिबललाई थप उनीहरूलेनै २० रुपैयां राखेर बगाउन लगाउने । हातबाट छोड्न नपाउंदै समातेर राख्ने । नुहाउन गङ्गामा पस्नु अगाडि २० रुपैयामा दुनाको बत्ती खरिद गरेर गङ्गामा बगाउनु पर्ने । नुहाई सकेपछि २० रुपैया तिरेर एक गिलास दूध गङ्गाजीमा चढाउनु पर्ने । यो सबै अनिबार्य गर्र्नैैपर्ने नगरेमा रिसाउने । यी सबै कामकालागि अलग अलग व्यक्तिहरू हुने । नरिबल संगै गङ्गाजीमा चढाएको २० दिनु पर्ने । यसपछि आपूmले गङ्गाजीलाई मिठाईकोलागि अर्पण गरेको रकम पालैपालो बुझाउनु पर्ने । रकम हातमा परेपछि पण्डाले सोध्ने तिमीले यो रकम खुशीसाथ दिएकोहो ? हामीसंग गएका केही साथीहरू श्राद्ध गर्न लाग्नु भयो । हामी भने चढेर गएको डुुङ्गामानै आएर बस्यौं । संगममा भएको गतिबिधि हेरिरह्यौं ।
डुुङ्गाबाट मानिस ओसार–पसारगर्ने काम भई रहेकोछ । सबैकाम डुङ्गामा नै भै रहेकोछ । डुङ्गामा मानिसहरू लुगा फेरिरहेका छन् । डुङ्गामा पण्डाले श्राद्ध गरिरहेका छन् । डुङ्गामा पण्डाहरूकालागि
ठ
खाना पकाइरहेका छन् । त्यहाँँ काम गर्नेहरूलाई डुङ्गामा नै खानेकुराहरू बेचिरहेका छन् । चराहरूलाई खाने आहारा तथा जल हाल्नकालागि साना साना प्लाष्टिकका बोतलहरू डुङ्गामा नै बेच्न आएका छन् ।
यसरी प्रयागको काम समाप्तगरि हामी डुङ्गाबाटै फर्कियौं । पहिला सबै सामानहरू राखेको कोठा खोली सामान झिक्यौं र चिया खायौं । यतिबेला दिउसोको १ बजेको थियो । हामीलाई बिहान ओसार्ने अटो चालक भाई हाम्रो ठूलो जमात देखेर त्यही कुरिरहेका रहेछन् । अब राम्रो होटलमा पु¥याउन भनेपछि । होटल पुगियो । होटल सफा, राम्रो र खानेकुराहरू पनि मीठो थियो । सादा खाना ६० ( रोटी–४, तरकारी, दाल, दही, अचार, सलाद, पापड र चावल) भारतभरी भातलाई चावल भन्ने गरिन्छ । यहां सबै ठाउँमा सादा खाना मात्र भन्दा यहांहरूलाई बिदेशमा घुम्न गएको ठाउँमा माछा मासु खान छोडेर के सादा खाना भनेको भन्नु होला । एक त हामी तीर्थयात्राकालागि गएकाछौं । अर्को माछा मासु खाने भएता पनि जे पायो त्यसको मासु नखाने खालको परेकोले यहां सादा शाकाहारी खानाको मात्र नाम लिएको हो । हुनत, हामीले तीर्थयात्राको समय कतै कुनै माछा मासु बेचेको पनि देखेनौ) खाना खाएपछि हामीलाई गोस्वामी होटल तथा लज देखाउन लगे । भर्खरै बनेको नयां होटल । कोठाहरू सफा, राम्रो ब्यवस्था भएकोले सुरुमा हेर्नासाथ चित्त बुझेकोले त्यही बस्ने निर्णय गरि सबै सामानहरू लिएर गइयो ।
‘प्रयाग’ (इलाहवाद) को बारेमा के भनिन्छ ।
तीर्थराज ‘प्रयाग’ उत्तरप्रदेशको एक प्रमुख नगर हो । प्रयागका सबै तीर्थहरूको राजा हुने सौभाग्य प्राप्त भएकोछ । यो नगर गंगा, यमुना र सरस्वतीको संगममा रहेकोछ । गंगा र यमुना प्रत्यक्ष हुनुहुन्छ । तर, सरस्वती यहां गुप्तरूपमा बहनुहुन्छ । उनको कुनै रूप देखिदैंन । प्राचीन मान्यता अनुसार यहां कुनै समय तीनै नदीको पावन समन्वय भएको मानिन्छ । गंगाको धवलधारा र यमुनाको श्याम सुन्दर छटा देख्न लायकको छ । त्यो प्राणी भाग्यवान् हुन्छ, जसले यस पुण्य संगम तीर्थको स्नानको सुखद फल प्राप्त गर्दछ । संगममा प्रायः पानी थोरै हुन्छ । कहिले गंगाले यमुनालाई पछाडि धकेल्छिन् त कहिले यमुनाले गंगालाई पछाडि धकेल्छिन् ।
प्रयागमा माघ महीनामा मेला लाग्दछ । मैदानमा साधु महात्मा झोपडी बनाएर बस्तछन् । पूरै महीना मानिसहरू कल्पवास बस्तछन् । पत्येक बाह्रबर्षमा यहां कुम्भ मेला लाग्दछ । ६–६ वर्षमा अद्र्धकुम्भ मेला लाग्दछ । प्रत्येक मेलामा देश विदेशबाट लाखौं मानिसहरू आउँछन् । यमुनाको नदीको किनारबाट किल्ला देख्न लायकछ ।
भोलिपल्ट पूरै दिन इलाहावादमा बस्नु पर्ने थियो । पूरै दिन बस्नु पर्ने भएकोले नजीकैका दर्शन स्थलमा जाने निर्णय गरि उही पहिलेको अटोवालालाई अनुरोध गरियो । प्रतिब्यक्तिबाट ५००
ड
भारुमा दुइवटा गाडी उपलब्ध गराउने र हामी चित्रकूट पर्बत र त्यस वरिपरिका मन्दिरहरूको दर्शन गर्न जाने निर्णय भयो । घर परिवारमा फोनबाट कुराकानीगरि भोलिपल्ट बिहान ५ बजे इलाहावादबाट हिंड्नु पर्ने भएकोले त्यो दिन सुतियो । २०६८ साल माघ २८ गते शनिबार ÷ २०१२ फेब्रुअरी ११ (पांचौ दिन)
अघिल्लो दिनको सल्लाह अनुसार बिहान ५ बजे चित्रकूटतिर लाग्ने योजना अनुसार सबैजना तयार हुनु भयो । तर, संगै जानु भएका सुमित्रा पौड्यालज्यूलाई अघिल्लो दिन प्रयागमा भएको लामो समय । कहिले कता कहिले कता । समयमा खान नपाउंदा त्यति सञ्चो भएको थिएन । सञ्चो नभएको मानिस फेरि गाडीबाट लामो यात्रा गर्दा झन् बिसन्चो होला भनेर उहांलाई त्यही आराम गर्न छोडी हामीहरू १८ जना २ वटा गाडीमा चित्रकूटतिर लाग्यौं । शर्मिला गौतम र इन्दु रेग्मीज्यू पनि सुमित्राज्यू संग बस्नु भयो । ‘चित्रकूट’ इलाहावादबाट १३० कि मि टाढा मध्यप्रदेशमा पर्दोरहेछ । यही बाटो भएर ‘झांसी’ जाने रहेछ । चित्रकूटबाट ३०० कि मि पार गरेपछि झांसी आउंदो रहेछ । इलाहावादबाट पुल पार गरे पछि दुबै गाडीमा इन्धन भरेर अगाडि बढियो । हामी चढेका गाडी नयां र अर्को गाडी अलि पुरानो थियो । अर्को गाडीलाई अगाडि लगाएर जांदै थियौं त्यो गाडी पछाडि पर्न गयो । केही समय सम्म हाम्रो पछि पछि आएको गाडी धेरै बेर सम्म नआएकोले चालकले चालक संग सम्पर्क राख्दा अर्को गाडी झण्डै २४–२५ कि.मि. पर बिग्रिएर बसेको छ भन्ने थाहा पाए पछि हामी नजीकैको होटलमा चिया खाएर बस्यौं । अर्को गाडी त्यहींबाट पठाएर हाम्रा साथीहरू नआएसम्म हामीहरू त्यही कुरेर बस्यौं झण्डै २ घण्टा पछि हाम्रा साथीहरू आएर हामी चित्रकूट तिर लाग्यौं । १ बजे चित्रकूट पुगियो । रामघाटमा स्नानगरि त्यहीं खाना खान अन्नपूर्ण भोजनालयमा गयौं । त्यहाँ सादा खाना ७० लिएता पनि खाना अति मिठो थियो । खाना खाए पछि हामी गाडीमा बस्यौं । गाडी चालकले भने ‘चित्रकूट मा म पहिले आएको छैन कहां के मन्दिर छन् र कहांबाट कता जानु पर्छ त्यो थाहा नभएकोले एउटा गाइड लिन पाए राम्रो हुने थियो’ । सोही अनुसार एक जना गाइड १५० भारु दिने शर्तमा उनलाई अगाडिराखी उनैको पथ–प्रदर्शन अनुसार हाम्रो गाडी अगाडि बढ्यो । चित्रकूट पर्वतको फेदीमा राममन्दिर, संगै भरतमन्दिर जहाँ भरतले रामका खराउ अगाडि राखेर तपस्या गरिरहेका ती मनोरम दृश्यहरूहेरी हामी यहांबाट ३० कि.मि. पर सतीअनुसूया
ढ
मन्दिरतिर लाग्यौं । ४–५ मिनेट अगाडि बाटै गाडी रोकी पैदलै हामी अनुसूया मन्दिरतिर लाग्यौं । बाटोमा हनुमान्को मन्दिरसंगै प्रसाद बांँडिरहेको रहेछ त्यो खाई अगाडि बढ्यौं । नीलो नदीको किनार । अग्लो पर्बतको काखमा सतीअनुसूया मन्दिर । मन्दिरमा सौभाग्यका सामानहरू चढाउनु पर्ने रहेछ । विशाल मन्दिरमा सती अनुसूयाको मन्दिर । सौभाग्यका सामान र भेटी चढाएपछि पूजारीले कागजमा सिन्दूर दिने रहेछन् । त्यो सिन्दूर लगेर आपूmले लगाउने सिन्दूरमा मिसाएर लगाउनु पर्ने रहेछ । मन्दिरमा सतीअनुसूयाका बिभिन्न मूर्तिहरू रहेछन्, उनले साथी संगीहरू संगखेलेका, नाचेका, उनी संग सम्बन्धित मूर्तिहरू बनाएर राखिएका र कति मुूर्तिहरू बनाईरहेको पनि देखियो ।
त्यसको २०–२५ कि.मि पर गुप्त गोदावरी मन्दिरतिर लाग्यौं । उकाली–ओराली हुंदै हामी गुप्त गोदावरी पुग्यौं । उच्च पहाडको फेदीमा । ढुङ्गै–ढुङ्गाको ठाडो ककारोमा गुफा । केही सिंढीहरू उक्लेर गएपछि भारु १०।– टिकट काटी गुप्त गोदावरीको गुफा आउँछ । गुफामा छिर्ने ठाउँ एकदमैै सांगुरो मानिस बल्ल बल्ल छिर्न सकिने । भित्र गएपछि भने पराकिलो गुफा । गुफा भित्र विभिन्न कलाकृति । आकर्षक ढुंगामा कुंदिएका चित्रहरू । बीचमा शिवजीको मन्दिर । संगै कुण्ड । कंचन पानी ।
फर्कने क्रममा घुंडा घुंडा सम्म पानी जमेको । ठाउँ ठाउँमा बिजुली बत्ती बालेकोले उज्यालो नत्र अन्धकार । लुगा माथि सारी छेउ छेउबाट अलि अलि गर्दै २–३ मिनेटको हिंडाई पछि गुफामा गुप्त गोदावरी पानीको मुहान जहाँबाट स्वच्छ सफा पानी कलकल बगिरहेको । पानी न चिसो न तातो । विशाल ढुंगाहरूको कापबाट कलकल बगेको पानी यस्तो अपूर्ब प्राकृतिक सौन्दर्य देख्न पाउनु अहोभाग्य । जसले यो देखे । बाटोमा जंगलको छेउमा राखेका पसलहरूमा सबै काठै–काठका सामानहरू मात्र देखिन्थे । थरी थरीका काठका सामानहरू त्यो पनि सुपथमूल्यमा । तर, जानु पर्ने ठाउँ धेरै भएकोले घेरै सामानहरू किन्न सकिएन ।
ज्ञण्
हामी त्यहाँँबाट बाल्मीकीआश्रम जाने कार्यक्रम भएतापनि समयको अभाबले गर्दा जान पाएनौं । त्यसपछि हामी पुनः इलाहावाद जहाँ हामी बसेका ठाउँमा फर्की आउन हतार भैसकेको थियो । छोडेर आएको विरामीलाई ठीक भयो भएन । एक किसिमको अन्योल कायमै थियो । गाडी ८० कि.मि प्रतिघण्टाको बेगले इलाहावादतिर लाग्यो । तैपनि, हामीलाई आप्mनो स्थानमा पुग्न बेलुकाको ७ बज्यो । यसरी १४ घण्टाको चित्रकुट यात्रा पछि हामी बसेको ठाउँमा फर्कियौं ।
त्यही राती इलाहावादबाट द्वारकाका लागि रेल चढ्नु पर्ने । चित्रकुटबाट इलाहावाद फर्केपछि हामी सामानहरू लिई इलाहावाद रेल स्टेसनतिर लाग्यौं र त्यही बस्यौं ।
२०६८ साल माघ २९ गते आईतबार ÷ २०१२ फेब्रुअरी १२ (छैठौं दिन)
रातको समयमा गाडी नपाउला र रेल छुट्ला भनेर हामी बेलुका नै इलाहावाद स्टेशनमा पुगीसकेका थियौं । हाम्रो रेल छुट्ने समय रातको १.२५ मा थियो । रेल नं १९५७० रेलको नाम ओखा एक्स्प्रेस । हामी द्वारकाकालागि जान लागेका थियौं । इलाहावादबाट द्वारका जक्सन सम्म १८७८ कि.मि टाढा रहेछ । रेल भाडा दुइ जनाको त्ष्अपभत ँबचभ क्ष्च्क। ढछद्धर( क्ष्च्ऋत्ऋ क्भचखष्अभ ऋजबचनभक क्ष्च्क ज्ञण्र( न्क्ब्क् ऋजबचनभक क्ष्च्क। छण्र( त्यतब िक्ष्च्क् ज्ञण्ज्ञद्धर( च्क। ज्ञटद्दघ।ढद्द। रेल प्रस्थान गर्ने समय १.२५ भएता पनि रेल ढिलो गरि आइपुग्छ भनी जानकारी गराइरहेको थियो । रातको समय पूरा स्टेसनभरी मानिसहरू भूइंमा सुतिरहेका । हामी मध्येका पनि कोही त्यही सामान राखेको ठाउँमा सुतिरहेका भने कोही यता उता घुमिरहेका । यसरी, समय बिताउंदा बिताउंदा बल्ल रातको २.३० बजे द्वारकाकालागि प्रस्थान गरियो ।
२०६८ साल फाल्गुण १ गते सोमबार ÷ २०१२ फेब्रुअरी १३ (सातौं दिन)
माघ २९ गते रातको २.३० बजे इलाहावादबाट रेल चढेपछि फाल्गुण १ गते सोमबार दिनको २ बजे द्वारका जक्सन आईपुग्योैं । जति पश्चिमतिर गयो, त्यति रेलका डिब्बाहरू खाली हुंदै गए । लगभग राजकोट बाट त अधिकांश डिब्बाहरू खालि नै । रेलमा हाम्रो गू्रप मात्र देखिन्थ्यो । यस्तो खालि हुंदा पनि रेलमा निरीक्षण गर्न आउने रहेछन् । द्वारका जक्सन आईपुग्नु अघिनै रेलबाट द्वारकाधीश मन्दिर र मन्दिरमाथि राखेको झण्डा फरफराई रहेको रेलबाटै देखेका थियौं । हामी चढेको रेल अन्तिम स्टेशन ओखासम्म पुग्थ्यो÷जहाँ ‘भेट द्वारका’ को मन्दिर थियो । पहिले सिधै भेट द्वारकाको दर्शन गरेर द्वारका फर्कने कि भन्ने कुरा पनि नभएको होइन । यदि त्यसो गरेको भए हाम्रो यात्रा उल्टो हुने रहेछ । पछि थाहा भयो भेट द्वारका समुद्रकोबीच भागमा रहेको टापूमा अवस्थित । चारैतिर समुद्रनै समुद्र । अन्तिम रेल स्टेशन, बस स्टप । कतैतिर कुनै बस्नको लागि ब्यवस्था थिएन । यदि हामी पहिले यहां आएका भए पनि जसरी भए पनि फर्केर द्वारका नै पुग्नु पर्ने रहेछ । तर द्वारका स्टेशन सम्मको टिकट लिएर त्यहीं ओर्लिएको राम्रै भयो ।
हामी रेलबाट ओर्लिए पछि अटोवालाहरू हामीलाई घेर्न आए । सबै सामानहरूसहित हामी अटोबाट द्वारका मन्दिर तिर लाग्यौंं । उनीहरूलाई हामीले राम्रो गेष्ट हाउसमा लैजान अनुरोध गरे अनुसार बलराम गेष्ट हाउसमा लगे । गेष्ट हाउस हे¥यौं । रामै्र लाग्यो । त्यहीं बस्ने निधो
ज्ञज्ञ
गरि सबै सामानहरू लगेर आ–आफ्नो कोठामा राख्यौं । हामी गएको समय ठीकै परेछ । भिड–भाड नभएकाले सबै होटल, धर्मशाला, गेष्ट हाउसहरू खालि थिए । हाम्रो गू्रपमा २१ जना भएकोले बजारभरि नेपालीहरूको २१ जनाको गू्रप आएका भन्ने ठूलो हल्ला भैसकेको रहेछ ।
हामी गेष्ट हाउस नजीकको होटलमा खानाकालागि अर्डर गरेर बसिरहेका थियौं । नजीकैको होटलमा नेपालीहरू काम गर्ने रहेछन् । नेपालीको हूल देखेर होटलको साहूले त्यहाँ काम गर्ने नेपालीलाई तिम्रो नेपालका मानिसहरू आएका रहेछन् । खाना खान हाम्रो होटलमा लेराऊ भनेछन् । उनीहरू आए हामी संग कुराकानी गरे । एक जना सुर्खेतवाट १० वर्ष अगाडि आएर होटलमा काम गरिरहेका हेड कुक् भैसकेका । अर्को एक वर्ष देखि काम गरिरहेका । हामीले भन्यौं, अहिले अर्कै होटलमा अर्डर गरिसक्यौं । भोलि तिमीहरू काम गर्ने होटलमा खाना खान आउँछौं भन्ने आश्वासन दियौं । खाना खाई केहीबेर गेष्ट हाउसमा बसी ‘द्वारकामन्दिर’ तिर लाग्यौं । पहिले गोमतीघाटतिर । द्वारकाधीशको मन्दिर गोमती नदीको किनारमा रहेछ । जहाँ गोमती नदी अरबसागरमा मिसिन गएको देख्न पाइन्छ । गोमतीमा स्नानगरि द्वारकाधीशको दर्शनकालागि सिंढीहरू चढी मन्दिरमा गयौं । मानिसहरूको त्यति भिड–भाड थिएन । टाढा द्वारकाधीशको कालो वर्णको मूर्ति । अगाडि मिठाईका परिकारहरू । मिठाईकै मड्का र मिठाईकै गमला आदि सबै मिठाई मिठाई तल माथि दायां बाया सर्वत्र मिठाई मिठाई ले भरिएको । हामीलाई अचम्म लागेर हेरिरहेका थियौं । त्यतिबेला हाम्रो नेपालीको हूल देखेर एक जना म नेपाली पण्डा भनेर हामीहरू संग चिनजान गर्न आउनु भयो । कुन देशका, कुन ठाउँका मानिसहरू दर्शन गर्न आएका छन् सोही अनुसार पण्डाहरू पछि लाग्ने रहेछन् । नेपाली पण्डाका अनुसार दुइ बर्ष पछि कुनै भक्तले द्वारकाधीशकालागि छपन्न भोग चढाएका रहेछन् त्यही भोग रहेछ यो । छपन्न भोगका लागि उनले भारु सात लाख दिएका रहेछन् । यस्तो अपूर्ब भोग लगाएको पनि देख्न पाइयो । यी दृश्यहरू क्यामरामा कैद गर्न मनाही थियो । किनभने मन्दिरभित्र प्रबेश गर्दा झोला, क्यामरा, मोवाइल तथा अन्य सामानहरू लैजान निषेध गरिएको थियो । ती पंडाले भने तपाईहरूले ‘तुला दान’ गर्ने भए मलाई सम्झनुहोस् ।
२०६८ साल फाल्गुण २ गते मंगलबार ÷ २०१२ फेब्रुअरी १४ (आठौं दिन)
बिहान सबेरै उठी गोमती घाटमा नुहाई द्वारकाधीशको दर्शनकालागि लाइनमा बस्यौं । मन्दिर बिहान ६ बजे खुली ८.३० बजे बन्द हुने रहेछ । ६ बजे स्नानगरि बस्त्र पहिराई आरती गर्ने । त्यो बिहान हामीले द्वारकाधीश र अन्य देबी देवताहरूको दर्शन ग¥यौं । सिद्धेश्वर मन्दिर, विश्वकर्माको मन्दिर ।
ज्ञद्द
द्वारका ः
भारतको पुण्यभूमि तीर्थहरूको प्रथम पंक्तिमा आउँँंछ ‘द्वारका’ । ‘द्वारका नगर’ भारतको पश्चिमी समुद्रकिनारमा छ । भारतको गुजरात राज्यको पश्चिम सीमा जामनगर जिल्लामा, अरब सागरको किनारमा पर्छ । द्वारिकापुरी भगवान् श्रीकृष्णको राजधानी ।
‘द्वारिका’ शब्द ‘द्वार’ र ‘का’ को समन्वय भएर ‘द्वारका’ भएको हो । द्वारकाको अर्थ मुक्ति पाउने द्वार अर्थात् ‘द्वारिका’ । जसलाई ‘मुक्तिधाम’ या ‘मोक्षपुरी’ पनि भनिन्छ ।
‘गोमती’ महर्षि वशिष्टमुनि पुत्रीकाकासाथै स्वर्गबाट गंगाको ‘गो’ पृथ्बीमा अवतरण भयो । अतः द्वारिकामा बहने ‘गंगा’ ‘गोमती’ को नामले प्रसिद्ध भइन् । ‘गो’ पृथ्बी ‘मती’ अवतरण ।
प्राचीन भारतको राजवंशज ययातिराजाको यो भूमि हो । उनले आप्mनो जेठो छोरा यदुलाई भारतको पश्चिम समुद्रतटको भूमि अर्थात् गिरनार देखि सौराष्ट्र«««सम्मको मरुमभमि राज्य उनलाई दिएको थियो । पछि यहां आनन्द र रैबत राजा भए । जसको नामबाट द्वारिका शहर ‘अनन्य नगरि’ र रैबत राजधानीकोरूपमा प्रसिद्ध भयो ।
पश्चिम समुद्र किनारमा जो कुशस्थली नगर हो जसको निर्माण पूर्वराजा कुश द्वारा भएको थियो । यसैले, द्वारिकाको दोस्रो नाम ‘कुशस्थली’ पनि हो । ‘गो’ पृथ्वी, ‘मती’ अवतरण र स्वयं विष्णुचक्रको साथ (चक्र स्वरूप) प्रकट भए । यसलाई ‘चक्रतीर्थ’ नामले प्रसिद्ध पार्ने काम भयो । द्वारिकाको रत्नाकर(समुद्र) को साथ गोमती नदीको संगम भएको यो स्थान ‘संगम नारायण’ पनि भनिन्छ । जहाँ शंख, चक्र, गदा, पद्म धारण गर्ने चतुर्भूज श्रीकृष्ण विराजमान छन् ।
मथुरामा जरासंध र कालयवनदैत्यले बारम्बार हमला गर्ने भएकाले ‘द्वारका’ पहिले यादववंशको राज्य भएकोले यो स्थान श्रीकृष्णले मन पराउनु भयो । श्रीरामचन्द्रजी जब परमधाम जानुभयो । तत्पश्चात लामो समयसम्म द्वापरयुगमा दुष्ट राजाको त्रासले यो पृथ्बीको मानिस जीब र पृथ्बीमा दुराचार रोक्न त्रेतायुगमा वासुदेवको कुलमा श्रीकृष्णको अवतार भयो । त्यसपछि धेरै दुष्ट–दैत्य संहार भए । युधिष्ठिरको राजसूययज्ञमा शिशुपालको बध गरे । महाभारतको युद्ध भयो र समाप्त भयो । यसरी पृथ्बीबाट पाप बोझ हट्यो । यसपछि भगवान् श्रीकृष्ण समस्त यदुवंशी प्रजा लिएर तीर्थयात्राकालागि प्रभास क्षेत्रमा आए । भित्र भित्रको, राग– द्वेष ले समस्त ‘यादव’ वंश भष्म हुने भो । भगवान् अस्त्र–शस्त्र त्याग गरेर एक रुखमुनि बिचार मग्न भएर बसेका थिए । एक शिकारीले तीर प्रभुको गोडामा हान्यो र घायल बनायो । यहींबाट श्रीकृष्ण परमधाम गए ।
ज्ञघ
श्रीकृष्ण द्वापरयुगमा द्वारिकामा बस्नुहुन्थ्यो । मरीचि, अत्रि, पुलह र क्रतु आदि ऋषिमुनिहरू पनि यही बस्नुहुन्थ्यो । कलियुगमा दःुखी मानिसहरूको दुःख हरणगर्न प्रभु श्रीहरि विष्णु भगवान् स्वयं द्वारिकामा निवास गर्नु हुन्थ्यो ।
द्वारिकानगर भारतको पश्चिम समुद्रतटको स्थान हो । भारतको गुजरात राज्यमा सौराष्ट्र«««को पश्चिम सीमाना जामनगर जिल्लामा पर्दछ । ‘द्वारिका’ अरब सागरको किनारमा बसेको छ । द्वारिका मोक्षपुरि शहरकोरूपमा विश्वप्रसिद्ध छ । द्वारिकामा गोमती नदी छन् । गोमतीको यसै स्थानमा समुद्र संग मिलन हुन्छ । यसैले पनि द्वारकाको धार्मिक महत्व झन् छ ।
‘चारधाम’ यात्रा भारतको सबैभन्दा ठूलो तीर्थयात्रा मानिन्छ । जसमा द्वारिकापुरि भगवान् श्रीकृष्णको राजधानी हुनाको कारणले पनि महत्वपूर्ण मानिन्छ । यहां नगर बसाउन भगवान् श्रीकृष्णले विश्वकर्माको मद्दत लिनु भएको थियो । विश्वकर्माले यो नगरकालागि सानो भएको बताए पछि भगवान् श्रीकृष्णले समुद्रलाई बाह्र योजन पर जान भने पछि समुद्र बाह्रयोजन पर हट्नुले ‘द्वारिका नगरि’को स्थापना भयो । भगवान् श्रीकृष्णको देहत्याग पछि मन्दिरलाई छोडी अरु शहर समुद्रमा मिल्न गयो ।
प्रथम द्वारिका सागरमा डुबेपछि दोस्रो द्वारिका अर्को शताब्दीमा स्थापित भयो । दोस्रो बनेको द्वारिका पनि समुद्रमा डुब्न गयो । त्यसपछि फेरि द्वारिकाको निर्माण भयो । त्यो नै हाल भएको ‘द्वारिका’ भनिन्छ । २४०० वर्ष पहिले जब हिन्दूधर्म पतनको मार्गतिर जांदैथियो । शंकराचार्यजीले हिन्दूधर्म प्रचारकेन्द्र स्थापित गर्नु भयो । उत्तरमा वद्रीनारायणमा, पूर्व उडीसा राज्यमा जगन्नाथपुरी, पश्चिम गुजरातमा द्वारिका नगर दक्षिण सागरतटमा र मद्रास तामीलनाडु) मा रामेश्वरम्मा हिन्दूधर्म रक्षाकोलागि महत्वपूर्ण केन्द्र निर्माण गर्नु भयो ।
कृष्णमन्दिर
श्रीजगत् मन्दिर ः पवित्र तीर्थनगर द्वारिकाधामको महत्व श्रीकृष्ण मन्दिरले गर्दा नै हो । जगत्मन्दिरको स्थापना गोमती नदीको किनारमा भएकोछ । गोमती घाटबाट
ज्ञद्ध
जगतमन्दिर भब्य देखिन्छ । मन्दिरमा गर्भगृह १७० फिट अग्लो छ । सात मंजील छन् । त्यसमा शिखर छ ।
गर्भगृहको मध्यमा सिंहासनमा भगवान् द्वारिकाधीशको तीनपूmट अग्लो भव्य श्याम वर्णको मूर्ति विराजमान छ । माथि मंजिलमा अम्बाजीको मूर्ति छ । यो मन्दिर कृष्णको नाती व्रजनाभले श्रीकृष्णको देहत्याग पश्चात् बनाएको भनिन्छ । यो मन्दिर विश्वकर्माको सहायता लिएर एकै रातमा बनाएको भन्ने पुरातनग्रन्थमा लेखिएको पाइन्छ । मन्दिरमा कलैकलाको नमूना पाइन्छ । अलग अलग शैलीमा निर्माण भएको छ । यो भब्यमन्दिरमा कहीं कतै पनि काठ वा फलामको उपयोग भएको पाइदैन । समग्र मन्दिर ७२ स्तम्भबाट निर्माण गरिएकोछ । यो मन्दिरमा कतै गोल वा अद्र्धगोलाकार कमान देख्न सकिदैन ।
कति समुद्रीतूफान, भूकम्पबाट सौराष्ट्र«««नगर तहस–नहस हुंदा पनि अरब समुद्रस्थित गोमतीघाटमा अवस्थित भगवान् श्रीकृष्णको यो मन्दिरमा केही भएको छैन । यसैबाट भगवानको लीला प्रस्तुत हुन्छ । मन्दिरको ध्वजा ः ‘ध्वजा’ धार्मिक, पवित्र र पूजनीय वस्तु हो । यात्रुलाई मन्दिरको शिखरमा फर्फराई रहेको बाउन्न गजको ध्वजा देखेर विभिन्न जिज्ञासा पैदा हुन्छ । सबै मानिसलाई थाहा छ कि एक व्यक्तिको स्थानको पहिचान गर्ने ध्वजाको माप एक गज हुन्छ । यहां श्रीजीको ध्वजा बाउन्न गजको किन भएको हो ? श्रीकृष्णकालीन द्वारकामा द्वारकाको शासन ५६ कोटि यादवले गर्दथे । यहां कोटि शब्द करोडको संख्यामा होइन । छपन्न विभागका यादव द्वारकाको शासन गर्दथे । जसमा बलराम, श्रीकृष्ण, प्रद्युम्न र अनिरुद्रजी ईश्वर हुन । जसको चतुव्र्यूह भनिन्छ । यहां चतुव्र्यूह पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष सिद्ध गर्ने हो । छपन्न प्रकारको यादवमा यो चारको छोडेर बाउन्न कोटि निवासस्थानको प्रस्तुत गर्दछ । जुन श्रीकृष्णकालीन द्वारकाको समयमा थियो । एक एक यादवको निवासस्थान दर्शाउन एक एक गजको ध्वजा मिलेर बाउन्न गज हुन गएकोले त्यो बाउन्न गजको ध्वजा नै श्रीजीको ध्वजा हो । श्रीजीको शिखरमा बाउन्न शासनकर्ता यादवको ध्वजा बताउन ध्वजाको माप बाउन्न गज भएको हो ।
जगत् मन्दिर श्रीकृष्णको निज मन्दिर ५२ मीटर उंचो छ । ८ मिटर उंचो
ध्वजा स्तम्भ छ । उसकामाथि ६.५ मिटर उंचा ध्वजा दंड ।
ज्ञछ
२८ मिटर लामो ध्वजा लहराई रहन्छ । जुन २० कि.मि टाढाबाट झण्डा को दर्शन गर्न पाइन्छ ।
धर्मध्वजाको दर्शनबाट पनि मानिसको उद्धार हुन्छ । यस ध्वजाको विशिष्टता यो छ कि । ध्वजा दिनको ४ पटक फेरिन्छ । कुनै विशेषदिनमा त दिनको ५ पटकसम्म पनि फेरिन्छ । कोही पनि व्यक्ति ध्वजा चढाउन सक्छन् । आप्mनो मनोकामना पूरा हुनेहरूले भगवान्लाई ध्वजा चढाउंछन् । एक पटक ध्वजा चढाउन ध्वजाको भारु १५०००÷–(ब्राम्हण भोजनकोलागि) खर्च लाग्दो रहेछ । ब्राम्हणभोजन गराउन नसके अन्न दान गरे पनिहुन्छ । ध्वजाको रंग चढाउनेको इच्छा अनुसार हुनेछ । ध्वजा लेराउंदा टाढा देखि नाचगान सहित लेराउने गरिन्छ । ध्वजाको खर्च र द्वारिकाको स्थानीय गुगली जातिका सबै ब्राम्हणहरूलाई ब्राम्हणभोजन गराउनु आवश्यक छ । आज कसैले म भगवान्लाई ध्वजा चढाउँँंछु भन्छ भने उसको पालो ३ वर्ष पछि मात्र आउँछ रे ! ३ वर्ष सम्मकोलागि ध्वजा चढाउनेको नाम दर्ता भैसकेकोछ ।
दर्शनको समय ः निज मन्दिरको पूजाविधि नित्यकर्म अनुसार हुन्छ । दर्शनको समय ऋतुअनुसार केही परिवर्तन हुन्छ । मन्दिरको प्राङ्गणमा नित्य दर्शनको कार्यक्रम लेखेर राखिएको हुन्छ, जसअनुसार पूजा–अर्चना, अभिषेक, दर्शन र आरती हुन्छ । साधारणतया बिहान ६–८, ९– १२, सांझ ५–९.३० सम्म खुल्ला रहनेछ ।
गोमती घाट ः
‘द्वारिकातीथर्’ जहाँँ गोमती नदी गंगा सागरको संगम हो । द्वारकामन्दिर गोमती नदीको किनारमा छ । गोमती नदीको किनारमा १२ पक्की घाट छन् । (१) संगम घाट (२) नारायण घाट (३) वसुदेव घाट (४) गउघाट (५) पार्वती घाट (६) ब्रम्हघाट (७) मुरधन घाट (८) सरकारी घाट ९) गंगा घाट (१०) हनुमान् घाट (११) नारायणबली घाट (१२) गोमती संगम घाट ।
गोमतीघाटबाट ५६ सिंढी चढेर द्वारिकाधीश मन्दिर जान सकिन्छ । यो मन्दिर १५७ पूmट अग्लो ७ मंंिजलवाला मन्दिरको नामबाट विश्वप्रसिद्ध छ । द्वारिकाधीशको वस्त्र वार अनुसार छुट्टा छुट्टै रंगको हुन्छ । आइतवार – रातो , सोमवार – गुलावी मंगलबार – पहेंलो , बुधबार – हरियो बिहीवार – केशरी , शुक्रवार – सेतो शनिवार – नीलो
ज्ञट
द्वारिकाधीशको मन्दिरसंगै रहेका अन्य मन्दिरहरू –
द्वारिकाधीशको सामुन्नेमा बशिष्ठपुत्री गोमती माताको मन्दिर छ ।
त्रिविक्रम मन्दिर जहाँ तुलादान गरिन्छ । त्रेतायुगमा वामन अवतार धारण गरेका बेला तीनपाउ भूमिदान माग्ने त्रिविक्रम भगवान्ले द्वारिकाको भूमि बलिराजाको पातालमा स्थापितगरि स्वयं भक्ताधीन भएर बलिराजाको नगरको द्वारपाल भए, भगवान् भक्तकालागि द्वारकामा आए । पातालबाट त्रिविक्रमको आगमन भयो । तब द्वारिकाको दोस्रो नाम ‘त्रिबिक्रम क्षेत्र’ ले प्रसिद्ध भयो । द्वारिकाको अर्को नाम ‘कुशस्थली’ पनि हो ।
पानी माथि तैरिएको रामनाम लेखिएको ढुंगा ।
सिद्धेश्वरको मन्दिर द्वारका सिद्धतीर्थ बन्नाको अर्को कारण यो पनि हो कि यहां सनकादि मुनिद्वारा पूजित सिद्धेश्वर महादेव र श्रीकृष्णको कार्य सिद्ध गर्ने देबी
ज्ञठ
भद्रकालीको शक्तिपीठ यहांको पौराणिक प्राचीनता पनि हो ।
छपन्न सिंढी ः श्रीजीको स्वरूप दर्शन गर्न जसकालागि छपन्न कोटि यादवरूपी सिंढी तत्कालीन यादवको संस्मरण दिलाउछ ।
बिश्वकर्मा मन्दिर ÷ सत्यभामा मन्दिर ः
दिउसो ११ बजेतिर खाना खान गयौं । हिजो ती नेपाली भाईहरूले आग्रह गरेकाले हामीले भोलि तिमीहरूको होटलमा खाना खाउंला भनेका थियौं । हामी त्यहीं गयौं जहाँ नेपाली भाईहरू काम गर्थे । हामी होटलमा जानासाथ ती भाईहरूले हामीलाई खूवै मानगरि खाना पनि छिटो छिटो लेराएर नेपालीले नेपालीलाईगर्ने सम्मान देखाए । खाना पनि मीठो थियो । हामीलाई खाना जहाँँ भए पनि खानुपर्ने । ती भाईहरूले काम गर्ने होटलमा खाई दिंदा एउटा नेपालीले अर्को नेपालीले भनेको कति मान्दा रहेछन्÷नेपाली–नेपालीका बीच कति माया–ममता हुँँदोरहेछ भन्ने कुरा गुजरातीहरूले राम्रै थाहा पाए । खाना खाई ती नेपाली भाईहरूलाई धन्यवाद दिंदै गेष्ट हाउसमा गयौं त्यहाँँ केहीबेर आरामगरि हामी अन्य नजीकै रहेका मन्दिरहरूको दर्शनकालागि चोकमा गयौं÷जहाँबाट हाम्रो बस लाग्थ्यो । बस सजिलैसंग नजीकै रहेका ट्र««««ाभल एजेन्सीहरूबाट पाइंदो रहेछ । एक जनाको भारु ५०।– तिरे पछि जाने– आउने घुमाउने ब्यवस्था गरिंदो रहेछ । प्रत्येक मन्दिरमा १५–२० मिनेटको समय दिएको हुन्छ, सो समयमा मन्दिरमा दर्शन गरि आईपुग्नु पर्ने हुन्छ ।
रुक्मिणीजीको मन्दिर ः हामी बसबाट मन्दिरहरू दर्शन गर्ने क्रममा सबैभन्दा पहिले द्वारकाबाट १.५ कि.मि पर (ओखा जाने बाटोमा) श्रीकृष्णकी पटरानी रुक्मिणीजीको मन्दिर रहेछ । बसमा एक जना हेर्दा पण्डा जस्ता देखिने व्यक्ति आएर हामी जाने मन्दिरहरूको बारेमा बयान गर्न थाले । सबैभन्दा पहिले रुक्मिणीजीको बारेमा बताए । साथै, उनले भने विभिन्न ठाउँमा थरी थरीका मानिसहरू तपाई संग पैसा माग्छन्÷तपाईहरू होशियार हुनु । सबैलाई तलब दिइएको छ । अरु पैसा दिनु आवश्यक छैन । यस्तै–यस्तै कुरा गर्दा गर्दै बस रोकियो । १५–२० मिनेट भित्र दर्शन गरेर यहां आइपुग्नु भन्ने जानकारी पछि रुक्मिणीजीको मन्दिरतिर लाग्यौं । उजाड जमीनको बीचमा मन्दिर । एकतलामाथि मन्दिर रहेछ । रुक्मिणीजीको सुन्दरमूर्ति । मन्दिरका पण्डाले हामीहरूलाई मन्दिरको अगाडि बसाले र रुक्मिणीजीको बारेमा प्रवचन सुनाए ।
ज्ञड
अन्तमा भने यहांको धरती उब्जाउ छैन । यहांको पानी पनि खान योग्य छैन । सबै नुनै नुन भएको पानी छ । खानको लागि पानी÷खाद्यान्न अन्यत्रबाट लेराउनु पर्छ । त्यसैले, यहां कसैले एक ट्यांकर पानीको लागि दान गर्छ भने भारु ९००।– र आधा ट्यांकर पानीको लागि भारु ४५०।– ....। ब्राम्हणभोजनका लागि भारु ५००।– ......छ । हामी सबैले आप्mनो इच्छानुसार दान ग¥यौं । दान गरे बापत् पण्डाले गलामा पहेंलो वस्त्र पहराइदिए ÷ प्रसाद दिए । मन्दिरको प्राङ्गणबाट बाहिर आउंदा । लगभग १०० जना जति पहेंलो वस्त्रधारण गरेका जोगी बाबाहरू चउरमा बसिरहेका थिए । तिनीहरू भनिरहेका थिए । ब्राम्हणभोजनकालागि दान गर्नुस् । सबैलाई दिनु पर्दैन कुनै एक लाई दिए पुग्छ । दर्शन गरेपछि हामी बसमा आएर बस्यौं । बसमा बसेपछि ती हाम्रा बसका पण्डा, भनौं वा कण्डक्टर वा गाईड । मन्दिरहरूको बारेमा प्रवचन दिइरहेका थिए । कण्डक्टरको काम पनि गरिरहेका साथै हामीलाई गाइड् पनि गरिरहेका । उनले भने तपाईहरूलाई गलामा लाई दिएको पहेंलो बस्त्र झिक्नुस् । नत्र अर्को मन्दिरमा यो पहेंलो बस्त्र देख्यो भने तपाईलाई छोड्दैनन् ।
गंगाजी द्वारकामा कसरी आउनु भयो र रुक्मिणीजीको मन्दिर द्वारका भन्दा पर छुट्टै किन भयो । एक समय श्रीकृष्ण भगवान् सभाकोबीचमा बसिरहनु भएको थियो । उद्धवजीले खबर गर्नु भयो दुर्वासा ऋषि यात्राकोलागि यहां आउंदै हुनुहुन्छ । तब भगवान् प्रसन्न भएर रुक्मिणीजीको सामुन्ने आएर दुर्वासा ऋषि आउने खबर सुनाए ।
ज्ञढ
हामी दुर्वासाजीको भोजनकालागि निम्ता गर्न जाउंm । ब्राम्हणको सम्मानगर्नाले घर–गृहस्थीको पुण्य प्राप्त हुन्छ । आप्mनो पतिको यस्तो कुरो सुनी रुक्मिणी अति प्रसन्न भई दुबै जना दुर्वासा ऋषिको नजीकगै दण्डबत् प्रणाम गर्नु भयो । तब ऋषिले आशिर्वाद दिदै सोध्नु भयो, कुशल त छौ । तिमी कहां बस्छौ, तिम्रा रानी र छोराहरू कति छन् ? तब कृष्ण भगवान्ले भन्नु भयो । समुद्रले हामीलाई १२ योजन पृथ्बी दिएको छ । त्यहाँ हामीले सुवर्णको शहर द्वारका बनाएका छौं । नवलाख सुवर्ण महल छ । सोह्रहजार एक सय आठ रानीहरूमध्ये रुक्मिणी पट्टरानी हुन् । हरेक रानीको दश छोरा र १ छोरी छन् । छपन्नकोटि यादव मेरा परिवार हुन् । यस्तो सुनेर मुनि अचम्म भए र भने तिमी म भएको ठाउँमा किन आएको ? भगवान्ले भन्नु भयो । तपाई यहां आएर हाम्रो घर पबित्र पारिदिनु हुन्छ भनेर । हजूरको पाउको जल शिरमा चढाएर हामी पबित्र हुन्छौं भनेर । ऋषिले बोल्नु भयो । आगोमा शीतलता हुंदैन । यस्त,ै दुर्वासामा क्षमाको कुनै गुण छैन । भगवान्ले भन्नु भयो । हजूरले जसो भन्नु हुन्छ, उसै हुन्छ । यसपछि मुनिलाई रथमा राखेर आपूmपनि रथमा बस्नु भयो । बाटोमा जांदा जादै मुनि बोल्नु भयो । तिमी मलाई चिन्दछौं । म पशुले तानेको घोडामा बस्दिन । अब तिमी रथको घोडालाई छाडेर तिमीहरू दुबै जना मिलेर रथ उठाए, म आउंंछु । भगवान्ले भन्नु भयो । त्यसै गरुँँला । त्यसपछि भगवान् र रुक्मिणीले रथ उठाउन लाग्नुभयो । आकाशबाट यो देखेर सबै देवताहरू जय जयकार गाउन थाले र भने श्रीकृष्ण भगवान्को ब्राम्हणप्रति कति प्रेम रहेछ र रुक्मिणीका साथ रथ तानिरहेका छन् । पुष्पबृष्टि हुन लाग्यो । बाटोमा जांदा रुक्मिणीजीलाई पानी प्यास लाग्यो र भनिन् भगवान रथ तान्दा थाकें र प्यास पनि लाग्यो । मलाई पानी ख्वाऊ र अगाडि लाग । हातले रथ तानिरहनु भएको थियो । यो सुनी भगवान्ले गोडाबाट पृथ्बी दवाएर त्यहाँ गंगा प्रकटगरि रुक्मिणीजीलाई पानी ख्वाउनु भयो । यो देखेर दुर्वासा क्रोधित भएर रुक्मिणीजीलाई श्राप दिनु भयो । तिमीले मेरो आज्ञाविना पानी पियौ । अब म तिमीलाई सराप दिन्छु । तिम्रो कृष्णसंग वियोग हुन्छ । गंगाजीको पानी पनि खान योग्य नहोस्, यसो भनेर रथबाट ओर्लिए ।
पंचनद । पंचतीर्थ (पांच कुवा) ः
भगवान् बिष्णु द्वारकामा बसेको थाहा पाएर मरीचि, अत्रि, अंगिरा, पुलह र क्रतु पांच महर्षि त्यहाँ आए । उनीहरूले द्वारिकापुरि र समुद्र संगम भएको गोमतिको दर्शन गरे र त्यहाँ पंचनद तीर्थ स्थापना गरे । पांच नदी बेगपूर्वक आए । मरिचिको लागि गोमती, अत्रि ऋषिकोलागि लक्ष्मणा नदी, अंगिराकोलागि चंन्द्रभागा, पुलहकोलागि कुशावति र क्रतुको पबित्र गर्ने थम्ववती नदीको आगमन भयो । यशस्वी ब्रम्हपुत्रले त्यसमा स्नानगरि उस स्थानको नाम ‘पञ्चनदतीर्थ’
द्दण्
नाम राखे जुन मनुष्यको सबै पापको नाश गर्नेवालाछन् । सम्पूर्ण द्वारकाभरि पानी नुनै नुन भएकाले खान योग्य छैन । तर, द्वारकामा नै रहेको पंचनदी तीर्थ (पांच कुवा) त्यहाँको पानी खान योग्यहुनुको साथै मीठो पनि छ । पछि गएर ती कुवाहरूको नाम पाण्डवहरूको नामबाट राखिएको छ । सहदेव कुवा, भीम कुवा, अर्जुन कुवा, नकुल कुवा र युधिष्ठिर कुवा । पांच कुवा मध्ये युधिष्ठिर कुवाको पानी सबैभन्दा मीठो छ ।
गीता मन्दिर ः महाभारतको युद्धमा भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिएका थिए । यदा यदाहि धर्मस्य भ्लानिर्भवती भारत । अभ्युत्थानम धर्मस्य तदाऽऽत्मनं सृजाम्यहम् ।।
लाइट हाउस ः समुद्रको किनारबाट सूर्यास्त अति राम्रो संग देखिन्छ ।
स्वामीनारायण मन्दिर
द्दज्ञ
पोरबन्दर जहाँ भारतका राष्ट्र«««पिता महात्मा गान्धीको जन्म भएको ठाउँ ।
साईनाथ मन्दिर
हनुमान डांडी मन्दिर
भारतवर्षमा यस्तो मन्दिर अन्त कतै छैन । हनुमान् र उनका छोरा मकरध्वजको मन्दिर ।
छपन्न सिढी स्वर्गद्वार ः
द्दद्द
नागेश्वर मन्दिर ः
भारतको मुख्य १२ ज्योतिर्लिंग मध्ये एक नागेश्वर ज्योतिर्लिंग यहां हुनुहुन्छ । भगवान् शिवका बाह्र जोतिर्लिंग मध्ये नागनाथ जसलाई नागेश्वर पनि भनिन्छ । द्वारकाबाट १७ कि.मि पर नागेश्वर मन्दिर रहेछ ।
हाल यो ज्योतिर्लिंगको गुलसन कुमारले भारु ६ करोड दिएर जीर्णोेद्वार गरिएको रहेछ । मन्दिरको बायांपट्टि भगवान् शंकरजीको विशालमूर्ति निर्माण गरिएकोछ । ढुंगैढुंगाले बनेको यो पांडवकालीन मन्दिर मजबूत र विशालछ । सभामंडप आठ खम्बाले बनेको र गोलाकार छ । सम्म परेको सभा मंडप र गर्भगृह । त्यहाँँ महादेवको सामुन्ने सांढे छैन । मुख्य मन्दिरको पछाडि नंदीकेश्वरीको छुट्ट्रै मन्दिरछ । मुख्य मन्दिरको चारैतिर १२ ज्योतिर्लिंगको साना साना मन्दिर छन् । एउटा कुनामा पार्वतीजीलाई शिवले मनाइरहेका छन् । कहिले काहीं नागनाथजीले लिङ्ग मूर्तिमा नागदेबता देखिन्छन् । कचौराको दूध कुन बेला खान्छन्, थाहा हुंदैन ।
औरंगजेबले यस मन्दिरलाई भत्काउन चाहे तर हजारौं भ्रमराहरू बाहिर आएर औरंगजेबका सिपाहीहरूमाथि जाई लागे तब भत्काउने काम अधूरो छोडेर औरगजेब त्यहाँबाट भागीगए । त्यसपछि भक्तजनले यो भत्काइएको मन्दिरलाई पुनः जस्ताकोतस्तै बनाए ।
मुख्य कथा यस प्रकारछ ः
दक्ष प्रजापतिले महायज्ञ गर्दा भगवान् शिवलाई निमन्त्रणा दिएनन् । पार्वतीजीले यो अपमान सहन नसकी यज्ञकुण्डमा हाम फालिन् । यो समाचारले भगवान् शिवशंकर अत्यन्तै दुखी भए । घुम्दा घुम्दा विशाल झीलमा आएर बस्न लागे ।
यस स्थानमा पनि उनको अप्रिय घटना घट्न गयो । विरक्त भएका शंकर भगवान्ले आप्mनो शरीर भष्म गराउनु भयो । केही समय पछि वनवासी पांडवहरूले त्यही झीलमा आप्mनो आश्रम बनाए । उनीहरूका गाई
द्दघ
पानी पिउन झील तिर आउंथे । पानी पिए पछि गाई आप्mनो दूधको धाराले झीलमा अर्पित गर्थे । एकदिन भीमले यो चमत्कार देखे । धर्मराजलाई यो कुरो भने तव धर्मराजले भने । यस झीलमा कोही दिव्य देवता रहेका होलान्, त्यसैले । पाण्डवहरूले झीलको पानी हटाउन शुरु गरे । झीलको बीच भागमा पानी यति तातो थियो कि पानी उम्लिरहेको थियो । तब भीमले झीलको पानीमा तीन पटक गदा प्रहार गरे । पानी हट्यो र पानीको सट्टा रगतको धारा बहन थाल्यो । भगवान् शंकरको दिव्य ज्योतिर्लिंङ्ग देखिन गयो ।
अर्को कथा ः
पश्चिमी समुद्रतट एक वनमा दारुक र दारुका बस्तथे । दारुकको उत्पातले सबै ऋषि र अन्य मानिसहरू ओर्व मुनिको शरणमा गए । ओर्व मुनिले दैत्यलाई नष्ट भैजाने सराप दिए । देबताहरूले आक्रमणगर्दा राक्षस चिन्तित भएर उठ्यो । पार्वतीजीबाट प्राप्त शक्तिले दारुकाले त्यस वनको आकाश मार्गबाट उडाएर समुद्रको बीचभागमा राखी सबै राक्षसहरू निश्चिन्त भएर बस्न थाले । समुदबाट गएर ऋषि मुनिहरूलाई पक्डेर बंदी बनाएर लान थाल्यो । यसरी बन्दी बनाएर लैजादै गर्दा एकबार बन्दी बनाएका मानिसहरूमा एक शिवभक्त सुप्रिय नाम गरेको वैश्य पनि परेछन् । ती वैश्य शिवको पूजा नगरिकन केही पनि खादैनथे । उनले बंदीगृहमा रहंदा पनि शिवजीको आराधना, पूजा र कीर्तन प्रारम्भ गरे । बन्दीगृहको पहरेदारले आप्mनो स्वामीलाई यो कुरोको जानकारी गरायो कि बन्दी शिवजीको पूजा अर्चना गरिरहेकोछ । यो सुनेर उसले त्यो वैश्यलाई मार्ने आदेश दियो । सुप्रिय वैश्यले भगवान् शंकरसंग प्रार्थना गर्न थाले । भगवान् शंकर प्रकट भएर क्षण भरमा राक्षसको संहार गरिदिनु भयो । यता दारुकालाई पार्वतीजीको वर प्राप्त थियो । फलस्वरूप देवीले यस युगको अन्तमा राक्षसी–सृष्टि हुने र द्वारिकाको शाशिका हुने कुरा भनिन् । जसलाई शिवजीले स्वीकार गर्नु भयो । त्यसपछि शिवजी र पार्वतीजी स्थिर हुनु भयो । ज्योतिलिंङ्गको नाम नागेश्वर र पार्वतीजी नागेश्वरी कहलाईन् ।
गोपी तलाउ ः
नागेश्वर मन्दिरको दर्शन पछि हामी गोपीतलाउ गयौं । ‘भेटद्वारका’ जाने बाटोमा दर्शनीय तीर्थस्थल छ, जसलाई गोपीतलाउ भनिन्छ । तलाउ त्यति सफा थिएन । तलाउको किनारमा मानिसहरूले गोपीचन्दन झिकिरहेको पनि देखियो । गोपी तलाउको गोपीचन्दनको ज्यादै महिमा रहेछ । गोपिनीहरू यही तलाउमा बिलय भएकाले यहांको चन्दन ‘गोपीचन्दन’ नाउंले प्रख्यात भएको हो ।
अर्जुनलाई म जस्तो धनुर्धारी अरु कोही छैन भन्ने घमण्ड थियो । त्यो धमण्ड तोड्न भगवान्
द्दद्ध
श्रीकृष्णले अर्जुनलाई गाेिपनीहरूलाई मथुरा छोडेर आऊ भनी पठाउनु भयो । बीच बाटोमा आएपछि एउटा तलाउ भेटियो त्यो तलाउमा गोपिनीहरू लुगा फुकालेर रुखमा राखी नुहाउन गए । भगवान् श्रीकृष्णले ती गोपिनीहरूका लुगाहरू चोरेर लैजानु भयो । लुगा लाउन नपाई गोपिनीहरू त्यही तलाउमा विलय हुन पुगे । यो देखि अर्जुन आपूmलाई अह्राएको त्यतिकुरा पनि सम्पन्न गर्न नपाएकोमा ज्यादै लज्जित भए । त्यही तलाउलाई ‘गोपी तलाउ’ भनिन्छ जहाँ गोपिनीहरू विलय भएका थिए । त्यही तलाउमा पाइने गोपीचन्दनको ज्यादै महिमा छ ।
गोपी तलाउको बारेमा अर्को कथा ः
गोपीनीहरूले श्रीकृष्ण भगवान्संग बिन्ती गरे । हे भगवान् यदि तपाई हामीहरूदेखि खुशीहुनुहुन्छ भने हाम्रो नाममा पनि एक सुन्दर तलाउ कृपा गरेर बनाइदिनुहोस् । तब भगवान्ले भन्नु भयो तिमीहरूको मनोरथ म पूर्ण गर्नेछु । त्यसपछि भगवान्ले विश्वकर्मालाई भनेर एउटा सुन्दर तलाउ बनाई गोपिनीहरूलाई देखाई त्यसको नाम ‘गोपी तलाउ’ भनेर प्रचार गर्नु भयो । त्यसपछि गोपीहरू खुशी भएर भने हे भगवान् हाम्रो दोस्रो प्रार्थना छ कि यस तलाउमा देबताको साथ स्नान गर्न तपाई पनि आउनु पर्छ । यस तलाउमा जो व्यक्ति भक्तिभावले स्नान गर्छ, उसको महात्म्य हामीलाई सुनाउनुहोस् । तव भगवान्ले भन्नु भयो । यस गोपी तलाउमा पहिला अध्र्यदिएर, दान, तर्पण र श्राद्ध जो गर्छ, उसको यस लोकमा कीर्ति र परलोकमा मोक्ष मिल्दछ । तलाउको पानीमा स्नानगरि हामी फर्कियौं ।
बेट द्वारका (भेट द्वारका) ः
कसैले ‘बेट द्वारका’ र कसैले ‘भेट द्वारका’ भन्छन् । वास्तविकता के हो त ! गुजरातीभाषामा ‘बटे’ भन्नाले चारैतिर समुद्रले घेरिएको भूभाग याने टापूलाई बेट भनिंदो रहेछ भने सुदामाले कृष्णलाई भेट गरेको ठाउँ भएकोले भेट द्वारका पनि भन्ने गरिन्छ । बेट द्वारकाकोभूमि समुद्रको बीचटापूमा अवस्थित छ । बेट द्वारका भगवान् श्रीकृष्णको निवासस्थान जहाँँ सुदामाले भगवान् श्रीकृष्णलाई भेटेका थिए । बेट द्वारकाको महत्व द्वारका भन्दा कम रहेनछ । बेट द्वारका जान द्वारकाबाट ३० कि.मि. पर ओखा भएर जानु पर्दो रहेछ । ओखा जान रेलबाट पनि जान सकिन्छ । तर, रेल भनेको बेलामा पाउनु गाह्रो पर्दछ । हाम्रो बस समुद्रको किनारमा नजीकै गएर रोकियो, ४–५ मिनेटको पैदल यात्रा पछि हामी समुद्र किनारमा पुग्यौें । जहाँ ओखाको पश्चिमपट्टि बन्दरगाह रहेछ । ओखाबाट ‘बेट द्वारका’ जान समुद्र किनारमा ठूला ठूला डुंगाहरू राखिएका थिए । जुन डुंगामा ७०–८०
द्दछ
जना भन्दा बढी अटाउंदो रहेछ । मोटरबाट चल्ने डुंगाहरू । हामी सबै डुंगामा बस्यौं । डुंगाबाट पारि हेर्दा झण्डा फर्फराई रहेको थियो । यही होला कि बेट द्वारकाको मन्दिर भनी अड्कल नकाटिएको पनि होइन । आखिर त्यही रहेछ, ५ कि.मि खाडी पार गरेर गए पछि पारिपट्टिको टापूमा पुगिंदो रहेछ । डुंगाबाट जान ३०–३५ मिनेट लाग्दो रहेछ । डुंगामा जान भारु १०।– आउन भारु १०।– प्रतिव्यक्ति लाग्दो रहेछ । डुंगाबाट ओर्लिए पछि लगभग १५ मिनेट पैदल हिडेपछि मन्दिर आईपुग्दो रहेछ । बाटाको दायां बायां पसलहरू जहाँँ समुद्रमा पाइने मोतीमाला, शंख, आदिका सामानहरूले भरिएका पसलहरू हुंदै मन्दिर पुगियो । सबै सामानहरू लकरमाराखी मन्दिरतिर लाग्यौं । मन्दिर अगाडि के पुगेका थियोैं । एक पण्डाले हाम्रो समूहलाई अहिले मन्दिर खुलेको छैन पहिला यहां बसेर के के मन्दिरको दर्शन गर्ने अनि बेट द्वारकाको दर्शन गर्नेभनी एक ठाउँमा लगेर राख्यो अनि फलाक्न थाल्यो । यहां ब्राम्हणहरूलाई भोजन गर्न ठूलो समस्या छ । ब्राम्हण भोजनकालागि दान गर्नुस् भनेर दान बटुल्न थाल्यो । पछि मात्र मन्दिरमा जान भन्यो आखिर मन्दिर खुलैरहेछ हामीहरूलाई अन्तै लगेर दान लिन त्यस्तो गरेको रहेछ ।
पाकिस्तानमा केही वर्ष अगाडि गएको भूकम्पले मन्दिर र वरिपरिका घरहरू भत्किएका रहेछन् । भगवान्को मन्दिरलाई कुनै क्षति भएको रहेनछ । मन्दिरको मर्मतभैराखेको रहेछ । भगवान्को मूर्ति द्वारका र बेट द्वारकाको केही फरक रहेन छ । दर्शन सबैतिर गरियो ।
यस टापूमा ७ हजार जनसंख्या रहेछ । सात हजारमा २ हजार हिन्दू र ५ हजार मुश्लिम रहेछन् । यहां कुनै अन्न उत्पादन हुंदैन । यहां मुश्लिमहरूको बाहुल्य भएतापनि द्वारका भगवानको मन्दिर भएकोले यसै मन्दिरका कारणले सबैले रोजगारी पाएकाले मुश्लिम र हिन्दूहरूकाबीच कहिल्यै झगडा भएको छैन रे ! अन्यत्र सधैं मुश्लिमहरूले हिन्दूहरूलाई देखि नसहने । हिन्दूहरूका मन्दिरभत्काउने, नष्टगर्ने गरेतापनि यहां हिन्दू र मुश्लिमहरू बीच कुनै किसिमको झगडा भएको छैन भन्ने त्यहाँका मानिसहरूले भनेका थिए । मुश्लिमहरूले हिन्दूहरूलाई आदरभावले हेर्ने गर्दछन् , भन्ने कुरो पनि थाहा पाइयो ।
५.४५ बजे हामी समुद्रको किनारमा आई डुंगाबाट पारिआइयो । बस रोकेको ठाउँमा आई बस चढी द्वारका फर्कियो । ७ बजे द्वारका पुगियो बलराम गेष्ट हाउसमा । बेलुका द्वारका भगवान्को दर्शनकालागि मन्दिर पुगियो । दर्शन पछि गेष्टहाउसमा आएर आराम गरियो । द्वारकामा घुम्न लायक मन्दिरहरू ः
१. श्री द्वारीकाधीश मन्दिर १३. सरस्वती मन्दिर २. श्री रुक्मिणी मन्दिर १४. सिद्धेश्वर मन्दिर ३. श्री गोमती घाट १५. श्री अखण्ड रामधून मन्दिर ४. श्री छपन्न सीडी मन्दिर १६. श्री गायत्री मन्दिर
द्दट
५. श्री पंचतीर्थ (पांच कुवा) १७. श्री साईबाबा मन्दिर ६. श्री प्राचीन कुशेश्वर मन्दिर १८.श्री जलाराम मन्दिर ७. श्री गौरीकुंड १९. श्री बेट द्वारका मन्दिर ८. श्री गोपाल घाट २०. श्री नागेश्वर मन्दिर ९. श्री गीता मन्दिर २१. गोपी तलाउ १०. श्री भद्रकाली मन्दिर २२. हनुमान डांडी ११. श्री संगम घाट २३ चौरासी धूनी १२. श्री शारदा पीठ
२०६८ साल फाल्गुण ३ गते बुधबार ÷ २०१२ फेब्रुअरी १५ (नवांैं दिन)
विहान गोमती नदीमा स्नानगरि द्वारकाधीशको दर्शन ग¥यौं । आज हामी द्वारकाबाट सोमनाथकोलागि जांदैछौं । द्वारकामा रहंदासम्म । जुन दिन हामी द्वारका पुगेको थियौं, त्यो बेलुका, भोलिपल्ट बिहान र बेलुका । आज बिहान दर्शनगरि फर्कियो । द्वारकाबाट फर्कदा त्यहाँको चीनो केही लिएर जानु प¥यो भनेर बजार घुम्न गयौं । बजारभरि श्रीकृष्ण भगवान्का मूर्ति, फोटो, पट र भगवान् संग सम्बन्धित कुराहरू मात्र बजारभरि रहेछ । मूर्ति, फोटो तथा अन्य कुराहरू खरिदगरि । ११–१२ बजे तिर खाना (त्यही नेपाली भाईहरू काम गर्ने होटलमा) खाई गेष्ट हाउसमा फर्कियौं ।
३.३० बजे सोमनाथकोलागि हामी बसबाट अघि बढ्यौं । बस ठूलो टुरिष्ट बस थियो । आरामदायी । मूल द्वारिका या सुदामापुरि मन्दिर ः
बीचबाटोमा मूल द्वारिका याने सुदामापुरिको मन्दिर रहेछ । गोमती द्वारिकाबाट पांचौ स्टेशन
भाटिया आउँछ । सडक मार्ग पनि भाटिया भएर आउँछ । भाटियाबाट सुदामापुरी बस या मोटरबाट जान सकिन्छ । सुदामापुरीलाई मूलद्वारिका तीर्थस्थान भनिन्छ । प्राचीन
महात्म्य अनुसार भगवान् श्रीकृष्ण जरासन्धसंग युद्ध गरेर रणछोडेर यहां आएर बस्नु भएको थिया,े यहींबाट द्वारका जानु भएको थियो । यहां नआई द्वारिकादर्शनको समाप्ति हुंदैन भनिदो रहेछ । दर्शन गरियो । रण छोडेर आएको हुनाले कृष्णलाई ‘रणछोड स्वामी’ पनि भन्ने गरिन्छ ।
हरसिद्ध माताजीका मन्दिर ः
द्दठ
सौराष्ट्र«««को जामनगर जिल्लामा पर्ने यो स्थान द्वारिका जस्तै धार्मिक महत्व प्राप्त देबीस्थान हो । जामनगर जिल्लाको यो स्थान समुद्र किनारमा छ । जो द्वारिकाबाट ४० कि.मी पर पर्दछ । द्वारिकाबाट भाटिया भएर यस स्थानमा पुगिन्छ । पोरबन्दरबाट ४१ कि.मीको अन्तरमा पर्दछ । द्वारिका र पोरबन्दरको बीचमा पर्दछ । तल हरसिद्ध माताजीको मन्दिरको दर्शन गरियो । माथि डांडोमा सिढी चढेर जानु पर्नेरहेछ । त्यहाँ पनि मन्दिर टाढैबाट देखिन्थ्यो । त्यहाँ जान धेरै समय लाग्ने र सोमनाथ पुग्न ढीला हुने भएकोले माथि दर्शन गरिएन ।
हरसिद्ध माताजीको दर्शन पछि द्वारका र आसपासका मन्दिरहरूको दर्शन समाप्त भयो ।
सल्लाह ः
तपाईहरू द्वारकाको दर्शन गर्न जांदै हुनुहुन्छ भने गोरखपुरबाट ओखा जाने रेलमा द्वारका स्टेशन सम्मको रेलको टिकट लिनुस् । गोरखपुरबाट ओखा हप्ताको एकपटक मात्र रेल चल्छ । सिधै द्वारका जानुस् । द्वारकामा होटल, गेष्ट हाउस, धर्मशाला प्रशस्त छन् । आप्mनो गच्छेअनुसार बस्ने ब्यवस्था मिलाउनुस् । द्वारकाधीशको दर्शन गर्नुस् । भोलिपल्टकोलागि आसपासका मन्दिरहरू रुक्मिणीजीको मन्दिर, नागेश्वर शिवलिङ्ग, गोपीतलाउ, भेटद्वारकाकोलागि बसको टिकट लिनुस् । द्वारकामन्दिर अलि पर चोकमा धेरै ट्र«««ाभल्स एण्ड टुर्सबाट ती मन्दिरहरूमा जानकोलागि बसको टिकट सजिलै संग पाइन्छ । अन्त कतै बस्ने ठाउँ छैन । द्वारकामा नै बस्नुस् । बसबाट, अटोबाट, गाडीबाट जे मिल्छ त्यहीबाट अन्य मन्दिरहरूको दर्शन गर्नु । द्वारकाबाट सोमनाथको दर्शन गर्न जांदै हुनु हुन्छ भने सुदामा पुरि (जसलाई मूल द्वारका पनि भनिन्छ) ‘हरसिद्धि माता’ को दर्शन (सोमनाथको मन्दिर जाने बाटोमा पर्दछ ) उतै जांदा गरे हुन्छ । द्वारकाबाट सिधै फर्कदै हुनुहुन्छ भने सबै मन्दिरको दर्शन गरेर फर्कनुस् ।
द्दड
बसबाट हेर्दा कतै फाटफुट बत्ती बलेको देखिन्छ नत्र अन्धकार । यस्तैगरि रातको १० बजे सोमनाथको बस स्टप भनेर बस रोकियो । सोमनाथको मन्दिर पुग्नु धेरै अगाडि नै बस रोकिएको रहेछ । बस स्टपमा अन्धकार । अटोवालाहरू तंछाड् र मछाड् गरेर हामी राम्रा राम्रा गेष्ट हाउसमा पु¥याउंछौ भन्दै आए । अटोमा बसियो ५–६ मिनेट पछि अटोहरू गल्ली भित्र पसे । ठाउँ ठाउँमा सुंगुर कराएको सुनियो । च्यां च्या र चुं चुं । कस्तो ठाउँमा आइएछ । रातको समय÷नयां ठाउँ । गेष्ट हाउस देखाए, राम्रोलाग्यो । रातको ११ पनि बढी बजिसकेको थियो । लगेको केही खानेकुरा खाएर सुत्यौं ।
२०६८ साल फाल्गुण ४ गते बिहीबार ÷ २०१२ फेब्रुअरी १६ (दशौं दिन)
बिहान सबेरै अर्थात ७ बजे सोमनाथको दर्शनकालागि मन्दिरतिर लागियो । अगिल्लो दिन राति १० बजेतिर कहां पुगियो थाहा भएन । भोलिपल्ट थाहा भयो हामी त मन्दिरको ठीक पछाडि बसिराखेका रहेछौं । हामी बसेको गेष्ट हाउसको छानाबाट सोमनाथ मन्दिर राम्रो संग देखिदोरहेछ । हामी बसेको पछाडि भए पनि मन्दिर प्रवेशकोलागि अगाडिको मुख्य ढोकाबाट मात्र जान पर्दोरहेछ । मुख्य ढोकाबाट छिर्नासाथ सबै सामान झोला, क्यामरा, मोबाइल, जुत्ता आदि सामान निशुल्क लकरमा राखिने । मन्दिरको अगाडि विशाल कम्पाउण्ड । कम्पाउण्डमा टायल बिछाइएको । सफा कम्पाउण्ड । मन्दिरको बाहिर प्राङ्गणमा सरदार बल्लभभाई पटेलको पूर्ण कदको मूर्ति । दिग्विजय द्वारमा शरीरको जांच पछि मन्दिरतिर जानुपर्ने । मानिसहरू प्रवेश गर्ने स्थानमा मार्बल । मार्बलमाथि कार्पेट बिछ्याइएको । किनारमा ठूला ठूला पर्खाल । मन्दिरभित्र सिंगमरमरले कुदिएका चित्रहरू । सोमनाथको मुख्य मन्दिरको देब्रेतिर गणेश÷दाहिनेतिर हनुमान्को मन्दिर । सोमनाथको मन्दिर शिवलिङ्गको पछाडि सिगमर्मर्को गौरीको मूर्ति रहेछ । मन्दिर सफा, सुन्दर र मनमोहक छ । मन्दिरको देब्रेतिर सुन्दर बगैंचा । बगैचाको छेउमा समुद्रको दृश्यावलोकनकालागि राखिएका मेचहरू÷समुद्रको छाल, निीलो पानी मनमोहक दृश्यले मोहित तुल्याउंछ । मन्दिरको अर्कोतिर १२ शिवलिङ्गको उत्पतिकाबारेमा बेग्ला बेग्लै १२ कक्षहरूमा आकर्षक मूर्तिहरू निर्माण गरिएका छन् । ती अति मनमोहक छन् ।
दर्शनकालागि मन्दिर भित्र महिला र पुरुषकालागि बेग्ला बेग्लै लाइन्मा बसी दर्शन गर्नु पर्ने । दर्शन टाढैबाट गर्नु पर्ने । भेटीदान गर्न ठाउँ ठाउँमा दान पेटिका राखिएका । पण्डालाई भेटी दिएता पनि नलिएर दान पेटीकामा खसाल्न भने ।
द्दढ
भारतको यस्तो मन्दिर पनि रहेछ, जहाँ पण्डाले दिएको पैसा नलिएर दान–पेटिकामा राख्न भनेको ।
मन्दिरमा चढाउने माला । प्रसादकोरूपमा बेलपत्र । मन्दिर बिहान ६ बजे देखि बेलुका ९.३० बजे सम्म खुल्ला रहने । बिहान ७ बजे र बेलुका ७ बजे आरती । आरती १५ मिनेट हुदो रहेछ । सोमनाथमा नुहाउनकोलागि समुद्रमा नै गएर नुहाउनु पर्ने ।
मुख्यढोका भन्दा केही पर किनारमा गएर नुहाउनु पर्ने । त्यहाँ जान बालुवा नै बालुवामा हिड्नु पर्ने÷नरिवल–पानी भारु ५–१० मा मजा संग खान पाइने । किनारभरी नरिवल–पानीका पसलहरू र समुद्रमा पाइने शंख र मोती जस्ता सामानहरूको पसल राखिएका । किनारमा उंट चढ्न÷उंटबाट घुम्न पाइने । किनारमा पानीको छाल आउने । छालसंगै मोती, ढुंगा, बालुवा आउने । त्यही किनारमा गएर बस्ने अनि पानीको छालले नुहाइदिन्छ । सोमनाथको मन्दिर को कम्पाउण्ड विस्तारगर्न समुद्रमा ढुंगाहरूराखी माथिबाट डोजरले पुर्ने काम भैरहेको छ ।
मन्दिर प्रवेश गर्नु अगाडि संगै सोमनाथको पुरानो मन्दिर रहेछ । पुरानो मन्दिरमा मानिसहरू त्यति जाने गरेको पाइएन । सोमनाथ मन्दिरको बारेमा के लेखिएको छ, पश्चिम सागरमा बाह्रज्योतिर्लिङ्ग मध्ये प्रथम ज्योतिलिङ्ग भगवान् सोमनाथको मन्दिर रहेकोछ । हाल सोमनाथ सम्म रेल्वेको सुविधा भएकोले सोमनाथको मन्दिर जान सजिलो भएकोछ । रेलबाट आउंदा राजकोटबाट सोमनाथ स्टेशनसम्म आउनु पर्छ । सोमनाथको मन्दिर नदीको किनारमा भएको हुंदा यहांको हावापानी एकदम राम्रो छ । न जाडो न गर्मी । गर्मीे महिनामा पनि यहां शीतल भईरहने भएकोले यात्रुहरूको भिड सधैं लागिरहन्छ ।
जुनागढबाट ९० कि.मी पर बेरावलको नजीक प्रभास पाटनमा आदि ज्योतिर्लिंग भगवान् सोमनाथको मन्दिर र भगवान् श्रीकृृष्णले जहाँ आप्mनो पार्थिब शरीर त्यागगरि परमधाम गएका थिए, त्यो पवित्र भूमि छ ।
सोमनाथको ज्योतिर्लिंगको बारेमा ः
दक्षप्रजापतिका २७ कन्याको बिवाह चन्द्रसंग भएको थियो । चन्द्रले रोहिणीलाई मात्र अत्यधिक माया गर्दथे । अरुलाई तिरस्कार गर्दथे । यसबाट रिसाएर दक्ष प्रजापतिले उनलाई सराप दिए । जसको परिणामस्वरूप चन्द्रको तेज क्षीण हुंदै जान लाग्यो । यस दण्डबाट पनि रोहिणीलाईमात्र माया गर्ने अरुलाई तिरस्कार गर्ने क्रम रोकिएन । तब राजयक्ष्मा जस्तो भयंकर रोग लाग्ने आज्ञा दिए । यसले चन्द्र दिन प्रतिदिन क्षीण हुंदै जान लागे । पृथ्बीका वनस्पतिहरू नष्ट हुन
घण्
लागे । वनस्पति जगत्मा आएको यस्तो संकट हटाउन सबै ऋषिगण दक्षको सामुन्ने गएर चन्द्रलाई क्षमा दिन बिन्ति गरे । चन्द्रमाले पनि पश्चाताप गरे । तब दक्षले आपूmले दिएको श्राप फिर्ता गर्न आप्mनो असमर्थता व्यक्त गरे । चन्द्रमाको समुद्र र सरस्वतीको संगम स्थलमा सदाशिवलाई प्रसन्न गर्न सल्लाह दिए ।
श्रापबाट मुक्त पाउन चन्द्रले सरस्वती र सागरको संगमस्थल सोमनाथको स्पर्शलिङ्गको बषौंबर्षसम्म अखंडपूजा–आराधना गरि भगवान् शिवलाई खुसी पारे । भगवान् शिवले चन्द्रको शुक्लपक्षमा बृद्धि प्राप्त गरि प्रकाशित हुने वरदान दिए । यसप्रकार, चन्द्रले आप्mनो प्रकाश अर्थात् ‘भास’ पुनः प्राप्त भयो । यसैले, यस तीर्थ स्थान को नाम ‘प्रभास’ तीर्थ बन्यो । स्कन्दपुराण अनुसार भगवान् श्री सोमनाथ महादेवका लिङ्ग स्वयंभू, महाप्रतापी, सूर्यमंडलजस्तै तेजस्वी÷सर्पवेष्टित, अंडाकार, भूमिमा स्पर्शलिङ्ग छ । यसमा ब्रम्हादलिङ्ग को स्थापनागरि मन्दिरको निर्माण सोम अर्थात् चन्द्रले गरे । यसैले, यस मन्दिर ‘सोमनाथ’ का नामले प्रसिद्ध भयो ।
‘सोमनाथ’को नवनिर्मित मंन्दिर पूर्वबाट पश्चिम १२५ फिट र उत्तर बाट दक्षिण ११५ फिट् छ । सभा मंडपको उचाई ७५ फिट छ । शिखर १५५ फिट अग्लो छ । जामनगरकी राजमाता गुलाब कुंवरले इ.सं १९७० मा स्वर्गवासी पति महाराजा जाम साहेबको पुण्यस्मृतिमा दिग्विजयद्वार नामको मन्दिर प्रवेशद्वारको निर्माण गराइन् । यस आकर्षक द्वारको लंबाई ५१ फिट, चौडाई ३१ फिट र ऊंचाई ५१ फिट छ । श्री सत्य साईवावाले इ.सं १९७० मा यसको उद्घाटन गर्नु भएको थियो ।
दिग्विजय द्वारको सामुन्ने सरदार बल्लभभाई स्मारक समितिले श्री सरदार बल्लभभाई पटेलको प्रतिमा स्थापन गरेका थिए । यस प्रतिमाको अनावरणबिधि पू. रविशंकर महाराजले ४ अप्रिल १९७० का दिनमा गर्नु भएको थियो ।
सोमनाथको मन्दिरको दक्षिण समुद्रतटमा एक स्तम्भ स्थापित गरिएकोछ । यस स्तम्भमा एउटा तीर राखिएकोछ । जसले दर्शाउंछ कि सोमनाथ मन्दिरबाट दक्षिण ध्र्रुबतक बीचमा कुनै भूभाग छैन ।
मुख्य मन्दिरको पछाडि एउटा सानो मन्दिर छ । जसलाई पार्बतीजीको मन्दिर भनिन्छ । सोमनाथ मन्दिरको सबै व्यवस्था ‘सोमनाथ ट्र«««ष्ट’ बाट हुन्छ ।
बिहान सोमनाथको दर्शन पछि त्यो दिन हामी जहाँ पनि जान सक्ने भएकोले सोमनाथ मन्दिर आसपास घुम्न लायक मन्दिरहरू तथा अन्य स्थानमा घुमाउन अटोवालाहरू आइरहेका थिए । भारु ५०।– प्रति व्यक्तिबाट लिइ नजीकका मन्दिरहरूमा घुम्नजाने निर्णय भए अनुसार अटोबाट हामी सोमनाथ ट्र«««ष्टबाट निर्मित धर्मशालामा खाना खानको लागि गयौं । त्यहाँ सस्तोमा राम्रो
घज्ञ
सफा ठूलो धर्मशालाको ब्यवस्था गरिएको रहेछ । खाना खायौं । अगिल्लो दिन हामी रातको १० बजे आई पुगेको कहां के छ त्यति थाहा हुने कुरा पनि भएन । यदि यहांहरू सोमनाथको मन्दिरमा जानु हुन्छ भने खान, बस्नको लागि सोमनाथ ट्र«««ष्टबाट संचालित धर्मशालामा नै बस्न अनुरोध गर्दछौं । राम्रो, सफा, सस्तो हुनाको कारण ।
खाना खाई हामीहरू मन्दिर घुम्न तिर लाग्यौं ।
त्रिवेणी संगम ः हामी त्रिवेणी संगममा गई स्नान ग¥यौं । यो स्थान अरबीसमुद्रको किनारमा जहाँ कपिला, हीरण र सरस्वतीनदीको त्रिवेणीसंगम स्थान रहेछ, जहाँ भगवान् श्रीकृष्णको पार्थिव शरीरको अन्तिम संस्कार भएको थियो ।
शारदा मठ ः
त्रिवेणीको नजीक जगत्गुरु शंकराचार्यकोे मठ रहेछ यस मठको प्रागंणमा श्री कामनाथमहादेवको मन्दिर रहेछ ।
गीता मन्दिर ः यस स्थानमा भगवान् श्रीकृणको मन्दिर । मन्दिरको वरिपरि श्रीमद्भगवदगीताको अध्याय लेखिएको रहेछ यसैले, यस मन्दिरको नाम ‘गीतामन्दिर’ भनिएको रहेछ ।
सूर्य मन्दिर ः
बलदेव गुफा ः
१०–१२ सिढीं ओर्लिएर गुफा भित्र छिरेपछि भित्र मन्दिर रहेछ । मन्दिरमा बिजुली बत्ती बालिएको । अक्सिजनको कमी भएकोले पंखा खोलिराखिएको । मन्दिरमा बूढी आमा पूजारीको रूपमा बसिरहेकी । धेरै जना एकैचोटि भित्र पस्दा अक्सिजनको कमीले मानिसहरूलाई धेरैबेर बस्न नसकिने रहेछ ।
घद्द
बाणगंगा ः
समुद्रको किनारमा वाणगंगा शिवलिङ्ग रहेछ । ÷जहाँबाट जर नामको शिकारीले मृग भनेर वाण हानेको । जुन बाणले भगवान् श्रीकृष्णलाई लागेको थियो ।
भालका तीर्थ ः बेरावल प्रभासपाटनमार्गमा भालकातीर्थ मन्दिर पुगियो । मन्दिरमा भगवान् श्रीकृष्णको गोडामा बाण लागेको नजीकै एकजना अगाडि बसिराखेको देखिन्छ । ती जर नाम गरेका शिकारी हुन् । भगवान् श्रीकृष्ण यहां सुतिरहनु भएको थियो÷ तब जर नामको शिकारीले मृग सम्झेर बाण हान्यो । त्यो वाण भगवान् श्रीकृष्णको गोडामा लाग्यो । शिकारी भगवान्संग माफी मागिरहेको छ । त्यही बाणले घायल भएर श्रीकृष्णले त्यहीं देह त्याग गर्नु भयो । अतः यही ‘भालका तीर्थ’ कहलाइयो । यहां भगवान् श्रीकृणको अन्तिमदर्शन मिन्छ ।
हामी दर्शन गर्न गएका मन्दिरहरूमा भालका तीर्थ मन्दिर केही टाढा नत्र भने त्यही यता–उता रहेछन् । हाम्रो काठमाण्डौंको संकटा, भद्रकाली र महांकाल जस्तै ।
नजीकका मन्दिरहरूको दर्शन गरि हामी गेष्ट हाउसमा आयौं । केही बेर आराम गरेपछि हामी लाग्यौं, सोमनाथको मन्दिरतिर बेलुकाको दर्शन र आरती हेर्न । त्यसपछि गेष्ट हाउस फर्की । सुत्यौं ।
२०६८ साल फाल्गुण ५ गते शुक्रबार ÷ २०१२ फेब्रुअरी १७ (एघारौंं दिन)
बिहान ७ बजे सोमनाथको दर्शन ग¥यौं । अब हामी सोमनाथको दर्शन पछि ‘वाराणसी’ जानु पर्ने थियो । हामी पुग्नुपर्ने राजकोट । हाम्रो रेल्वेको टिकट रिजर्भ भएको । राजकोट बाट बाराणसी । सोमनाथबाट राजकोट पुग्नुपर्ने । यस यात्राका लागि हामीले पहिले नै टिकट लिएका थिएनौं । बसबाट पनि राजकोट पुग्न सकिन्छ र लोकल रेलबाट पनि पुग्न सकिन्छ । हामी राजकोट ४.२५ बजे सम्म पुग्नु पथ्र्यो । बसमा जाने कि रेलमा जाने कुनै निश्चित भएको थिएन । बसभाडा प्रतिव्यक्ति भारु १५०।– । रेलभाडा जनरल कोच प्रतिव्यक्ति भारु ५१।– । रेलबाट गएपनि समयमा पुगिने । सबैतिरबाट रेलमा जानु उचित भएकोले हामी अटोबाट
घघ
सोमनाथ रेलवे जक्सनतिर लाग्यौं, लगभग १५ मिनेट पछि जक्सन पुगियो । केही समयको पर्खाइ पछि १० बजे सोमनाथ जक्सनबाट राजकोट जक्सनतिर । ३ बजे राजकोट जक्सनमा ओर्लियो । वाराणसीकालागि अर्को रेल पक्डिन । यताउता लाग्ने समय थिएन । जक्सनमा नै खाना खायौं । हामी जानुपर्ने राजकोट बाट वाराणसी । समय ४.२५ । रेल नं १५६३५ । रेलको नाम गुहाटी एक्स्प्रेस । जानु पर्ने १८५७ कि.मि । एकजनाको त्ष्अपभत ँबचभ क्ष्च्क। घण्ण्र( क्ष्च्ऋत्ऋ क्भचखष्अभ ऋजबचनभक क्ष्च्क।ज्ञण्र( न्क्ब्क् ऋजबचनभक क्ष्च्क। छण्र( त्यतब िक्ष्च्क। घटण्र( च्क। छठटर( । बेलुका ४.३० बजे राजकोटबाट गुहाटी एक्स्प्रेसबाट वाराणसीतर्फ प्रस्थान गरियो । राजकोटबाट एक स्टेशन पर पुगेपछि जब रेल रोकिया,े तब जनरल डिब्बाका मानिसहरू यसरी आएकि अरिड्गालको गोलो आए समान ओहिरिए । पूरै रेलका डिब्बाहरू भरिए । कतै हिड्ने ठाउँ छैन । रेलका सिटमा पनि मानिसहरू आएर बसिदिएका । वाथरुम जाने ठाउँ र वाथरुम भित्र जहाँ तहीं । यस्तो थियो कि यो सुतेर जाने डिब्बा नभएर लोकल बस जस्तै । यदि सबैतिर यस्तै हुने हो भने मानिसहरू रेल चढ्न हिचकिचाउंथे होलान् । यो जक्सन त्यस्तै रहेछ । रेल चढ्ने बेलामा पनि झगडा गर्नु परेको । हाम्रा सिटहरूमा अरु नै बसेका । बल्ल बल्ल हटाई बस्नु परेको । मानिसहरूको ब्यवहार पनि रुखो÷विहारी स्वभाबका । पूर्व, पश्चिम, दक्षिणका मानिसहरू र उत्तरतिरका मानिसहरूको बानी–ब्यहोरामा धेरै अन्तर !
सल्लाह ः
यदि तपाई सोमनाथको दर्शन गर्दै जानुहुन्छ भने गोरखपुरबाट राजकोट स्टेशन सम्मको टिकट काट्नुस् । राजकोटबाट सोमनाथ रेलबाट वा बसबाट जान सकिन्छ, रेलबाट जाने हो भने । राजकोटबाट सोमनाथ स्टेशन (जुन अन्तिम स्टेशन हो) । यहांबाट बस, अटोबाट सोमनाथ मन्दिर सम्म पुगिन्छ ।
खान बस्नकोलागि सोमनाथ मन्दिर ट्र«ÞÞÞ«ष्ट द्वारा संचालित धर्मशाला छ । जहाँ खाना सस्तो÷राम्रो हुनुकोसाथै बस्नकोलागि पनि सस्तो राम्रो धर्मशालाको ब्यवस्था छ । मन्दिर आसपासमा पनि गेष्टहाउस छन्, तर गेष्टहाउस जाने ठाउँ फोहर, गनाउने, सडकको दुबै किनारमा नाली बगिरहेको । सुंगुर च्या च्या र चूं चूं कराउने ।
२०६८ साल फाल्गुण ६–७ गते शनिबार–आइतबार ÷ २०१२ फेब्रुअरी १८ – १९ (बाह्रौं – तेह्रौं दिन)
राजकोटबाट ५ गते बेलुका ४.३० बजे चढेको रेल । रातको समय रेलमा सुत्ने । दिउसोको समय सिट् फोल्डिंगगरि त्यहीं बस्ने÷भ्mयालबाट हेर्ने । राती कहां पुगियो केही थाहा हुंदैन उही ठूला स्स्टेशनमा यो फलानु स्टेशन हो भनेर भनिराखेको हुन्छ । दिउसोको समय प¥यो भने बाहिरका कुराहरू देख्न पाइन्छ । बीचबाटोमा रेलबाट आगराको लाल किल्ला देखियो केही बेर
घद्ध
पछि ताजमहल पनि देखियो, टाढैबाट । चिया, खाना रेलकै खाने गर्दै फाल्गुण ५ गते बेलुका ४.३० बजे देखि फाल्गुण ७ गते बिहान ४.४५ बजे वाराणसी जक्सनमा पुगियो । भर्खर् उज्यालो भएको छ । रेलबाट ओर्लियो । सामानसहित बाहिर सडकमा । बढी जाडो महसुस भयो । संगै चिया पकाइरहेको रहेछ । चिया खाइयो । अटोवालाहरू हामीलाई घेर्न आएका । हामी यतिमा पु¥याइदिन्छौ भन्ने÷कोही हामी यतिमा । पहिला हामीहरूलाई राम्रो गेष्ट हाउसमा लैजाओ । हामी सामान राखेर मन्दिरतिर लाग्छौंं ।
हाम्रा साथीहरूलाई द्वारकामा भेट भएका एक व्यक्तिले वाराणसीमा बस्ने हो भने ‘जगदम्वाधर्मशाला’मा बस्नू । त्यहाँ गएर यसमा फोनगर्नु मानिस लिन आउछ । फोन नम्बर दिएका रहेछन् । फोन गरियो गोलघरनिर आउनु हामी त्यहाँ लिन आउँछौ भनेका थिए । अटोहरूलाई ‘जगदम्बा धर्मशाला’मा लैजाओ भन्दा उनीहरू भन्छन् । त्यहाँ अटो जांदैन । त्यहाँबाट घाटमा जानलाई पनि टाढा पर्छ । मन्दिर जानलाई पनि टाढा पर्छ । हामी त्यो भन्दा पनि राम्रो सस्तो गेष्टहाउसमा लैजान्छौं, ठीकै छ लैजाओ । पहिला एउटा गेष्ट हाउसमा लगे । देखाए ठूलो हल । खाली केही थिएन । हामी यहां बिस्तारा लगाइदिन्छौं, भाडा यति । त्यहाँ चित्त बुझेन फेिर अर्कोतिर लगे । तीन तला माथि साना साना कोठा । ठीकैका कोठा । त्यहाँ हाम्रा साथीहरूलाई चित्त बुझेन । अर्को ठाउँमा लगे । कुनै ट्र«««ष्टबाट संचालित गेष्ट हाउस । अटोवालाले भित्र लग्यो । भित्र जांदा जांदै । गेष्ट हाउसका कर्मचारीले भने । ओ ! कोठा कोठा म त परेसान भै सकें । यहां ३ महीना देखि बूक गरेको मानिसलाई कोठा दिन सकेको छैन ।
आजसम्म सबै ठाउँमा सजिलैसित कोठा पाएको । यो ‘वाराणसी’मा मात्र किन यस्तो । कतै कोठा नै पाइदैन कि क्या हो ? अब यी अटोवालाहरूलाई लागेको भाडा दिएर पठाइ दिनु हामी विस्तारै कोठा खोजेर जाऊं । तिनीहरूलाई फर्काइदियौं । सामान सडकमा त्यत्तिकै छ । कोही कता कोही कता । बस्ने ठाउँ पनि कतै छैन । नजीकै चिया दोकान रहेछ । चिया पियौं । हाम्रा साथीहरू कोठा खोज्न अगाडि लाग्नु भयो । हामी त्यही सडक पेटिमा बसिरहेका ।
केही बेर पछि त्यही हामीलाई ३ महीना देखि बूक गरेको मानिसहरूलाई कोठा दिन सकेको छैन भन्ने गेष्टहाउसको महन्त आएर हामीलाई बोलायो । तिमीहरूलाई कोठा म मिलाईदिन्छु । अहिले एउटा कोठामा सामान राख । नुहाई÷धुवाई गर । भरेसम्म म अर्को कोठाहरू मिलाई दिन्छु । हामीले भन्यौं अगि त तेरो मान्छेले हामीले कोठा खालि छ भन्दा ३ महीना देखि बूक गरेको मानिसलाई कोठा दिन सकेको छैन
घछ
भन्थ्यो नि त भन्दा । गाली गरि टोपल्यो आप्mनो मान्छेलाई । उसले हाम्रो यहां भित्र पनि अर्को घर छ त्यहाँ कोठाहरू हेर्न हिड भनेर लग्यो । कोठाहरू राम्रै थिए । उसले हामीलाई बारम्बार भन्यो कोठामा गएर बस किन सडकमा बसिरहन्छौं । ठीकै छ हाम्रा साथीहरू आएका छैनन् । आए पछि बसौंला । कोठाहरू हेरेर पनि ठीकै छ साथीहरू आए पछि हामी बस्छौं मात्र भन्यौं । हाम्रा अर्का साथीहरूले पनि नजीकै कोठा हेरेर आउनु भएको रहेछ । उहांहरू पनि सबै साथीहरू आए पछि निर्णय गरौंला भनेर आउनु भएको रहेछ । त्यहाँ बस्दा–बस्दै के पनि देखियो भने पहिलेका ती अटोवालाहरू त्यतै घुमिरहेका । हामीहरू बस्यौं कि बसेनौ भनेर । सबै मान्छेहरूले हामीहरूलाई पिछा गरिरहेका । यिनीहरू कहां बस्छन् भनेर । लामो समय पछि हाम्रा साथीहरू रिक्सा चढेर आउनु भयो । ल हामीले ‘जगदम्बा नेपाली धर्मशाला’मा कोठा वूक गरेर आयौं । अव उतै जाऊं । फेरि हामी अटो खोजी गोलघर तिर लाग्यौं । नेपाली धर्मशालामा अटो, गाडी केही पनि जांदोरहेनछ । गोलघर अगाडि अटो रोकी हामी सामानहरू लिएर वनारसका गल्लीतिर लाग्यौं । एक गल्ली पछि अर्को गल्ली । हेर्दा उस्तै–उस्तै गल्ली । अग्ला अग्ला घर । बल्ल बल्ल नेपाली धर्मशालामा पुगियो । मुख्य सडकमा भएका गेष्ट हाउसमा नबसेर । कस्तो गल्ली गल्लीको बाटो भएर आउनु पर्ने । यस्तो ठाउँमा कसरी बस्ने जस्तो पनि लाग्यो । तर, के गर्नु बूक भैसक्यो । धैर्य गरेर जसरी भए पनि बस्ने निधो गरि सामानहरू लगेर कोठामा राख्यौं । यताउता गर्दा गर्दै समय ११ बज्न लागि सकेको । घाटतिर लागियो । धर्मशाला नजीकै रहेछ । केही समय हिडे पछि घाटमा पुगियो । २–३ किलो मिटर लामो घाट । जुन गल्लीबाट गए पनि घाटमा पुगिने । छुट्टाछुट्ट्रै नामका पक्की घाट । ८० वटा घाटहरू । डुङ्गाबाट सबै घाटहरूको परिचय र दर्शन गराइने रहेछ ।
हामी बीचको घाटमा पुगेका थियौं । हामी मध्येका कोही पहिला पनि वनारसआई सक्नु भएकोले कहां स्नान गर्ने थाहा भएकोले हामी ‘मणिकर्णिका घाट’ तिर लाग्यौं । मणिकर्णिका घाट यस्तो घाट रे ८० वटा घाटमा स्नान गरे बराबर ‘मणिकर्णिका’ एउटा घाटमा स्नान गरेको बराबर । घाटहरूमा सर्वश्रेष्ठ घाट रहेछ । मानिसहरूले श्राद्ध गरिरहेको । पण्डाले माईकवाट २५– ३० जनालाई एकै पटक श्राद्ध गराईरहेका । अन्य घाट भन्दा त्यहाँ बढी चहल पहल रहेछ । नुहाउनकोलागि लुगा फुकालियो । नुहाउन पनि छुट्टै नियम । गंगाजीसंगै वरिपरि सिढी बीचमा कुण्ड जसलाई ‘मणिकर्णिका पोखरी’ भनिदो रहेछ ।
पहिला त्यही पोखरीमा नुहाई चिसै लुगाले गंगाजीमा गएर नुहाउनु पर्ने । गंगाजीमा नुहाई । विश्वनाथको दर्शनकालागि गल्ली गल्ली भएर लाइन्मा बसियो । लामो लाइन् । एउटा गल्लीबाट अर्को गल्ली । फेरि, अर्को गल्ली गर्दै मन्दिरको गल्लीमा पुगियो । मन्दिर कतैबाट देखेको होइन । लाइन्
घट
मात्रै । ४ घण्टा लाईन् बसे पछि बल्ल मन्दिरको ढोकातिर लागियो । मन्दिर भित्र पस्न कुनै सामान लैजान नदिने । झोला, ब्याग,मोबाईल, क्यामरा पूरा छामछुम गर्ने । डटपेन खल्तीमा थियो । लैजान पाउदैनस भन्यो । ४ घण्टा लाइन बसेर आएकोछ कहां जाबो डटपेन राख्न जानु । डटपेन झिकेर नजीकैको फोहर राख्ने भांडोमा मिल्काइ अगाडि बढ्यौ । नजीकै पुगिसकिया,े तैपनि मन्दिर देखिएको होइन ।
गल्ली गल्ली । वरिपरि घरै घर । बीचमा विश्वनाथजीको मन्दिर । सुनै सुनले बनेको मन्दिर । मन्दिरको बीचमा शिवजीको ज्योतिर्लिंग । विश्वनाथजीको मन्दिर धेरै सानो छ । मूर्ति भूमि भन्दामुनि हुनाको कारण पूmलमाला र बेलपत्रले छोपिएकोछ । मन्दिर पत्थरले बनेकोछ । मन्दिरको छाना सुनले बनेको छ । नजीकै अन्नपूर्णाको मन्दिर । लामो लाइनमा बसी ४ बजे तिर विश्वनाथको दर्शन भयो । भोलिपल्ट शिवरात्री दर्शन गर्न सम्भब थिएन । दर्शन पछि त्यही नजीकै गल्लीमा खाना खायौं र ‘जगदम्बा धर्मशाला’ तिर लाग्यौं ।
जगदम्बा नेपाली धर्मशाला ः
२०१७ सालमा श्री३चन्द्र समशेरका कान्छा छोरा मदन समशेरकी रानीसाहेब जगदम्बा कुमारीले बनाएको यो धर्मशाला । नेपाली धर्मशालाले चिनिंदो रहेछ । नेपाली धर्मशाला पनि नयां र पुरानो रहेछ । हामी बसेको नयां रहेछ । पुरानो कहां छ, त्यो थाहा भएन । नेपाली धर्मशालामा नेपाली बाहेक अरुलाई बस्न दिइदो रहेनछ । कोठाको न्यूनतम चार्ज । त्यसपछि आपूmलाई चाहिने अरु सामानहरूको छुट्टा छुट्ट्रै भाडा लाग्ने । बिस्तरा, कम्बल, सिरानी, तन्ना आदि चाहिने सामान । यदि हामीले खाना पकाएर खान चाहेमा त्यसको पनि राम्रो ब्यबस्था रहेछ । खाना पकाउन भान्छाको ब्यबस्था । भान्छामा आपूmलाई के के सामान चाहिन्छ , सबै ब्यवस्था हुने । ग्यांस सिलिण्डर, ग्यास चूलो , डिक्ची, डाडु, पनेउ, थाल, गिलास आदि सबै सामान उपलब्ध हुने । सबै सामानहरूको छुट्टा छुट्टै भाडा तिर्न पर्ने । पर्याप्त पानी । ट्वाइलेट्को राम्रो ब्यवस्था ।
यदि तपाईहरू ‘वनारस’ जांदै हुनुहुन्छ भने । रेलबाट जानु भएको छ भने । वाराणसी रेल स्टेशनबाट नेपाली धर्मशाला जान गोलघरमा ओर्लने र नेपाली धर्मशाला कता भनेर सोध्दै जाने । वनारसमा यस्ता गल्ली छन् कि सबै गल्ली उस्तै–उस्तै छन् । २–३ महीना त्यही नबसी ती गल्लीहरू चिन्ह मुस्किल पर्छ । त्यहाँका अटोवालाहरूले मिलेर उनीहरूले लगेको गेष्ट हाउसमा नै बस्नु पर्ने अन्य स्थानमा कोठा भए पनि छैन भन्ने जस्ता क्रियाकलापहरू देखियो । पण्डा धर्मका नाममा र अटोवाला सुविधाका नाममा लुट्ने ।
घठ
त्यसदिन कोठा खोज्ने क्रममा यताउति भौंतारिंदा समयमा खाना खान नपाउंदा । पेट दुखी संगै गएका साथि कालु लामाले हेर्दा÷गानु गएको रहेछ । गानुको औषधि संगै लैजानु भएको रहेछ त्यो खाए पछि ठीक भयो ।
२०६८ साल फाल्गुण ८ गते सोमबार ÷ २०१२ फेब्रुअरी २० (चौधौं दिन)
शिवरात्रीको दिन । बसेका छौं, विश्वनाथजीको मन्दिर छेउछाउमा । बिहान घाटतिर लाग्यौं । स्नानगरि लाग्यौं, विश्वनाथजीको मन्दिरतिर । मन्दिर पुग्न धेरै अगाडि देखि नै प्रहरीहरूले बाटो रोकेका । दर्शनगर्न लाईन्मा बस्नुपर्ने÷लामो लाईन् । धेरै टाढादेखि काठले बारलगाएर दर्शनकालागि लाइन्को ब्यवस्था गरेको । गल्लीभित्र त्यत्तिकै भिड् । मुख्यसडकमा लाइन । दर्शनगर्न सम्भब थिएन । यताउति घुम्दै रमाइलो हेरियो । बाजा गाजा सहित शिवजीको जात्रा निकालेको । सडकमा भएका होटलहरूले भक्तजनलाई निःशुल्क खानेकुरा बाडिरहेका । कतै जूस । कतै फलपूmल÷कतै खानेकुरा । बाटो–बाटोमा सजाइएका शिवजीको मूर्ति । त्यही भिड भएर शब विश्वनाथजीको मन्दिर हुंदै घाटतिर लगिएका । शव रंगी–चंगी कपडाले सिंगारिएका देखिन्थे । हामी छ जना यताउति रमाइलो हेर्दै हिडिरहेका । अब खानाखान होटल कहांछ भनी हेर्दै गयौं । जब होटल आइपुग्यो । सबै जना भन्नुहुन्छ । म त खाना नखाने । शिवरात्रीको दिन खाना नखाए पनि अन्यकुरा खादै धर्मशालातिर लाग्यौं । बनारसमा दूध दही भने प्रशस्त पाइने रहेछ । पसलको अगाडि ठूला ठूला भाडामा लटक्क पारी जमाएको दही । माटोको गिलासमा । दही गिलासमा राखे पछि माथिबाट लटक्क जमेको दही राखिदिने ।
दिउसोभरी धर्मशालामा नै आरामगरि हामी बेलुका मन्दिरतिर लाग्यौं । उस्तै भिड । यताउति घुम्दै केही सामानहरू खरिद गरियो । धर्मशालातिर लागियो । जति पटक बाहिर निस्के पनि धर्मशाला पुग्न कसैको सहायता लिनै पर्नेे । कुनै सामान किन्न अलि टाढा पुगियो कि धर्मशाला आउन कसैलाई नसोधी नहुने । उस्तै उस्तै गल्ली । अलि पर गयो । दुइटा गल्ली आउने । फेरि, अलि पर गयो दुइटा गल्ली । कता जाने कता ! यो कठिन ता वनारसका साना गल्लीहरूले बनाएका ।
यदि हामी सुरुमैं अलि टाढा मुख्य सडकका गेष्ट हाउमा बसेका भए, सिधै घाट गयो अनि मन्दिर गयो । यो गल्लीको बारेमा केही पनि थाहा हुंदैनथ्यो । वनारसका गल्लीहरू भनेको त्यति थाहा हुदैनथ्यो । जानेर पनि सवै न जानिने यो अनौठो ।
घड
२०६८ साल फाल्गुण ९ गते मंगलबार ÷ २०१२ फेब्रुअरी २१ (पन्ध्रौैं दिन)
शिवरात्रीको भोलिपल्ट अर्थात् वनारसमा तेस्रो दिन । हामी बिहान सबेरै घाटतिर लाग्यौं । घाटमा स्नानगरि विश्वनाथको मन्दिरतिर लाग्यौं । मन्दिरमा होलो भएमा दर्शन गर्ने विचारगरि । तर किन हुन्थ्यो होलो, उस्तै भिड । टाढैबाट दर्शनगरि धर्मशालामा नै फकियौं । धर्मशालामा केही साथीहरू श्राद्ध गरिरहनु भएको ।
आजको राति १२.४० बजे वाराणसीबाट गोरखपुरकोलागि रेल चढ्नु पर्ने । रातको समयमा यातायात पाइएला नपाइएला । ५–६ बजे नै वाराणसी रेल्वे स्टेशनमा गएर बस्ने विचारगरि धर्मशालाबाट सामानहरू गाडामा राखी हामी गल्लीबाट बाहिर निस्क्यौं । साना गल्ली अन्य यातायातका साधन नपुग्ने भएकोले । बाहिर मूल सडकमा आई अटोबाट वाराणसी रेल्वे स्टेशनमा पुग्यौं । त्यही खाना खायौं ।
वाराणसी — गोरखपुर जम्मा २३१ कि.मि त्चबष्ल ल्य ज्ञछण्ण्घ त्चबष्ल ऋजबगचष् ऋजबगचब भ्हउचभकक दुई जनाको त्ष्अपभत ँबचभ क्ष्च्क। द्दटद्धर( क्ष्च्ऋत्ऋ क्भचखष्अभ ऋजबचनभक क्ष्च्क। ज्ञण्र( , न्क्ब्क् ऋजबचनभक क्ष्च्क। छण्र( त्यतब िक्ष्च्क। घद्दद्धर( च्क। छज्ञटर(।
वाराणसीबाट रेल छुट्ने समय रातको १२.४० भएता पनि रेल ढीला आउने जानकारी गराइयो । हामी त्यही रेलवे स्टेशनमा बसिरह्यौं । समय बिताउन घेरै मुस्किल भयो । यताउता घुमी समय बिताइयो । कोही भने त्यही सामान राखेको ठाउँमा सुते । बल्लबल्ल रातको २.१५ बजे चौरी चौरा एक्स्प्रेसबाट गोरखपुरतिर लागियो ।
‘वाराणसी, बनारस’, (काशी)को बारेमा के भनिन्छ ः
यो प्राचीन तीर्थस्थान जसलाई ‘वाराणसी’ भनिन्छ । किनकि, यहां ‘वारुणी’ र ‘असी’ नदी गंगाजीमा मिल्ने संगमस्थल हो । यसलाई प्राचीन शहर ‘काशी’ पनि भनिन्छ । कुनै समयमा यहां ‘काश’ जातिका मानिस बस्तथे । कालान्तरमा यहां बनार नामको एक शासक थिए, जसले यस तीर्थस्थानको वैभव बढाए । त्यसपछि काशी अथवा वाराणसीको नाम ‘वनारस’ हुनगयो । काशी नजीक गंगाको धनुषआकारमा पाइन्छ । यसैल,े काशीको विशेष महत्व प्राप्त हुन्छ । दिव्यदास नामका राजाले पनि यस क्षेत्रको बिस्तार गरे ।
निर्विकार चैतन्य एबं सनातनब्रम्हले प्रथम निर्गुणबाट सगुण शिवरूप धारण गरे र पुनः शिवशक्तिरूपबाट पुरुष स्त्री भेदबाट दुईरूप धारण गरे । प्राकृत
घढ
शक्तिशिव) को भगवान् शिवले उत्तमसृष्टिकालागि आकाशवाणीद्वारा तप गर्नकालागि आदेश दिए । तब उनले तपकालागि उत्तम स्थान बताउन प्रार्थना गर्दा निर्गुणशिवले आप्mनो प्रेरणाले समस्त तेज संपन्न अत्यन्त शोभायमान पंचकोशी नगरको निर्माण गरे । त्यहाँँ उपस्थित भएर विष्णुजीले धेरै कालसम्म शिवजीको तपष्या गरे । उनको परिश्रमबाट त्यहाँ अनेक जलधारा प्रकट भयो । यस अद्भुत दृश्य देखेर विस्मित भएर विष्णुजीले जसरी शिर हल्लाए, त्यहीं उनको कानबाट एक मणि त्यहाँ गि¥यो । यसरी, त्यस स्थानको नाम मणिकर्णिकातीर्थ हुन गयो । मणिकर्णिकाबाट पांच कोश पर बिस्तारभएको संपूर्ण पानी शिवजीले आप्mनो त्रिशूलले खिचेर लिनु भयो । जसमा विष्णुजी आप्mनो पत्नीसहित सुत्नु भयो र शिवजीको आज्ञाले उनको नाभि– कमलबाट ‘ब्रम्हा’ उत्पन्न हुनु भयो । ब्रम्हाजीले शिवजीको आज्ञानुसार यस अद्भुतसृष्टिको रचना गर्नु भयो, जसमा ५० करोड योजन र बिस्तृत १४ लोक छ । यसै नगरमा शिबजीले आप्mनो मुक्तिदायक ज्योतिर्लिंगको आफैंलें स्थापना गर्नुभयो । शिवजीले पुनः उही काशीको आफ्नो त्रिशूलबाट उतारेर मृत्युलोकमा स्थापितगरि दिनु भयो, जो ब्रम्हाको एकदिन (एक दिन ब्रम्हाको एक हजार महायुग र एक महायुग ४ युग) पूरा हुंदा पनि नष्ट हुंदैन । प्रलयकालमा शिवजी आप्mनो त्रिशूलहातमा लिने गर्दछन् ।
यस काशीमा मर्ने प्रत्येकब्यक्ति मोक्ष प्राप्त गर्ने हुन्छ । मानिस खाइरहेको बेलामा होस् या अन्य कुनै काम गरिरहेको बेलामा होस्, अविमुक्तेश्वरकोसामु प्राण छोड्ने व्यक्ति अबश्य पनि मोक्ष प्राप्ति गर्दछ । कालान्तरमा धेरै मानिसहरूले यस ज्योतिर्लिंगकोस्थानमा मन्दिर निर्माण गरे । राजा बनारले पनि यस तीर्थस्थानको वैभव बढाए । वनारसमा लगभग १५०० भब्य मन्दिर बने । विश्वेश्वर मन्दिरको शिर १०० फुट उँँचोछ । ई १७७७ मा अहिल्यादेबीले विश्वेश्वरको मन्दिर बनाइन् । ई १७८५ मा काशीराज मंसाराम र उनको सुपुत्र बलबंतसिंहले वाराणसी परिसरमा मन्दिर बनाए । १८५२ ई मा श्रीमंत बाजीरावले कालभैरवको मन्दिर बनाए । महाराजा रंजीत सिंहले काशी विश्वनाथको मन्दिरको छानाकोलागि सुन चढाए । नेपालका राजाले यस मन्दिरमा प्रचंड घण्टा चढाए । विनाशकालमा पनि काशी जस्ताको तस्तै रहनेछन् । संरक्षकको रूपमा दण्डपाणि र कालभैरबले यस नगरको रक्षा गर्नेछन् । यहां गंगाको किनारमा ८४ मजबूत घाट बनेका छन् । यहां धेरै तीर्थ कुण्डहरू पनि छन् ।
हिन्दूहरूको पबित्र तीर्थस्थल काशीमा मुस्लिम शासकले धेरै पटक बिध्वंस गरे । मन्दिर हटाएर मस्जिद निर्माण गरे । परन्तु, भगवान् शंकरको कृपाले हिन्दूहरूको भक्तिले यहां पुनः ज्योतिर्लिंग तीर्थस्थानको बिकास हुंदै गैरहेकोछ ।
विश्वनाथ मन्दिर ः हाल भएको स्वर्ण विश्वनाथमन्दिर इन्दोरकी महारानी अहिल्याबाईले सन् १७५८ बनाएकी थिइन् र पंजाब नरेश महाराजा रणजीतसिंहले सन् १८३० मा सुबर्णदान गरेका थिए । शिवलिङ्गमा अद्भुत आकर्षक तथा प्रतिभाछ, जसको दर्शन गर्दा मनमा श्रद्धाको भाव उत्पन्न हुन्छ । प्रतिदिन
द्धण्
देश विदेशका भिन्न भिन्न भागबाट आएका यात्रीहरू काशी विश्वनाथको दर्शन गंगाजल चढाएर गर्दछन् । शिवजीका ५ आरती हुन्छ । रात्रीमा श्रृंगार आरतीको दृश्य अत्यन्त भब्य हुन्छ । अन्नपूर्णा मन्दिर ः विश्वनाथ मन्दिरबाट २० फिट पर अन्नपूर्णा मन्दिर छ । मन्दिरकोबीचमा अन्नपूर्णा देबीको दिव्य मूर्तिछ । यस मूर्तिका अतिरिक्त माथिल्लो कक्षमा अन्नपूर्णाजीको सुनको मूर्तिछ । यस मूर्तिको दर्शन वर्षमा एक बार दीपाबलीको दिनमा मात्र हुन्छ ।
मणिकर्णिका घाट ः
‘मणिकर्णिका घाट’ काशीको मुक्तिस्थल मानिन्छ । यो पांच तीर्थमा एक हा,े यो त्यही स्थान हो, जहाँ भगवान् शिवले विष्णुसंग शपथ लिएका थिए कि जुन मृत शरीरको अन्तिम दाह संस्कार यहां हुन्छ, त्यो स्वर्गलोकको अधिकारी हुन्छ । यसैले, यहां टाढा टाढा बाट मृतशरीर अन्तिम दाह संस्कारकोलागि पनि ल्याइन्छ । यसप्रकार, मणिकर्णिका घाटको बढी महत्व मानिन्छ ।
मानस मन्दिर ः तुलसी मानसमन्दिरको सन् १९६४ मा निर्माण भएको हो । यसको निमार्णमा लगभग २० लाख रुपैया खर्च भएको थियो । यो पूरै संगमर्मर्ले बनेकोछ । यसको भित्ताभरी पूरै रामायण लेखिएकोछ । भित्र रामको मूर्ति छ । यहां ७ फिट अग्लो सांढेछ । जुन नेपालको राजाले चढाएका थिए ।
काशीका मुख्य घाटहरू ः १. बरुण संगम घाट –यहां वरुण नदी गंगामा मिल्छिन । २. राजघाट । ३. प्रहलाद घाट ४. त्रिलोचन घाट । ५. गया घाट । ६. ब्रम्ह घाट । ७. दुर्गा घाट । ८. पंचगंगा र माधवराय घाट । ९. ओसला घाट । १०. सिन्धिया घाट । मणिकर्णिका घाट । १२. चिता घाट । १३. ललिता घाट । १४. मान मन्दिर घाट । १५. दशाश्वमेघ घाट । १६. अहिल्याबाई घाट । १७ केदार घाट । १८. हरिश्चन्द्र घाट । १९. विशाल घाट । २०. जानकी घाट । २१. तुलसी घाट । आदि
रुद्राक्ष महात्म्य ः
सबै रुद्राक्षको उत्पत्ति शिव भगवानले गरेका भए पनि रुद्राक्षको ‘मुखी’ अनुसार अधिष्ठ देव र धारणा गर्दा प्राप्त हुने फल भने फरक फरक छन् ः
द्धज्ञ
मुखी अधिष्ठ देब धारणा फल एकमुखी रुद्राक्ष साक्षात् शिव ब्रम्हहत्या जस्तो महापापको ध्वंश गरेर सिद्धि प्राप्ति हुने दुईमुखी रुद्राक्ष हरगौरी दीर्घआयु, साधनासिद्ध, गौ हत्या जस्तो पापबाट मुक्ति तीनमुखी रुद्राक्ष अग्नि स्त्रीहत्या जस्तो पाप नाश चारमुखी रुद्राक्ष ब्रम्हा श्रीबृद्धि, ज्ञान बढ्छ, नरहत्या पापको विनाश पंचमुखी रुद्राक्ष सदाशिव अभक्ष्य भक्षण पापको निवारण छमुखी रुद्राक्ष कार्तिकेय गर्भ हत्या पाप विनाश सातमुखी रुद्राक्ष अनन्त दरिद्रता नाश आठमुखी रुद्राक्ष गणपति सबै दोषको निवारण नौमुखी रुद्राक्ष भैरब भक्ति र मुक्ति दशमुखी रुद्राक्ष बिष्णु ब्रम्ह राक्षस आदिको भय हरण एघारमुखी रुद्राक्ष एकादश यज्ञको फल प्राप्त, सुख बृद्धि बाह्रमुखी रुद्राक्ष सूर्य विभिन्न बाधा दूर तेह्रमुखी रुद्राक्ष काम मनले चिताएको सिद्धि चौघमुखी रुद्राक्ष श्रीकण्ठ सफल सम्मान
रुद्राक्ष मन्त्र
रुद्राक्षमाला लगाउने व्यक्तिलाई भूत प्रेत, पिचाश, डाकिनी, शाकिनी, राक्षस आदिको भय रहदैन । डाक्टरको अनुसार हृदय रोग भएका बिरामीहरूलाई रुद्राक्ष सर्बाधिक लाभप्रद छ ।
मुखी मन्त्र एकमुखी रुद्राक्ष ॐ ही नमः दुईमुखी रुद्राक्ष ॐ नमः तीनमुखी रुद्राक्ष क्ली नमः चारमुखी रुद्राक्ष ॐ ही नमः पंचमुखी रुद्राक्ष ॐ ही नम छमुखी रुद्राक्ष ॐ ही हु नमः सातमुखी रुद्राक्ष ॐ हु नमः हुं आठमुखी रुद्राक्ष ॐ हु नमः नौमुखी रुद्राक्ष ॐ ही हु नम दशमुखी रुद्राक्ष ॐ ही नमः एधारमुखी रुद्राक्ष ॐ ही हं नमः बाह्रमुखी रुद्राक्ष ॐ क्रौ क्षौ रौ नमः
द्धद्द
तेह्रमुखी रुद्राक्ष ॐ ही नमः चौघमुखी रुद्राक्ष ॐ नमः
काशीका बारेमा कथन (कहावत) ः प्राचीनकाल देखि नै काशी ‘बिद्याको घर’ नामले प्रसिद्ध छ । कसैले केही कुरा गरेमा काशीमा गएर मुख धोएर आईजे भन्ने चलन अहिले पनि छ । न्याय नपाए, गोर्खा जानु ÷ शिक्षा नपाए काशी जानु ।
२०६८ साल फाल्गुण १० गते बुधबार ÷ २०१२ फेब्रुअरी २१ (सोह्रौं दिन)
राती २.१५ बजे चढेको रेल बिहान ८.३० बजे गोरखपुर स्टेशन पुगियो । धेरै जनाकोे समूह भएकोले स्टेशन भित्रै गाडीवालाहरू तछाड् मछाड्गरि आए । सुनौली बस पार्कसम्म एउटा गाडीको भारु १२००।– लिने गरि मोल मोलाई भयो । हामी लगत्तै गाडीबाट सुनौली तर्फ लाग्यौं । केही पर पुगे पछि जंगलको बीचमा एउटा रिसोर्ट र साथै भोजनालय पनि रहेछ । गाडी रोकियो । अरु पनि गाडीहरू थिए । खाना खायौं । खाना ठीकै थियो । सुनौली १.३० बजे पुगियो । छुट्टाछुट्टै रिक्सा लिएर सिमाना काटियो । सिधै काठमाण्डौंको लागि बस खोजियो । तर त्यहाँँबाट सिधै काठमाण्डौं जाने गाडी पाइदोरहेनछ । भैरहवा बसपार्क पुग्नै पर्ने । बसमा चढी भैरहवा बसपार्क पुगी त्यसबाट ओर्ली अर्को काठमाण्डौं जाने बसमा चढ्यौं । दिउसोको २ बजेको थियो हामी काठमाण्डौंतिर लाग्दा । बस रप्mतारले गुड्यो । बीचमा खासै रोकिएन । खानाखानकोलागि आधाघण्टामात्र रोकियो । १०.३० बजे कलंकीमा । ट्याक्सीबाट घर पुग्दा रातको ११.३० बजेको थियो ।
अनुभवको साटासाट र सल्लाह ः
यदि तपाई वनारस जांदै हुनुहुन्छ भने । रेल स्टेशन, बस पार्कमा तपाईको नयां अनुहार देखे भने बसवाला, अटोवालाहरू तपाईलाई घेर्न आउँछन् । त्यसबेला तपाई तिनीहरूका कुरा नसुनी आपूmलाई गोलघर लैजान भन्नुस् । नत्र तपाईलाई उनीहरूले अन्य महंगा होटलमा लगेर छोडिदिन्छन् । गोलघरमा ओर्लेर ‘नेपाली धर्मशाला’ कहां छ भनेर सोध्नुस् । जसले पनि देखाइ दिन्छ । त्यहीं गएर बस्नुस् ।
बिरालोले बाटो काट्दा ः
द्धघ
हामी १८ जना दुइवटा गाडीमा इलाहावादबाट चित्रकूटतर्फ जांदै थियौं । यमुना नदीको पुलतरी दुबै गाडीमा इन्धनभरी हामी चढेको गाडी अघि लागेको थियो । बिहान ५.३० बजे । बाटो सुनसान थियो । सडकमा दायां बायां ट्र«««कहरूमात्र रोकेर राखिएका । गाडी दौडिरहेको थियो । एक्कासी बिरालोले बाटो काट्यो । बिरालोले बाटो काट्दा दायां–बायां नगरी सिधै काट्छ । अगाडि बस्ने सबैले देख्यौं । अहिले पनि बाटोमा हिड्दा बिरालोले बाटो काट्यो भने हामी कि पछि आउने मानिसलाई अगाडि जान दिन्छौं । त्यो हुन नसकेमा कुनै पात टिपेर त्यसलाई भूइंमा राखेर थू ! थू ! गरि लात्तीले कुल्चिएर अगाडि बढ्छौं । दौडिरहेको गाडीमा त्यो सम्भभ भएन । कसैले त थू थू पनि गर्नु भएछ । पछि कुरो हुंदा थाहा भएको । मनमनै यात्रामा कुनै गड्बडी हुने हो कि भन्ने बिचार गर्दै अगाडि बढियो । धेरै बेर पछि अर्को गाडी नदेखिएकोले चालक चालकबीच सम्पर्क हुंदा अर्को गाडी एयर लिक् भै बिग्रेर २५–२६ कि.मि. पर बसेकोछ भन्ने खवर प्राप्त भयो । अव हामीमात्र अघि बढ्नु भएन । नजीकैको होटलमा गाडी रोकेर बस्यौं । हामी चढेको गाडीको चालक ज्यादै फुर्तिलो केटा थिए । अर्को गाडी पठाउन फोन गरे । अर्को गाडी नभएको खवर आयो । उनले त्यहींबाट अर्को गाडीको ब्यवस्थागरि हाम्रा साथीहरूलाई लिन पठाए । हामी त्यहीं कुरेर बस्यौं । यसरी, डेड दुई घण्टाको ढिलाइ पछि हामी चित्रकूट गयौं । समयको अभावले हामी ‘बाल्मीकि आश्रम’ तथा अन्य ठाउँमा जान सकेनौं ।
द्वारकाका पण्डा र गाई उस्तै ः
‘द्वारका मन्दिर’ वरिपरि जताततै पण्डै–पण्डाहरू देखिन्छन् । ठाउँ ठाउँमा दानपेटिका । दानपेटिकामा दान गर्न पण्डाहरू बोलाई–बोलाई दान गर्न लगाउने । कोही भोग गर्न, कोही तुलादान गर्न, कोही ब्राम्हण भोजन गराउन दानकालागि भन्दै हिड्ने । सेतो घोती फेरेका, निधारमा लामो टीका लगाएका र खाइलाग्दा । अन्य मानिस भन्दा फरक । कोही मानिस आयो कि ठाउँ अनुसार म फलाना पण्डा भनेर आउने । एक जना नेपाली पण्डा हामीलाई चिनजान गर्न आएका थिए । उनले पनि तुलादान गर्ने हो कि भनेर सोधेका थिए । द्वारकामा पानी पनि नुनै नुन भएको अन्न उव्जनी नहुने भएकाले अन्यत्रबाट लेराउनु पर्ने भएकोले पानीको लागि दान गर्नोस्÷ब्राम्हण भोजनकोलागि दान गर्नोस् आदि आदि भनी फकाउने धेरै ।
द्वारकाबाट अन्य मन्दिर रुक्मिणी मन्दिर, नागेश्वर, गोपीतलाउ र भेटद्वारका जाने क्रममा बसमा एकजना हेर्दा पण्डा जस्ता देखिने तर कण्डक्टर्को काम पनि गर्ने । बसमा चढेपछि उनले जाने मन्दिरहरूकोबारेमा बयान गर्दै गए । साथै, उनले भने विभिन्न मन्दिरमा जांदा त्यहा विभिन्न किसिमका मानिसहरू हुन्छन् । तिनले ठग्न सक्छन् । मन्दिरमा सबै पण्डाहरूलाई तलब दिईएकोछ । पैसा दिनु पर्दैन । दिने भए दान पेटिकामा खसाल्नोस् । उनले सबै मन्दिरहरूको दर्शन गराई सकेपछि भने म पनि एउटा परिवार भएको ब्राम्हण हुू । मेरो अन्य कुनै आम्दानी छैन । मैले छ जनाको परिवार पाल्नु पर्छ । यदि तपाईहरूले खुशी राजीले केही दान गर्नु भयो
द्धद्ध
भने मेरो र मेरो परिवारको उद्धार हुन्छ । सकेको दान गर्नोस् । हामीलाई उनले गाइड्को काम गरेकाले सक्दो सहयोग गर्यौं ।
द्वारकामन्दिर वरिपरि गाईहरू थुप्रै रहेछन् । ती गाईहरू चिल्ला हृष्टपुष्ट थिए । मानिसहरू देखेपछि गाईहरू पछि पछि लाग्ने । केही खान दिन्छन् कि भनेर मानिसहरूको मुख मुखमा हेरिरहने ।
नुन कारखाना ः
हामी द्वारकाबाट बस चढी रुक्मिणी मन्दिर, नागेश्वर मन्दिर र गोपी तलाउको दर्शन गरि भेट द्वारकातिर जांदै थियौं । जताततै उजाड जमिन मात्रै देखिन्थ्यो । ओखा पुग्ने बेलामा बसबाट देखिए ठूला ठूला पोखरीहरू । कुनै पोखरीहरू सेताम्मे । कतै ठूला ठूला सेता हिउंका पहाडहरू । यस्तो अनौठो के रहेछ । विचार गर्दागर्दै बसमा संगै गएका पण्डा गाइडले भने यो टाटा कंपनीको नुन कारखाना भनेर नजीकैको ठूलो कारखाना देखाए । अनि थाहा भयो यो देखिएको सबै सेतो नुन रहेछ । यहांको पूरै पानी नुनीलो । पानीलाई ठूला ठूला पोखरीमा जमाउने । जमाएको पानी केही समय पछि सुकेर नुन मात्र बांकी रहने । त्यही नुनलाई ट्र«««कमा हालेर थुपार्ने जुन पहाड जस्तो देखिने । त्यही कच्चा नुन लाई कारखानामा लगेर खान योग्य बनाई प्लाष्टिक्मा प्याकिङ्ग गरि पठाउने ।
हावाबाट उर्जा ः
द्वारकाबाट सोमनाथ जाने क्रममा बाटोमा कतै रुखबिरुवा घरहरू खासै त्यति देखिदैन । त्यहाँ लस्करै ठूला ठूला ५०– ६० फिट् अग्ला पंखाहरू देखिन्छन् । जुन पंखाहरू बतासले घुमाउंछ र त्यसबाट उर्जा (विद्युत्) निकाली त्यसलाई तारबाट लगेर संकलन गरिंदोरहेछ ।
मन्दिरै मन्दिर र फर्फराएका झण्डा ः
द्वारकाबाट नजीकका मन्दिरहरू जाने क्रममा बाटोमा कतै बस्तीहरू देखिदैन । पानी नुनै नुन भएको कारणले रुख बिरुवाहरू पनि केही देखिदैनन् । ठाउँ ठाउँमा मन्दिरहरू प्रशस्तै देखिन्छन् । मन्दिरको छानामा जहाँ पनि रातो झण्डा फर्फराइरहेको देखिन्छ । टाढा टाढासम्मका मन्दिरहरू पनि देखिन घरहरू नभएका कारण । ‘मन्दिर’ प्राय सबै एकै नासका देखिने ।
सोमनाथको मन्दिर वरिपरि सुंगुरै सुंगुर ः
द्धछ
बेलुका १०.३० बजे बसबाट सोमनाथ बसस्टपमा ओर्लियौं । अंध्यारो थियो । अटोहरू प्रशस्त । गेष्टहाउस पुग्न १०–१५ मिनेट जति लाग्यो । बाटोमा सुंगुर च्यां च्यां र चुं चुं गरि कराएका धेरै । कस्तो ठाउँमा लेराएछन् जस्तो लाग्यो । गेष्टहाउस भित्र राम्रै थियो, सुत्यौं । भोलिपल्ट उठेर सोमनाथको मन्दिर जाने क्रममा देखियो । सोमनाथको मन्दिर बाहिर अति फोहर । अति दुर्गन्ध । बाटोको दायां««–बांया खुल्ला नाली । बाटोमा सुंगुरहरू प्रशस्त । यी सुंगुरहरू कसैले पालेका होइन रहेछन्, छाडा सुंगुरहरू । मन्दिर भित्रत्यति सफा÷त्यति राम्रो तर वाहिर त्यति दुर्गन्ध, त्यति फोहर । धन्य सोमनाथ !
रेलको भ्mयालबाट ः
माघको अन्तिम र फाल्गुणको सुरुको हाम्रो यो यात्रा थियो । ‘भारत’ प्रवेश गरे देखि द्वारकासम्म पुग्दा हरियाली गहुंबाली । धेरै ठाउँमा गहुंबाली भित्र तोरीबाली । पंहेलै पूmलेको तोरी । पश्चिमतिर कपासको खेती । कतै कपास टिपिरहेको । कतै कपासको बाली सिद्धाई अन्य बालिकोलागि जमिन तयार पारिरहेको ।
रेल स्टेशनमा ः
भारतीयहरू आप्mनो झोलामा रेलयात्राका लागि चाहिने ओड्ने र ओछ्याउने लिएर हिंडेका । रेलस्टेशनमा पनि केही समय कुर्नु परेमा जहाँ खालि छ त्यहीं ओछ्यान् लगाएर सुतिदिने । तर, हामी नेपालीहरु समयमा गाडी पाउला नपाउँँला बरु रेलस्टेशनमा गएर वसौं भनी जाने । तर, भारतीयहरु जस्तो सुत्न नसक्ने । यता उता गरेर समय विताउन धेरै गाह्रो पर्न जाने ।
स्वदेशी वस्तुको उपयोगमा भारत ः
सम्पूर्ण भारतभरि त्यहीं उत्पादन भएका सामानहरू मात्र अधिक प्रयोग गरेको पाइन्छ । स्वदेशमा नै बनेकागाडी मात्र सडकमा दौडिरहेका छन् । ठाउँ ठाउँमा लेखिएको छ स्वदेशी वस्तुको प्रयोग गरौं । स्वदेशमा उत्पादन नहुंदा सानो मुलुक नेपालमा संसारभरिका देशका सामान थुप्रिएको । स्वदेशी वस्तु कतै नदेखिने ।
रेल यात्रा ः
बसबाट यात्रा गर्नु भन्दा रेलबाट यात्रागर्न आरामदायी हुन्छ । रेल कुनै प्राविधिक गड्बडी भएन भने तोकिएको समयमा आउँछ र तोकिएको समयमा जान्छ । रेल छुट्न गएमा ब्यक्तिलाई नै नोक्सानी हुन्छ । यसैल,े रेलमा यात्रा गर्दा तोकिएको समय भन्दा अगाडि नै रेलवे स्टेशनमा गएर त्यहाँ दिएको सूचना पढ्नु पर्छ । पढ्न नजाने
द्धट
सोध्नु पर्छ । भन्ने गरिन्छ, गुडिरहेको रेलमा चढ्नु पर्छ । ओर्लन परे गुडीराखेको रेलबाट ओर्लनु पर्छ यो कुरो सत्य होइन । रेल स्टेशन अनुसार रोकिन्छ । मुख्य स्टेशनमा बढी समय रोकिन्छ भने सानो स्टेशनमा त्यही अनुसार कम समय रोकिन्छ । बस गुडिसकेपछि मानिसहरू चढे जस्तै रेल नगुडी नचढ्ने मानिसहरू त रेल गुडे पछि मात्र चढ्ने भए ।
सुतेर यात्रागर्नको लागि रेलमा पहिलेनै रिजर्भ गराउनु पर्छ । सुतेर यात्रा गर्दा बीचको सिट् फोल्ड गरेमा बसेर यात्रा गर्न सजिलो हुन्छ र आराम गर्नु परेमा बीचको सिट् पुन अड्काएमा आराम गर्न सकिन्छ ।
हामीलाई दिएको रेल्वेको स्लीपमा सबै कुरा लेखिएको हुन्छ । कहांबाट कहांसम्म जाने । ठाउँको नाम । रेल कति बजे छुट्ने । कति कि.मि को यात्रा । रेल नंबर । रेलको नाम । सुतेर जाने कि बसेर । ए.सि. कि÷नन् ए.सि । डिब्बा नंबर (ऋयबअज ल्य) । सिट नं । यात्रा गर्ने ब्यक्तिको नाम, उमेर र लिङ्ग । उदाहरणको लागि एल्च् ल्यस् द्दज्ञद्दढठटद्धद्दट त्चबलकबअतष्यल क्ष्म् स् ण्द्धघद्दण्टघद्धण् ँचयm स् ख्ब्च्ब्ल्ब्क्क्ष् व्ल् ९द्यक्द्य० द्ययबचमष्लन स् ख्ब्च्ब्ल्ब्क्क्ष् व्ल् ९द्यक्द्य० च्भकख ग्उतय स् न्इच्ब्प्ज्एग्च् व्ल् ९न्प्ए० त्च्ब्क्ष्ल् ल्इ ७ ल्बmभ स् ज्ञछण्ण्घ र ऋज्ब्ग्च्क्ष्ऋज्ब्ग्च्ब्भ्ह्ए म्ब्त्भ्इँद्यइइप्क्ष्ल्न् स् द्दण् म्भअ द्दण्ज्ञज्ञ ण्ज्ञ।द्धछस्द्दठ एः म्ब्त्भ्इँव्इग्च्ल्भ्थ् स् द्दद्द ँभ्द्य। द्दण्ज्ञद्द म्ब्त्भ्इँद्यइब्च्म्क्ष्ल्न् स् द्दद्द ँभ्द्य द्दण्ज्ञद्द म्ष्कतबलअभ स् ण्द्दघज्ञ प्ः त्तगयतब स् न्भलभचब िऋबिकक स् क्ी त्य न्इच्ब्प्ज्एग्च् व्ल् ९न्प्ए० क्अजभमगभिम म्भउबचतगचभ स् ण्ण्स्द्धण् ब्मगति स् ण्द्द स् ऋजष्मि स् ण्ण्
एब्क्क्भ्ल्न्भ्च् म्भ्त्ब्क्ष्ीक् क्।ल्य ल्बmभ ब्नभ क्भह द्यययपष्लन क्तबतगक र ऋगचचभलत क्तबतगक र ऋयबअज ल्य र क्भबत ल्य ऋइल्ँक्ष्च्ः क्द्ध र ण्ण्टण् रीद्य ऋइल्ँक्ष्च्ः क्द्ध र ण्ण्टज्ञ र ःद्य क्अजभमगभिम म्भउबचतगचभ स् मा दिएको समय भन्दा पहिले रेलवे स्टेशन पुग्नु पर्दछ । दिएको समय भन्दा लगभग एक घण्टा अगाडि देखि नै रेलको नंबर नाम दिएको समयमा नै अथवा ढीलोगरि यति नंबरको प्लेट फर्ममा रेल आउँछ भनी जानकारी गराइरहेको हुन्छ ।
द्धठ
सबैभन्दा ध्यानदिनु पर्ने कुरा प्लेट फर्म यदि १ छ भने स्टेशन भित्र छिर्ना साथ हुन्छ । २ र ३ छ भने पारी । ४ र ५ छ भने झन पारी पारी जानु पर्छ । जहाँ पुल चढेर पारी पुगेर ओर्लनु पर्दछ ।
तोकिएको प्लेट फर्ममा पुगेपछि ठाउँ ठाउँमा रेल आएर रोक्ने र कुन डिब्बा ९ऋयबअज० कहां पर्छ । त्यो देखाईरहेको हुन्छ । त्यसकै आसपासमा आएर रेल रोकिन्छ । आप्mनो कुन डिब्बा को कति नंबर हो त्यही गएर बस्नु पर्छ ।
प्रत्येक रेलमा बसेर यात्रा गर्ने डिब्बाहरू बातानुकूलित डिब्बाहरू, सुतेर यात्रा गर्ने डिब्बाहरू, सामान राख्ने छुट्टाछुट्ट्रै डिब्बाहरू हुन्छन् । ऋइल्ँक्ष्च्ः क्द्ध र ण्ण्टण् र ीद्य कुनै एउटा केटा मान्छेको कन्फर्म भएको टिकट । सुतेर यात्रा गर्ने ९क्० । डिब्बा ९ऋयबअज० ४ ९द्ध० । सिट नं ६० ९ण्ण्टण्० भन्ने बुझिन्छ ।
ध्यान दिनु पर्ने केही कुराहरू ः
(क) सुतेर यात्रा गर्ने डिब्बाहरू एक आपसमा जोडिएका हुन्छन् । हामी एक डिब्बाबाट अर्को डिब्बामा जान सक्तछौं । त्यो रेलमा सुतेर यात्रा गर्ने डिब्बाहरू २० वटा छन् भने हामी जुन डिब्बाबाट पसे पनि १ नंको डिब्बादेखि २० नं को डिब्बासम्म जहाँ पनि जान सकिन्छ ।
(ख) केहीगरि रेल छुट्न लाग्यो भने जुन डिब्बामा चढे पनि हुन्छ । तपाई जानु पर्ने सुतेर यात्रा गर्ने ४ नं को डिब्बामा तर तपाई चढ्नु भयो सुतेर यात्रा गर्ने १८ नं डिब्बामा भने तपाई भित्र भित्रैबाट ४ नं को डिब्बामा पुग्न सक्नुहुन्छ । तपाई जानु पर्ने सुतेर यात्रा गर्ने डिब्बा क्द्ध मा तर, तपाई बसेर यात्रा गर्ने डिब्बामा चढ्नु भयो भने । अर्को स्टेशन नआए सम्म तपाई त्यही बसिरहनुस्÷जब अर्को स्टेशनमा रेल रोकिन्छ, तब त्यहाँबाट ओर्लेर क्द्ध डिब्बामा चढ्नोस् ।
(ग) तपाइले रिजर्भेशन गरेको टिकट कन्फर्म भएको छैन वेटिंग लिष्ट मा परेकोछ भने तपाइले रेलचढ्नु भन्दा २४ घण्टा अगाडिसम्म टिकट रद्द गर्न चाहे रद्द गर्न सकिन्छ । त्यसपछि कसैले रद्द गर्न सक्दैन । त्यतिबेला सम्म तपाईको टिकट कन्फर्म भएन भने । कंपनीले टिकटको मूल्य सम्बन्धित एजेण्टको खातामा जम्मा गरिदिन्छ । वेटिंग लिष्टमा परेको टिकट स्वतः रद्द हुन्छ । त्यस्तो टिकटको कुनै अर्थ रहदैन । तपाई विना टिकट रेल चढे सरह हुन्छ । विना टिकट रेलमा प्रवेश गर्नु भनेको भारतीय कानून अनुसार अपराध मानिन्छ । यदि तपाई ग्रूपमा जानु भएकोछ मिलेर बसांैला भने पनि तपाईले तत्काल बसेर जाने रेलको टिकट किनेर मात्र यात्रा गर्नु पर्दछ । होइन भने वेटिंग् लिष्टमा परेको टिकट देखाएमा रेलको टिटि ले तपाईलाई अज्ञानतावश गरेको भएमा जरिवानागरि अर्को टिकट काटेर दिन्छ । यदि जाना जान गरेको लागेमा थुन्न सक्ने अधिकार छ ।
द्धड
(घ) रेल कुन ठाउँमा रोकियो कुनै जानकारी गराइएको हुंदैन । कुन स्टेशनमा रोकिएको हो । त्यो स्टेशनको नाम लेखिएको त हुन्छ । यदि पढ्न नजान्ने हरूकालागित यो भएन । आपूm कुन स्टेशनमा ओर्लने हो त्यो थाहा पाउने । जब रेल रोकिन्छ, कुन स्टेशनमा रोकेको अरु यात्रुहरूलाई सोधेर पनि थाहा पाउनु पर्छ । इटिकट रद्द गर्नु पर्दा जुन एजेन्टबाट टिकट बूक गरिएको छ, उसै मार्फत् रद्द गर्नु पर्छ ।
(ङ) रेल सोझो र छोटो बाटो भएर जान्छ । साधारणतया रेल वस्ती भन्दा टाढा बाटै दौडिन्छ । वस्तीमा बाटो पार गर्दा रेल आएको संकेत पाउना साथ बाटोको दुबैतिर आवत जावत बन्द गरि छेकिएको हुन्छ । जब रेल पार गर्दछ, तब मात्र छेकवार हटाइन्छ । यसैले, रेलको यात्रा सस्तो छोटो हुनुकासाथै आरामदायी पनि हुन्छ । बसको टिकट जांच गर्नेलाई कण्डक्टर भने झैं रेलको टिकट जांच्नेलाई टी टी भनिन्छ । टी.टी. ले जांच आउंदा गू्रप मध्ये एक जनाको परिचय पत्र अनिवार्य हुनु आबश्यक छ । परिचय पत्र नभए नागरिकता भए पनि हुन्छ । जसको टिकट हो उसैले मात्र यात्रा गर्नु पर्दछ । एउटाको टिकटबाट अरुले रेल चढ्यो भने विना टिकट रेल चढेको मानी जरिबाना सहित रेलको टिकट चार्ज तिर्नु पर्छ ।
(च) परिचयपत्र देखाउन दिंदा मतदानपत्र, पासपोर्ट, प्यान कार्ड, यातायातलाइसेन्स, फोटो भएको सरकारले प्रदान गरेको परिचयपत्र । बिद्यार्थी भएमा स्कूल, क्याम्पसबाट दिएको परिचयपत्र । राष्ट्रि«««य बैंकहरूले जारी गरेको फोटो सहितको पासबूक । क्रेडिट्कार्ड र लेमिनेसन गरिएको भएमा त्यो मान्य हुन्छ ।
(छ) यात्रा आरम्भ गर्नु अगाडि प्रत्येक यात्रुले आपूmजाने ठाउँको बारेमा थाहा पाउनु जरुरी छ । आपूm कहां जांदै छु÷त्यहाँ हेर्नलायक कुराहरू के के छन् । त्यहाँ कसरी कुन यातायातको साधनबाट जान उपयोगी हुन्छ । कति समयमा के के कुरा देख्न सकिन्छ । जाने ठाउँमा कुन कुन कुराबाट बच्नु पर्छ । यस्ता कुराहरू पहिले यात्रा गरेका मानिसहरूबाट जानकारी लिने । पुस्तक, इन्टरनेट बाट पनि जानकारी लिन सकिन्छ । विना जानकारी यात्रा गर्दा कहिले काहिं ठूलो आपत्ति पनि नपर्ला भन्न सकिन्न । तीर्थ गर्न जांदा कठिन मात्र हुन्छ भन्ने धारणापनि नभएको होइन । तीर्थमा जुन यात्रा गरिन्छ, त्यसको मजा चाख्न नजान्ने÷आगोमा धूवाँँमात्र देख्ने तर त्यसले दिएको प्रकाशलाई नदेख्नेहरूकोलागि ‘तीर्थयात्रा’ कठिन अवश्य हुन्छ । ‘तीर्थ’ आज पनि पवित्र छ । ज्ञान–विज्ञानको भण्डारभरी छ । आज पनि अनुभवी संत–महात्माहरू नभएका होइनन्, तिनीहरूलाई खोेज्नुपर्छ । तिनीहरू दुरात्माजस्तोगरि यत्र तत्र देखिदैनन् । ज्ञानको खोजीकोलागि ‘तीर्थ’ गइन्छ ।
सनातनधर्ममा तीर्थस्थलको ठूलो महत्व छ । तीर्थहरूमध्ये अतिविशिष्ट तीर्थलाई ‘धाम’ भनिने चलन छ । ‘चारधाम’ भन्नाले जगन्नाथ (विष्णु), द्वारका (कृष्ण), रामेश्वर (शिव) र वद्रीनाथ (विष्णु)
‘उत्तराखण्डको चार धाम’ भन्नाले ‘गंगोत्री’, ‘यमुनोत्री’, ‘केदारनाथ’ र ‘वद्रीनाथ’लाई भनिन्छ ।
द्धढ
‘बौद्धधर्मका चारधाम’ भन्नाले लुिम्बनी (बुद्धकोजन्म), बोधगया (बुद्धत्व प्राप्त), सारनाथ (प्रथम उपदेश), कुशीनगर (महापरिनिर्वाणको स्थल)
नेपालको चारधाम भन्नाले ‘रुरुक्षेत्र’, ‘बराहक्षेत्र’, ‘पाशुपतक्षेत्र’ र ‘मुक्तिक्षेत्र’ हुन् । ती मध्ये दुई धाम ‘मुक्ति’ र ‘रुरु’ क्षेत्रलाईविशेष रूपमा लिइन्छ ।
चारधामको दर्शन ‘हरिद्वार’ (जसलाई हरिकोद्वार पनि भनिन्छ) बाट शुरु हुन्छ । प्राचीनकालमा हरिद्वार मायापुरीको नामले प्रसिद्ध थियो । हरिद्वारमा दर्शन गर्नुपर्ने महत्वपूर्ण स्थानहरूमा ‘मनसामाई मन्दिर’ । यो मन्दिर पहाडको टुप्पोमा छ । जहाँ केवुलकार वा हिंडेर पुग्न सकिन्छ । त्यस्तै मा चण्डिकाको मन्दिर । सुर–असुरबाट मुक्त दिलाउने । अर्को महाकाली मन्दिर छ । यो अति–प्राचीन मन्दिर हो । तन्त्र साधनाकालागि शिरको कंकाल उपलब्ध छ । कुशावर्त घाट । पिण्डदान, शै्यादान, श्राद्धकर्म आदि यही सम्पन्न हुन्छ । यहां गंगाजीमा स्नानगरि चारधामकोलागि अगाडि बढिन्छ । गंगाजीमा गरिने गंगाको आरती हेर्न लायक हुन्छ । हरिद्वारबाट उत्तर लागेपछि गंगाको किनारमा ऋषिकेशको मन्दिर छ । ऋषिकेशको दर्शन ‘रामझुला’ र ‘लक्ष्मण झुला’ बिना अधूरो हुन्छ ।
‘ऋषिकेश’बाट १७ कि.मि पछि पांच प्रयाग मध्ये पहिलो प्रयाग आउँछ, जसलाई ‘देवप्रयाग’ भनिन्छ । देवप्रयाग अलकनन्दा र भागिरथीको संगममा पर्दछ । भनिन्छ, देवशर्मा नाम गरेका भक्तबाट प्रशन्न भएका भगवान् श्रीरामले यस प्रयागको नाम देवबाट शुरु हुन्छ भन्ने वरदान दिनु भएकाले यस प्रयागको नाम देवप्रयाग हुन गएको हो । देवप्रयागमा ‘रघुनाथ’ मन्दिरछ ।
ऋषिकेशबाट देहरादून ४८ कि.मि र ‘बद्रीनाथ’ ३२० कि.मि । ऋषिकेशबाट एकबाटो गंगोत्री र अर्को यमुनोत्रीतिर । अर्कोबाटो ‘बद्रीनाथ’ तिर लाग्छ । उत्तराखण्डको चारधाममा सबैभन्दा पहिले ‘यमुनोत्री’को यात्राबाट शुरु हुन्छ ।
यमुनोत्री धाम ः ऋषिकेशबाट यमुनोत्री २२२ कि.मि. । ऋषिकेशबाट उकाली–ओराली बाटो भएर नरेन्द्रनगर पुगिन्छ । नरेन्द्रनगर बाट चम्बा ४६ कि.मि । चम्बाबाट तीहरी÷तीहरी भागिरथी र
छण्
भिलंगाको संगममा पर्दछ । श्रीरामले आप्mनो अन्तिमतीर (धनुष) यही तीहरीमा बिसाएका थिए, तीहरीबाट यमुनोत्री जाने दुइटा बाटा छन् । एक बाटो — मसुरीबाट बटकोटको बाटो भएर । अर्को बाटो — हनुमानचट्टी भएर जमुनोत्री । तीहरीबाट ‘हनुमान्’ चट्टी पुगिन्छ । ‘हनुमान चट्टी’बाट यमुनोत्री १३ कि.मि पर्दछ । हनुमान् चट्टीबाट मोटर जांदैन । यहांबाट १३ कि.मि को दूरी पैदलै हिडेर जानुपर्ने हुन्छ अथवा घोडामा चढेर ।
पाल्कीमा बोकाएर
पार गर्नु पर्छ । जांदाजांदै बाटोमा गुफा आउँछ । गुफामा भोलेनाथको पञ्चमुखीमूर्ति छ । गुफाकोमुनि केदार गंगा बहन्छिन ।
जांदा जांदा बाटोमा निर्मलजलधाराको हनुमान्गंगा आउँछ । हनुमानगंगाले यात्रुहरूलाई स्वागतगरि राखेको हुन्छ । त्यसपछि पूmलचट्टी आउँछ । यहां केहीबेर आराम गरेपछि यमुनोत्रीधाम तिर अघि बढिन्छ । दायां बायां पहाडकोबीचमा यमुनोत्री धाम । यमुना मैंया (यमराजकी बहिनी) र सूर्यपुत्री याने भगवान् श्रीकृष्णकी आठौं पटरानी कालंकी । प्रकृतिको लीला अपरम्पार छ । पहाडकोमुनि एकातिर कलकल बहने चिसोपानीको झरना छ भने अर्कोतिर ब्रम्हलोकको उद्गमस्थल भकभक उम्लीरहेको पानी । एकातिर निर्मल शीतल जलधारा अर्कोतिर प्राकृतिक गरमजलधारा । ३५०० मिटर उचाइमा रहेको यो मन्दिर । हिमालकी यमुनोत्रीको उद्गमस्थल भकभक उम्लीरहेको पानी ‘यमुनोत्री धाम’ । तातो पानीको पोखरीमा यात्रुहरू नुहाई रहेका हुन्छन् ।
छज्ञ
सुरजकुण्डमा यात्रुहरूले लगेका चामल, आलु, चनालाई रुमालमा बांधेर केही बेर कुण्डमा डुबाई राखेपछि राखिएका कुराहरू तातो पानीले पकाईदिन्छ । त्यही पकाइएका कुराहरू नै यात्रुहरूले प्रसादका रूपमा लिएर आउँछन् । अक्षयतृतीयादेखि दिपावलिसम्म यो मन्दिर खुल्ला हन्छ । यात्राको लागि मे–जून र सेप्टेम्बर—अक्टोबर सम्म मात्र हुन्छ । ६ महीना मन्दिरमा हिउं पर्ने भएकोले बाजा–गाजा सहित शोभायात्रा गरि यमुनोत्रीको गद्दी खरसाली गाउंमा राखी त्यहीं पूजा–आजा गरिन्छ । यमुनाले आप्mनो दाजु यमराजलाई भनिन् । जसले मेरो स्नान गर्छ । तिनीहरूको सम्पूर्ण पाप नाश होस् । गंगोत्री धाम ः यमुनोत्रीबाट गंगोत्रीको दूरी २२८ कि.मि छ । नागनी ३२ कि.मि, चम्बा ४३ कि.मि, उत्तरकाशी १३३ कि.मि, भटवाडी १५९ कि.मि, गंगनानी १७३ कि.मि, भैरवघाटी २२० कि.मि, गंगोत्री २२८ कि.मि । गंगोत्रीको यात्रा धारासुबाट गरिन्छ । उत्तरकाशी नैसर्गिक सौन्दर्य तथा धार्मिक आस्थाको अविस्मरणीयसंगम । अनुपमछटा, शान्तवातावरण । भटबाडीमा आराम गरि पुनः यात्रा सुचारु गरिन्छ । भैरवघाटीका भैरब मन्दिर । भैरबघाटीबाट गंगोत्री १० कि.मि । गौमुख २८ कि.मि. । समुद्रबाट ३१०० मिटर उचाइमा गंगोत्री मन्दिर । गंगाको गंगोत्री मन्दिर । निर्मलता र शीतलता प्रदान गर्ने ‘गंगोत्री’ । भागिरथीले शिवगंगा प्राप्त गरेकाले यिनको नाम गंगोत्री हुन गएको हो । गंगोत्रीधामको बांकी ६ महीना पूजा उखीमठमा गरिन्छ ।
गोमुखमा गंगाको उद्गमस्थल । गंगाका उत्पत्ति भएको स्थान जसलाई गोमुख भनिन्छ । गंगोत्रीबाट १८ कि.मि. पर जानु पर्छ । समुद्रसतह देखि १२७७० फिट्को उचाइमा पर्दछ ।
केदारनाथ धाम ः भागिरथी गोमुखबाट निक्लेर गंगोत्री हुंदै यहां आउंछिन् । ‘अलकनन्दा’ कुबेरको राजधानी ‘अलकापुर’बाट वद्रीनाथको पछाडि आउंछिन् । जब अलकानन्दा र गंगोत्रीको संगम हुन्छ, तब गंगाको उत्पत्ति हुन्छ ।
छद्द
अलकानन्दाको पांच प्रयाग छन् । ‘देवप्रयाग’, ‘रुद्रप्रयाग’, ‘कर्णप्रयाग’, ‘बिष्णुप्रयाग’ र ‘केशवप्रयाग’ । अव फेिर धारासुतिर फर्किइन्छ । धारासु वैण्डबाट तीहरी हुंदै केदारनाथतिर बढिन्छ । अलकानन्दा र मन्दाकिनीको किनारमा रहेको छ, श्रीनगर÷गडवालका राजा अजयपालद्वारा स्थापित श्रीनगरबाट रुद्रप्रयागको दूरी लगभग ३५ कि.मि. छ । यहाँँबाट केदारनाथको दूरि ८४ कि.मि छ । रुद्रप्रयाग अलकनन्दा र मन्दाकिनीको संगम स्थलमा रहेको छ । रुद्र प्रयागमा रुद्रनाथको मन्दिर छ, जहाँ भगवान् शंकरको रुद्ररूपको पूजा–अर्चना गरिन्छ । यो केदारनाथ जाने यात्रुहरूकालागि अन्तिम बजार हो । आपूmलाई चाहिने सामान खरिदगरि यहींबाट लैजानु पर्छ ।
तिलबाडाबाट अगस्त्यमुनि १० कि.मि पर्दछ । अगस्त्यमुनिबाट गौरीकुण्ड ५९ कि.मि र केदारनाथ ७३ कि.मि पर्दछ । महर्षि अगस्त्यऋषिले यही तपस्या गरेका थिए । यहांसम्म हेलिकोप्टरको पनि व्यवस्थाछ । अगस्त्यमुनिबाट एउटा बाटो गुप्तकाशी भएर केदारनाथ पुग्छ । अर्कोबाटो उखीमठ भएर चमोली भएर जान्छ । गुप्तकाशीमा अर्धनारीश्वरकोमन्दिर बिराजमान छ । रामपुरबाट ३ कि.मि पर ‘सोनप्रयाग’ । सोनप्रयाग — सोनप्रयागबाट गौरीकुण्ड ६ कि.मि, केदारनाथ २० कि.मि । भगवान् शिव–शंकरको ११ औं ज्योतिर्लिंग उत्तराखण्डको केदारनाथधाममा बिद्यमान छ । हिमालयमा रहेको यस तीर्थस्थानको दर्शन केवल छ महीना मात्र हुन्छ । बैशाखबाट आश्विनसम्म यस धामको दर्शन गर्न सकिन्छ । वर्षको अन्य महीनामा बढी हिमपातकाकारण ‘केदारनाथमन्दिर’को ढोका बन्द हुन्छ । जब हिमपात हुन शुरु हुन्छ तब मन्दिरमा ध्युको नन्दादीप बालेर केदारेश्वरको भोग सिंहासन बाहिर लेराएर मन्दिरको ढोका बन्द गरिन्छ । कार्तिकदेखि चैत्र महीना सम्म केदारेश्वरजीको निवास तल ‘उखीमठ’मा हुन्छ । जब हिउं पग्लन्छ, तब वैशाखमा ढोका खोलिन्छ । जब ढोका खोलिन्छ कार्तिकमा बालेर छोडेको नंदादीप जस्ताकोतस्तै बलिरहेको हुन्छ । हरिद्वार बाट ऋषिकेश, देव प्रयाग, रुद्रप्रयाग, सोनप्रयाग, गौरीकुण्ड भएर केदारनाथ पुगिन्छ । गौरीकुण्डसम्म मोटरबाटो र त्यसपछि लगभग १४ कि.मि पैदल, घोडामा वा बोकाएर मन्दिरमा पुगिन्छ ।
छघ
हिमालयको यो बाटो अति दुर्गम र जोखिम छ ।
गौरीकुण्डमा पानी तातो छ । यहां पितृलाई पिण्डदान गर्नाले मुक्ति मिल्दछ, भन्ने मान्यता रहेकोछ । यहां स्नान गर्नाले थकाइमेटिन्छ । तन–मन निर्मल हुन्छ । स्नान गरेपछि यात्रा शुरु हुन्छ । यहाँँ टाउको विनाको गणेशजीको दर्शन गर्न पाइन्छ । मण्डकटा– गणेशजीको टाउको विनाको मन्दिर । गौरीकुण्डको स्थान गणशजीको जन्मस्थान मानिन्छ । यसै स्थानमा पार्वती–पुत्र गणेशजीको शंकरजीले त्रिशूल प्रहारबाट टाउको काटिदिएका । पछि हात्तीको टाउको राखेर जीवित पारिदिएका थिए । यो पौराणिक आख्यान ।
‘गौरीकुण्ड’ केदारनाथ यात्रा गर्नेहरूकालागि अन्तिम बसस्टप । गौरीमन्दिरमा तर्पणकुण्ड र तप्तकुण्ड छन् । गौरीकुण्डबाट रामबाडा ७ कि.मि, केदारनाथ १४ कि.मि । रामबाडाबाट भैरवचट्टी र गरुडचट्टी ।
गौरीकुण्डबाट गए पछि उच्चहिमशिखरमा मंदाकिनी नदीको घाटीमा भगवान् शंकरजीको दिव्य ज्योतिर्लिङ्ग श्री केदारनाथको मन्दिर देखिन्छ । यही कैलाश भगवान् शंकरजीको निवास स्थान हिमालयमा पर्दछ । यहा भगवान् शिव–शंकरको मूर्ति र लिङ्ग छैन । केवल एक त्रिकोण आकारको उच्चस्थान छ । यसलाई महेश (भैंसी) को पछाडिको भाग भनिन्छ ।
‘केदारनाथको मन्दिर’को बारेमा कथा यस प्रकार छ ः–
कौरव पांडवको महाभारतको युद्धमा आप्mनै मानिसहरूको आफैंबाट हत्या भयो । पापबाट मोक्ष पाउन पांडव तीर्थस्थान काशी गए । तब भगवान् बिश्वेश्वर त्यस समय हिमालयको कैलाश तिर गएका थिए, यो सूचना उनीहरूलाई त्यहाँँँ गए पछि मिल्यो । यो सुनेर पांडब काशीबाट निक्लेर हरिद्वारहुंदै हिमालयको काखमा पुगे । टाढैबाट भगवान् शिव–शंकरको दर्शन भयो । तब पांडबलाई देखेर भगवान् शिव– शंकर लुक्नु भयो । यो देखेर धर्मराज बोल्नु भयो हे देब ! हामी पापीहरूलाई देखेर शंकर भगवान् लुक्नु भएको हो ? प्रभु ! हामी तपाईलाई खोजेर निकाल्छौं अनि हामी हजूरको दर्शनले पाप मोक्ष हुन्छौं । हामीलाई देखेर जहाँँ हजूर लुक्नु भएको छ, त्यो स्थान ‘गुप्त काशी’ को नामले पवित्र तीर्थस्थान हुनेछ ।
छद्ध
फेरि पांडव ‘गुप्त काशी’ (रुद्र प्रयाग) बाट हिमालय तिर लागे । गौरीकुंडतिर घुम्दै भगवान् शिव शंकरलाई खोज्दैरहे । यसैबेला नकुल सहदेवले एउटा भैंसी देखे । यस्तो अनौठो रूप देखेर धर्मराजले भने भगवान् शंकरले नै यो भैंसीकोरूप धारण गरेका हुन् । उनले हाम्रो परीक्षा लिइरहेका छन् ।
त्यसपछि गदाधारी भीम त्यस भैंसीको पछि लागे । भैंसी छलेर गयो । भीमको हात लागेन । भीम थाके । फेरि, भीमले गदा प्रहार गरेर भैंसीलाइ घायल पारिदिए । घायल भैंसी धरतीमा मुखलुकाएर बस्यो । भीमले त्यसको पुच्छर पक्डेर ताने । भैंसीको मुख यही खिंचातानीमा सिधै नेपालमा पुग्यो । भैंसीको पछाडिको भाग केदारधाममा नै रह्यो । नेपालमा रहेको पशुपतिनाथ मन्दिरनै केदारनाथको शिर भनिन्थ्यो । हजुरआमा ले भन्नुहुन्थ्यो ‘तीर्थ गर्न जांदा भारतका मानिसहरू हामीलाई भन्थे, तिमीहरू शिर छोडेर पुच्छरमा आएकाछौं’ तर आजभोलि केदारनाथको शिर भक्तपुरजिल्ला स्थित ‘सिपाडोल’ गाउं विकास समिति वडा नं ६ स्थित ‘डोलेश्वर’ महादेव भएको स्थानलाई मानिन्छ ।
२०६६ साल भाद्र ६ गते ‘डोलेश्वरमहादेव’ केदारनाथकोशिर भएको घोषणा भयो । घोषणा समारोहको विशेष कार्यक्रममा श्री केदारनाथजीका पीठाधीश श्री १००८ जगत्गुरु भीमाशंकर लिङ्ग शिवाचार्य महास्वामीज्यू, अनन्त श्रीविभूषित जगत्गुरु श्री बालसन्त मोहन शरण देवाचार्यजी महाराजज्यू, जगद्गुरु रामानुजाचार्य स्वामी विश्वेश्वरा प्रपन्नाचार्य, अयोध्या,(भारत), जगद्गुरु हेमाकान्तशरण देवाचार्य (मथुरा), जगद्गुरु श्रीश्रीश्री शिवव्रम्हाचार्यजी स्वामी महाराज, (आन्ध्रप्रदेश, भारत), जगद्गुरु शंकराचार्य स्वामी नरेन्द्रनन्दन सरस्वतीजी महाराज सुमेरुपीठ (काशीउत्तरप्रदेश भारत), जगदाचार्यश्री चन्द्रस्वामी श्री महासरस्वती पीठाधिश्वर विश्व धर्मायतन, (दिल्ली), पाइलटबाबा उत्तरकाशी), हरिद्वार, १००८ श्री सन्तविद्या चैतन्यजी महाराज, उत्तरप्रदेश, श्री सिद्धराम स्वामीजी नागनुर रुद्राक्षी मठ कर्नाटक, १०८ श्री महन्त अगस्त्य गिरिजी महाराज, (नयांदिल्ली), उपराष्ट्रपति (नेपाल) उपस्थित हुनु भएको थियो ।
भक्तपुर शहरबाट दक्षिणपूर्वी कुनामा अवस्थित सिपाडोल गाउंमा रहेकोछ महादेवमन्दिर । ‘डोलेश्वर महादेव’ विशाल कालोपत्थरको शिवलिङ्ग साँँढेको टाउको शिर झैं माथि उठेर
छछ
दायांतर्फ कोल्टोपरेर ढल्केको छ र चांदीको नागले वेष्ठित भएर रहेको अतिसुन्दर देखिन्छ । ९० सालको भूकम्पमा तीनतले झिंगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुंबज आकारको छाना भएको भूइंतले मन्दिर बनेको हो ।
दर्शन–पूजा ः
वर्षको ३ पटक अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वार्षिकोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफैंले मन्दिर भित्र शिवलिङ्ग छोएर पूजा र ढोग दर्शन गर्न पाइन्छ । अरु बेला भक्तजनहरूको पूmलमाला पूजासामान र भेटी पूजारीहरूबाट चढाइने व्यवस्थाछ ।
महेशको त्यस पछाडिको भागबाट एक दिव्य ज्योति प्रकट भयो । दिव्य ज्याेितमा शंकर भगवान् प्रकट हुनु भयो । पांडवलाइ भगवान्ले दर्शन दिनु भयो । शंकर भगवान्को दर्शनले पाण्डवहरूको पापहरण भयो । शंकर भगवान्ले पाण्डबलाई भन्नु भयो अब म यहां यही त्रिकोणाकार ज्योतिर्लिङ्गको रूपमा सदैव रहन्छु । केदारनाथको दर्शनबाट मेरा भक्तगण पुण्यात्मा वन्छन् ।
केदारनाथधाममा पांडवसंग सम्बन्धित धेरै स्मृतिहरू पाइन्छन् । राजापांडु यस वनमा माद्रीकासाथ विहारगर्दा मरेका थिए । जुन स्थान पांडुकेश्वरको नामले प्रसिद्ध छ । जहाँ आदिवासीमानिस पांडव नृत्य प्रस्तुत गर्दछन् । जुन ठाउँबाट पांडव स्वर्ग गए, त्यसलाई स्वर्गरोहिणी भनिन्छ । धर्मराज जब स्वर्ग जांदै थिए उनको एक औंला शरीरबाट अलग भएर धरतीमा खस्न पुग्यो । त्यस स्थानलाई धर्मराजले अंगुष्ठ शिवलिङ्ग स्थापना गरे । भैंसीरूप लिएका शंकरजीमाथि भीमले गदा प्रहार गरेका थिए । भीमको धेरै पछताव भयो । भैंसीको शरीर ध्युले मालिश गर्न लागे । यसैले, आज पनि उस त्रिकोणाकार दिब्य ज्योतिर्लिंग केदारनाथको ध्युले मालिश गरिन्छ । यसै विधि अनुसार भगवान्को पूजा अर्चना गरिन्छ । पानी र बेल पत्रबाट यहां अभिषेक गरिदैन । पूmल पनि चढ्दैन ।
यो प्राचीन मन्दिर हो । केदारनाथ मन्दिरलाई पाण्डवकालीन मन्दिर पनि भनिन्छ । महाभारतको युद्ध पछि पाण्डवहरूले आप्mनो पापको प्रायश्चितगर्न यो मन्दिर बनाएको भन्ने मान्यता पाइन्छ । केदारनाथमा दर्शन गर्नाले पुनर्जन्म हुंदैन ।
मन्दिरको नजीक उदककुण्ड छ । समुद्रबाट १३,००० फिट् उचाइमा मन्दिर रहेको छ । केदारनाथबाट सुमेरु पर्वत शिखर देखिन्छ । त्यसपछि ईशानेश्वर मन्दिर आउँछ ।
केदारनाथबाट वद्रीनाथजाने बाटोमा ४३ कि.मि मा ‘उखीमठ’ आउँछ । जब ६ महीना मुख्य मन्दिर बन्द हुन्छ, तब केदारनाथको पूजा यही हुन्छ । उखीमठमा उषा र अनिरुद्रको विवाह भएको थियो ।
छट
पिपलकोटीबाट जोशीमठ ३४ कि.मि., गोविन्दघाट ५४ कि.मि. , वद्रीनाथ ७८ कि.मि., माना ८२ कि.मि. ।
गरुड गंगा—गरुड भगवान्को मुखबाट गंगा उत्पत्ति भएको हो । दुर्लभ पत्थर पाइने र त्यो पत्थर सर्प विष निकाल्न उत्तम हुन्छ । उत्तरकाशी स्थित मठ ज्योतिर्मठलाई नै ‘जोशीमठ’ भनिन्छ । अलकनन्दास्थित यस मन्दिरमा बद्रीनाथको गद्दी छ । यहां नर्सिंग मन्दिर छ । शंकराचार्यको चार मठ मध्ये एक मठ यहां छ । जब ६ महीना वद्रीनाथको मन्दिर बन्द हुन्छ तब यही पूजा गरिन्छ । यहां अन्य मन्दिरहरू पनि छन् । वासुदेव मन्दिर । नवदुर्गा मन्दिर । उष्ट भूजा गणेश । गौरी शंकर मन्दिर । ‘विष्णु प्रयाग’ जोशी मठबाट १० कि.मि. पर पर्छ ।
बद्रीनारायण धाम ः (नारायण)
जोशीमठ र वद्रीनाथको बीचमा छ ‘पाण्डुकेश्वर’ । यहांको मन्दिरले उत्कृष्ट वास्तुकला दर्शाउंछ । योग वद्रिनाथको प्राचीनकालीन मन्दिर छ । पाण्डु महाराजले आप्mना दुबै रानी लिएर यहां तप गरेका थिए । हनुमानचट्टि — हनुमान्ले वद्रीनारायणको लागि तप गरेका थिए । पद्रीनारायणे खुशी भएर हनुमान्लाई बजरंगवलीको बल दिएका थिए । तबदेखि यो स्थान हनुमान्चट्टीको नामले प्रसिद्ध भयो । ‘अलकानन्दको तट’मा वद्रीनाथजीको अतिपावन मन्दिर । वद्रीनाथको श्याम वर्णमूर्ति । बहुमूल्य रत्नजडित मूर्ति । समुद्रसतहदेखि २ हजार फिट देखि २६ हजार फिट् सम्मको उँँचाईमा फैलिएको छ । यहाँँबाट गंगा, भागिरथी, गंगोत्री, अलकानन्दा, यमुना, यमुनोत्री नदीहरू बहेका छन् । अलकनन्दा श्री वद्रीनाथबाट उत्तर अलकापुरिबाट निक्लिएर देबप्रयागमा भागिरथी संग मिल्छिन् । गर्मीको समयमा हिउं पग्लिए पछि मात्र यहांको यात्रा शुरु हुन्छ । बद्रीकाश्रमको बाटो अधिकांश नदीको किनार भएर जान्छ । बद्रीनाथमा १४—१५ मे बाट खुल्छ भने केदारनाथमा २—३ मे देखि शुरु हुन्छ ।
छठ
वद्रीनाथको यात्रा हरिद्वार, ऋृषिकेश, लक्ष्मणभूmला, स्वर्गाश्रम, देवप्रयाग, रुद्रप्रयाग, जोशीमठ, विष्णुप्रयाग हुंदै वद्रीनाथ पुगिन्छ । वद्रीनाथमा अलकनन्दा उत्तरबाट आई मन्दिर नजीकैबाट बहन्छिन । यो स्थान समुद्रबाट १०,२०० फिट उचाईमा पर्छ । वद्रीनाथ चारैधाममा सर्वश्रेष्ठ मानिन्छ । जब अन्य धाम रेलद्वारा जान सकिन्छ, यो धाम यस्तो धाम, जहाँ हिडेर नै मात्र पुण्यको आनन्द प्राप्त गर्न सकिन्छ । तर, अब बद्रीनाथ मन्दिरसम्म मोटर बाटो बनिसकेको छ ।
वद्रीनारायणको मन्दिरमा लक्ष्मीजी, नरनारायण, नारद, गणेश, गरुड, कुंवर , उद्धब आदि सुन्दर मूर्तिहरू दर्शनीय छन् । मूर्तिको मुकुटमा हीरा जडेको छ । दर्शन दिनमा ४ पटक हुन्छ । वद्रीनाथमा पूजा ः प्रात ४.३०—६.३० महाभिषेक पूजा रु २,७००। । अभिषेक पूजा रु १,५००। ७.३०—१२ अपरान्ह ३ बजे — ५ बजे बेद पाठ रु ५०१। गीता पाठ रु ७५१। एक दिनको सम्पूर्णपूजा रु ११,०००। वद्रीनाथमा शंख बजाउन मनाही छ ।
तुलसीविना वद्रीनाथजीको पूजा अधूरै रहन्छ ।
ब्यासगुफाको बारेमा यो मान्यता छ, गणेशजीले बेद ब्यासका शब्दलाइ महाभारतमा आप्mैले लेखेका थिए ।
वद्रीकाश्रम(वदरिकाश्रम)मा पितृकार्य गरिन्छ । ‘जसलाई प्रख्यात ब्रम्हकपाल तीर्थ ’ पनि भनिन्छ ।
यहां नरनारायण पर्बत रहेको छ । नरनारायणलाई बिष्णुको अवतार मानिन्छ । मन्दिरको पूजारीलाई ‘रावल’ भनिन्छ । मन्दिरको पश्चिमदिशामा चरणपादुका । मन्दिरको दक्षीण भागमा नाग–नागीन्का जोडा । यस बारेमा भनिन्छ, जब नरनारायण आप्mनो आमालाई भेट्न जान
छड
लागेका थिए, तब पाल्कीकोमुनि नाग–नागिनी देखेर सराप दिए र शीला बनाइदिए । त्यतिबेला देखि वद्रीनाथधाममा कुनै पनि विषालु कीराहरू छ्रैनन् । वद्रीनाथको तलतिर ‘तप्तकुण्ड’ गरम पानीको पोखरी छ । प्रसिद्ध ‘ब्रम्हकपाल’—जहाँ पिण्डदान गरिन्छ ।
वद्रीनाथको ३ कि.मि. पर माना गाउं छ । यहां अलकनन्दा र सरस्वतीको संगम छ । यसलाई ‘केशवप्रयाग ’ पनि भनिन्छ । यहां ‘गणेशगुफा’ र ‘ब्यासगुफा’ छ ।
स्वर्गारोहण जानकालागि पांचपाण्डव यहां आएका थिए । तब सरस्वती नदी तर्न नसक्दा भीमले द्रौपदीकालागि एउटा शीला राखेर पुल बनाए । यहींबाट युधिष्ठिर स्वर्गलोककोलागि प्रस्थान भएका थिए ।
वद्रीनाथजीको माता मूर्ति । यहां सालको एक पटक धूमधाम मेला लाग्छ ।
वसुधारा ः शेषनेत्र गुफाको बीचमा शीलाको आँँखा छ ।
यात्रा गर्दा बिचार पुर्याउनु पर्ने र लैजानुपर्ने आवश्यक सामानहरू ः यात्रा गाइड÷उनी कपडा÷सर्दी, ज्वरो आदिका औषधिराख्न नभुल्नु । आवश्यकतानुसार सुख्खा मेवा, फल, बिस्कुट । बस्नकालागि वद्रीनाथमा सार्वजनिक धर्मशालाहरू छन्् ।
जगन्नाथ पुरी ः
जगन्नाथ पुरीमा तीर्थयात्रुनै २०६९ मार्ग ३० गते शनिवार गएकाले दोस्रो पटकको यात्रामा बर्णन गरिएको छ ।
रामेश्वर धाम ः
दक्षिण भारतको तामिलनाडूमा ‘रामेश्वरम्’ पर्दछ । दक्षिणपूर्बको कुनामा ‘रामेश्वरम्’को मन्दिर छ । बंगलोर या मद्रासबाट यहां जान सकिन्छ । सडक या रेल दुबै मार्गबाट आउन सकिन्छ । मद्रासको रामानाम जिल्लामा दक्षिणसीमानाको अन्तमा रामेश्वर द्वीप छ । ३१ मिल लामो ७
छढ
मिल चौडा यो टापू पुराणमा गन्धमादनपर्वत नामले प्रख्यात छ । यो द्वीप रामको नामले रामेश्वर ज्योतिर्लिङ्गको नामले प्रख्यात छ । ज्योतिर्लिंगको रूपमा यो तीर्थ चारधाम मध्ये एक पवित्र स्थान हो । जहाँ ज्योतिर्लिंग छ त्यहा भब्य मन्दिर छ । यो मन्दिर वास्तुशिल्पका एक नमूना मानिन्छ । भगवान्को बिराट् रूपको अनुभव यहाँँ हुन्छ । भक्तहरूको संकुचित मन यहां आए पछि बिशाल बन्न जान्छ । मन्दिरको चारैतिर ढुंगाले बनाएको पर्खाल छ । त्यसको चौडाई ६५० फिट उचाई १२५ फिट छ । मन्दिरमा शीलास्तंभमा सुन्दर चित्र कु ँँ दिएकोछ । सूडँँ माथि उठाएर अभिवादन गरेको पत्थरको हात्ती देख्न सकिन्छ । स्तम्भको नजीक १३ फिट उंचाई र ६ फिट चौडाईको ढुंगामा कुंदिएको सांढे देखिन्छ । प्रमुख मन्दिरबाट लगभग दुई किलोमिटरमा गंधमादन पर्बत छ । त्यहाँ पहिले कसैले किला बनाएका थिए । रामखाई, रामझरोखा, विभीषणको मन्दिर आदि स्थान दर्शनीय छन् । यहां २४ तीर्थ छन् । मुख्य तीर्थ को नाम यस प्रकार छ ः रामतीर्थ, सीताकुंड, जटातीर्थ, लक्ष्मणतीर्थ, कपितीर्थ, ब्रम्हकुंड, विप्लुनी तीर्थ, गालवतीर्थ, मंगलतीर्थ, कोदंडराम तीर्थ, पांडवतीर्थ आदि ।
‘रामेश्वरमन्दिर’को पूरा ब्यवस्था भारतसरकारको अधीनमा छ । मंदिरको ब्यवस्था र देखभाल ब्यवस्थित ढंगबाट हुन्छ । यस क्षेत्रमा भीख माग्न र दिन मनाइ छ । कोही पनि दानकालागि भन्दैनन् । सबै कर्मचारी सरकारी हुन् । पूरा अनुशासनबाट यात्री प्रभाबित भएका छन् ।
पूजाविधि र दान धर्मको निश्चित दर अनुसार हुन्छ । पूजाबिधि टाढैबाट देखिनेगरि राखिएको हुन्छ । पूजा पछि प्रसाद दिइन्छ ।
चाँँदीमा सफेद हीराबाट बनेको श्री रामेश्वरको लिङ्ग मूर्ति छ । लिङ्गमूर्तिमा शेषनागले संरक्षण गरेको छ । यस लिङ्ग मूर्तिमा गंगाजल र बेलपत्र चढाइन्छ ।
प्रतिदिन बिहान ४ बजे देखि रातको १० बजे सम्म मन्दिरमा भक्तगण आइरहन्छन् । रातमा आरती पछि भगवानको सुत्ने कोठामा सुनको पलंगमा शंकर पार्वतीको भोगमूर्ति राखिन्छ । रामेश्वरको कथा यस प्रकार छ ः सीताजीको खोजीमा भांैतारिएका रामको सुग्रीवसंग मित्रता भयो । उनको विशेष दूत श्री हनुमान्जीको सहायताबाट सीताजीको पत्ता लाग्यो । श्रीराम रावण मार्ने अभियानको उद्देश्यले वानरसेनालाई संगठित गरि दक्षिणी
टण्
समुद्रको किनारमा पुगे र समुद्र पार कसरी गर्ने भन्ने चिन्तामा परे । शिवभक्त रामजीे चिन्तित देखेर लक्ष्मण र सुग्रीब आदिले सम्झाए । तर शिवजीबाट प्राप्त बलवान् रावणको बारेमा उनी निश्चिन्त हुन सकेनन् । त्यसैबेला उनलाई प्यास लाग्यो । पानी मागे । जव पानी पिउन लागे तव उनलाई शिवपूजा गर्ने विचार आयो । पार्थिव लिङ्ग बनाएर शिवजीको आराधना गर्न लागे । शिवजी प्रसन्न भएर रामजीका नजीक आएर वर माग्नकोलागि भन्न थाले । रामजीले प्रकट भएका शिवलाई भक्तिभावपूर्वक भने यदि तपाई म प्रति प्रसन्न हुनु हुन्छ भने तपाई यहीं रहनुहोस् । शिवले रामको प्रस्ताव स्वीकार गर्नु भयो र त्यहंी शिवलिङ्गकोरूपमा रामेश्वर नामले विराजहुनुभयो ।
शिवजीको कृपाले श्रीरामजी रावण आदि राक्षस खतमपारी धर्मरक्षक कहलाइए । जसले रामेश्वर शिवलिङ्गमा दिव्य गंगाजल चढाउंछ । त्यो व्यक्ति सुखी जीवन जिउन सक्छ । काशीको गंगाजल श्री रामेश्वर लैजानु यो चारधाम यात्राको बडो पुण्य काम मानिन्छ ।
भारतमा १२ ज्योतिर्लिंग छन् । ज्योतिर्लिङ्गलाई शंकर, शिवशंकर, महेश, महादेव आदि विभिन्न नामले पुकारिन्छ । एक समय ब्रम्हाजी र विष्णु भगवान्मा को ठूलो ? भनी झगडा परेछ । त्यस समय लिङ्गबाट ज्वाला प्रकट भयो । ब्रम्हाले लिङ्गको माथिल्लो भाग पत्ता लगाउन हांसको रूप धारण गर्नु भयो । विष्णुले तल्लो भाग पत्ता लगाउन बराहको रूप धारण गर्नु भयो । ब्रम्हा र विष्णुले त्यस ज्वाला लिङ्गको अन्त पत्ता लगाउन सकेनन् । तव दुबैले हार मानेर शिवजीलाई सबैभन्दा ठूलो माने ।
प्राचीन समयमा शिव भक्तहरूले जहाँ भक्तिभावले तपस्या गरे त्यहाँ ज्योतिर्लिङ्गको स्थापना भयो र त्यही भक्तको तपस्याको कारणले त्यो स्थान पबित्र मानिनथाल्यो । शिवपुराण अनुसार भारतमा १२ ज्योतिर्लिङ्ग छन् ।
सौराष्ट्र«««मा सोमनाथ । शैलमा मल्लिकार्जुन । उज्जयनीमा महांकाल । विध्यप्रदेशमा ओम्कारेश्वर । हिमालयमा केदारनाथ । डाकिनीमा भीमाशंकर । वाराणसीमा विश्वनाथ । गोमती किनारमा
टज्ञ
त्रयम्वक । चिताभूमिमा वैद्यनाथ । अयोध्याको दारुकवनमा नागेश्वर । सेतुबंधमा रामेश्वर र देव सरोवरमा धृष्णेश्वर । ज्योतिर्लिंग स्थान ——————— ———— सोमेश्वर सागर र पृथ्बीमिलन मल्लिकार्जुन भृगुकक्ष महांकाल नर्मदाको किनार ओम्कारेश्वर विन्दुसरोवर केदारेश्वर यमुनाको किनार भीमाशंकर सहयाद्री वैद्यनाथ नदी किनार बिश्वेश्वर नदी किनार नागेश्वर सरस्वती किनार रामेश्वर समुद्र किनार धृष्णेश्वर शिवालय त्रयंम्वकेश्वर गौतमी नदीको किनारमा
१) सोमनाथ ः सोमनाथ मन्दिरमा तीर्थयात्रुनै गएकाले दशांै दिन देखिको यात्रा मा बर्णन गरिएको छ ।
२) मल्लिकार्जुन ः
आन्ध्रप्रदेशको राजधानी हैदरावाद जानु पर्छ । हैदरावादबाट ‘मल्लिकार्जुन’ लगभग २०० कि.मि. मा पर्छ । यो दूरी बस वा आप्mनै गाडीबाट जान सकिन्छ । आन्ध्रप्रदेशको श्रीशैलमा दोस्रो ज्योतिर्लिङ्ग पर्दछ । मल्लीकार्जुन दर्शन गर्न सबै भक्त भवसागर पार गर्न सक्छन् । जब गणेशले कुमारलाई पृथ्बी घुम्न पठाएर आपूmले शिव–पार्वतीको परिक्रमागरि गणेशले ऋद्धि र सिद्धि संग बिवाह गरे तब कार्तिकेश्वर पर्बततिर गए । उनलाई मनाउनकालागि त्यहाँँ शिव– पार्वती पुगे । शिव पार्वती आएको थाहा पाएर कार्तिकेश्वर १०० माइल पर गए । शिव–पार्वतीले त्यहाँ पनि नपाएकाले शिव, अर्जुन र पार्वती मल्लिका नामले विराजमान भए । यस पबित्र स्थानको मल्लिकार्जुन ज्योतिर्लिङ्गको नामले प्रसिद्ध भएको हो । जो मनुष्य मल्लिकार्जुन आएर दर्शन गर्छ, उसको पुनर्जन्म हुंदैन भन्ने बिश्वास गरिन्छ ।
टद्द
३) महांकालेश्वर ः
मध्यप्रदेशको उज्जैनशहरमा महांकाल ज्योतिर्लिंङ्ग मन्दिर छ । यहां शिवजीको तेस्रो ज्योतिर्लिङ्ग विराजमान छ । यहां जलस्नान, दूधस्नान, दहीस्नान, सक्खरस्नान, भांगस्नान, शहदस्नान आदि हुन्छ । भगवान् विष्णुको अवतार वराहको हृदयबाट प्रकट क्षिप्रानदीको जलमा स्नानगरि महांकालको दर्शन गर्नाले पाप, ताप र भयबाट मुक्ति मिल्छ भनिन्छ । कथा यस प्रकार छ ः एक ब्राम्हणका शिवभक्त चार छोराहरू थिए । व्रम्हाबाट वर पाएका दुष्ट दैत्यराज दूषणले अवंतीमा आएर त्यहाँका निवासी ब्राम्हणहरूलाई सतायो । शिवजीको ध्यानमा लीन भएका ब्राम्हण खिन्न भएका थिएनन् । दैत्यराजले आप्mना चार दैत्यलाई नगरको घेरा हाल्न लगायो । धर्मानुष्ठान हुन नदिन आदेश दिएको थियो । दैत्यबाट पीडित प्रजा ब्राम्हणको नजीक गए । ब्राम्हण प्रजालाई धैर्य राख्न भन्दै पूजामा लीन भए । यसै समय दूषण दैत्यले आप्mनो सेनासहित ब्राम्हण उपर आक्रमण ग¥यो । त्यही पार्थिव मूर्तिमा एक भयानक गर्जनाबाट धरती फाट्यो र शिवजीको विराट्रूपधारी महांकालको प्रकट भयो । महांकालले उस दुष्टलाई ब्राम्हणको नजीक नजानकोलागि भन्दा त्यस दैत्यले शिवजीको आज्ञा मानेन । फलतः शिवजीले आप्mनो एकै हुंकारले दैत्यको भष्म गरिदिनु भयो । शिवजीको यसरूपलार्ई देखेर ब्रम्हा, विष्णु तथा इन्द्रादि देवता भगवान् शिवशंकरको स्तुति गर्न थाले ।
संयोगवश एक विधवा ब्राम्हणी आप्mनो बालक काखमा लिएर महांकालेश्वरको मन्दिरमा पुगिन् । अबोध बालकमा शिवपूजा देखेर भक्तिभाव उत्पन्न भयो । उसले एक रमणीय पत्थर लेराएर आप्mनो घरमा राख्यो । त्यसलाई शिवरूप मानेर पूजा गर्न थाल्यो । भजनमा बालक लीन हुन लाग्यो । खान पनि छोडेर ध्यानमा रहन थाल्यो । एक दिन खाना खान बोलाउन गएकी आमाको आवाज नसुनी ध्यानमग्न भएको देखेर शिवलिङ्ग त्यहाँबाट हटाएर उसको पूजा भंग गरिन् । आमाको त्यो काम देखेर शिवजीको स्मरण गर्न थाल्यो । शिवजी प्रसन्न भएर त्यो बालक घर जांदा कुटि विशाल घर हुनुको साथै धनधान्यले सम्पन्न भयो ।
४) ओम्कारेश्वर
मध्यप्रदेशमा ओम्कारेश्वर ज्योतिर्लिंङ्ग छ । ओम्कारेश्वर र अम्लेश्वरको बीचमा नर्मदा नदीको पवित्र जलमा स्नान गरेर ओम्कारेश्वर
टघ
ज्योतिर्लिंङ्गको दर्शन गरिन्छ । नर्मदा नदी ओम्पर्वतको मुनि बग्छिन । भनिन्छ, यहांका राजा मान्धाताले शिवजीको पूजाआजागरि घोर तपस्या गरे । शिवजी प्रसन्न भएर ज्योतिर्लिङ्गको दर्शन दिनुभयो र उनको प्रार्थनाबाट ओम्कारेश्वर ज्योतिर्लिंङ्ग तथा ममलेश्वर ज्योतिर्लिंङ्गकारूपमा विराजमान हुनुभयो ।
५) केदारनाथ ः यस विषयमा उत्तराखण्डको चारधाम अन्तर्गत बर्णन गरिसकिएको छ ।
६) भीमाशंकर ः
भीमाशंकरको दर्शनकालागि महाराष्ट्र«««को नाशिकबाट जानुपर्दछ । पुूर्णे मनचटबाट ६५ कि.मि को यात्रा पछि आउँछ । कथा यस प्रकार छ ः
कुंभकर्ण शिवभक्तहरूलाई सताउंदथ्यो । भगवान् शिवशंकरको शिवलिङ्गमा प्रहार गरेर टुक्रा टुक्रा पार्न लाग्यो । शिवजी प्रकट भएर भीम दैत्यको नाश गर्नु भयो । सबै देवताहरूको आग्रह अनुसार शिवजी यहां भीमाशंकर ज्योतिर्लिंंगको नामबाट विराजमान हुनु भयो । मन्दिर अतिप्राचीन छ ।
७) विश्वनाथ ः यस मन्दिरको पनि तीर्थयात्रामा गएकोले माथि नै बर्णन गरिएको छ । ८) त्र्यम्बक ः नासीक जनपथबाट २५ कि.मि पर्दछ । महाराष्ट्र«««को नासीक नगरको समीप गौतमी गंगाका किनारमा बसेको अतिपवित्र मन्दिर हो । त्रयम्बक नगर समुद्री सतहभन्दा लगभग २५०० फिट उँँचाइमा छ । यो मन्दिर श्रीमान् नानासाहेबले बनाएका थिए । मन्दिरको चारैतिर पत्थरको खम्बामा चित्रहरू कोरिएका छन् । नित्यपूजा, आरती र प्रसादको कार्यक्रम हुन्छ । सिंहस्था पर्ब प्रत्येक १२ वर्षमा ‘कुंभ मेला’ लाग्दछ ।
टद्ध
लाखौं मानिस यस कुशाबर्तमा स्नान गरि आपूmलाई धन्य मान्छन् । त्र्यम्वकेश्वर नजीक गौतमी गोदावरीमा अहिल्या नामको एक सानो नदी आएर मिल्छिन् । कुशावर्त तीर्थमा गोदावरी नदी बहन्छिन् । ब्रम्हगिरि जहाँबाट गोदावरी निक्लिन्छिन् त्यस स्थानको नाम गंगाद्वार भनिन्छ । गोदावरी माताको मन्दिर पनि यस उद्गम स्थानमा छ । मन्दिरमा माताको प्रसन्न मूर्ति देखिन्छ । यसको संगै बराहतीर्थ छ । गंगाद्वारबाट निक्लेर गोदावरी केही पर गएर लुक्छिन् र तलहटीमा गएर प्रकट हुिन्छन् । फेिर नलुकून् भनेर गौतमऋषिले चारैदिशामा दर्भ प्mयांकिदिए तव गोदावरी कुशावर्तमा बहन थालिन् ।
यस स्थानमा ओखलजस्तो गढ्ढ देखिन्छ । त्यसमा औंलाको आकारका तीनलिङ्ग छन् । ब्रम्हा, विष्णु र महेशजीको यहां तीन लिङ्ग पनि त्र्यंबकेश्वर हो । तीनमध्ये महेशजीको लिङ्गमा पानी हमेशा बहन्छ । प्रकृतिद्वारा लगातार हुने यो अभिषेक हो । यस शिवलिङ्गबाट कहिले सिंहको आवाज सुनिन्छ । कहिले आगोको ज्वाला निक्लिन्छ । त्यस समय शंकरजीको क्रोधबाट बच्न भांग मिश्रित दूधको घडा लिङ्गमा हालेर रुद्राभिषेक मन्त्रको जयघोष गरिन्छ । पूरा दूध गढ्ढामा हालिन्छ । कथा यस प्रकार छ ः अहिल्याका पति महर्षि गौतम दक्षिण ब्रम्हपर्बतमा तपस्या गर्दथे । यहां एक समय १०० वर्ष सम्म वर्षा नभएर पृथ्बीको पालने क्षमता क्षीण भएको थियो । वर्षा नहुनाको कारण त्यहाँका मानिस, मुनि तथा पशुपंक्षी त्यस स्थानलाई छोडेर जान थाले । यस्तो घोर अनावृष्टिको कारण गौतमले ६ वर्ष सम्म प्राणायाम द्वारा मांगलिक तपस्या गरे । तब वरुणदेबले उनलाई पानीको वरदान दिए । बरुण देबले भने अनुसार ऋषि गौतमले आप्mनो हातले गहिरो गढ्ढामा वरुणजीको दिब्य शक्तिले पानी भरियो । त्यसपछि जल पाएर सबै खुसी भए ।
एकवार गौतमको चेला त्यस गढ्ढाबाट जल लिन गए । त्यसैसमय अन्य ऋषि पत्नीहरू पनि जल लिन आए र पहिला जल लिन हठ गर्न थाले । गौतमको चेलाले गौतमकी पत्नीलाई बोलाएर लेराए । उनले हस्तक्षेप गरि चेलालाईनै पहिले पानी लैजाने ब्यवस्था गरिन् । यो देखेर ऋषि पत्नीहरू आप्mनो अपमान सम्झन थाले । आप्mना पतिलाई भड्काउन थाले । ऋषिहरूले गौतमको यस अपमानको बदला लिन गणेशजीको प्रार्थना गरे । गणेशजी प्रकट भएर वरदान माग्न भने । ऋषिले गौतमलाई यहांबाट लखेट्ने शक्तिको माग गरे । गणेशजीले परोपकारी महात्मा जसले जल ल्याएर ऋषिको कष्ट भगाएका थिए । त्यस्ता प्रति दुर्भावना नराख्न अनुरोध गरे । ऋषिको हठका कारण गणेशजीको प्रार्थना स्वीकारगरि परोपकारी गौतमको कष्ट दिनाको दुष्परिणाम भोग्नकोलागि पनि चेतावनी दिए । एक दिन गौतमजी पातली, दुब्ली गाईलाई हटाउन यस्सो के हिर्काएका थिए । गाई त्यहीं ढलेर मरिन् । के चाहियो ऋषिहरूलाई । गौतम ऋषिलाई गौहत्याका आरोप लगाएर अपमानित गरे । गौतमजी धेरै दुःखी भएर त्यो स्थान छोडेर गए ।
गौहत्याको पापबाट मुक्ति पाउन आप्mनो तपले गंगाजी लेराएर स्नान गर्न र पार्थिबलिङ्ग बनाएर शिवजीको पूजा गर्नु । शिवजीले प्रसन्न भएर बताए, उनी शुद्ध अंतःकरणवाला महात्मा हुन । उनले केही पाप गरेको छैन । उनको साथ अन्याय भएको छ । शिवजीले गौतम ऋषिलाई वर माग्न भने । गौतमले शिवजीसंग गंगा दिएर संसारको उपकार गर्ने बर मागे । शिवजीले गंगाजी
टछ
मुनिलाई दिए । गौतमले गंगाजी संग आप्mनो गौहत्या पापबाट मुक्त गर्न प्रार्थना गरे । गंगाजीले पापबाट मुक्त भए पछि स्वर्गजानको लागि भनिन्÷तर शिवजीले कलियुग सम्म धरतीमा नै रहन आदेश दिए । तब गंगाजीले प्रार्थना गरेर तपाई पनि पार्वतीसहित पृथ्बीमा बस्न भनिन् । शिवजीले स्वीकार गर्नु भयो ।
गंगाजीले भगवान् शिव संग सोध्नु भयो, यसको महत्वको संसारमा कसरी पत्ता लाग्छ । जवतक बृहष्पति सिंह राशिमा रहन्छन् । तवसम्म हामी सबै यहाीं गंगाको किनारमा रहन्छौं । अन्य तीनैसमय गंगाजीका स्नानगरि शिवजीको दर्शन गर्दछ । यसले दोष मुक्त बन्छ । यो सुनेर गंगाजी र शिवजी यही रहे । गंगाजी गौतमी नामले र लिङ्ग त्रयम्बक नामले बिख्यात भए । गौतम ऋषिकालागि आएकी गंगाजी गौतमी बनिन् ।
यहां त्रिपिण्ड श्राद्ध, नारायण बलि, नागबलि पूजा र कालसर्प दोषमुक्तको पूजा गरिन्छ ।
९) वैद्यनाथ ः झारखण्डमा वैद्यनाथ । रेलबाट आउने यात्री जसीडीहमा ओर्लन्छन् । जसीडीहबाट मोटरबाटो भएर वैद्यनाथ पुग्न सकिन्छ । विहान भोलेवावाको दर्शन गर्नेहरूकालागि भगवान्को आशिर्वाद भैरहन्छ ।
भरपूर पानी, उत्तम जलवायु र यातायातको सुव्यवस्थाका कारण व्यापारमा अग्रणी मानिन्छ । परेली गाउं मेरु पर्वत अथवा नागनारायणको पहाडमा रहेको छ । व्रम्हा, वेणु र सरस्वती तीन नदीको आसपासमा प्राचीन गाउं परेली रहेको छ । यहां भगवान् शिवशंकर पार्वतीजीका साथ रहेका छन् । शिव–पार्वती संग रहनु केवल परेलीमा मात्र छ । अन्यत्र कहीं यस्तो छैन । यस स्थानको ‘अनोखी काशी’ पनि भनिन्छ । यस गाउंको काशीकोजस्तै महत्व भएकोले यहांको मानिसलाई काशीको तीर्थयात्रा गर्नु आवश्यक छैन ।
भगवान् विष्णुले देवगणलाई अमृत विजय प्राप्त गराई दिएका थिए । यसैले, यस तीर्थ स्थानको वैजयंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंती नाम पनि प्राप्त भएको थियो । देव दानव द्वारा गरिएको अमृतमंथनमा चौध रत्न निक्लेको थियो । त्यसमा धन्वन्तरी र अमृत रत्न पनि थियो । अमृत प्राप्त गर्न दानव दौडे तव विष्णुले अमृतसंग धन्वन्तरीको शंकर भगवान्को लिङ्ग मूर्तिमा लुकाइदिए । दानवले जैले लिङ्ग
टट
मूर्ति छुन खोजे । लिङ्गमूतिवाट ज्वाला निस्कियो । दानव भागे । शिवभक्तले लिङ्गमूर्ति छोए अमृतधारा निक्लियो । आज पनि ज्योतिर्लिङ्गको छोएर दर्शन गर्ने चलन छ । जाति भेद, लिङ्ग भेद कुनै भेदभाव छैन ।
कथा यस प्रकार छ ः एकपटक राक्षसराज रावणले कैलाश पर्वतमा गएर शिवजी प्रशन्न पार्नकालागि घोर तपस्या गरे । शीत, ताप, वर्षा, अग्नि कष्ट सहंदा पनि शिवजी प्रशन्न नभए पछि रावणले आप्mनो टाउको एकपछि अर्को काट्दै शिव लिङ्गमा चढाउन थाल्यो । नौ टाउको काटेर शिवलिङ्गमा चढाई सकेपछि दशौंटाउको काट्न लाग्यो÷तव भगवान् शिव प्रकट भएर दशैवटा टाउको जस्ताकोतस्तै वनाई दिएर वर माग्न भने । यसपछि रावणले भन्यो म तपाईलाई आप्mनो देश लंका लिएर जान चाहन्छु । भगवान् शिवले ल हुन्छ । तिमी मेरो लिङ्ग भक्तिपूर्वक आप्mनो घर लैजान सक्छौं तर, ध्यान राख कि तिमीले यस लिङ्ग जमीनमा राख्यौ कि त्यो त्यही स्थिर हुन्छ । रावण शिवलिङ्ग लिएर आप्mनो घर तिर लाग्यो । बाटोमा दिशा, पिशाव लाग्यो । उसले एक गोप नाम गरेका व्यक्तिलाई लिङ्ग दिएर दिशा पिशाव गर्न गयो । गोपले लिङ्गको भार उचाल्न नसकेर धरतीमा राखिदियो । शिव भगवान् त्यहीं स्थिर हुनु भयो र यसको नाम वैजनाथेश्वर हुन गयो । परेली गाउंको पहाडमा, नदीको घांटीमा उपयुक्त वनौषधि पाइन्छ । अतः परेलीको ज्योतिर्लिंगलार्र्र्र्र्र्र्र्र्र्ई वैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैद्यनाथ नामले पनि जानिन्छ ।
चैत्र र आश्वीन महीनामा विशेषदिन सूर्योदयको समय सूर्यकिरण श्री वैद्यनाथको लिङ्गमूर्तिमा पर्दछ । लिङ्गमूर्ति शालिग्राम शीलाले बनेको छ । यहां गौरीमन्दिर छ । वैद्यनाथमा ज्योतिर्लिंग र शक्तिपीठ एकै स्थानमा छन् । सतीको हृदय सुदर्शन चक्रले खण्डित पारेर यहीं खसेको थियो । यसलाई द्दृदयपीठ पनि भनिन्छ । भोलेनाथको मन्दिर र पार्वतीको मन्दिर एक आपसमा बनेको छ ।
१०) नागेश्वर ः नवौं दिनको तीर्थयात्रामा बर्णन गरिएको छ ।
११) रामेश्वर ः चारधाम यात्रामा बर्णन गरिसकेको छ ।
१२) धृष्णेश्वर ः मनमाडाबाट १३५ कि.मि औरंगाबाट गइन्छ । यो दुर्लभ मन्दिर देख्न सकिन्छ । यस प्रदेशमा एल नामका राजा राज्य गर्दथे ।
कथा यस प्रकार छ ः
टठ
एक पटक राजा एल शिकार खेल्न बन गए । शिकार खेल्दाखेल्दै ऋषिमुनिको आश्रममा घुस्न पुगे । आश्रममा भएका प्राणीको हत्या राजा एलले गरे । यो देखेर दुखित भएका ऋषि मुनिले राजालाई श्राप दिए । त्यस श्रापले राजाको सबै शरीर भरिमा कीरा पर्न थाल्यो । राजा बनमा भांैतारिनथाले । भौंतारिदा–भौंतारिदा उनको गला सुक्न लाग्यो । अन्तमा एक ठाउँमा गाइको खुरले बनेको भाँँडोमा अलिकति पानी देखियो । जब उनले त्यो पानी पिए, चमत्कार भयो उनको शरीर कीराबाट मुक्त भयो । त्यसै स्थानमा राजाले तपस्या गरे । राजाबाट बम्हदेब प्रसन्न भए । ब्रम्हदेबले उसै स्थानमा अष्टतीर्थको स्थापना गरे । संगै एक विशाल पबित्र सरोवर बनाए । त्यही ब्रम्हसरोवरको नाम पछि ‘शिवालय’ राखियो । शिवालयतीर्थको बिस्तार भयो । शिवतीर्थमा शिव नदी आएर मिल्छिन् । यो भन्दा अगाडि एलगंगामा आएर मिल्छिन् ।
कथा यस प्रकारछ ः
‘काम्यक बन’मा एकपटक कुकुम र केशरी लिएर सिउँँदोमा लगाउन पार्बती उभिरहेकी थिइन् । उनले बायां हत्केलोमा कुंकुम र केशर लिएर त्यसमा शिवालय तीर्थको पानी मिलाइन् । त्यसपछि दाहिने हातको औंलाले कुंकुम केशर मिलाउन लागिन् । तब चमत्कार भयो । त्यस कुंकुमको शिबलिङ्ग बन्यो । त्यस लिङ्गबाट एक दिब्यज्योति प्रकट भयो । यो देखेर पार्वतीजीलाई बडो आश्चर्य लाग्यो । पार्वतीजीले त्यस दिब्य ज्योतिको पत्थरको लिङ्गमा राखिन् र बिश्वकल्याणकोलागि यो मूर्ति प्रतिष्ठापन गरिन् । यस पूर्ण ज्योतिर्लिंगको ‘कुंकुमेश्वर’ नाम राखियो । घर्षणबाट लिङ्गको निर्माण भएकाले ज्योतिर्लिंगको ‘घृष्णेश्वर ’ नाम पनि राखियो । गौतमवाई र अहिल्यादेबी मिलेर घृष्णेश्वर मन्दिरको निर्माण भयो । २४० फिट लंबाइ र १८५ फिट चौडाइको मन्दिर आज पनि देख्न सकिन्छ । मन्दिरमा लाल पत्थरको दशावतार देख्न सकिन्छ ।
जयराम भाटिया नामको दाताले सुनको चद्दर चढाए । २४ पत्थरको खम्बामा सभामण्डप बनेकोछ । खम्बामा चित्रहरू कुंदिएका छन् । गर्भगृह १७ ह् १७ फिट छ । सभामंडपमा सांढे छ । गर्भगृहमा दर्शनकोलागि जांदा कपडा उतारेर जानु पर्छ । सोमबार, प्रदोष र शिवरात्रीमा मेला लाग्छ ।
‘नेपाल’का तीर्थस्थलहरू ः
‘नेपाल’मन्दिरैमन्दिर भएको देश हो भनेर चिनिएको छ । एक विदेशीले भनेका छन् नेपालमा घरहरू भन्दा पनि धेरैे मन्दिरहरू छन् । गणेश, विष्णु, शिव, कृष्णका मन्दिरहरू त प्रत्येक गाउं टोलमा जहाँ पनि देख्न सकिन्छ । जहाँ तहीं स्थानीयबासीहरूमिली मन्दिर निर्माण गर्ने काम भैरहेका हुन्छन् ।
काठमाण्डौं उपत्यकामा रहेका मन्दिरहरू काठमाण्डौं ललितपुर भक्तपुर
टड
पशुपतिनाथ रणमुक्तेश्वर कृष्णमन्दिर न्यातपोल बौद्धनाथ किरातेश्वर बगलामुखी सूर्यविनायक आदित्यनाथ कोटेश्वर कार्यविनायक कमलविनायक स्वयम्भूनाथ सिद्धेश्वर बटुकभैरव चाँँगुनारायण सेतो मच्छेन्द्रनाथ त्रिपुरेश्वर टीकाभैरव डोलेश्वर महादेव दक्षिणकाली शालीनदी हरिसिद्धि माता वागेश्वरी भद्रकाली आकाशभैरव रातो मच्छेन्द्रनाथ विस्केट जात्रा गुह्येश्वरी पचलीभैरव बिशंखु नारायण बालकुमारी (ठिमी) बाईसधारा कालभैरव कुम्भेश्वर विजयेश्वरी बाघभैरव सन्तानेश्वर जयबागेश्वरी श्वेतभैरव तिलेश्वर कागेश्वरी मातातीर्थ गुप्तेश्वर बूढानीलकण्ठ बत्तीसपुतली(राममन्दिर) महालक्ष्मी(लुभु, लगनखेल) सुन्दरीजल तलेजु भवानी १२ बर्षे मेला गोदावरी बज्रयोगिनी अन्नपूर्ण पूmलचोकी माई शोभाभगवती कमलादी गणेश नौधारा नक्साल भगवती जलविनायक बज्रबाराही संकटा अशोक विनायक उन्मत्त भैरव कालिकास्थान चन्द्र बिनायक मैतीदेबी इचंगु नारायण महांकाल शिखर नारायण हारतीमाता धूम्बाराही भाटभटेनी नीलबाराही टंगाल श्वेतबाराही ज्ञानेश्वर सरस्वती मन्दिर गोकर्णेश्वर इन्द्रायणी टुंडालदेबी कंकेश्वरी चण्डेश्वरी (टोखा) गोपालेश्वर(फर्पिङ्) बाघद्वार रक्तकाली शक्तिविनायक
सतीदेबीको अंग पतन भएको स्थान शक्तिपीठ हो । भगवान्को स्त्री स्वरूपलाई शक्ति मानिएको छ । त्यसैल,े रुखको ओत भएको, मसानघाट नजीकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई ‘शक्तिपीठ’ मानिनु पर्ने तर्क पनि छ । विभिन्न शक्तिपीठहरू ः
गुह्येश्वरी तलेजुभवानी दक्षिणकाली बज्रयोगिनी बगलामुखी शोभाभगवती बिजयेश्वरी इन्द्रायणी नरदेबी नक्साल भगवती कंकेश्वरी मैतीदेबी
टढ
कालिकास्थान संकटा भद्रकाली रक्तकाली मनमानेश्वरी बज्रबाराही दन्तकाली चैनपुर जालपादेबी छत्रेश्वरी मनकामना, (गोरखा) कमलाक्षी गलेश्वरी वागेश्वरी देवलहाट मन्दिर गजरा मन्दिर मालिका देबी, बाजुरा कालिकादेबी,लमजुङ सुर्मा सरोवर बडी मालिकास्थान चन्दननाथ त्रिपुरासुन्दरी, डोल्पा शिरस्थान देबी खैराबाड्०देबी, सल्यान देबीस्थान भगवती माईपोखरी अर्घाकोटदेबी,अर्घाखांची त्रिबेणी कन्काई माई, झापा स्वर्गद्वारी, प्यूठान पैक मन्दिर छाव्दी बाराही तौथलीमाई विन्ध्यवासिनी, पोखरा पलाञ्चोक भगवती मैदी, धादिङ कोडकडेनी देबी छिन्ताड्० भगवती पाथीभरादेवी, ताप्लेजुङ छिन्नमस्ता भगवती टुंडालदेवी, काठमाण्डौं कमलामाई, सिन्धुली कंकालिनीमाई, सप्तरी तौथलीमाई,सिन्धुपाल्चोक देउतीबज्यै,सुर्खेत बरदादेवी, अछाम उग्रतारादेबी,डडेलधूरा महाकाली, कन्चनपुर डिङ्गे्र भगवती,रुकुम नैनादेबी, कैलाली चण्डेश्वरी, बनेपा भुटनदेवी, मकवानपुर संसारीमाई वीरगंज सखडा भगवती,सप्तरी सिंहबाहिनी,तेह्रथुम र पांचथर जिल्लाको सीमा
श्रीस्वस्थानीमा वर्णन गरिएअनुसार आप्mना पिता दक्षप्रजापतिले आप्mना स्वामी श्री महादेवको निन्दा गरेको सहन नसकी सतीदेवीले दक्षको यज्ञकुण्डमा फालहाली प्राणत्याग गरिन् । सतीदेवीको अंग जहाँ जहाँ पतन भयो, त्यहाँ त्यहाँ लिङ्ग उत्पत्ति भयो । सवै पीठको संख्या साढे सात करोड छ । यहाँ संक्षेपमा केही पीठको बर्णन गरिएको छ ।
पतनभएकोठाउँहरू पतन देबी महादेव गुह्येश्वरी गुह्य गुह्येश्वरीदेवी सिद्धेश्वर कामरूपा छाती कामाक्षादेवी चक्रेश्वर काशी शिर विशालाक्षीदेवी विश्वेश्वर पौरवन्धमा दाहिने कान अम्वीकादेवी धनेश्वर काश्मीर जिव्रो शारदादेवी धर्मधारेश्वर कन्नौज शरीरको छाला झंकेश्वरीदेवी दुग्धेश्वर पूर्णगिरि देव्रेकान कपालकुण्डला योगिनी चन्दे्रश्वर चामुण्डाचल नड्० प्रकम्पनीदेबी इच्छाविकारेश्वर अस्ताचल दाहिने हात कातेश्वरीदेवी निद्रापतीश्वर एकाविर देव्रेहात सिद्धेश्वरीदेवी दुग्धेश्वर त्रिश्वेत महाकालेश्वरीदेवी त्रिपुरेश्वर कामरोष्ठ घांटी कामिनीदेवी कामेश्वर कैलाश पर्वत दाहिने पाउ पार्वतीदेवी सत्येश्वर केदार देव्रेहात केदारेश्वरीदेवी कोटेश्वर चन्द्रपुर दाहिने आंद्रा सिद्धेश्वरीदेवी प्रकाशेश्वर श्रीपीठ तालु भद्रायोगिनी कमलेश्वर
ठण्
एकावीर नाभी एकवीरादेवी हाटकेश्वर जालन्धार तल्लोओठ जालपादेवी पिशाचेश्वर मल्लवी दुवै पैताला महाकालीदेवी धूतपापेश्वर कुशलान्त शिरका रौं श्मशानकालीदेवी क्षीणेश्वर देवीकोट देव्रेघूंडा मातेश्वर गोकर्ण देव्रेकान भयहरादेवी यज्ञेश्वर मातुलेश्वर दाहिने स्तन योगेश्वरीदेवी वुधराधेश्वर अट्टहासमा तल्लोओठ भ्रामरादेवी शतभुतेश्वर विश्व देव्रेस्तन भुवनेश्वरीदेवी कृष्णवर्णेश्वर राजगृह कुहुनु राजराजेश्वरीदेवी हरेश्वर महापन्त देव्रेकुहुना प्रचण्डचंडिकादेवी विश्वामित्रेश्वर कोलापुर उदर महालक्ष्मीदेवी श्मशानक्षणेश्वर एकापुर दाहिने घूंडा रत्नादेवी उन्मत्तेश्वर ओमकारेश्वर माथिल्लो ओठ मातृकादेवी सन्तानेश्वर जयन्तीपुर कलेजो जयन्तीदेवी कल्पेश्वर उज्जयन रगतको डल्लो महाकालीदेवी झंकेश्वर चरित्रपुर दाहिने कान सुवर्णश्वरीदेवी वायव्येश्वर क्षीरीकापुर भूंडी युगादिदेवी सहस्रेश्वर हस्तिनापुर दाहिनेकुहुना चण्डेश्वरीदेवी मुसुखारेश्वर उड्डियन शिर विकलादेवी यक्षेश्वर प्रयाग फोक्सो महेन्द्रेश्वर विश्व मिर्र्गाैला झंकेश्वरीदेवी कुण्डलेश्वर मायापुरी (हरिद्वार) फियो महादेवी तपेश्वर मल्लागिरि देव्रेकुहुना मल्लीकादेवी उमेश्वर शेरपुर तालु उमादेवी योगेश्वर हर्षगिरि आसन बज्रेश्वरीदेवी धर्मध्वंशेश्वर नीलगिरि मुकुट आनन्देश्वर मेरुगिरि शुचीस्थान पूर्णादेवी जिह््वापतेश्वर महीन्द्राचल दाहिने तिघ्रा इन्द्राक्षीदेवी तारकेश्वर वानरपुर देव्रेतिघ्रा कामेश्वरीदेवी वेदान्तेश्वर हिरण्यपुर गर्भस्थान रत्नेश्वरीदेवी नारदेश्वर महालक्ष्मीपुर करंग कमलाक्षीदेवी त्रिकूटेश्वर उमेशपुर कण्ड्याउलो त्रिपुरासुन्दरीदेवी भैरवेश्वर छायांपुर सम्पूर्णअंग छत्रेश्वरीदेवी पिशाचेश्वर दन्तकाली दांत वागेश्वरी,नेपालगंज जिव्रो ज्वालादवी,दैलेख निधार गलेश्वरी,म्याग्दी गला गलेश्वर
ठज्ञ
माथि नै उल्लेख भैसक्यो, नेपालमा मन्दिरहरूको संख्या अतिनैछ । ती मध्ये केहीको मात्र नामोच्चारण (बर्णन) यहां गरिएको हो, सबैको होइन ।
विष्णुका दश अवतार ः
प्रथम – मत्स्य द्वितीय – कच्छ्यप तृतीय – बराह चतुर्थ – नृसिंह
पञ्चम – वामन षष्ठम – परशुराम सप्तम – राम अष्टम – कृष्ण
नवम – वुद्ध दशम – कल्की
ठद्द
विराट्रूप ः
गढीमाई ः
बारा जिल्लाको सदरमुकाम कलैयाबाट १५ कि.मि. पूर्व–दक्षिण लागे पछि वरियारपुर गा.वि.स मा गढीमाई मन्दिर छ । काठमाण्डौंबाट १६० कि.मि दक्षिणमा यो मन्दिर पर्दछ । ‘वारा’ जिल्लाको प्रमुख शक्ति पीठको रूपमा रहेकोछ । पांचवर्षमा एक पटक ठूलो मेला लाग्दछ । मेलामा भारतको उत्तरप्रदेश, विहार र नेपालको तराईबाट लाखौंलाख मानिसहरू आउँछन् । यो मेला दुई दिन लाग्छ । यहां रांगा, सुंगुर, कुखुरा, परेवाको वलि दिइन्छ । २००९ इ.सं मा गढीमाईको मेला परेको थियो । पहिलो दिनमा नै २० हजार राँँगाको वलि दिइएको थियो । मेलाभरि ५ लाख जनावरको वलि दिइयो । मानिसहरूले मेरो योकाम सफल भयो भने म यतिवटा यो जनावरको वलि चढाउंछु भनेर भाकल गरेका हुन्छन् । त्यही भाकल गरे अनुसार वलि चढाउंछन् । मन्दिरमा वलि दिनकालागि मात्र ३०० मानिस व्यवस्था गरिएको थियो । संसारको सवैभन्दा ठूलो वलि दिने शक्तिपीठको रूपमा यसलाई लिइन्छ । भारतकी मेनका गान्धीले यो काटमार रोक्नकोलागि नेपाल सरकार संग अनुरोध गरेकी थिइन् ।
पाथीभरा ः
‘पाथीभरा देबी’को मन्दिर ताप्लेजुंग जिल्लाको सदरमुकाम फुङ्लिङबाट १९.४ कि.मि पूर्वतर्फ ३७९४ मी. उंचाईमा छ । ‘ताप्लेजुंग’ बजारबाट दुई दिनको बाटो हिडेर पाथीभरा पुगिन्छ । दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँँटको ठीक पूर्वतिर अत्यन्तै कहाली लाग्दो भीरको शिरानमा सवै श्रद्धालु भक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी ‘पाथीभरा’को मन्दिर छ । पाथीभरा निकै उँँचाईमा (३७९४ मी.) रहेकोले यहांको तापमान शून्य (०) को हाराहारीमा हुन्छ । यसैल,े यहां लेकलाग्ने विमारीबाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य पेय पदार्थ, न्याना कपडाहरू आदि लिएर जानु उपयुक्त हुन्छ । यात्राकोलागि फाल्गुणदेखि कार्तिकसम्म उपयुक्त समय मानिन्छ । सडक मार्ग
ठघ
२३७ कि.मि । विर्तामोड – ताप्लेजुङ (फुङलिङ) ईलाम, फिदिम हुंदै बसबाट वा जीपबाट जान सकिन्छ । हवाई जहाजबाट काठमाण्डौं – ताप्लेजुङ् (सुकेटार) हप्ताको १ उडान विराटनगर – ताप्लेजुङ (सुकेटार) हप्ताको ४ उडान
फेदीबाट लेकाली अंगेरी, गोव्रेसल्लो, धूपी, गुराँँसको बाटो हुंदै लगभग २ घण्टा ठाडो उकालो हिडेपछि पाथीभरादेबीको मन्दिर रहेको डांडोमा पुगिन्छ । पाथीभरादेवीको नयां प्रतिमा नेपाल अधिराज्यमैं सवैभन्दा अग्लो ८ फिट ६ इंच भगवतीको प्रतिमा छ ।
अन्न भरेको पाथी झैं सुन्दर मनमोहक आकृति वोकेकी ‘पाथीभरा’ पहाडको शिखरमा टुप्पोमा) देवीको उत्पत्ति स्थलरहेकोले यो देवीको नाम ‘पाथीभरा देबी’ भनी भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्का लिम्बू समुदायहरू पाथीभरालाई मुक्तुवुङ भन्दछन् । लिम्वूभाषामा ‘मुक्तु’ को अर्थ शक्ति वा वल , ‘वुङ्’ को अर्थ ‘बोट’ भन्ने जनाउंछ । अर्थात् शक्ति वा बलको स्रोत वा बाटोको रूपमा प्रकट गर्दछन् । पाथीभरालाई हिन्दू र बौद्धमार्र्गीहरूले वरावर मान्छन् । पाथीभरा शक्तिपीठकोरूपमा लिइन्छ । यहां नेपालका विभिन्न ठाउँबाट र भारतबाट समेत यात्रुहरू दर्शन गर्न आउँछन् ।
‘पाथीभरा देवी’को वारेमा पौराणिक जनधारणा ः
परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आप्mनो भेडीगोठ पाथीभरामा राखेका थिए । एक दिन अचानक अप्रत्याशित ढंगले देख्दादेख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आप्mनो उत्पत्तिस्थल र आकृतिको बोध गराउंदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनु भयो । गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चनागरि सबैभन्दा ह्रष्टपुष्ट भेडाको थुम्वा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरो, बलिदिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देबीको जय जयकार गरे ।
यहां स्मरणीय कुरो के छ भने ‘पाथीभरा देवी’लाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका पाठीको बलि चढाइन्छ । तर बलिस्थलमंै रगत हराएको÷सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाइएका बलि संख्यालाई हेने हो भने यहां रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुंदैन । यसैकारण पनि रक्तकाली देबी पाथीभराले भक्तजनले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ ।
‘पाथीभरा देवी’ आस्था एवं पवित्रताकी देवी हुन् । पाथीभरा धाममा गर्भवति÷पर सरेकी महिला, बरखी बारेको÷मनमा लोभ र पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ भन्ने जनधारणा रहेको छ ।
ठद्ध
देवीकोलागि पशु वलि अनिवार्य छैन । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीककोरूपमा मानिन्छ । त्यसैले, भक्तजनहरूले देवीलाई सौभाग्य र सौन्दर्यका सामग्री जस्तै सिन्दूर, टीका, गाजल, काँँगियो आदि चढाउने गर्दछन् ।
गोसार्इंकुण्ड ः
गोसार्इंकुण्ड वागमती अञ्चलको रसुवा जिल्लामा पर्दछ । समुद्र मन्थन गर्दा निस्केको कालकूटविष शिवले लिनु परेको र त्यसलाई मुखमाराखी नीलकण्ठ हुंदा त्यो विषले पोलेपछि छट्पटाएर दौड्दै जांदा त्यो हिउं भएको ठाउँमापुगी त्रिशुलले भित्ता खोपेर पानी निकाली कुण्ड बनाए पछि त्यो कुण्डको नाम गोसाईंकुण्ड रहेको हो । ‘गो’, ‘स्वामी’ र ‘कुण्ड’ यी तीन शव्द । ‘गो’ को अर्थ संसारलाई मनले जित्न सक्ने । ‘स्वामी’को अर्थ मालिक अर्थात् शिवजी । उनै शिवले भित्तामा त्रिशूललेरोपी पानी निकाली कुण्ड बनाएर त्यही जल कुण्डमा सुतेका हुनाले त्यो गोस्वामी कुण्डलाई बोल्दाबोल्दै ‘गोसाईकुण्ड’ भनिएको हो ।
४३ सय मीटर भन्दा वढी उँँचाईमा रहेको ‘गोसाईकुण्ड’ फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि १०८ कुण्ड छन् । जसमध्ये एउटा पार्वती कुण्ड हो । गोसाईकुण्ड चाहिं शिव कुण्ड मानिन्छ । गोसाईकुण्ड भन्दा तल भैरवकुण्ड र नागकुण्ड देखिन्छ । गोसाईकुण्डमा सवैभन्दा ठूलो मेला जनैपूर्णिमामा लाग्दछ । जेठको गंगा दशहरामा पनि मेला
लाग्दछ । ‘गोसाईकुण्ड’ कसरी जाने ? (क) पैदल यात्रा ः काठमाण्डौंको सुन्दरीजलदेखि गोसाईकुण्डसम्मको यात्रा धार्मिक र ऐतिहासिक हिसावले राम्रो यात्रा मानिन्छ । सुन्दरीजलको बाटो छोटो छ । सुन्दरीजल कट्नासाथ कतै पहेलो त कतै रातो कमेरो माटोको चिप्लोबाटो पार गरेपछि तामाङबस्ती, मूलखर्क आउँछ । त्यसपछि आउँछ चिसापानी । यहां पहिलो वास वस्नु पर्छ ।
दोस्रो दिन गेग्य्रानको बाटोबाट शुरु हुन्छ । यहां जूका लाग्छ । त्यसपछि पुगिन्छ पाटी भञ्ज्याडं् । यहांबाट ठाडै उकालो लागेपछि सांझ कुटुम्साङ् पुगिन्छ । यहां दोस्रो दिनको वास वस्नु पर्छ ।
कुटुम्साङबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुंदै थरिपाटी पुगिन्छ । यहांबाट पूर्वतिर गएमा मिर्चौले खोला हुंदै हेलम्वु पुगिन्छ । तर गोसाईकुण्ड जान उत्तर पश्चिमको बाटो जानु पर्छ । त्यसपछि पुगिन्छ गोलभञ्ज्याङ् । यहां लेक लाग्न सक्छ । होश राख्नु पर्ने हुन्छ ।
ठछ
थरिपाटीमा बास वस्नु पर्छ । वांदर लड्ने भीर काटेपछि स्याउको गाउं तार्केध्याङ् पुगिन्छ । ठाडेपाटी हुंदै उत्तरको ओरालो झर्नु पर्छ । अनि तेस्रो दिन हिडेपछि शुरु हुन्छ लौरीविनाको उकालो । यात्रीहरूले टेकेर आएको लौरो ढुंगाको थुप्रो बीचमा रहेका गणेशलाई चढाउनु पर्छ÷ नत्र गणेश रिसाउंछन् भन्ने किंवदन्ती रहेको छ ।
पांचौदिनमा पुगिन्छ ‘गोसाईकुण्ड’को पहिलो कुण्ड ‘सूर्य कुण्ड’ । यहांबाट केही तल झरेपछि आउँछ गोसांईकुण्ड । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रंगको चट्टान देखिन्छ । गोसाईकुण्ड वरिपरि ‘नौकुण्ड’ छन् । त्यो भन्दा माथि पश्चिमपट्टि पांच कुण्ड छन् । गोसाईकुण्ड त्रिशूली नदीको उद्गमस्थल हो ।
पांचौदिन चन्दनवारी ध्याड्०लाई विदाई गरेर धुन्चे पुगिन्छ । धुन्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ । धुन्चेबाट गाडी र वेत्रावती तिरको पैदल यात्रा दुई विकल्प छन् । हिडेर फर्कने भए, धुन्चेबाट त्रिशूली वजार, नुवाकोट दरवार र देवीघाट हुन् ।
(ख) वसबाट जाँँदा ः काठमाण्डौंबाट वसमा चढेर त्रिशूली हुंदै ‘धुन्चे’ । धुन्चेबाट एकघण्टा तेर्सै गएपछि घट्टे खोला । त्यहाँबाट ठाड्रै उकालो लागेपछि दुई घण्टामा द्यौराली । एक घण्टामा ढिम्सा । अर्को एक घण्टामा ‘चन्दनवारीे’ । अर्को डेढ घण्टामा चोलाङपारी । त्यहाँबाट डेढघण्टामा लौरीविनायक । अर्को डेढ घण्टामा वुद्धमन्दिर । त्यसपछि गोसाईकुंण्ड ।
बराहक्षेत्र ः
बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल हो । नेपालको चारधाम मध्ये ‘बराहक्षेत्र’ पनि एक धाम हो । नेपालको सवैभन्दा पुरानो तीर्थस्थलहरू मध्ये यो एक हो । ‘कोकाहा’ र ‘सप्तकोशी’को किनारमा विराजमान बराहक्षेत्र सुनसरी जिल्लाको बराहक्षेत्र गा.वि.स वडा नं १ मा पर्दछ । ब्रम्हपुराण, बराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लिखित तथा महिमा गाइएको यो तीर्थस्थल हो । वराहक्षेत्रमा वराहअवतार विष्णुको पूजा आजा हुन्छ । भगवान् विष्णुको तेस्रो अबतारकारूपमा वराहलाई मानिन्छ । कोकाहा र सप्तकोशीको पवित्र जलमा स्नान गरे शरीरमा रोग नलाग्ने र दीर्घरोग लागेको भए पनि निको हुने जन विश्वास छ ।
सुनसरीको धरान देखि करीव २५ कि.मि पश्चिममा अवस्थित छ ‘बराहक्षेत्र’ धाम । मूलमन्दिरको वर्तमानस्वरूप १९९० सालको
ठट
भूकम्पले भत्किए पछि १९९१ वि.सं मा जुद्ध शमशेरले पुनः निर्माण गराएका हुन् । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह, र नागेश्वर लगायत ९ वटा मन्दिर छन् । यहां साल भरिनै मानिसहरूको आवत–जावत भैरहन्छ । विशेषगरी मेला कार्तिकपूर्णिमा, व्यासपूर्णिमा र फागु पुूर्णमामा लाग्दछ ।
हलेसी महादेव ः
खोटाङ्ग जिल्लाको हलेसी महादेव महत्वपूर्ण तीर्थस्थल हो । हिन्दू धर्मावलम्बीहरूले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किरांत धर्मावलम्वीहरूले आदिमभूमि मान्छन् । अहिले कच्ची बाटो वनिसकेको छ । पहिला कच्ची बाटो वन्नु भन्दा अगाडि लामीडाँँडा विमानस्थलबाटमात्र जानु पर्ने वाध्यता थियो । हलेसी महादेवस्थानको प्राकृतिक भूबनोटको संरचना विश्वमैं अनौठो मानिन्छ । हलेसी पुग्न मिर्चैया – कटारी सडक खण्डबाट पुगिन्छ । हलेसीमा तीन ठूला प्राकृतिक गुफाहरू छन् । चट्टान भित्र ४ सय ४३ मीटर गहिराइमा महादेवको मन्दिर छ । चट्टानभित्र १ सय २० मीटर गहिरो बसाहागुफा देखिन्छ । अर्को भैरवगुफा पनि त्यतिकै ठूलो छ । तीनवटा गुफा गोलाकार छन् । ‘हलेसी महादेव’ पवित्र नदी दूधकोशी र सुनकोशीको बीचमा अवस्थित छ । यो मन्दिर प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण छ । यहां रहेका तीन गुफा जसलाई शिवजीको तीननेत्र भन्ने गरिन्छ । पहिलो गुफामा हलेश्वर महादेवको आकृित देख्न सकिन्छ भने दोस्रो गुफामा नन्दी ।
रामनवमी, वाला चतुर्दशी, शिवरात्री र तीजमा चार पटक ठूलो मेला लाग्छ । विभिन्न मुलुकबाट तीर्थयात्री र पर्यटक आउने गर्दछन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकोछ । गुफाभित्र धर्मद्वार, पापद्वार जस्ता विभिन्न द्वारहरु छन् । पापद्वार छिरे पाप नष्ट हुने विश्वास गरिन्छ । पापी मान्छे यस द्वारमा छिर्न नसक्ने विश्वास छ । यसैले, मानिसहरू द्वारमा छिर्न डराउंछन् ।
हलेसी महादेव जान काठमाण्डौंबाट लामीडांडा भएर जान सकिन्छ । तर, हवाईजहाज रेगुलर छैन । लामीडांडा बाट ५–६ घण्टाको पैदल यात्रा पछि हलेसी महादेव पुग्न सकिन्छ । बसबाट जांदा काठमाण्डौं बाट कटारी । कटारी बाट घुर्मी र घुर्मी बाट हलेसी ।
शैलेश्वरी ः सिलगढी नगरको वडा नं १ र २ मध्यक्षेत्रमा जिल्लाभरिकै प्रसिद्ध शैलेश्वरीदेबीको मन्दिर छ । २०२८ मा योगीनरहरिनाथजीको प्रेरणा र स्थानीय भक्तजनहरूको सक्रियतामा स्थापना भएको हो । यहां
ठठ
देवीको नित्यपूजा नीलगाउं निवासी भट्ट व्राम्हणबाट गरिन्छ । प्रत्येकवर्ष जेष्ठ र कार्तिक पूर्णिमाका दिन पूजा हुन्छ । प्रत्येक १२ वर्षमा महायज्ञ हुन्छ । मुक्तिक्षेत्र ः मुस्ताङ जिल्लाको वारा गाउंमा पर्दछ । यो समुद्री सतह भन्दा २७००–३८०० मीटरको उंचाईमा रहेकोछ । मुक्तिक्षेत्र हिन्दू र वौद्धमार्गी दुवैको पवित्र तीर्थस्थल मानिन्छ । मुक्तिनाथको मन्दिर प्यागोडा शैलीमा बनेको छ । भगवान् विष्णु र लक्ष्मीको मूर्ति मन्दिर भित्र राखिएको छ । मन्दिरको पछाडि १०८ धारा छन् । यी धाराहरूमा नुहायो भने मुक्ति मिल्दछ भन्ने गरिन्छ । मन्दिरको अगाडि दुइवटा पोखरी छन् । यहां स्नान गरिन्छ ।
मुक्तिनाथ मन्दिरको दक्षिणतिर ज्वालामाई छन् । ज्वालामाई मुक्तिक्षेत्रको अर्को महत्वपूर्ण मानिन्छ । जहाँ ज्वाला वलिरहेको देख्न सकिन्छ । पाताल गंगा मन्दिरको पूर्वतिर पाताल गंगा पर्दछ । गंगा वहेको आवाज सुन्न सकिन्छ । यहां केवल आवाज मात्र सुनिन्छ । मन्दाकिनी नाम गरेको गंगा स्वर्गबाट यहां आएकी थिइन् । यो पाताल गंगाको नामले पवित्र छ । मुस्ताङमा भूमिगत जलप्रवाहका काण करीव पांच इन्च ढल्किएको मुक्तिनाथको मन्दिरको पुनर्निर्माण सुरु भएकोछ । (नागरिक दैनिक मिति २०६९ आषाढ ८ गते शुक्रवार) मन्दिरको पुरानो संरचना भत्काएर सोही स्थानमा नयां निर्माण गर्न लागिएको हो । पुरातत्व विभागका विज्ञको टोलीले गरेको अध्ययनमा पानीले मन्दिरको जगमा हिलो भरिएर ढल्किंदै गएको र जुनसुकै बेला दुर्घटना हुने भएकोे टोलीले पुनर्निर्माणको सुझाव दिए पछि मन्दिर निर्माण गर्न लागिएको हो । जीर्णोद्धार मात्र गरेर नहुने भएकोले पुनर्निर्माण गर्न लागिएको हो । मूर्ति वाहेक अरु सवै संरचना नयां निर्माण गरिनेछ । विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएकाले मन्दिर कलात्मक शैलीको वनाउन लागिएको हो । मन्दिर पुनर्निर्माण गरिने भए पनि आकार– प्रकारमा कुनै परिवर्तन नल्याउने जनाएको छ ।
दर्शन गर्न रामनवमी, चैत्रअष्टमी, दशहरा, ऋषितर्पणी र वडा दशैं दर्शनकोलागि उत्तम समय मानिने छन् ।
स्वर्गद्वारी ः
ठड
स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करीव २६ कि.मि. पश्चिममा पर्दछ । यो धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरू मध्ये एक मानिन्छ । परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्थे । यहां ऐतिहासिक अग्निकुण्ड÷गुफा छ जहाँबाट महादेव स्वर्ग गएका थिए । यहां वैशाख पूर्णिमा, वुद्धजयन्ती र उभौली पर्वको अवसरमा हरेकवर्ष मेला लाग्छ ।
समुद्री सतहबाट दुई हजार १ सय २१ मिटर उँँचाईमा रहेको छ । वि.सं १९५२ मा वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीको विशेषआकर्षणकारूपमा मानिएको छ । वि.सं १९५० तिर त्यहाँ उत्खनन गर्दा पूजासामग्री फेला परेको छ । उक्त पूजासामग्री ‘महाभारत’ कालमा पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती छ । १०९ वर्ष देखि निरन्तर महायज्ञ तथा होम सञ्चालन भइरहेको यो एकमात्र धार्मिक तीर्थस्थल हो ।
दोलखा भिमसेन ः
जनकपुर अंचलको पहाडी जिल्ला दोलखामा भीमसेनको मन्दिर पर्दछ । काठमाण्डौं बाट १३२ कि.मि पूर्वमा पर्दछ । यो समुद्री सतह भन्दा ७३२ मीटर उचाइमा पर्दछ । यहां ७१३४ मीटर अग्लो गौरीशंकर हिमाल पर्दछ । मन्दिरमा तीनवटा वेग्ला वेग्लै भगवान् देख्न सकिन्छ । विहान भीमेश्वर, दिउंसो महादेव, वेलुका नारायण । यसको स्थापना किरातकालमा नै भएको अनुमान छ । दोलखा भीमसेनको मन्दिर छानाविनाको छ ।
त्रिभूज आकारको अमूर्त कालो शीला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पूजिन्छ । त्यसैले, एक शिलाको तीन अवतार मानिएको छ । कसै कसैले यही मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ । शिवको अर्को रूप भैरव÷ भीम पनि हो त्यसैले, महादेव पशुपतिकोरूपमा रुद्रीपूजा गरिन्छ भने, भीमसेन, भैरवकोरूपमा वली पूजा समेत गरिन्छ । यस भीमेश्वर, भीमसेनमा साधारणपूजा देखि पञ्चवली समेत गरिने परम्परागत चलन छ । भैरवकोरूपमा वलिपूजा पनि भइरहेकोछ । देशमा संकट, अनिष्ट हुनु भन्दा पहिले भीमसेन मूर्तिमा पसीना आउने गर्दछ । त्यसैले, भीमसेनलाई पूर्व सूचक भनिएको हो । महाभारतको युद्धपछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ । भीमसेनको मूर्तिको साथै दायां तर्फ आमा कुन्ती,बायां तर्फ पत्नी द्रौपदी र त्यस पछिको दायां वायां उत्तर दक्षिणमा भाई नकुल र सहदेवको साधारण शिलामूर्ति स्थापना गरिएको छ । पांच पाण्डव मध्येका युधिष्ठिर र अर्जुनको भने नाम कतै छैन । पांचपाण्डवहरू गुप्तवास जाने वेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको डाँँडामाबसी श्री गौरीशंकरको प्रार्थना गरेका थिए, भन्ने भनाइ पनि छ । पौराणिक कालमा दोलखा शहरमा पाण्डवहरू गुप्तवास वसेको र गुप्तवास वस्दाको समयमा प्रयोग गरिएको भाषा नै हाल दोलखालीले वोल्ने भाषा हो भन्ने किम्वदन्ती समेत रहेको छ ।
ठढ
दोलखा भीमसेनको वारेमा ः
एकपटक भरियाहरूले भात पकाउनकालागि २ वटा ढुंगा अन्तबाट खोजी ल्याई यही त्रिभूजमा जोडी चूलो वनाए । भात पकाउंदा त्रिभुज तर्फको भात कांचै भएकोले फेिर भांडो अर्को तिर फर्काएर पकाए । पाकी सकेको भात पनि त्रिभूज तर्फ कांचै भयो । भरियाले रिसाएर पनेउले हिर्काउदा त्रिभुजको दाहिने तर्फ चोइटा गई दूध र रगत मिश्रित तरल पदार्थ बहेको देखी १२ भरियाहरू डराई यी त साक्षात् भगवान् रहेछन्, भनी माफी मागी पूजागरि आप्mनो बाटो लागेछन् ।
सूचकको रूपमा भीमेश्वर ः
श्री भीमेश्वरलाई भविष्यसूचकको रूपमा पनि मानिन्छ हाल सम्म वि .सं १९९०, १९९७, २००७, २०११,२०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसीना आएको थियो । यसरी, भीमसेन मूर्तिमा पसीना आउंदा पसीना पुछेको कपास पहिले पहिले राजदरवार पठाउने र त्यहाँबाट वलि पूजा पठाउने चलन थियो । भीमसेनलाई व्यापारीहरूको इष्टदेवको रूपमा पनि पूजिन्छ । व्यापारीहरूले आप्mनो पसलमा भीमसेनको तस्वीर राखी विहान भीमसेन जगाएर (भीमसेनलाई धूप, नैबेद्य चढाएर) व्यापार शुुरु गर्छन । उहिले व्यापार गर्न पहाड डांडा –कांडा नदी–नाला भएर जानुपर्ने र चोर डांका जीवजन्तुको भय हुने भएकोले भीमसेनलाई सम्झिएर पुकार गरेमा संकटबाट मुक्त पाइने भएकोले व्यापारी वर्गले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन् भन्ने किम्बदन्ती रहेको छ ।
मेला लाग्ने ः
वडा दशै, चैते दशै, कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा वन्धन आदि पर्वहरूमा विशेषपूजा र भिड लाग्ने गर्छ ।
कुशेश्वर महादेव ः
काठमाण्डौंबाट निर्माणाधीन बनेपा–सिन्धुली–बर्दिबास सडकमा पर्छ कुशेश्वर महादेव मन्दिर । हिमवतखण्डमा कुशेश्वर महादेवका वारेमा वर्णन गरिएकोछ । सुनकोशीमा मिसिन पुगेकी रोशीखोला लीलावती रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ । काठमाण्डौंबाट ८३ कि.मि. दूरीमा रहेको दुम्जाफांट रामेछाप, काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल हो । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउं विकास समितिको वडा नं २ र ४ मा पर्ने नेपालथोक उपत्यकामा आदिलिङ्ग कुशेश्वर महादेवको मन्दिर छ । यहां दुर्गाघाट, विश्वामित्र
डण्
ऋषिले तपस्या गरेको विश्वामित्रगुफा, प्रसिद्ध खैरेनीघाट छ । हिमवत्खण्डमा वर्णित ६४ लिङ्गहरू मध्ये सवैभन्दा पहिला दर्शन गर्नु पर्ने आदिलिङ्ग कुशेश्वर हुन् ।
कुशेश्वर महादेवको वारेमा जन धारणा ः
परापूर्वकालमा एउटा व्याधा वनमा शिकारको खोजी गर्दागर्दै रातपरेपछि वाघ, सिंह लगायत वन्य जन्तुको डरले बेलको बोटमा चढ्न पुगेछ । बस्न सजिलो बनाउने क्रममा बेलको हांगा भांचिएर ढुंगामाथि झरेछ । बन्यजन्तुको आवाज र रुखबाट खसिने डरले त्यो व्याधा रातभर सुत्न सकेनछ । वेलको फेदमा कुशेश्वर महादेवको मूर्ति रहेको त्यस व्याधालाई थाहा थिएन संयोगवश त्यो दिन शिवरात्री परेकोले बेलपत्रको अर्पण पुण्यले गर्दा उसलाई कुशेश्वरनाथबाट दर्शन मिलेछ । यसै दर्शनको पुण्यबाट व्याधाको अज्ञान र दुव्र्यसन हट्न पुग्छ । शिकारी शिवको भक्त वन्न पुग्छ । सोही शिवभक्तले जंगल फाँँडी मन्दिर बनाएर प्रचार प्रसार र नित्यपूजा गर्न थाल्यो भन्ने जनश्रुति जनमानसमा रोचक कथा जस्तै भएर अझै रहेको छ ।
महादेवको आश्रय रहेको सो क्षेत्रको जंगलमा गोठालाहरू गाई चराउने गर्थे । एक जना किसानको कैली गाईले फांचो ठूलो हुंदाहुंदै पनि दूध नदिएपछि कैली गाईको दूध कसले खान्छ भनेर जंगलमा गाईको चियो गर्न गएछन् । गाई जंगलमा जानासाथ कुश घारीमा दौडिएर गई चारै थुनबाट दूधको धारा झारिरहेकी गोठालाले देखे । त्यसपछि गोठालाहरू मिलेर त्यो ठाउँमा खनेर हेर्दा शिवलिङ्ग फेला पारेको र कुशघारीमा फेला पारेकोले कुशेश्वर महादेव हुन गएको किम्वदन्ती पनि छ ।
मेला ः
शिवरात्री, वालाचतुर्दशी, तीज, ठूलो एकादशी, रामनवमी, कृष्ण जन्माष्टमी र पौष गया श्राद्ध तर्पणमा हजारौं भक्तजनको मेला लाग्छ ।
कालीञ्चोक भगवती ः
सदरमुकाम चरिकोटबाट करीव १५ कि.मि उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीयस्थल कालिञ्चोक गा.वि.समा अवस्थित यो मन्दिर ३८४२ मी. को उचाइमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाण्डौं शोभाभगवती अन्य भगवती समेत ७ भगवती दिदी – वहिनी हुन् भन्ने ंिकवदन्ती पाइन्छ ।
रुरुक्षेत्र, रिडी ः
पौराणिककाल देखी पवित्र तीर्थस्थलको रूपमा परिचित ‘रुरुक्षेत्र’ रिडी) गुल्मी, पाल्पा र स्याङ्रजा जिल्लाको माझमा रहेको छ । पश्चिम नेपालको बुटवल देिख करीव ७० कि.मि. उत्तरमा अबस्थित
डज्ञ
यो क्षेत्र गुल्मी जिल्लाको मूलढोका हो । चारैतिर पहाडैपहाडले घेरिएको बीचमा समथर जमिन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ । १८ सालमा आएको भीषण बाढीले रिडी बजारलाई पूरै ध्वस्त बनाएको थियो । जसको कारण यहांका ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरू सहित ठूलो धनजनको क्षति हुन गयो । पाल्पा जिल्लाको उत्तरी सीमानाकोरूपमा रहेको यस कालीगण्डकीको उद्गम स्थल मुस्ताङ जिल्ला हो । हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू रहेका छन्, ती क्षेत्रहरू, (रुरुक्षेत्र, वराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिक्षेत्र) । ती क्षेत्रहरू मध्येको एक क्षेत्र हो ‘रुरुक्षेत्र’ ।
स्वस्थानीको कितावमा पनि यस स्थान (भिगुतुङेश्वर) मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ । यो ठाउँलाई नेपालको बनारसकोरूपमा पनि चिन्ने गरिन्छ । हिन्दूहरूकालागि यो क्षेत्र पवित्र घाट पनि हो । त्यसैले, देशको विभिन्न भूभागबाट मानिसहरू दाह संस्कारकालागि यहां आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरुक्षेत्रमा देहत्याग गरिएमा मुिक्त पाइन्छ भन्ने विश्वास रहेकोछ । भगवान् विष्णुको प्रतीक मानिने शालीग्राम पनि यहां पाइन्छ । मुख्यतः यहाँ माघेसंक्रान्ति तीन दिन र ऋषिकेश उत्सव २ दिन ठूलो मेला लाग्छ । साथै, वर्षभरिको औंशी, पूर्णिमा, ग्रहण तथा वैशाख महीनाको प्रत्येक शनिवार यहां मेला लाग्छ । एक कोषीय परिधिमा सीमित भएर पनि यहां करीव ४० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठूलो विशेषता हो । यहां रहेको ऋषिकेश मन्दिर नेपालकै सुप्रसिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ । जुन विश्वसम्पदा सूचीकालागि मनोनयमा परेको छ । यिनै भगवान् ऋषिकेश विराजमान, कालीगण्डकीको बहाव तथा शालीग्रामको उपलव्धता जस्ता त्रै–आयामिक विशेषताहरूको संगम रहनाले ‘रुरुक्षेत्र’को विशिष्ट किसिमको धार्मिक पहिचान बनेको छ । यहांको इतिहासमा पाल्पाली राजा मणिमुकुन्दसेन, भीमसेन थापा, जंगबहादुर राणा तथा राजा महाराजाहरूको प्रमुख गन्तव्य रहेको पाइन्छ । साथै, भीमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत वनाएका छन् । त्यस्तै श्री, ३ जुद्ध शम्शेर राणा यो क्षेत्रमा कल्पबास बस्न आएका थिए राजपाठ छोडी । त्यही कल्पबास बस्ने प्रयोजनका लागि उनले अर्गलीमा दरबार बनाएका थिए, जुन अहिले पनि विद्यमान छ । राजपरिवारको कुनै पनि सदस्यको देहाबसान पछि तिनीहरूको ‘अस्तु’ सेलाउने परम्परा समेत अझै रहेको छ । ‘रुरुक्षेत्रु’ यो ठाउँको पौराणिक नाम हो । यसलाई ‘रिडीक्षेत्र’ पनि भन्ने गरिन्छ ।
‘रुरुक्षेत्र’ भन्ने नामको सन्दर्भमा ‘रुरु’ अर्थात मृगले देवदत्त ऋषिको पुत्रीलाई स्तनपान गराई हुर्काएको कारणले तिनलाई ‘रुरुकन्या’ भनियो । पछि तिनै कन्याले यहां कठोर तपस्यागरि मुक्तिपाएकोले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ । रिडी क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शव्द अपभं्रश भई ‘रिडीक्षेत्र’ बन्न गएको भन्ने मान्यता पाइन्छ ।
भनिन्छ, धार्मिक मान्यता अनुसार मानिस जन्मदैं तीनवोटा ऋण देवऋण, पितृऋण र ऋषिऋण लिएर आएको हुन्छ । जो व्यक्ति हिमालय देखि बग्दै आएको कालीगण्डकीको संगम अर्थात् दोभान (जुन रुरुक्षेत्रमा पर्छ) मा स्नान गर्छ, सो व्यक्तिको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले
डद्द
यो स्थानलाई ऋणी भनिन थालियो पछि ‘ऋणी’ भन्ने शव्द अपभ्रम्श भई ‘रिडी’ बन्न गएको भन्ने धारणा समेत पाइन्छ ।
अर्को कथा ः ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो । मगर भाषामा ‘री’ भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात कालो पानी बग्ने क्षेत्र (काली गण्डकी) भएकोले यसलाई रिडी भनिएको हो भन्ने तर्क पनि सुन्न पाइन्छ ।
पौराणिक गाथा ः धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेका एकजना ब्राम्हण बस्दथे । उनले कालीगण्डकीको किनारमा आश्रम बनाई तपस्या गर्न थाले । महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज इन्द्र सशंकित भई उनको तपस्या भंग गर्न तर्फ लागे । सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामकी अप्सरालाई तपस्या भंग गर्न पठाए । जव देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यथाउति घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मलोचालाई देखे । अप्सराको हाउभाउ कटाक्षले मुनि मोहित भए । उनको सुन्दरता प्रति वंशीभूतभई विवाहको प्रस्ताव राखे र दुवै जना विवाह बन्धनमा बांधिई सांसारिक सुखमा विलीन भए । केही समयको अन्तराल पछि प्रह्मलोचाले एउटी कन्यालाई जन्म दिइन् । ततपश्चात् उनले आप्mनो उद्देश्य पूरा भएको सम्झी ती कन्यालाई त्यहीं आश्रममा छोडेर स्वर्ग गइन् । जब देवदत्तले यो कुराको वास्तविकतालाई वुझे तव उनी छांगाबाट खसे झैं भए । उनको हृदयमा तीब्र बैराग जागेर आयो÷तत्पश्चात् उनी उत्तरतिरको भृगु आश्रमतिर लागे र भगवान् शिवको कठोर तपस्या गर्नथाले । उनको तपस्या देखि भगवान् शिव प्रसन्न भई उनैको सामु प्रकट भए र आशिर्बाद दिए । जसले गण्डकीको नदीमा स्नानगरि शिवलिङ्ग को दर्शन गर्ला उसले राम्रो फल तथा सिद्धि प्राप्त गर्नेछ । यति भनी भगवान् शिव अन्तरध्यान भए । देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाई आपूm मुक्त भएको अनुभव गरे । प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछि मृगले दूध खुवाएर हुर्कायो । संस्कृत भाषामा मृगलाई ‘रुरु’ भनिन्छ । त्यही रुरुले दूध पिलाएर हुर्केकी कारणले तिनको नाम ‘रुरुकन्या’ रहन गयो । पछि उनले भगवान् नारायणको कठोर तपस्या गर्न थालिन् । उनको कठोर तपस्या देखी भगवान् नारायण प्रसन्न हुनुभयो र उनकोसामु प्रकट भई बरदान माग्न भन्नु भयो । भगवान्को यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ति गरिन्, “हे नाथ यदि मलाई बरदान दिनु हुन्छ भने यही चतुर्वाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइवक्सियोस् र मेरो नामबाट यो क्षेत्र प्रसिद्धहोस्” । उनको यस्तो प्रार्थना सुनी भगवान्ले भन्नु भयो अव उपरान्त यो ठाउँ ‘रुरुक्षेत्र’ नामले प्रख्यात हुनेछ । यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहां रही चतुर्बाहु ऋषिकेशको दर्शन गर्छ, त्यो पवित्र हुन्छ भनी भगवान् अन्तर्ध्यान हुनु भयो । त्यसेैले, ३ दिन माघे संक्रान्ति मेला लाग्ने गर्छ । ती रुरुकन्या केही समय त्यहीं रहिन् र पछि उनले देहत्याग गरिन् र मुिक्त पाइन् । त्यो दिन देखि ‘रुरु क्षेत्र पुण्य क्षेत्र’ बन्यो । यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगत्मा प्रसिद्ध भयो ।
एक दिन कमाएर एक वर्ष जीवन धान्ने पर्वकारूपमा लिइन्छ ‘रिडी मेला’ ।
डघ
यो नदीमा भगवान् विष्णुको प्रतीक शालीग्राम पाइन्छ । पश्चिम नेपालको तानसेन बजार देखि ३६ कि.मि उत्तर पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याँञ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र रिडी खोलाको संगम स्थलमा अवस्थित छ । माघ महीनाको पहिलो दिन (माघे संक्रान्ति) विहानैदेखि कालीगण्डकीमा स्नानगरि ऋषिकेश मन्दिरमा पूजा अर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकीमा स्नानगरि ऋषिकेशको दर्शन गर्दा चारधाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । पाल्पाका राजा मणिमुकुन्द सेन पवित्र कालीगण्डकीमा स्नान गर्न पुगेको बेलामा ऋषिकेश भगवानको मूर्ति फेला पारेका र त्यही कालीगण्डकी र रिडी खोलाको संगममा मन्दिर बनाई स्थापना गरेको विश्वास समेत गरिन्छ । दन्तकाली ः धरान नगरपालिका वडा नं १४ विजयपुर डाँडाको मध्य मागमा अवस्थित छ दन्तकालीमन्दिर । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान् शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्तपतन भई शक्तिपीठकोरूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतीदेवीको दांतको प्रतीकस्वरूप एउटा कालो प्रस्तर राखी पूजा–आजा गर्ने गरिएकोछ । यो मन्दिरमा बोका, रांगा आदिको बलि दिने चलन छ ।
मेला ः दशैंको नौरथामा, तीज र स्वस्थानी पूर्णिमाका अवसरमा मेला लाग्दछ ।
बुढासुव्वा ः
धरानको विजयपुरमा छ ‘वुढासुव्वा’ मन्दिर । यो मन्दिरलाई महाभारतमा पांच पाण्डवहरू छद्मभेषमा वसी उनीहरूलाई रक्षागर्ने किरांती राजाको अवशेषकोरूपमा पूजा गरिन्छ । बिशेषगरि शनिवारका दिन कुखुरा सुंगुर आदि बलि दिई पूजा अर्चना गर्न देश विदेशका भक्तजनहरूको घुइँचो लाग्दछ । यो मन्दिरमा थप विशेषता भनेको टुप्पो नभएको बांसहरूकोबीचमा रहनु पनि हो ।
बूढासुव्वा मन्दिर भित्र दुईवटा माटाका ढिस्का उठाइएका छन् जसलाई बूढा सुव्वा र बूढीसुब्बिनीकारूपमा पूजा आजा गर्ने चलनछ । दन्तकालीदेखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको स्थानमा टुप्पा नभएका बांसहरू पाइन्छन्, जसलाई बूढासुव्वाले गुलेली र मट्यांग्राले हानेर टुप्पा भांचिदिएको भन्ने मान्यता राखिन्छ ।
डद्ध
मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुन्छ । कुखुराका भाले र सुंगुरको बलि दिने गरिन्छ ।
जनकपुरधाम ः
जनकपुरधाम दक्षिण पूर्वी नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थितछ । यो शहर नेपालको
तराईमा पर्दछ र यसलाई सांस्कृतिक, व्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यो नेपालको राजधानी काठमाण्डौबाट ४०० कि.मि दक्षिण पूर्वमा छ । यो शहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्र विन्दु पनि हो र साथै यस शहरको आप्mनै भाषा र लिपि पनि छ । जनकपुरधाम, भगवती सीता (जानकी) को पनि जन्मस्थल हो । सीता राजा जनककी छोरी तथा हिन्दू भगवान रामकी धर्मपत्नी (श्रीमती) पनि हुनुहुन्छ । जनकपुरधाम राम र सीताको विवाहस्थल पनि हो । राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेकोछ । राजा जनकले सीतासंग विवाहकालागि स्वयंवर आयोजना गर्नु भएको थियो । उक्त स्वयंवरमा भगवान् शिवको धनुष तोड्न सक्नेले सीतालाई बिहे गरि लाने शर्त राखिएको थियो । उक्त शर्त पूरा गर्न सक्ने अयोध्याका राजकुमार राम बाहेक अरु कोही पनि स्वयंवरमा थिएनन् । जनकपुरधाम हिन्दूधर्मावलम्वीहरूकालागि एक महत्वपूर्ण स्थल हो । जनकपुरधामको केन्दी्रय बजार उत्तर पश्चिम दिशाबाट भव्य जानकी मन्दिरले सुसज्जित छ । यो मन्दिर १९११ ई.सं मा टीकमगढकी (भारत) राजकुमारी कुमारी वृषभानु बाट निर्माण गरिएको हो । जानकी मन्दिर गुगल शैलीमा बनाइएको मन्दिर हो । यस मन्दिर निर्माण गर्दा त्यस वेला ९ लाख रुपैया खर्च भएको भन्ने किंवदन्ति रहिआएकोछ । त्यसैल,े यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो । पशुपतिनाथ मन्दिर ः
विश्वभरिका हिन्दूहरुको पवित्र तीर्थस्थलकारूपमा रहेको पशुपतिनाथ मन्दिर नेपालको राजधानी काठमाण्डौंको पूर्व दिशामा वागमतीनदीको किनारमा रहेकोछ ।
डछ
प्यागोेडा शैलीमा निर्माण गरिएको यो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ । भगवान् शिव हिन्दूधर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । भगवान्को तीनरूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । भगवान् शिवलाई महादेव, पमेश्वर आदि नामले सम्बोधन गरिन्छ । शिवलाई प्रायःजसो शिवलिंगको रूपमा पूजा गरिन्छ । शिवरात्रिको पूजा रात्रीको चारै प्रहरमा गर्नु पर्छ । शिवको वेलपत्र, धतुरोको पुष्प, प्रसादमा भाड० अति प्रिय छन् । यिनको पूजाको लागि दूध, दही, धिउ, सख्खर र मह यिनै पांच अमृत जसलाई पञ्चामृत भनिन्छ ।
शिवका विशेषताहरू ः
तेस्रो आंखा भएका –त्र्यम्बकम्) नीलो घांटी भएका (नीलकण्ठ) जटा परेको कपाल शिरमा गंगा भएका (गंगाधर) शरीरमा खरानी घस्ने बाघको छाला ओड्ने शरीरमा सर्पहरू बेर्ने डमरु तथा त्रिशूल बोक्ने सांढे (नन्दी) चढ्ने कैलासमा बस्ने सती, पार्वतीका पति वेद अनुसार रूद्र नाम भएका स्कन्द र गणेश का पिता संहारका देवता हिन्दूधर्मका प्रमुख देवता
मेला ः महाशिवरात्रि, हरिताकिा तीज, बालाचतुर्दशी, श्रावण महीनाको सोमवार मेला लाग्दछ । भारतका चारधामको दर्शन गरेर आएपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहकोछ ।
बैद्यनाथ ः अछामजिल्लाको ‘बैद्यनाथधाम’ । अछामजिल्लाको बूढीगंगा नदीको पश्चिमीकिनारमा अवस्थित बैद्यनाथ मन्दिरको धार्मिक र ऐतिहासिक महत्व रहेको छ । बूढीगंगा नदीमा स्नानगरि ‘बैद्यनाथ बाबा’को पूजा–आजा गर्दा मनोकांक्षा पूरा हुने र पुण्य कमाइने जनविश्वास रहिआएको छ ।
डट
देवघाट ः
त्रिवेणीकोरूपमा स्थापित कृष्णा, शुक्ला र त्रिशूली सम्मिलित ‘देवघाट’ सप्तगण्डकीको संगमका रूपमा प्रसिद्ध छ । दोस्रोतर्फ सहायक ११ नदीहरू प्नि शोभित भएका छन् । यस प्रकार सवैको संगम भई सकेपछि ‘नारायणी’को रूप वन्दछ । खासगरि ‘काली’ र ‘सेती’ को परस्पर झगडालाई मिलाउनकोलागि ‘देवघाट’को संगमस्थलमा भगवान्नारायण प्रकट भएर कुन ठूलो, कुन सानो यस्तो भावना मेटाउनकालागि नारायणबाट ‘नारायणी’ को नामबाट प्रसिद्ध भएको पौराणिक कथा रहेकोछ । आप्mनो अन्तरात्मा पवित्र गर्ने हेतु स्वर्ग, मत्र्य र पाताल यी तीन लोकहरूबाट र भारतवर्षमा जति तीर्थस्थलहरू छन्, तिनीहरू भारतीयहरू सवै नित्य पर्वहरूमा ‘देवघाट’ तीर्थस्थलमा आउँछन् । त्यसैप्रकार पृथ्वीमा जति पनि पुण्यदायकतीर्थ छन्, ती तीर्थहरूमा स्नान गर्नाले करोडौं गुणाफल प्राप्त हुन्छ । त्यो एकै यसै ‘देवघाट’ तीर्थमा प्राप्त हुन्छ । यस प्रकार देवताहरूको पनि देवता स्वयं महादेव शंकर पनि आप्mनागणकासाथ यस तीर्थस्थलमा विराजमान रहनुहुन्छ । अतः सवै फल दिने देवताहरूको तीर्थ ‘देवतीर्थ’ भनिएको हो । पृथ्वीको ‘भूवैकुण्ठ’कोरूपमा स्थापित नेपालको बीचभागमा अवस्थित मध्यकाशीकोरूपमा परिचित ‘देवघाट क्षेत्र’को पवित्र घार्मिक महत्वको विषयमा स्कन्दपुराण अन्तर्गत हिमवत्खण्डमा मिल्दछ । यो पवित्र संगममा कामप्रभा नामकी रानीले स्नानमात्र गर्दा राजालाई मोक्ष मिलेको थियो । राजा रूपकेतुका दुइ रानीहरू थिए, राजाको भिन्न भावनाको कारण काम प्रभा उपेक्षित थिइन् । राम्रो सौन्दर्य नहुनाको कारण रानी कामप्रभा संगिनीहरूकासाथ आप्mनो जन्मघर फर्कने बेला बाटामा तीर्थयात्रीहरूलाई देखेर भनिन्, हे यात्रीहरू हो ! तपाईहरू कहां जांदै हुनुहुन्छ ? यस्तो प्रश्नको उत्तरमा यात्रीहरूले भने । हामीहरू ‘देवघाट धाम’मा स्नान गर्नकोलागि गइरहेका छौं । त्यस स्थानमा म पनि जान्छु । यस्तो भनेर यात्रीहरूकासाथ गण्डकी संगमस्थल ‘देवघाट’ मा आइन् । कामप्रभा रानीले मकर संक्रान्तिको दिन देवताहरूको समूह ‘देवघाट’ तीर्थमा स्नान गरिन् । उनको भावना अनुसार मुखाकृति सुन्दर हुनु थियो , साथै, कामप्रभा रानीले आप्mनो साथमा ल्याएका सामग्रीहरू र दक्षिणा निकालेर भगवान् शंकरलाई अर्थात हरिहरकारूपमा अमृतेश्वर ज्योतिर्लिंग शिवालयमा ब्राम्हणहरूकोलागि अर्पण गरिन् । त्यही रात देवघाटमा रहिन् र बिहानको समयमा स्नान गरेर आप्mनो जन्मघर माइत फर्किन् । आप्mना माइतमा पुगेर मातापिताकालागि स्नानको सम्वन्धमा र राजाबाट भएको अन्यायका विषयमा चर्चा गरिन् । यसप्रकार निश्चित भएर पिताको घरमा बसेकी कामप्रभाले अचानक ६ महीनाको भित्र दिव्यसुन्दरी भएको समाचारको संकेत मिल्यो । उत्सुकतापूर्वक दरवारमा बोलाइयो । उनले देवघाट तीर्थस्थलमा स्नान गरेको प्रभावबाट नवयुवक पनि मोहित भएका थिए । यसमा राजाले कामदेवकी रति समानकी कामप्रभालाई देखेर मोहितमात्र भएनन्÷अपितु कति समय आलिङ्गनबद्ध गर्ने यस्तो इच्छा पनि भयो । वर्तमान विश्वमा ‘प्रयाग’ नामका दुई तीर्थ विशेष प्रसिद्ध छन् । ती दुई मध्ये एउटा तीर्थ गण्डकीसंगको प्रयाग हो र दोस्रो गंगासंगम प्रयाग इलाहावाद । धर्मप्राण मानिसहरू गंगा संगम प्रयागकालागि इलाहावाद र गण्डकीसंगम प्रयागको लागि देवघाट तीर्थको नामबाट चिन्दछन् । यी दुइटै ‘प्रयाग’ परमपवित्र तथा दर्शनीय तीर्थस्थल हुन् । जसमा कृष्णागण्डकी र शुक्ला
डठ
गण्डकी (सरस्वती), त्रिशूली गण्डकीको संगमस्थल छ त इलाहावाद प्रयागमा गंगा, यमुना र सरस्वती नदीहरूको संगमस्थल छ । प्रजापति ब्रम्हाले पुण्य नदीहरूको संगमस्थल एवं पवित्रस्थलमा पहिलो यज्ञ गरेका थिए । उहांले प्रथम ‘याग’ शव्दको व्युत्पत्तिबाट प्रयाग शव्दको निर्माण भएको कुरा पनि भन्नु भएको छ र प्रमाणका रूपमा निम्न लिखित शास्त्रहरूले पनि यसै कुराको लागि संकेत गरेका छन् । जहाँ काली र सेती नदीको संगम छ त्यही पावन स्थल नै ‘प्रयागतीर्थ’ हो ।
योगी नरहरिनाथका अनुसार सत्ययुगमा देवताहरू र दैत्यहरू मिलेर अमृतमन्थन गर्दा सर्वप्रथम प्रशस्तरूपमा विष निक्लियो । त्यसलाई पिउनको लागि समर्थको छ यस विषयमा चर्चा हुंदा एक मात्र भगवान् शंकर बाहेक कोही पनि सक्षम भेटिएन । यसै सन्दर्भमा देवघट्ट÷संघट्टन देबाट, देवघाट धाममैं तेत्तीसकरोड देवताहरूका साथ भगवान् शंकरले विषपान गर्नु भयो । तत्पश्चात् अन्य देवताहरूसित अनुमति लिएर भगवान् शंकर देवघाटबाट उत्तर मुड्०लिड्० क्षेत्रमा पुग्नुभयो । त्यसैठाउँमा एक रात बसेर अगाडि वढ्नु भयो । बाटोमा त्रिशूली र (धर्म धारा) भएको स्थानमा पुग्नुभयो । त्यहाँ नै वेतको लठ्ठी छोड्नुभयो , जसबाट नदीरूप बन्यो । फेरि दोस्रो लठ्ठी लिएर उत्तरापंथमा पुग्दा त्यहाँ दोस्रो लौरी विनायक नामबाट गणेशको स्वरूप बन्यो । फलतः अघिवढ्दा पहाड देखियो र त्यहीं त्रिशूलबाट ठक्कर दिंदा तीन धाराहरू प्रकट भएर कुण्डकारूपमा परिणत भयो । जसको नाम ‘गोसाईकुण्ड’ भयो । त्यसैस्थानमा शयन गर्नु भयो । सुत्ने समयमा पनि घांटीमा राखिएको विष शान्त नहुनाले १०८ कुण्डमा स्नान गर्दै मानसरोवर कैलाश पर्वततर्फ शिवजी हिड्नु भयो । यस पछि अमृतको मन्थनमा अमृत निक्लियो÷ त्यस अमृत कलशलाई लिएर तेत्तीस करोड देवताहरूको समूह देवघट्टमा आए । यहां रहनकोलागि वासस्थान चाहियो । सत्ययुगमा रूख, ढुंगा आदिलाई नमस्कार गरिसकेपछि नै वासस्थान माग्नुको प्रचलन थियो । अतः विचार गर्न लागे यसै स्थलमा मान्छेको बस्ती हुनु निश्चित छ । विचार गर्दै रहेका थिए कि उत्तर दिशाबाट धूवां आइरहेको थियो÷गएर हेर्दा त वशिष्ठऋषिको आश्रम भेट्टियो र देवताहरूले नमस्कार गरे । वशिष्ठऋषिले केही टाढा रहनकोलागि संकेत गर्नु भयो । त्यहाँ केही ढुंगाहरूको राशि थियो, त्यसै ठाउँमा देवताहरूले विश्राम गर्नकोलागि सोचे÷त्यो दिन पुस महीनाको अन्तिम दिन थियो । आप्mनो साथमा ल्याएका अमृत कलशलाई तल पृथ्बीमा राखिदिए । त्यहीं अमृतको थोपा खस्यो, अमृत गिर्दामा देवताहरूमा भागदौड मच्चियो । यो कुरा वशिष्ठ ऋषिलाई थाहा भयो र आएर सोधे के भयो । देवताहरूले भने ऋषिवर हाम्रो अमृत कलशबाट अमृतको थोपा खस्यो । हामीहरू पापी हौं, अतः यसको निदान बताउनुहोस् भन्दै वशिष्ठ ऋषिले भने यो तिमीहरूको गल्ती होइन÷यो परमात्माको देन हो । भए पनि अनजानबाट यस्तो भएकाले तिमीहरू भोलि मकरसंक्रान्तिको दिन स्नान गरेर प्रस्थान गर्नू । नत्र आएको कार्य सफल हुने छैन । यस पछि देवताहरू बिहानै स्नान गरेर उत्तराखण्ड मानसरोवर कैलाश पर्वत तर्फ प्रस्थान गरे । त्यहाँ आएर भगवान् शंकरलाई अमृतको कलश दिए । भगवान् शंकरले अमृतपान गर्नुभयो । त्यसपछि देघट्ट संघट्टनमा जुन घटना घटेको थियो÷त्यसै घटनालाई देवताहरूले भगवान् शंकरलाई पनि सुनाए । सुनिसकेपछि भगवान् शंकर देवताहरूकासाथ ‘देवघाट’मा आउनु भयो । जुन स्थानमा अमृतको थोपा खस्यो, त्यसै स्थानलाई देखाए । स्थान देख्ने वित्तिकै भगवान् शंकर
डड
ज्योतिर्लिङ्गकोरूपमा प्रकट हुनुभयो । यो नै अमृतेश्वर ज्योतिर्लिगं हो भन्ने कुरा परम्परादेखि प्रसिद्ध छ ।
मनकामना ः
‘मनकामना’अर्थात् मनोकामना भगवती गोरखा जिल्लाको मनोकामना महत्वपूर्ण देवी मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । दशैमा पूजा गर्न आउनेहरूको यहां ठूलो भीड लाग्छ । यहां प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । केवुलकारबाट ११ मिनेटमा मनोकामना पुगिन्छ । पैदलयात्रा गर्नेहरूकालागि आंवुखैरेनीबाट ४ घन्टाको उकालो हिडेर
मनोकामना पुगिन्छ ।
बागेश्वरी मन्दिर ः बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो । बांके जिल्लाको नेपालगञ्जमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेबीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नरगणले पूजा –आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयां मुलुककारूपमा बांके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछिमात्रै पत्ता लागेको हो । सतीदेवीको जिब्रो पतन भै त्यस ठाउँमा वाक्येश्वरी देवी उत्पन्न भै स्थापित वाक्येश्वरी हाल ‘वागेश्वरी’ मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिदै जांदा पछि बांकेमा परिणत भएको भनाई पनि रहेको छ ।
परापूर्वकालमा यहांका मानिसहरूले घाम पानी हुरीवतास आदि बाट सुरक्षित रहन वरिपरि घुमाएर बांके खालका घरहरू निर्माण गर्ने गर्थे रे ! अधिकांश बांके घरहरूरहेको बस्तीलाई बांके बस्ती भन्दै जांदा पछि जिल्लाको नाम नै ‘बांक’े रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ ।
तराई क्षेत्रमा औलो कालाज्वर जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गै थोरै मानिसहरूमात्र यस क्षेत्रमा वांकी रहेकोले बांकीमानिसले बसोवास गरेको ठाउँ भन्दै जांदा पछि अपभ्रंश भै यस ठाउँलाई बांके भन्न थालिएको पाइन्छ ।
स्वयम्भूनाथ ः
काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध मन्दिर (स्तूप) हो । उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्विबुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमी नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए । त्यसपछि बैशाख
डढ
पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कीमन्त्रगरि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको पूmल उम्रेको जसमा भगवान् स्वयम्भू उत्पति भएको मानिन्छ । संस्कृतबाट स्वयंभूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने वुझिन्छ । भगवान् मन्जुश्रीले पनि काठमाण्डौंको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लिखित पुराना ग्रन्थहरूमा पाइन्छ ।
मैतीदेवी ः
काठमाण्डौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो ‘मैतीदेवी’ । यो मन्दिर काठमाण्डौं उपत्यकाको मध्य भागमा अवस्थित छ । मैतीदेवीलाई ‘पञ्चकुमारी’ पनि भनिन्छ ।
उत्पत्तिको वारेमा ः
पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिंडेका थिए । बाख्राचराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाकालागि आप्mनो तन्त्र शक्तिबाट ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकाले तिनै पञ्चदेवीको माइतीकारूपमा यसलाई ‘माइती देवी’ हुंदै ‘मैतीदेवी’ भन्ने गरिएको हो । त्यस्तै, अर्को किंवदन्ती अनुसार रूद्रमती हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट वग्दथ्यो । को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जांदा उनले एउटा ढुंगा(शीला) भेटे । त्यसलाई सार्न ती किसानले धेरै प्रयत्न गरे तर सकेनन् । बरू उनी थाकेर त्यहीं भुसक्कै निदाए । त्यसैवेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिंडिरहेकोबेला मयूरको प्वांखको हावाले किसान व्यंूझिए । त्यसपछि उनले आपूmले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए । पञ्चकुमारीहरूलाई आप्mनो कुरा बताए पछि देवी खुशी भएर त्यसैमा वसिन् । त्यसैले कतिपयले यसलाई ‘मयूरतीर्थ’ समेत भन्ने गरेका छन् । यस शक्तिपीठलाई ‘मयमती’ बाल कुमारी, कतै ‘मेइतीदेवी’ त कतै ‘मयती देवी’ आदि पनि भन्ने गरेको पाइन्छ ।
यसका वरिपरि गणेश, भैरव आदि देवपुरूषका साथै काली, योगिनी÷अष्टमातृका जस्ता देवीको स्थापना गरिएको छ ।
घनावस्तीकोबीचमा रहेको ‘मैतिदेवी’ प्राङगणमा लाश जलाउने घाट रहेकोछ । यस घाटमा नेवार समुदायका सात जातिको दाह–संस्कार गर्र्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तण्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरू पर्दछन् । पहिले नक्साल भगवती, गुह्येश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभाभगवती, कालिकास्थान, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजयेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो । तर, २०१९ साल फागुनको एक दिन काठमाण्डौंबाट दिल्लीकालागि उड्नु पर्ने विमान निर्धारित समय भन्दा अवेर सम्म उड्न सकेन । यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा वढी जवानले पनि ट्र«««लीमा लोड गर्न सकेनन् । उनीहरूले धेरै प्रयत्न गरे तर सवै खेर गयो । विमानस्थलबाट जांच पास भै सकेको सो वाकस विमानमा लोड गर्न नसकेकाले विमान उडान नै स्थगित भयो
ढण्
। मैतीदेवी गुठीका तत्कालीन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सवैलाई अचम्ममा पा¥यो । सवैतिर हल्लीखल्ली मच्चियो । सुरक्षाकर्मीहरूले आदेश अनुसार बाकस फोरे । त्यहाँ पञ्चकुमारी मैतिदेवी र भैरवको काठकोमूर्ति देखियो । तर, कसैले पनि त्यो मूर्ति यहीको हो भनेर चिन्न सकेनन् । जिल्ला प्रहरी कार्यालय काठमाण्डौं चलान गरियो । यस अघि नै मैतीदेवीका गुठियारहरूले मालिगाउंस्थित द्यःछे बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मूर्ति हराएको जाहेरी काठमाण्डौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका थिए । त्यसैलै, सबैको आशंका त्यतै मोडियो । मैतीदेवी गुठीका नाइकेलाई बोलाई वुभ्mदा दुवै मूर्ति मैतीदेवीकै ठहरियो । त्यसछि २०१९ साल फागुन १७ गते दुवै मूर्ति खटमाराखेर तीनै शहर डुलाइयो । क्षमापूजासहित पुनः द्यःछे मा राखियो । यसैबेला देखि प्रत्येकवर्ष दशैको अष्टमीका दिन राष्ट्र«««ाध्यक्षले महाअष्टमीमा आफैं शक्तिपीठहरूमा सवारी हुने परम्परा बसेको हो ।
माईपोखरी ः
माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको माइपोखरी र सुलुबुड्० गाविसको चुचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौकुने पोखरी हो । यो तारा आकृतिको छ । १.८८ वर्गकिलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धब्यास ७५० मिटर छ । मेची राजमार्गको विब्ल्यांटे भन्ने बजारबाट करीव १२.५ कि.मि. दूरीमा पर्छ । यहां कच्ची बाटो बनिसकेकाले सवारी साधनकासाथ पुग्न सकिन्छ ।
नेपाली परम्परा अनुसार विभिन्न किसिमका विपत्तिपर्दा देवी देवताको स्मरणगरि उनीहरूलाई खुशी पार्न केही दान गर्ने मनमनै कसम खाने चलन पाइन्छ । यसलाई भाकल गर्ने भन्ने चलन छ । यसलै तीर्थालुहरू यहां आउँछन् । यो पोखरी समुद्रीसतह देखि ७२०० फिटको उंचाईमा रहेको छ । यहां शिवमन्दिर पनि छ ।
मेला ः हरिशयनी र हरिबोधिनी एकादशीमा मेला लाग्छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । यहां दुर्गा भवानीको पूजा हुन्छ । शिव पार्वती बन बिहार र जल क्रीडा गर्ने गरेको भनी स्कन्धपुराणमा वर्णन गरेको ठाउँ यही हो भन्ने भनाई रहेको छ ।
पनौती ः
पनौती बागमती अंचलको काभ्रेपलांचोक जिल्लामा पर्छ । पनौतीसंंग इन्द्रको तेस्रो आंखाको ऐतिहासिक तथ्य जोडिएको
ढज्ञ
छ । पनौती आउने भारतीय पर्यटक अहिल्याको सोधीखोजी गर्छन् । धर्मग्रन्थहरूका पौराणिक कथा अनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाट नजीक बस्थे । अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए । समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए । यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासंग शारीरिक सम्वन्ध बनाए । नदीतट नजीकै पुगेपछि मात्रै आपूmले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए । आश्रमको ढोकामा आप्mनै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुवैलाई श्राप दिए । श्रापको प्रभावका कारण अहिल्या ढुंगामा परिणत भइन् । उक्त ढुंगा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्थित छ । श्रापकै कारण राजा इन्द्रको शरीरभर हजारौं योनि निस्किए । श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आप्mना गुरू बहृस्पतिको शरणमा पुगे । गुरूको सल्लाह अनुसार इन्द्र मुक्तेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसे । तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बांस दिएर भने । यसलाई टेक्दै यात्रा गर्नु । बांसमा पालुवा निस्केर जरा हाल्न थालेपछि तिमी योनिमुक्त हुनेछौं । मुक्तेश्वर महादेवको आज्ञा अनुसार पृथ्वीको यात्रामा निस्किएका इन्द्र त्रिवेणीको नजीक पुगेपछि उनले ढुंगामा टेकेको बांसमा पालुवा आयो र त्यति नै खेर उनको निधार बाहेक शरीर भर आएका योनि लुप्त भए ।
इन्द्रले ढुंगामा बांस बिसाएकै हुनाले उक्त ठाउँको नाम ‘पनौती’ रहन गएको विश्वास छ । नेवारी भाषामा पं भनेको बांस र ल्हों भनेको ढुंगा । ढुंगामा बांस बिसाउंदा पालुवा आएको हुनाले उक्त ठाउँ पंल्हों हुंदै कालान्तरमा पनौती भएको मानिन्छ ।
निधारको योनि नहटेपछि राजा इन्द्र पनौती नजीकै रहेको भालेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ । यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनिलाई आंखामा परिणत गरिदिए । भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ । त्यहीबेला देखि हिन्दू धर्मावलम्वीहरूका निम्ति तेस्रो आंखा भएका इन्द्रको पूजा हुंदै आएको छ ।
इन्द्रले जुन ढुंगामा बांस टेकाउंदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए । इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ । यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मानिन्छ ।
बज्रबाराही ः
उपत्यकामा चारवटा बाराही मन्दिरहरू छन् । पूर्वमा नीलवाराही, पश्चिममा धूमबाराही, उत्तरमा श्वेतबाराही र दक्षिणमा
ढद्द
बज्रबाराही । वज्रवाराही मन्दिर काठमाण्डौं उपत्यकाको ललितपुर जिल्लाको चापागाउँ गाविसको वडा नं ३ मा १८.९९ हेक्टरमा फैलिएको जंगलकोबीचभागमा पर्दछ । यस मन्दिरको पश्चिममा झरूवारासी बडिखेल गाविस, पश्चिममा छम्पी, उत्तरमा धापाखेल र दक्षिणमा लेले गाविस पर्दछन् ।
अति सुन्दर पुण्यभूमिकारूपमा रहेको बज्रबाराहीको बारेमा । बाराही शव्द बराहको स्त्रीलिङ्गी रूप हो । जसको फरक फरक महिमा पनि बताइन्छ । कतै अष्ठमातृकागणमा त कतै ब्रम्हायणी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मीदेबीकारूपमा । मन्दिरमा स्थायीरूपले मूर्ति राखिदैंन । जात्रा सञ्चालन गर्दा मात्र राखिन्छ ।
मन्दिरमा गजूर छैन । मन्दिरमा गजूर निश्चित समय भित्र राख्नु पर्ने हुन्छ । त्यस्तो समय के हो भने चापागाँंवासी कुनै मृतलाशको आधा जलेर आधा भएका,े लुवु निवासीले मुर्दा जलाईरहेको तथा नौवटै यहाँका मशानघाटमा आगो बलेको अवस्थामा मात्र गजूर राख्न सकिने भनाई पाइन्छ । यो मूर्ति २०२५ सालमा चोरी भएपछि प्रहरीवाट फेलापारी तत्पश्चात् म्यूजियममा राखिएकोछ ।
हुनत, बज्रबाराही मन्दिरमा पहिला प्रत्येकवर्ष दशैंमा दर्शन गर्न गएता पनि गजूरको याद गरिंदो रहेनछ । मन्दिर बनाएर गजूर राखे पछि त्यो पूर्ण हुन्छ । यहां मन्दिर निर्माण गरेर गजूर नराख्ने र यो अवस्था आएमा गजूर राख्ने भन्ने गरिन्छ । किन यसो भनिएको हो थाहा हुन सकेन । बज्रबाराहीमा गजूर नभएजस्तै काठमाण्डौं हनुमान्ढोकाको पश्चिमतिर रहेको ‘अशोक विनायक मन्दिर’मा पनि गजूर छैन । त्यसैले, यसलाई मरू गणेश भन्ने गरिन्छ । नेवारी भाषामा मरू भनेको छैन । गजूर नभएको गणेशलाई ‘मरूगणेश’ भनिन्छ । यो मन्दिरमा गजूर कहिले राख्ने भन्ने वारेमा किम्वदन्ती यस्तो छ । जव नुन र सुनको मोल एक हुन्छ, तब गजूर राखिन्छ रे !
बज्रबाराहीमा देखिने अनौठो दृश्य ः
काठमाण्डौं उपत्यकाको चीसो स्थानमा पनि तराइको जस्तो घनाजंगल । यहां हरेक प्रकारका बृक्षहरू पाउनु जस्तो कटुस, सुपारी आदि । धेरै पन्छीहरूको बासस्थान । कागको बास नहुनु । बांदरहरूको पनि श्रापमोचन स्थान । उक्त जंगलको काठ जनताले प्रयोग नगर्नु । रूखका झरेका पातहरू यथास्थानमा रहनु । घना जंगलमा झरेका रूखका पातहरू जंगल नजीकै रहेका मानिसका खेतमा नझर्नु । झरिहाले पनि पुनः हावाले जंगलमंै लैजानु ।
कुनै एक समयमा त्यही आसपासको एक स्कूलमा त्यही जंगलको रूख लगेर स्कूलको छाना हालियो र जस्ता–पाता ठोकियो । केही समय पछि ठूलो हावा हुरी आएर स्कूलको छाना उडाएर नष्ट पारिएको पनि छ । यहांको काठ केवल खोलामा पुल हाल्नकोलागि मात्र प्रयोग हुन्छ ।
गुह्येश्वरी ः
ढघ
काठमाण्डौं उपत्यकाको बागमती नदीको दक्षिणी किनारमा गुह्येश्वरी मन्दिर रहेको छ । सतीदेवीको गुह्यपतन भएको ठाउँमा उत्पन्न भएकी देबी हुनाले गुह्येश्वरी नाम रहन गएको विश्वास गरिन्छ ।
यहां देबीहरूको कुनै मूर्ति छैन । सतीदेबीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । मन्दिरभित्र प्रवेश गरे पछि अन्दाजी ३–४ फिट तल सिंढी ओर्लिए पछि जहाँ एउटा सानो दूलो मात्र छ÷चाँंदीको कलशले ढाकिएको कुण्डलाई श्रद्धालुहरू देवीकोरूपमा पूजा गर्दछन् ।
दूलो भित्र पहिला पहिला हात हाल्न दिने गरिन्थ्यो । हात हाल्दा कहिले के कहिले के हातमा पर्दथ्यो । आजभोलि हात हाल्न दिइदैंन । कुनै एक समयमा यो दूलो कति गहिरो छ भनेर बांस हालेर हेर्दा यसको गहिराई भेट्न नसकेको भन्ने पनि जनश्रुति पाइन्छ ।
त्रिपुरासुन्दरी ः
डोल्पा जिल्लाको जुफाल विमानस्थलबाट करीव दुई घण्टा पैदल हिडेपछि ‘भेरी नदी’ आउँछ । भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ । चैते दशै र बडादशैमा ठूलो मेलालाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्र हो । यो मन्दिरमा पञ्चवलि दिने चलन छ ।
भद्रकाली ः
काठमाण्डौं शहरको वीच भाग टुंँडिखेलको सामुन्नेमा भद्रकालीको मन्दिर रहेको छ । दुर्गालाई ११ नामले पुकारिन्छ । ‘जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा शिवा, धात्री स्वहा स्वधा’ नमस्तुतेः । चामुण्डा देवीको रूपमा पुजिने भद्रकालीको मूर्ति सामान्य शीलायुक्त छ । बज्रयोगिनी ः
काठमाण्डौं जिल्लाको उत्तरीभेगमा मणिचूड पर्वतको दुई पहराको वीचमा देबी स्थापनागरि निर्माण गरिएको मन्दिर भगवान् बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तररूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन् भन्ने आख्यान पाइन्छ । यहां बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ । भक्तजनले तान्त्रिक देवीकोरूपमा बज्रयोगिनीको आराधना गर्छन् । मन्दिरमा बज्रयोगिनी, उग्रतारा र सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ ।
टुँडालदेवी ः काठमाण्डौं जिल्लाको महाराजगंज, विशालनगर, वालुबाटार र चण्डोलकोवीचमा रहेको छ टुडालदेवीको मन्दिर । भाटभटेनीलाई टँुडालदेवीको छोरी ज्वांई मानिन्छ । यो मन्दिर इक्षुमतीको (टुकुचा) किनारमा रहेको छ ।
ढद्ध
कथा ः छोरी भाटभटेनीले आमा टुंँडालदेवीलाई भेट्न जांदा गोप्य सम्वन्धरहेका पोडेसंग घुम्न हिंडेकी देखिछन् । यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने आख्यान पाइन्छ । टुँडालदेवी मन्दिरको पूजारी अद्यापि पोडे जातको हुने गर्दछ ।
मेला वर्षेनी चैत्रशुक्लपूर्णिमामा टुडालदेवीको परम्परागत जात्रा चलाइन्छ, जसमा भाटभटेनीको विशालमूर्ति टुंडालदेवी मन्दिरमा ल्याइन्छ ।
अजिमा
मपता अजिमा (भाटभटेनी) । त्वरः अजिमा (टुंडालदेवी) । लुमडी अजिमा (भद्रकाली) । कङ्ग अजिमा (कंकेश्वरी) । म्हेपी अजिमा (ज्ञानेश्वरी) । मैती अजिमा (मैतीदेवी) । तकती अजिमा (नीलबाराही) । डेतमरू अजिमा (नरदेवी) । बछला अजिमा, लती अजिमा (इन्द्रायणी) । हारती अजिमा (स्वयम्भू) आदि ।
विन्ध्यवासिनी मन्दिर ः विन्ध्यवासिनी मन्दिर पोखरा शहरमा अवस्थित प्रसिद्ध मन्दिर हो । विन्ध्यवासिनी नेपालमा आगन्तुक देवी मानिन्छिन् । पौराणिक कथन अनुसार दक्षिण भारतको विन्ध्यांचल पर्वतबाट श्री भवानी उत्तरको हिमालय पर्वततर्फ जाने क्रममा उक्त स्थानमा रोकिएकी थिइन् ।
पाताले छांगो ः
पातले छांगो वा डेभिज फल्स को नामले चिनिने यो झरना पोखरामा छ । जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायको छ । ‘डेभी’ नाम गरेकी एक विदेशी स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएकी हुनाले यस झरनाको नाम ‘डेभिज
ढछ
फल्स’ रहन गएको हो ।
गुप्तेश्वर गुफा ः
जमीनबाट करीब १५० मीटर तल रहेको यो ‘गुफा’ दक्षिण एशियाका सबैभन्दा ठूलो गुफाहरूमा पर्छ । यस गुफा भित्र ‘गुप्तेश्वर महादेव’को मन्दिर छ । यस गुफाबाट पाताले छांगोबाट खसेको झरना हेर्न सकिन्छ ।
ताल बाराही ः
फेवातालको बीचमा रहेको मन्दिर ‘ताल बाराही’ । जहाँ जान डुंगाबाट जानु पर्छ । तालबाराहीलाई तालतलाउहरूकी स्वामिनीकारूपमा पूजा गरिन्छ ।
गलेश्वरी ः
म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनार अवस्थित गलेश्वर महादेवको मन्दिर निकै चर्चित छ । सोही मन्दिरमा अवस्थित गलेश्वरीदेवीको पनि मन्दिरछ । उक्त स्थानमा सतीदेवीको तला पतन भएको विश्वास गरिन्छ ।
छत्रेश्वरी ः
सल्यान जिल्लाको छायांक्षेत्रमा छत्रेश्वरी देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको शरीर पतन भएको विश्वास गरिन्छ । नेपाल अधिराज्यभित्र रहेका देवी मन्दिरमध्ये यो एक मात्र त्यस्तो मन्दिर हो जहाँ बलि दिइदैंन ।
जालपादेवी ः
नुवाकोट जिल्लाको सदरमुकाम विदुर देखि करीव ८ कि.मि. दक्षिणमा त्रिशूली र तादी नदीको संगम देवीघाटमा जालपादेवीको मन्दिर छ । उक्त ठाउँमा सतीदेवीको तल्लोओठ पतन भएको विश्वास गरिन्छ ।
ढट
२०६९ मार्ग २५ गते सोमवार ÷ २०१२ डिसेम्वर १० (पहिलो दिन)
कलकत्ते काली र अन्य मन्दिरहरूको दर्शनका लागि केही दिन अगाडिसम्म पनि २०१३ को फेब्रुअरीमा जाने भन्ने कुरो भएको थियो । सवैतिरबाट चाँजो पाँजो मिल्न गयो । २०६९ मार्ग २५ गते सोमवार जाने निश्चय गरी एकदिन अगाडिमात्र हवाईजहाजको टिकट लिएका थियौं । कलकत्ता (कोलकता) का लागि टिकट मूल्य ट्राभल एजेन्सी पिच्छे र समय अनुसार फरक फरक हुने । ज्ष्ििकष्मभ त्चबखभकि ७ त्यगचक, क्गलमजबचब, प्बतजmबलमग वाट इलेक्ट्रोनिक टिकट लिएका थियौं ।
प्ब्त्ज्ःब्ल्म्ग्( प्इीप्ब्त्ब् प्इीप्ब्त्ब्(प्ब्त्ज्ःब्ल्म्ग् म्ब्थ् ःइल् त्ज्ग् म्ब्त्भ् ज्ञण्म्भ्ऋज्ञद्द द्दण्म्भ्ऋज्ञद्द म्भ्ए प्ब्त्ज्ःब्ल्म्ग् प्इीप्ब्त्ब् त्क्ष्ःभ् ज्ञटण्छ ज्ञघछण् ँीक्ष्न्ज्त् ब्क्ष् द्दद्धड ब्क्ष् द्दद्धठ ऋीब्क्क् भ्ऋइल्इःथ् भ्ऋइल्इःथ् क्त्ब्त्ग्क् ऋइल्ँक्ष्च्ःभ्म् ऋइल्ँक्ष्च्ःभ्म् क्त्इए ल्इल् क्त्इए ल्इल् क्त्इए भ्त्तए ब्क्ष्च्द्यग्क् घज्ञढ ब्क्ष्च्द्यग्क् घज्ञढ ँीथ्क्ष्ल्न्त्क्ष्ःभ् ण्ज्ञज्च्द्दण्ःक्ष्ल् ण्ज्ञज्च्ज्ञण्ःक्ष्ल् क्भ्च्ख्क्ष्ऋभ्क् क्ल्ब्ऋप् ःभ्ब्ीक्
हामी कलकत्ते ‘काली’ र अन्य मन्दिरहरूको दर्शनकालागि आज कोलकता तिर लाग्दैछौं । जावलाखेल, कुसुन्तीबाट दाई श्रीधर ढुंगाना, भाउजू सत्यवती ढुंगाना र बानेश्वर, वत्तीसपुतलीबाट हामी माधव आचार्य र शान्ता आचार्य । उडान समय ४.०५ भएता पनि दुई घण्टा अगाडि विमानस्थलमा प्रवेश गरी सक्नु पर्ने । बाटो जाम भईरहने । लैजानु पर्ने सामान अघिल्लो दिन नै ठीकठाक पारेका थियौं । दिउँसो १.१५ बजे घरवाट हिड्यौं । वत्तीसपुतलीवाट विमानस्थलको दूरी थोरै भएतापनि हामी केही समय अगाडि नै हिंडेको । गौशाला चोक र विमानस्थल नजीक वाटो जाम भएकोले हामी २.०० वजेमात्र विमानस्थल पुग्यौं । पुगेको केही समय पछि दाई, भाउजू आईपुग्नु भयो । विमानस्थल भित्र प्रवेश गरी लगेका झोलाहरू जांच गराई, बोर्डिङ् पास लिई ३.३० वजे विश्राम कक्षमा गएर वसिसकेका थियौं ।
ढठ
४.१० मा हामी विश्राम कक्षवाट वस चढेर विमान भएका ठाउंमा पुग्यौं । ब्ष्च क्ष्लमष्ब को वस । हवाई जहाजमा उक्लने बेलामा लगेको ह्याण्डव्याग् चेक गराई विमानभित्र प्रवेश ग¥यौं । प्रवेश गर्ना साथ परिचारिकाले नमस्ते गर्दै भर्नको लागि एउटा फाराम दिइन् । आ–आप्mनो सिटमा गएर वस्यौं । फर्म भर्न थालियो । फर्म साधारण थियो । पछि विमानस्थलवाट ओर्लेर कोलकता विमानस्थलमा देखाउनु पर्ने फाराम । नाम, ठेगाना, स्थायी, कहांको नागरिक, जन्म मिति, पासपोर्ट नंवर वा नागरिकता नं, लिएको मिति, उडान नंवर, जानुपर्ने कहां आदि ।
विमान ४.३५ मा गुड्न सुरु भयो । विमानस्थलमा घुमाएर भूई छोड्दा ४.४२ भएको थियो । वेलुकाको समय घाम लागिरहेको थियो । विमानले उचाई लियो । ७४०० मिटरको उचाईमा ५९९ कि.मि प्रति घण्टाको रप्mतारले दौडियो । भ्mयालबाट लहरै सेतै हिमालका टाकुराहरू पर्खाल वनेर वसेका देखियो । विमानमा वेला वेलामा जानकारी गराईरहेको थियो । विमान अहिले ७४०० मिटरको उचाई प्रतिघण्टा ५९९ कि.मि. ले उडिरहेकोछ । वाहिरको तापक्रम माइनस् २९ डिग्री सिएलसिएस छ । विमान पुगेको ठाउं । पार गर्नु पर्ने काठमाण्डौं – कोलकता ६०० कि.मि । केही समय पछि विमानले अझ उँचाई लियो । उँचाई १०१०० सम्म पुग्यो । प्रतिघण्टा ८८३ कि.मि प्रतिघण्टाको रप्mतारसम्म । वाहिरको तापक्रम माइनस ४४ डिग्री सिएलसिएस् । वेला वेलामा विमानको वारेमा जानकारी गराइरहेको थियो ।
विमान परिचारिकाले स्नाक्स लेराइन् । २–आलुचप, २–जाम पाउरोटी, तरकारी, १– लड्डु, बोतलमा पानी । ‘स्नाक्स’ खाएर भ्mयालवाट वाहिर हेरिरहेका थियौं । वाहिर केही पनि देखिएन । जहाज दक्षिणतिर उडिरहेको थियो । जव पश्चिम वंगालको राजधानी कलकत्ता हाल ‘कोलकता’ विमानस्थल पुग्ने बेलामा जहाज उत्तरतिर फर्केको थियो । जहाजले उचाई कम ग¥यो । जहाज तल झर्दै गयो । वेलुका अँंध्यारो थियो । विमानस्थलमा वत्तीवलिरहेको । ठाउं ठाउंमा जहाज रोकी राखिएका । ५.४५ वजे हामी ओर्लियौं । हालको नेताजी सुवासचन्द्र वोश अन्तर्राष्ट्रिय विमानस्थल पहिलेको डमडम विमानस्थलमा । यतिवेला वाहिरको तापक्रम २८ डिग्री थियो । वसमा चढेर विमानस्थलतिर लाग्यौं । पहिले भर्न दिएको फाराम, वोर्डिङ्गपास, नागरिकतालिएर हामी विमानस्थलको काउण्टरमा लामवद्ध भएर वस्यौं । पालैपालो एक पछि अर्को गर्दै अगाडि वढियो । पालो नआई पहँेंलो लाईन् काट्न नपाइने । काउण्टरको काम सकेर हामी व्याग्हरू लिन गयौं । ट्रलीमा व्यागहरू घुमिरहेका थिए । आप्mनोे चिनेर झिक्यौं । विमानस्थलमा प्रिपेड ट्याक्सीको व्यवस्था रहेछ । कहाँ सम्म जानु पर्ने सोही अनुसार रकम भुक्तानी गरेपछि ट्याक्सीले लैजाने रहेछ । वेलुका ७ वजे हामी विमानस्थलवाट जानुपर्ने ठाउं निमतला – ६, कोलकतास्थित जीवन कुमार थापाको घरतिर लाग्यौं । ट्याक्सीवाट । ८ वजे पुग्यौं घर । जीवनकुमार थापा, श्रीमती अम्वीका थापा, छोरीहरू ममता र पिङ्की । छोरी ममताको विवाह भै सकेको । श्रीमान, श्रीमती एक छोरीको सानो परिवार ।
ढड
व्यागहरू राखी केहीवेर आराम गरेपछि हामी लाग्यौ,ं जीवन दाई संगै निमतलास्थित भूतनाथ धाम । हुग्ली नदीको किनारमा ‘भूतनाथ धाम’ । संगै घाट मानिसहरूको दाह सँंस्कार गरिरहेको । हाम्रो पशुपतिनाथमा जस्तै । लामो लाईन् । लाइन्मा वसेर भूतनाथको दर्शन गरियो । ‘शिवलिंंग’ , शिवलिंगलाई पञ्चमुख भएको चाँंदीको नागले वेरिएको मन्दिर । मन्दिरको भित्तामा १२ ज्योतिर्लिङ्गको नाम र तस्वीरहरू राखेको ।
दर्शन पछि हामी मन्दिर नजीकैको हुग्लीनदीको किनारमा गएर वस्यौं, ठूलो नदी । नदीमा ठूला ठूला जहाजहरू मानिसहरूलाई वारपार गर्न÷गराउन दौडिरहेका । कोलकता शहर हुग्ली नदीको किनारमा । अचम्मको नदी कहिले कता वगिरहेको हुन्छ, कहिले कता । समुन्द्री किनारको वेलुकाको मनोरम दृश्य हेरेर हामी लाग्यौं ९.३० वजे आफु वसेको घरतिर । भाउजू अम्विकाले बनाएको साग–पराठा र तरकारी खूवै मीठो थियो । मुखमै झुण्डिइने । खायौं र सुत्यौं ।
२०६९ मार्ग २६ गते मंगलवार÷ २०१२ डिसेम्वर ११ (दोस्रो दिन)
विहान सवेरै उठियो । नुवाई धुवाई चियामात्र खाएर हामी लाग्यौं । कालीघाटतिर कलकत्तेकालीको दर्शनकालागि । निमतलावाट ट्याक्सी लिइयो । ट्याक्सीमा अगाडि १ जना पछाडि ३ जनागरी केवल ४ जनामात्र चढ्न पाइने । वढी चढेमा जरिवाना गर्ने कडा नियम । पहेंला रंगका ट्याक्सी । हामी चार जना मात्र थियौं । ट्याक्सीवाट झण्डै एक घण्टाको वाटो । ८.३० वजे कालीमन्दिर पुग्नु अगाडि नै ट्याक्सी रोकियो । ट्याक्सीमा भारु १८०।– लाग्यो । ट्याक्सीवाट ओर्लनासाथ पण्डाहरूले घेर्न थाले । हामी पूजागराइ दिन्छौं भन्दै । पण्डाहरूको हूल ठाउँं ठाउँंमा देखिन्थ्यो । ती पण्डाहरूलाई छल्दै पुगियो, कालीमाताको मन्दिर अगाडि मन्दिरको छाना देखियो । सामान वेच्ने पसलेहरूले जुत्ता राख्न र सामान किन्न कराउंदै थिए । दाजु– भाउजूले सधैं पूजाको सामान किन्ने ठाउं । वूढा मान्छेको पसल रहेछ । जुत्ता, चप्पल राख्ने । आपूmलाई कति जनाको नाममा पूजा गर्ने र कतिको पूजा गर्ने भने पछि वुढि आमाले पातमा रकम अनुसार पेडा र टिकाको व्यवस्था गरिदिदीरहिछिन् । भने अनुसार नै छुट्टाछुट्टै भागको व्यवस्था गरिन् । कालीमातालाई चढाउने फलामको चूरी, चुरा, सिन्दूर, फोटो र चुनरी । कालीमातालाई छुवाएर प्रसादको रुपमा लेराउने गरिंदोरहेछ । संगैको पसलवाट फोटो, चुरी, चुरा, सिन्दूर, चुनरी आदि सामान र पूजाको सामान किनी दाई–भाउजूले कालीकोलागि भनेर घरवाटै गांसेर लगेको ठूला ठूला सयपत्रिको माला सहित मन्दिर भित्र पस्यौं । भारु ५०।– दियो भने लामो लाइन्मा वस्न नपर्ने रहेछ । हामी लाइनमा वस्न जांदा पण्डाले ‘आपलोग भीआईपी रस्ता से आइए’ भन्दै थिए । माताको दर्शन गर्न पनि किन चोर वाटोवाट जाने । एक छिन लाइनमा वसेर के भयो त ? हामी लाइन्मा गएर वस्यौं । लाइन् लामो थिएन । भारतमा दिउसो भरी गर्मीका कारण । वेलुका मात्र मानिसहरू बजारमा किनमेल गर्ने । मन्दिरमा जाने गर्दा रहेछन् । राती अवेर सुत्ने भएकोले विहान पनि ढीला उठ्ने भएकोले विहानपख मन्दिरमा त्यति
ढढ
भिड हुनेरहेनछ । लाईन्मा बस्दै केही वेर पछि मन्दिर भित्र पसियो । गू्रप–गू्रपलाई पण्डाहरूले लेराउने । भित्र पसेपछि कालीकामन्त्रहरू भन्न लगाउने । वीचमा कालीमाताको मूर्ति । लाइनवाट वरिपरि घुम्दै मूर्ति भएको ठाउंमा पुगिने । पालो आएपछि नजीक पुगियो । पूmलैपूmलले ढाकिएको कालीमाता । केवल मुख मात्र देखिएको । मातालाई पण्डाहरूले छेकेर वसेका । छुन पनि नदिने । पूजाको भांडो उनीहरूलाई दिनु पर्ने । नाम सोध्ने र उनीहरूले नै पूजा गरीदिने । मातालाई छुन खोजेमा ठूलो ठूलो स्वरले कराउने । माताको अगाडि एकछिन पनि वस्न नदिने । दाइले लगेको माला मातालाई पण्डाले नै लगाईदिए । हामीलाई लगाउन दिएनन् । उनीहरूको आंखा छलेर माताको पाउमा छुनु पर्ने । भित्र धूपवत्ती केही पनि वाल्न नदिने । वाहिर निस्केपछि सामुन्ने एउटा सत्तल रहेछ त्यहंीं धूप वत्ती वाल्नु पर्ने । नजीकै शिवलिंग रहेछ । शिवजीलाई जल चढाई अगि वढ्यौं । माताको मन्दिरसंगै एउटा सिउंडीको रुख । त्यसको फेदमा धागो वांधी पूजा गर्ने गरेको । वरिपरि मन्दिर वनाएको । छानामा सिउंडीको हाँंगै हाँगा फैलिएका । लाग्छ, यो धेरै वर्ष पुरानो रुख हुनुपर्छ ।
हामीले दर्शन गरी सकेपछि यात्रुहरूको उपस्थिति वाक्लिंदै गयो । कालीमाताको मन्दिर भित्र फोटो खिंच्न मनाई थियो । त्यसैले फोटो खिच्नतिर ध्यानै गएन । फर्कने क्रममा माग्नेहरू पछि लाग्न थाले । एउटालाई दियो अर्को आउने । माग्नेहरू सामानहरू खरिद गर्ने पसल पसलमा बसेर हेरिरहने । एउटालाई दिएको देखेपछि छोड्दै नछोड्ने । जति भने पनि नमान्ने पछि पछि लागिरहने ।
नजीकको होटलमा गएर पुरी–तरकारी खायौं । त्यतिवेला ९.३० वजेको थियो । त्यसपछि हामी दक्षिणेश्वर कालीको दर्शनकालागि अघि वढ्यौं । ५–७ मिनेटको पैदल यात्रापछि आयो, मेट्रो ट्रेन स्टेशन । सडकवाट तल झण्डै २०–२५ फिट तल गएपछि टिकट काउण्टर । आफुजाने ठाउंँ वताए पछि टिकटको सट्टामा एउटा प्लाष्टीकको पैसाको आकार भएको सिक्का दिने । त्यो सिक्का यात्रा गर्ने सवैले एक एक वटा लिने । छेकवार लगाएको ठाउंवाट प्रवेश गर्नु पर्ने । छेकवार लगाएको एउटा निश्चित ठाउंमा सिक्का छ्वाएपछि छेकवार आफैं खुल्छ र त्यहांवाट फेरि २०–२५ फिट तल गएपछि रेल स्टेशन आउंछ । दुइवटा रेलकालागि लिक् हुन्छन् । एउटा दायां र अर्को वायांँतिरकालागि ।
मेट्रो ट्रेन ः
मुख्य सडकको मुनिवाट ‘मेट्रो ट्रेन’ दौडिरहेका हुन्छन् , भने सडकमा माथि गाडीहरू चलिरहेका हुन्छन् । सडकमा ठाउं ठाउंमा प्रवेशद्वार हुन्छ । त्यहांवाट सिधै तल झरे पछि टिकट काउण्टर हुन्छ । आफु जाने स्टेशन वताए पछि प्रत्येक मानिसकालागि छुट्टा छुट्टै सिलेवरका सिक्का दिन्छ । त्यसलाई छेकवारमा एउटा निश्चित ठाउंमा सिक्का छ्वाए पछि छेकवार खुल्छ । अगाडि वढेर पुनः तल झरे पछि रेल चढ्ने ठाउं आइपुग्छ । जहां ओर्लने र चढ्ने हुन्छ । माथि सडकमा जाने वाटो वाहेक केही हुंदैन रेल सुरुङ्गभित्र मात्र दौडिन्छ । ९–१० डिव्वा भएका रेल । डिव्वाको
ज्ञण्ण्
दायाँं र वांयाँ वस्ने व्यवस्था वीचमा उभिनकालागि । महिलाहरूकालागि छुट्टै व्यवस्था । ठाउं ठाउंमा स्टेशन आए पछि यो स्टेशन आयो भनेर जानकारी गराइने । आप्mनो स्टेशन आउनु भन्दा पहिले नै ढोकाको नजीक आएर वस्नु पर्छ । ढोका आप्mै खुल्छ । ढोका खुल्नासाथ ओर्लन÷चढ्नु पर्छ । धेरै वेर रोकिदैन । रेलवाट ओर्लिए पछि भ¥यांङ चढेर माथि आयो । छेकवारवाट पार गर्नकोलागि पहिले दिएको प्लाष्टिकको सिक्का खसाल्नु पर्छ । छेकवार आपैmं हट्छ । त्यो पार गरेपछि पुनः भ¥याङ्गचढेर माथि आउनु पर्छ । सडकमा आइ पुगिन्छ ।
ट्र«««ाम ः
माथिवाट ट्र«««लीमा झैं तारवाट र तल रेलको लिक जस्तैमा चल्ने ट्र«««ामहरू कोलकताको मुख्य सडकहरूमा देखिन्छन् । यसमा दुई वटा डिव्वाहरू हुन्छन् । यी ट्र«««ामहरु विस्तारै चलेका हुन्छन् ।
मेट्रो ट्रेनमा श्यामवजार स्टेशनसम्मकोलागि टिकट काटी सिलेवरको सिक्का देखाउंदै स्टेशनमा पुगियो र रेलमा चढियो । कोही वस्ने कोही उभिने गर्दै एक स्टेशन पछि अर्को स्टेशन हुंदै श्याम वजार स्टेशन आएपछि ओर्लिइ भ¥यांङगवाट माथि आई पुनः फर्कदाको छेकवारमा सिक्का खसाली त्यहांँवाट सडकमा पुगियो ।
श्यामवजारवाट ३ नंको वस दक्षिणेश्वर जांदो रहेछ । वस चढियो, श्यामवजारवाट दक्षिणेश्वरसम्मको भाडा भारु ७।– लामो यात्रामा पनि भाडा धेरै सस्तो ।
वस यात्रा ः
वसमा उक्लनासाथ एकापट्टि अपाङगहरूकालागि भने अर्कोतिर जेष्ठनागरिकहरूकालागि सिटको व्यवस्था । हुनत, काठमाण्डौंका यातायातका साधन वस, टेम्पोहरूमा पनि अशक्तहरूकालागि, महिलाकालागि भनेर सिटको माथि लेखिएका हुन्छन् । महिलाकोलागि भनेको सिटमा पुरुषहरू वसिरहेका हुन्छन् । कोलकतामा भने त्यसो भएको पाइएन । वरु, ती सिटहरू खालिनै हुन्छन्, अरु मानिस वस्दैनन् । कण्डक्टरले विभिन्न दरका नोटहरू हातका औंलाले च्यापेका हुन्छन् । छालाका व्यागमा विभिन्न दरका सिक्काहरू राखेका । चढ्नासाथ टिकट काटि दिने । मानिसहरू वस चढ्नासाथ वसको पछाडि गएर वस्ने । यहां जस्तो ढोकामानै नवसिदिने । आप्mनो ओर्लने ठाउ ंआउनुभन्दा पहिले नै ढोकामा गएर उभिने । वस रोकेपछि खुत्रुक्क ओर्लने । वस ट्राफिक जाम भए मात्र नत्र धेरै वेर नरोकिने । वस स्टप वाहेक जहां पायो त्यही नरोकिने । वसमा यात्रा गर्दा धेरै राम्रो व्यवस्था । भाडा पनि धेरै सस्तो ।
ज्ञण्ज्ञ
श्यामवजारवाट दक्षिणेश्वरसम्मको भाडा भारु ७।– मात्र । वाटोपार गदै २–३ मिनेट पैदलै हिड्यौं । दक्षिणेश्वर मन्दिरको ठूलो प्राङगण । सवै सामान, जुत्ता, चप्पलराखी पूmल प्रसाद लिएर कालीको दर्शनकालागि लाइन वस्न गयौं । पशुपतिनाथको मन्दिर जस्तै चारैतिर ढोका भएको मन्दिर । मन्दिरको चारै ढोकाकोलागि छुट्टा छुट्टै लाइन । दाई, भाउजूले घरैवाट गांसेर ल्याएको सयपत्री पूmलको मालासहित हामी लाइनमा वस्यौं । १२ वजेको थियो । केहीवेर लाइनमा वसेपछि मन्दिर भित्र पसियो । वीचमा कालीमाताको मूर्ति । दर्शन टाढैवाट गर्नुपर्ने । दर्शन गरेपछि पण्डाले पूmल प्रसाद हातमा दिए । वाहिर आएर टाढैवाट मातालाई धूपवत्ती गरियो ।
दक्षिणेश्वरको वीचमा ठूलो मन्दिर । दायाँं वायाँं अरु मन्दिर । ठूलो कम्पाउण्ड । हुग्लीनदीको किनारमा मन्दिर । हुग्ली नदी जसलाई गंगाजी पनि भनिंदो रहेछ । गंगाजीको किनारमा लहरै वाह्रवटा छुट्टा–छुट्टै एकैनासको मन्दिर । मन्दिर भित्र शिवजीको ज्योतिर्लिङ्ग । हामी दर्शन गरेर तल तिर ओर्लन लाग्दा एक अधवैंशे, सेतो कालो लुगा लगाएकी, दुव्ली, पातली महिला पहिला कतै देखिएको पनि होइन एकैचोटि आएर दाईलाई अंकमाल गरिन्, त्यसपछि भाउजूलाई र हामीलाई पालै–पालो अंकमाल गरिन । त्यसपछि अरुलाई अंकमाल गरेको पनि होइन । अंकमाल गरेपछि एकातिर कुनामा गएर मायालाग्दो गरी रुन लागिन् । पैसा दिंदा पनि लिएको होइन । वलजप्mती पैसा हातमा राख्नुपर्ने । कस्तो अनौठो दृश्य ।
त्यसपछि गंगाजीको किनारमागै जल सेचनगरी किनारमा रहेको छुट्टा–छुट्टै ज्योतिर्लिङ्गको दर्शन गरी कालीमाताको त्यो भव्य मन्दिर, ठूलो कम्पाउण्डमा एकनासले हेरिरहेका थियौं । अगाडिको मन्दिरमा ठूलो ठूलो आवाजगरी भजन गाईरहेको सुनियो के रहेछ भनेर हेर्न जांदा राधाकृष्णजीको मन्दिर रहेछ । मन्दिरमा आरती गरी रहेकोे । दर्शनगरी जल प्रसाद खाई आइयो । हामीले दर्शन गरिसकको केही समय पछि कालीमाता, राधाकृष्ण, ज्योतिर्लिङ्गसवै मन्दिरहरूको ढोका वन्द भयो । यस वेला १ वजेको थियो । १ वजे सवै मन्दिरहरू वन्द भै पुनः वेलुका ४ वजे खुल्ने रहेछ ।
ज्ञण्द्द
हामी मन्दिरवाट वाहिर निस्कियौं । गंगाजीको किनारमा चिया खांदै समुद्र किनारको त्यो मनोरम दृश्य हेर्दै धेरैवेर वसिरह्यौं ।
दक्षिणेश्वरबाट वस चढी हात्तीवगान ओर्लियौं । वस भाडा भारु ८।– मात्र । त्यसपछि अटो चढेर जोडावगानमा ओर्लियौं । त्यहांवाट पैदलै वजार हेर्दै निमतला पुग्यौं । आजको दिनमा त्यति घाम लागेको थिएन । आकाशमा कालो वादल मडारिरहेको थियो । तैपनि, दक्षिणेश्वरमा केही गर्मी महशुस भयो ।
आजको दिन धेरै हिडियो कहिले ट्याक्सी, कहिले मेट्रो, कहिले वस, कहिले अटो÷कहिले पैदलै पनि । थाकेको हुनाले खाना खाई सुतियो । २०६९ मार्ग २७ गते वुधवार ÷ २०१२ डिसेम्वर १२ (तेस्रोे दिन)
रातभर गड्याङ्गगुडुङ्गगरी पानी परिरह्यो । पानी परेपछि चिसो महशुस भयो । ७.३० वजे निमतलामा रहेको घाटतिर लाग्यौं । घाटमा वसेर हुग्लीनदीको मनोरम दृश्यहरू हेरिरह्यौं । कोलकतामा जता गए पनि ‘हुग्ली’नदी देखिने । ठूला ठूला पानी जहाजमा मानिसहरू यताउता गरिरहेका । सामुन्ने रहेको ‘हौडापुल’ । हौडापुलको दायां वायां मानिसहरूको हुल । वीचमा दोहोरो मोटरवाटो जाने तीनलेनको । आउने तीनलेनको मोटरवाटो । दायां दुइ खम्वा र वांया दुइ खम्वाको सपोर्ट । वीचमा कुनै सपोर्ट छैन ।
घाटवाट भूतनाथधामतिर लागियो । पहिलो दिन वेलुका भूतनाथधामको दर्शन गर्दा धेरै मानिसको भिड । आजको दिन खाली राम्रोसंग दर्शन गरियो । पानी अलिअलि पर्न थाल्यो । हामी लाग्यौ, निमतला आफुवसेको घरतिर । खाना खायौं । पानी परि रहेको थियो । वल्ल १.३० वजेतिर घाम लाग्यो । पानी पर्न छोड्यो । बजार हेर्न लाग्यौं वसवाट धरमतलातिर ।
कोलकताको वजार ः कोलकतामा जता गए पनि । जहिले गए पनि । मानिसको भिडभाड । ठूलाठूला ८–१० तल्लाका घर । तीघरहरूमा ठूला ठूला ९क्गउभच ःबचपभत० सडकका पेटीमा भने खुद्रा पसलहरू (छाप्रा पसलहरू) । पेटिभरि साना पसल । कतै सामान वेचिरहेका । कतै चिया पकाईरहेका । कतै फुटपाथेहरूले पाल टांगेर सुतिरहेका । मानिसहरू पेटीवाट हिड्ने ठाउं नभएकोले मुख्य सडकवाट हिडिरहेका । गाडीको त्यतिकै लाइन् । विग वजार जस्ता ठूला ठूला पसल पनि सानासाना फुटपाथ पसल संगै । ‘चांदनी चोक’ भरी चाइनिज् सामान पाइने ।
ज्ञण्घ
कोलकता शहर अचम्मको शहर अरव पति देखि सडकपतिसम्म अटाएको शहर । सडकमैं जन्मने । सडकमंै वाच्ने र सडकमै मर्ने मानिस कति कति । सडकमा ठाउं ठाउंमा कतै चिया, कतै नास्ता र कतै खाना निशुल्क खुवाइरहेको । सडकका पेटी पेटीमा पाल हालेर सुत्नेको संख्या पनि धेरै । मानिसहरूको हातले तानेका रिक्सा । वडा वजार, निमतला, भूतनाथधाम छेउछाउमा । बिचमा रेलको लिग । रेल वेलावेलामा दौडिने । दायां वांया पाल हालेर वनाएका छाप्रा । ती छाप्राहरूमा साना साना वच्चाहरू यताउति दौडिरहने । यो देख्दा कता कता च्वास्स विभ्mन जान्छ ।
गंगा सागर ः
गंगा उत्तराखण्डको गंगोत्रीवाट शुरु भएर कोलकता स्थित वंगालको खाडीमा गएर अन्त हुन्छ । अमृतमयी गंगा वंगालको खाडिमा गएर जहां समुद्र संग मिल्छिन् त्यसलाई नै ‘गंगा सागर’ भनिन्छ । पश्चिम वंगालको चौवीस परगना जिल्लाको दक्षिणी भाग स्थित यो यात्रा पहिला – पहिला ज्यादै कष्टप्रद थियो । त्यसैले मानिसहरु भन्थे “और तीर्थ बार–बार गंगासागर एक बार” “अरु तीर्थ पटक–पटक गंगा सागर एक पटक” तर पहिलेको भन्दा अहिले यातायातको सुविधा भै सक्यो । त्यो पहिलेको कहावत अहिले उपयुक्त नहोला । गंगा सागर जान हावडावाट डायमण्ड हारवर काकद्वीप भएर सडकमार्गवाट लगभग ४ घण्टामा नामखाना पुगिन्छ । जहांवाट डुंगामा २ घण्टामा गंगासागरको चैमागुडीमा पुगिन्छ । मेलास्थल चैमागुडीवाट पक्किमार्ग भएर ८ कि.मि र कच्चि मार्ग भएर ६ कि.मि टाढा छ । मेलाको समयमा पैदलनै जानु पर्छ । मकर संक्रान्तिका दिन गंगासागरमा देशभरवाट यात्री आउँछन् । सूर्योदयको समय भक्तजन गंगासागरमा स्नान गर्दछन् र जौ, तिल, तुलसी पत्र सहित पुर्वजको आत्माको शान्तिको लागि तर्पण दिई प्रार्थना गर्दछन् । यहां कपिल बाबाको मन्दिर छ । भक्तजन “कपिल बाबाको जय, गंगामैयाको जय भनेर पूजा गर्छन् ।
केही सामान खरिद गरी वसवाट घर फर्कियौं । वेलुका नास्ता गरी सुत्यौं ।
२०६९ मार्ग २८ गते विहीवार÷ २०१२ डिसेम्वर १३ (चौथो दिन)
आज विहान नास्ता ग¥यौं । ११ वजे तिर खाना खाई निमतला वाट हामी बजारतिर लाग्यौं । हिजो धरमतला तिरका वजारमा गएका थियौं । ठूला ठूला वजार जति घुमेपनि नसकिने । छोटा दिन पूरै वजार नघुमी हामी फर्केका थियौं । त्यसैले, आज फेरि त्यतै गयौं । यतावाट उता घुम्दा घुम्दै वस चढेर घर आयौं । यताउता घुम्दा घुम्दा थाकिने । थाकेकोले नास्ता गरी सुत्यौं ।
२०६९ मार्ग २९ गते शुक्रवार ÷ २०१२ डिसेम्वर १४ (पांचौं दिन)
ज्ञण्द्ध
विहान निमतलामा रहेको वडा महादेवको दर्शनकालागि गयौं । ठूलो महादेवको शिवलिंग । कालो, चिल्लो । ठूलो भएकोले भ¥याङ्गचढेर शिवलिंगमा पानी चढाउनु पर्ने ।
दिउँसो खाना खाई निमतला नजीकै पैदलै पुगिने वजार ‘कलाकार वजार’, ‘वडा वजार’ घुमी केही सामान खरिद गरी ४ वजे घरतिर फर्केको । आज वेलुकाको रेलवाट जगन्नाथ पुरी लाग्नुपर्ने । ८ वजे नास्ता गरी ९ वजे हौडाको वस चढी हौडा स्टेशनतिर लाग्यौं । वसवाट हौडाको पुल हुंदै जांदा देखियो । दायां–वायां मानिसहरू हिड्ने ठूलो पेटी । जाने ३ लेनको मोटरवाटो । आउने ३ लेनको मोटरवाटो । वीचमा कतै सपोर्ट नदिई केवल दायां वांया २–२ खम्वाको सपोर्ट मात्र ।
कोलकता पुगेपछि जगन्नाथपुरी जाने इच्छा सवैको । रेल रिजर्भेशनकोलागि ३ महीना अगाडि गर्नु पर्ने । ीयअब ित्चबष्ल र वसवाट लामो यात्रा गर्न भाउजूलाई गाह्रो हुने ( गत वर्ष मोटरसाइकलले ठक्कर दिएर लामो विरामी पछि वल्लवल्ल हिड्न थालेको ) त्यसो भए ट्याक्सीवाट जानेकि ? भनेर वुभ्mदा घेरै खर्च लाग्ने । भारु ३३०००।– ।
के गर्ने कसो गर्ने यही रनभुल्लमा परिरहेको वेलामा जीवन दाईको साथी प्रभु हुनु हुंदोरहेछ, रेल्वे काउण्टरमा । अन्तिम समयमा रिजर्भेशनका केही टिकट विक्री गरिंदोरहेछ । त्यसै समयमा उहांले टिकट मिलाइदिनु भयो । ३ महीना अगाडि लिनुपर्ने टिकट २ दिन अगाडि लिईदिनु भयो । जीवन दाईले गर्नु भएको यो सहयोग सधैं ताजा रहि रहन्छ । कहिल्यै पनि विर्सिदैन ।
‘हौडा’ स्टेशन ठूलो स्टेशन १० वजे स्टेशन पुगियो । एकछिन स्टेशनमा वसेपछि २२ नंवर को प्लेटफर्मवाट रेल लाग्छ भन्ने जानकारी प्राप्त भएपछि त्यहीं गएर वस्यौं । एकै छिनमा रेल आइपुग्यो । धेरै कुर्नु परेन । रातको १०.४५ वजे रेल ‘पुरी’को लागि प्रस्थान भयो । कोलकता देखि पुरी सम्म सडक वाटो । ६७० कि.मि । ९ घण्टा २० मिनेट लाग्ने । रेलवाटो हौडा देखि पुरी सम्म । ४०२ कि.मि. ।
यसै रेलमा कहीं नदेखेका अनौठो दृश्यहरू देखियो । रेलमा चढेपछि ‘हिजडा’हरू सिंगार पटार गरेर केटाहरूको नजीक दुई हात (प्याट् प्याट्) वजाउंदै पैसा माग्दै हिंड्ने गर्दा रहेछन् ।
पुरीकालागि हामी ५ जना हिंडेका थियौं । दाइ, भाउजू, जीवन दाई र हामी २ जना । समय पनि भैसकेको थियो । हामी रेलमा सुत्यौं ।
ज्ञण्छ
२०६९ मार्ग ३० गते शनिवार÷ २०१२ डिसेम्वर १५ (छैठौं दिन)
रातभर रेलमा सुतियो । विहान भएपछि रेलका सिटहरू फोल्डिङ्गगरी सवैजना एकै ठाउंमा वसी भ्mयालवाट वाहिरका दृश्यहरू हेर्दै अधि वढियो । ओडिसाको भुवनेश्वरदेखि वाहिर कुहिरो लागेको । कुहिरो लागेकाले रेलको गति पनि कम थियो । विहानको ९.४५ मा पुरीजक्सनमा ओर्लियो । ओडिसामा ट्राफिक त्यति कडा रहेनछ । अटोमा जति पनि मानिस वस्ने । हामीले ठूलो अटो लियौं । ५ जना सजिलैसित वस्न पुग्ने । अटो चढी समुद्रको किनारतिर लाग्यौं । अटोमा मात्र भारु ६०।– मात्र दियौं । केही होटल हे¥यौं । होटल ग्राण्ड, सि वीच पुरी राम्रो लाग्यो । सामान सवै त्यहीं राखी नुवाई–धुवाई पुरीतिर लाग्यांै । समुद्री किनारवाट विस्तारै हिंड्दै जांदा २०–२५ मिनेट लाग्दो रहेछ । त्यही रेलमा खाएको चिया हो, त्यसपछि केही खाएको थिएन । चिया खायौं । समुद्रको किनारवाट जांदा त साना–साना पसल, सानो वाटो थियो । ‘पुरी’पुग्दा त अर्कोतिरवाट आउने ठूलो वाटो । दांयाँं–वायांँ ठूला ठूला घरहरू रहेछन् । ठूलो मन्दिर । पुरीको मन्दिर भित्र जुत्ता, चप्पल, मोवाइल, क्यामरा, व्याग केही पनि लैजान नदिने सवै सामान वाहिर राखेर हामी मन्दिरभित्र गयौं । पण्डाहरू दर्शन गराइ दिन्छु भनेर पछि लागेका थिए । हामीले पर्दैन पर्दैन भन्दा भन्दै पनि एक जना वूढा पण्डा हाम्रो पछि लागे र हामीलाई पुरीमन्दिरको प्रसाद लिने ठाउंमा लगे । टिकट काटेर प्रसाद लिनु पर्ने । भारु २११।– भन्दा कमको प्रसाद पाइंदो रहेनछ । प्रसाद किनी हामी मन्दिरतिर लाग्यौं । तुलसी पत्रका माला वेच्न राखेका । माला खरिद गरी ती वूढा पण्डासंगै हामी मन्दिरमा गयौं । मन्दिर पुग्नु भन्दा परै मानिसहरूलाई रोकेर राखेको रहेछ । केहीवेर पछि मानिसहरूलाई छोडिदिए । घुइंचो घच्चामच्चा÷पेलापेल हुंदै मानिसले पेल्दै मन्दिर भित्र पसियो । मन्दिर भित्र पस्दा ढोका भित्र छिर्दा पण्डाले लठ्ठीले सवैको टाउकोमा ट्वाक्क ट्वाक्क हिर्काउने । वीचमा प्रहरीहरूले वाटो सांगुरो पारेर वसेका तीर्थयात्रुहरू सकी नसकी छिर्नु पर्ने । भित्र पसेपछि भगवान्का ठूला ठूला ३ वटा मूर्ति वलभद्र, सुभद्रा र जगन्नाथजीको । नजीकै पुग्दा मूर्तिका अगाडि पण्डाहरू हातहात मिलाएर वसेका । कसैको हातमा पैसा नदेखेमा भगवान्को पाउमा छुन पनि नदिने । हातमा पैसा लिएर गएको देखेपछि मूर्ति पाउमा छुन दिने । मैले टोपी लगाएर गएको थिए । एक पण्डाले भने ‘नेपालके महाराज भी टोपी फुकालकर दर्शन करतेथे, तुम भी टोपी फुकालकर दर्शन करो ।’ मैले आप्mनो टोपी फुकालेर भगवान्को पाउमा दर्शन गरें । यसरी छिर्दा देखि घचेट्दै घचेट्दै वाहिरसम्म आई पुगियो । वाहिर आए पछि लक्ष्मीजीको मन्दिर रहेछ । लक्ष्मीजीको मन्दिर वाहिर पण्डाहरू वांसले वाटो छेकेर वसेका । मन्दिर भित्र जानकोलागि भारु २०।– चढाउनु पर्ने वा लक्ष्मीलाई चढाउन सौभाग्यको सामान चुरा भारु २०।– तिरेर लिनु पर्ने । चुरा लिएर भित्र
ज्ञण्ट
गएपछि लक्ष्मीलाई त्यो चुरा चढाउन भारु १०१।– नदिई चढाउन नपाइने । पैसाको कस्तो व्यापार अपार ! पुरीको त्यो भव्य मन्दिर । मन्दिर वरिपरि अन्य प्रशस्त मन्दिर ।
नेपाली टोपी ः
आप्mनो कपाल त्यति वाक्लो नभएकाले जहां जांदा, जहिले पनि टोपी लगाएरै हिंडियो । कोलकता, उडीसा जहां गए पनि कसैले आपूmले लगाए जस्तो टोपी लगाएको देखिएन । कसै कसैले जाडोको वेलामा लगाउने उनीको टोपी लगाएको देखियो । वाटोमा हिड्दा पनि मानिसहरुले टोपीमा हेर्ने । पुरीका पण्डा हुन् वा बाटो हिड्ने वटुवा । टोपी लगाएको देखे पछि यो नेपाली हो भनेर चिन्ने । नेपालीलाई चिन्ने आधार नै टोपी रहेछ भन्ने आपूmलाई लाग्यो ।
जगन्नाथ धामपुरीको परिचय ः महत्व ः
सम्पूर्ण भारतमा चार प्रमुख धाम छन् । १) बद्रीनाथ २) रामनाथ (रामेश्वर) ३) द्वारकानाथ र ४) जगन्नाथधाम–पुरी । भारतको चार सीमानामा उत्तरमा वद्रीनाथधाम, दक्षिणमा रामनाथधाम, पश्चिममा द्वारकानाथधाम र पूर्वमा जगन्नाथधाम अथवा नीलाद्रीधाम अवस्थित छन् । यीधामहरूमा जगन्नाथधाम सवैभन्दा श्रेष्ठ र पवित्रधाम मानिन्छ । हिन्दूधर्ममा वद्रीनारायाण, द्वारका र रामेश्वरको दर्शन पछि श्रीक्षेत्र वा जगन्नाथधाम पुरीको दर्शन गर्नु पर्दछ । भनिन्छ महाप्रभु जगन्नाथ पुरीको छोडेर वांकी तीनधाममा स्नान, श्रृंगार र शयन आदि गर्नु हुन्छ भने श्री क्षेत्रमा भोजन ग्रहण गर्नु हुन्छ । महाप्रभुको अन्न व्यंजन भोग (प्रसाद) लाई ‘महाप्रसाद’ भनिन्छ । यो पनि भनिन्छ कि विष्णु भगवान् यी चारधाममा कुनै पनि युगमा कुनै ठाउंमा पूजिन्छन् । सत्ययुगमा नारायणको रूपमा वद्रीनाथधाममा, द्वापरयुगमा श्रीकृष्णको रूपमा द्वारकाधाममा, त्रेतायुगमा रामचन्द्रको रूपमा रामनाथ(रामेश्वर) धाममा र कलियुगमा दारुव्रम्हको रुपमा पुरीमा पूजित हुन्छन् । पुराणमा पनि पुरीको वारेमा वर्णन गरिएकोछ ।
एकता, समता र प्रेमको संमिश्रण देख्न पाइन्छ यहीं । यो अन्य कुनै तीर्थमा देख्न पाइन्न । जगन्नाथ पुरीको पुरानो नाम ‘पुरुषोतम क्षेत्र’ हा,े जुन नीलगिरि पर्वतमा छ । सृष्टिको आरम्भमा ब्रम्हाको विष्णु भगवान््ले यस पर्वतमा दर्शन दिएर भन्नु भयो हे ! चतुरानन । समुद्रको उत्तर र महानदीको दक्षिणको प्रदेश अतिपवित्र छ, जो मनुष्य त्यहाँ निवास गछर्, उसलाई सबै तीर्थको फल प्राप्त हुन्छ । म त्यहाँ सदैव निवास गर्दछु । यो स्थानमा प्रलय भए पनि केही हुंदैन । नीलगिरिमा एउटा रुख छ, त्यसको पश्चिमपट्टि ‘रोहिणीकुण्ड’ नामको सरोवर छ । उसको तटमा म रहन्छु । जो मानिस त्यस कुण्डमा स्नानगरी मेरो दर्शन गर्छ, उसको मुक्ति हुन्छ ।
ज्ञण्ठ
दिल्ली, कलकत्ता, नागपुर, देहरादून, चेन्नाई र मुम्बइबाट भने हवाईजहाजबाट भुवनेश्वर पुगिन्छ । भुवनेश्वरबाट ६० कि.मि. गाडीबाट पुरी पुग्न सकिन्छ । जगन्नाथजीको मन्दिर विशाल छ । बाहिरी पर्खाल ६६५ फिट लामो, ६४० फिट चौडा र उचाई २४ फिटको छ । चारैदिशामा ठूला ढोका छन् । पूर्वदिशाको ढोकालाई ‘सिंह ढोका’ भनिन्छ । यो अति सुन्दर छ । यसैको सामुन्ने ३५ फिट अग्लो अरुणस्तम्भ छ । यसकोमाथि अरुणको मूर्ति छ । अरुण सूर्यका साथी हुन् । सिंहढोकाबाट भित्र अर्को पर्खाल छ, जसको लम्वाई ४२० फिट चौडाई ३१५ फिटछ । यसमा पनि ४ ढोका छन् । बाहिरी ढोकाको सामुन्ने ती ढोकाहरू छन् । जगन्नाथजीको मन्दिर ३ भागमा विभाजित छ । विमान, जगमोहन नृत्यमन्दिर र भोगमण्डप । विमानमा जगन्नाथजीको प्रधानमूर्ति छ । विमानको उ‘‘चाई ३१४ फिट र चौडाई ८० फिट । माथि नीलचक्र र ध्वजा ५–६ मिलबाट देखिन्छ । भगवान््को प्रधानमूर्ति रत्नवेदीमा छ । जसको माथि ६ फिट लामो सुदर्शनचक्र छ । समय समयमा भगवान््को अनेक श्रृंगार गरिन्छन् । प्रातः कालमा सादा भेष । प्रहक भेष, चन्दनभेष, दामोदर भेष, बुन्दु भेष र गणेशभेष । मूर्तिको श्रृंगार भए पछि मात्र पर्दा खुल्छ । मन्दिरभित्र प्रकाशको कमी छ । जगमोहनको भाग १२० फिट उंचा ८० फिट लामो र ८० फिट चौडा छ । तीनतिरै ठूला ठूला ढोका छन् । नृत्यमन्दिर ६० फिट लामो ६७ फिट चौडा छ । यहाँँ भगवान््को ‘नृत्य’ हुन्छ ।
भोग मन्दिर १२० फिट उँँचा ६० फिट र लामो ६० फिट चौडा छ । तलदेखि माथिसम्म धेरै मूर्तिहरू बनिरहेका छन् ।
जगन्नाथजीको मन्दिर भित्र विष्णु भगवान््को बालमूर्ति छ । जसलाई बालमुकुन्द भनिन्छ । यसैको नजीक रोहिणीको मन्दिर । त्यससंगै विमला देवीको अतिप्राचीन मन्दिर छ । विमला तांत्रिकको प्रधान र पूज्य देवी मानिन्छ ।
भगवान््को पूजा बाह्रमहीनामा पालैपालो त्यहाँँका पण्डाले गर्दछन् । प्रत्येक दिन ३६ पूजारी पूजाकोलागि व्यवस्था गरिएको हुन्छ । जेठ पूर्णिमा बाट आषाढ पूर्णिमासम्म एक महीना सावा वंशका शुद्र जाति, जो यहांका मूलनिवासी जसलाई दैतापति भनिन्छ, उनीहरूले पूजा गर्छन् । भगवान््को प्रसाद विशेषगरि भात । विनाभेदभाव भगवान््को प्रसाद खाने गरिन्छ । जगन्नाथमन्दिरको भान्छा भारतको सबैभन्दा ‘ठूलो भान्छा’ भनिन्छ । लाखौं मानिसहरूकालागि ‘महाप्रसाद’ खुवाइन्छ । ५०० कुक ३०० सहयोगीहरूबाट ५६ प्रकारका खानेकुरा एक घण्टामा बनाउंछन् । दिनको ६ पटक भगवान््लाई भोग लगाइन्छ ।
“जगन्नाथको भात जगत पसारे हात” दिशा – पूर्ब दिशा जगन्नाथ स्वामी, दक्षिण दिशा रामनाथ(रामेश्वर) पश्चिम दिशा रणछोड स्वामी(द्वारका), उत्तर दिशा वद्रीनाथ
ज्ञण्ड
करण – राज करण जगन्नाथ स्वामी, योग करण रामनाथ(रामेश्वर) भोग करण रणछोड स्वामी(द्वारका), तप करण वद्रीनाथ
के चढ्छ – अटका(भात) चढ्छ जगन्नाथ स्वामी, जल चढ्छ रामनाथ मक्खन मिश्री चढ्छ रणछोड टीकम(द्वारका), मेवा चढ्छ वद्रीनाथ
के दिन्छन् –
पट दिन्छन् जगन्नाथ स्वामी, बेंत दिन्छन् रामनाथ(रामेश्वर) छाप दिन्छन् रणछोड स्वामी(द्वारका), कंंकड दिन्छन् वद्रीनाथ
वरण – ब्रम्हा वरण जगन्नाथ स्वामी, जोगी वरण रामनाथ(रामेश्वर) क्षत्री वरण रणछोड स्वामी(द्वारका), तपसी वरण वद्रीनाथ ।
स्थिति ः वंगालको खाडीमा पुरीअवस्थित छ । भुवनेश्वरवाट ६० किलोमिटरको दूरीमा पुरीशहर अवस्थितछ । पुरीरेलस्टेशन दक्षिण–पूर्व रेलपथ हावडा पुरीनामको रेलपथको आखिरी सीमा हो । यस शहरको वीचमा जगन्नाथजीको मन्दिर छ । पुरीस्टेशनवाट जगन्नाथजीको मन्दिर १ मिल टाढा छ ।
पुरीको विविध नामः १) जगन्नाथधाम २) नीलाचलधाम ३) शङ्खक्षेत्र ४) पुरुषोतमक्षेत्र ५) जमनिक तीर्थ ६) श्रीक्षेत्र ७) मत्र्य वैकुण्ठ ८) उच्छिष्टक्षेत्र ९) उड्डीयानपीठ १०) कुशस्थली क्षेत्र ११) भौमक्षेत्र १२) पतितपावन आदि पुरीपुण्यक्षेत्रको आकृति शंख जस्तै छ । प्रत्येक नामको कुनै न कुनै विशेषताछ । यी नाम र महाप्रभु जगन्नाथजीको स्मरणमात्रले मानवको आत्मा पवित्र हुन्छ । सतीदेवीको नाभी पतन यहां भएको थियो ।
कथा यसप्रकार छ ः (क) द्वापरयुगमा द्वारिकामा श्रीकृष्णकी पटरानीले एकपटक माता रोहिणीको भवनमा गएर मातासंग आग्रह गरिन कि उनले श्याम सुन्दरको व्रज–लीलाको र गोपी–प्रेम प्रसंगको वारेमा सुनाउन । माताले यो कुरो टार्न धेरै प्रयत्न गरिन् तर पटरानीको आग्रहका कारण उनले सुनाउन वाध्य भइन । सुभद्रा त्यही थिइन् । सुभद्रा त्यही रहनु उचित थिएन । अतः माता रोहिणीले सुभद्रालाई भन्नु भयो । तिमी वाहिर गएर वस र कसैलाई पनि भित्र आउन नदेऊ ।
ज्ञण्ढ
सुभद्रा वाहिर ढोकामा उभिएर वसेकी थिइन । संयोगवश त्यसै समयमा श्रीकृष्ण आप्mना दाजु वलरामसंग त्यहां आए । सुभद्राले दुवै भाईलाई वीचमा वसेर आप्mना दुवै हात फैलाएर भित्र जान रोकिन् । वन्द ढोकाभित्र व्रज प्रेमको कुरा भइरहेको थियो । ढोकाको वाहिरवाट भित्र भएको कुरा सुनेर तीनै जनाको शरीर द्रवित हुन लाग्यो । त्यसै समयमा देवर्षि नारद त्यहाँं आइपुग्नु भयो । देवर्षि नारदले प्रेम–द्रवित रूप देख्नु भयो र प्रार्थना गर्नु भयो कि तपाइहरू तीन यसै रूपमा विराजमान हुनुहोस् । श्रीकृष्णले स्वीकार गर्नु भयो । ‘कलियुगमा दारुविग्रहमा यसै रुपमा हामी तीन हुनेछौं ।’
(ख) सत्ययुगमा पन्डुवंशको राजा उदयनको पुत्र इन्द्रद्युम्न महाराज अवन्तीनगरमा राज्य गर्दथे । उनी विष्णुभक्त थिए । एकपटक उनले विष्णु भगवान््को मूर्ति–प्रतिष्ठा गर्ने विचार गरे । त्यस समय नीलगिरिमा भगवान् विष्णुको नीलमाधवको नामले पूजा हुन्थ्यो । यो समाचार इन्द्रद्युम्नले थाहा पाए । महाराज इन्द्रद्युम्नले विष्णुमूर्ति खोज्न आप्mना व्राम्हणहरूलाई पठाए । व्राम्हणहरू चारैदिशामा खोज्न गए तर निरासा भएर फर्किए । त्यसैमध्येका एक विद्यापति नामका व्राम्हण थिए । उनी विष्णुको मूर्ति खोज्दै जांदा विश्वावसु नामका एक व्यक्तिको घरमा पुगे । त्यहांँ केही दिन रहंदा विश्वावसुकी कन्या ललितासंग प्रेम वस्न गयो । विश्वावसु नीलगिरिमा विष्णु भगवान्को नीलमाधवको नामले पूजा गर्दथे । यो थाहा पाएर विद्यापति व्राम्हण धेरै खुशी भए । केही दिन पछि उनले मालव देश फर्केर महाराजा इन्द्रद्युम्नलाई सवै कुरा वताए । महाराज इन्द्रद्युम्न सेना सहित नीलमाधव मूर्ति लिन नीलकन्दा पुगे । त्यस समय त्यहां नीलमाधवकोमूर्ति थिएन । यसै समय राजालाई देववाणी भयो । ‘महाराज ! समुद्रको किनारमा मुहान नजीक ठूलो काठ वहेर आउंछ त्यसलाई समातेर त्यही काठवाट देवताकोमूर्ति वनाउनुहोस् ।’ देववाणी अनुसार महाराज इन्द्रद्युम्नले एउटा ठूलो काठ वहेर आएको देखे । त्यसलाई आप्mना सैनिकहरूलाई समात्न लगाए । त्यो काठवाट वलरामवलभद्र), सुभद्रा र जगन्नाथजीको मूर्ति निर्माण गर्नकालागि धेरै कालीगढलाई वोलाए । धेरै कालीगढ आए हेरे तर मूर्ति निर्माण गर्न कोही पनि राजी भएनन् । त्यही समयमा वृद्ध कालीगढको रूपमा विश्वकर्मा आए । ‘उनले एक्काइसदिनमा मूर्ति निर्माण कार्य समाप्त हुने वचन दिए । उनले शर्त पनि राखे । उनी एक्लै एउटा वन्द कोठामा वसेर मूर्ति निर्माण गर्छन । एक्काइस दिन पछि ढोका आफैं खुल्छ । कसैले ढोका नखोल्नू ।’ यो कुरोमा राजा सहमत भए । ठूलो काठ लिएर वृद्ध कालीगढ गुंडिचा मन्दिरको सामुन्ने भवनमा कोठा वन्द गरी वसे । धेरै दिन वित्यो । महारानीले आग्रह गरिन । यतिका दिन भइसक्यो ती वृद्ध कालीगढ भोक प्यासले छट्पटाएका होलान् या मरणासन्नमा परेका होलान् कोठा खोलेर उनको अवस्था हेर्नु प¥यो । महारानीको आग्रह अनुसार १५ दिन पछि महाराजले अचानक ढोका खोल्न लगाए । कालीगढ (मूर्तिकार) त अदृश्य भैसकेका थिए । त्यहां त केवल श्रीजगन्नाथ, सुभद्रा र वलरामजीको मूर्ति अद्र्धनिर्मित अवस्थामा थियो । यो देखेर राजाले धेरै दुःख मनाउ गरे । त्यसै समयमा देववाणी भयो । ‘महाराज चिन्ता नगर ! यही रूपमा रहने हाम्रो इच्छा छ । मूर्तिमा पवित्र रंग लगाएर प्रतिष्ठित
ज्ञज्ञण्
गर ।’ यो देववाणी अनुसार मूर्ति प्रतिष्ठित भयो । गुंडिचा मन्दिरको नजीक मूर्तिनिर्माण भएको थियो । यसैले गुंडिचा मन्दिरको व्रम्हलोक या जनकपुर भनिन्छ ।
श्री जगन्नाथजीको मन्दिर निर्माण ः मूर्तिकारले मूर्ति वनाए पछि राजाले एक मन्दिरको निर्माण गरे । यस मन्दिरको लम्वाई १२० हात थियो । सुन्दर मन्दिर थियो । शंख नाभिमण्डलमा यस मन्दिरको निर्माण भएको थियो । मन्दिरको प्रतिष्ठा गराउन राजा इन्द्रद्युम्न व्रम्हाजी कहां गए । वीचमा धेरै साल वित्यो । यस अवधिमा मन्दिर वालुवाले पुरियो । गाल माधव नाम गरेका राजा सागरको किनारवाट जांदै गर्दा उनको घोडाको टाप मन्दिरको अगाडिको भागमा ठोक्किन पुग्यो । उनले वालुवा हटाएर हेर्न लगाए । मन्दिर रहेछ । उनले त्यो मन्दिर जीर्णोद्वार गरेर आपूmले वनाएको भनेर प्रचार–प्रसार गरे । राजा इन्द्रद्युम्न आउंदा यो मन्दिर मैले वनाएको भनेर जिकिर गरे । महाराज इन्द्रद्युम्न जिल्ल परे । यस समय सरोवरमा रहने कछुवा र चतुर्भूज कौवाहरूले इन्द्रद्युम्न राजाको पक्षमा वयान गरे । ‘यस मन्दिरको निर्माणकर्ता महाराज इन्द्रद्युम्न हुन् ।’ पछि महाराज इन्द्रद्युम्नले व्रम्हाजीको हातवाट जगन्नाथ आदि मूर्तिको प्रतिष्ठा गराए । आजकल यस प्राचीन मन्दिरको अस्तित्व छैन ।
ई.सन ८२४ मा उत्कलको केशरीवंशीय पुण्यश्लोक नरपति ययाति केशरीले जगन्नाथजीकोलागि एक भव्य मन्दिरको निर्माण गराए । समुद्रको किनारमा वनाएको यो मन्दिर नुनको हावाले थोरै वर्षमा नष्ट भयो । त्यसपछि सन् १०३८ मा उत्कलको गंगवंशी राजा चोडगंगदेवजी द्वारा एक मन्दिरको निर्माण गराए । यसको सत्यता राघवदेवको ताम्र शासनमा लेखेवाट थाहा हुन्छ । फेरि लगभग ११०० इ.सं मा तत्कालीन नरपति अनन्त वर्मनेल एक मन्दिरको निर्माण कार्य प्रारम्भ गरे । आज हामी जुन मन्दिर देख्छौं । त्यही मन्दिर हो । यस मन्दिरको निर्माण कार्य उनका नाती महामना नरपतिअनंग भीमदेवजी द्वारा पूरा भयो । भनिन्छ, यस मन्दिरको निर्माणमा गंगा देखि गोदावरी सम्म विस्तृत विशाल साम्राज्यको १२ वर्षको राजस्व खर्च भएको थियो । यही मन्दिर आजको विश्वप्रसिद्ध जगन्नाथजीको मन्दिर हो ।
शिल्पकलाको दृष्टिले यो मन्दिर कोनार्कको सूर्य मन्दिर र भुवनेश्वरको लिंगराजको मन्दिर जति उल्लेख्य छैन । तैपनि, यस मन्दिरमा जो शिल्पकला छ त्यसलाई नुनिलो हावावाट वचाईराख्न मन्दिरलाई चुनले प्लाष्टर गरेर राखेको थियो । २० डिसेम्वर १९७५ मा भारतीय पुरातत्व विभागद्वारा चुन उक्काएर पुनरुद्धार गरेको थियो ।
मन्दिरको वाहिर कोनार्क वाट लेराएको ठूलो अरुणस्तम्भ छ । चारैतिर ठूलो पर्खालले घेरेकोछ । उचाई २२ फिट चौडाई ६ फिट ५ इंच छ ।
मन्दिरको ढोका ः मन्दिर भित्र प्रवेश गर्न ४ ढोका वनेका छन् ।
ज्ञज्ञज्ञ
सिंह द्वार ः मन्दिरको पूर्व दिशामा यो द्वार छ । यस द्वारवाट मन्दिरभित्र प्रवेश गरिन्छ । सिंह द्वारको सामुन्ने अरुणस्तम्भ छ । द्वारमा दायां वायां ठूला ठूला सिंहको ढुंगाको मूर्तिछ । त्यसैले, यसलाई सिंह द्वार भनिन्छ । अगाडि पतित पावनको मूर्तिछ । यसपछि अगाडि २२ सिँढी आउंछ । अश्व द्वार ः मन्दिरको दक्षिण दिशामा यो द्वार छ । दक्षिण द्वारमा जान ५ सिढी छ । यस सिढीको दाहिनेतिर महावीर हनुमानको विशाल मूर्तिछ । त्यसपछि नवग्रहको मूर्तिछ । तन्त्र–मन्त्र गर्ने मानिसहरू यसै द्वारवाट भित्र पस्छन् । यस द्वारलाई अश्वद्वार पनि भनिन्छ ।
वाघ द्वार ः पश्चिम दिशामा भएको यो द्वार पस्न ४ सिढी उक्लनु पर्छ । ढोकाको दुवै तिर वाघको दुइ मूर्ति छ । यहां सानो मन्दिर छ । यहां देवमूर्ति देखिदैन । यस ढोका पार गरेर मन्दिरको भित्र जानु पर्छ । यस ढोकालाई वाघ द्वार भनिन्छ ।
हात्ती द्वार ः उत्तरदिशामा यो द्वार छ । यहां नवग्रहको मूर्ति देखिन्छ । यहां १३ सिढी छ । ढोकाको दुवैतिर प्रस्तर दुइ हात्ती छन् ।
महाप्रसाद ः श्रीजगन्नाथको प्रसादी भोग विमलाजीको अर्पण गरे पछि मात्र ‘महाप्रसाद’ भनिन्छ ।
जगन्नाथजीको प्रसाद (भोग) ः
मन्दिरमा जगन्नाथजीको विभिन्न भोग अर्पण गरिन्छ । यो भोग दुई प्रकारको हुन्छ । १) संखुडी भोग । देवतालाई चढाएको नैवेद्य प्रसाद भनिन्छ, जवकि जगन्नाथजीलाई अर्पण गरेको भोगलाई महाप्रसाद भनिन्छ । महाप्रसाद एक तान्त्रिक शव्द हो । यसलाई निर्माल्य÷कैवल्य पनि भनिन्छ । कैवल्य र महाप्रसादमा खालि यो अन्तर छ कि कैवल्य थोरै खाने प्रसाद हो जवकि महाप्रसाद पेटभर खाने प्रसाद हो । विहानदेखि वेलुकासम्म विभिन्न भोग हुन्छ । भोगकोलागि ‘धूप’ शव्द प्रचलन छ । गोपालवल्लभ भोग महाप्रभुजीको पहिलो भोग हो । विहान नित्यकर्मपछि यो भोग लगाइन्छ । यस भोगमा पाकेको केरा, नरिवलको मिठाई, दही, मख्खन आदि लगाइन्छ । यसलाई प्रभुको जलपान भनिन्छ । विहान धूप महाप्रभुजीको संखुडी भोग हो । यसलाई राजभोग पनि भनिन्छ । खिचडी, सादापुलाउ, साग, एकप्रकारको पीठो (माठमुली) आदिको भोग हुन्छ । दाल, सव्जी, टनी, साग । दिउसोको धूपमा अन्य व्यंजनादि भोग हुन्छ । सांझको समयमा मंगल आरती पछि र सन्ध्या धूप लगाइन्छ । यसमा पुरी, मण्डुआ आदि भोग लगाइन्छ । वडा सिंहार धूप ः यो अन्तिम भोग । यस धूपमा पांच उपचारमा देवताको पूजा अर्चना गरिन्छ । यो धूपमा पिष्टक, काजी (खट्टा गांड)ं, साग, दुध, केरा आदि भोग लगाइन्छ ।
जगन्नाथजीको (वेश) श्रृंगार ः सालभरमा विभिन्न प्रकारका श्रृंगार हुन्छन् । १) चन्दन वेश २) हाथी या गणेश वेश ३) रुक्मिणीहरण वेश ४) नवयौवन वेश ५) सोना वेश ६) चितालागि अमावश वेश ७) वनभोजका वेश ८) प्रलम्वासुरवध वेश ९) कृष्ण – वलराम वेश १०) वामन वेश ११) राज वेश १२) राधादामोदर वेश १३) हरिहर वेश १४) लक्ष्मीनारायण वेश
ज्ञज्ञद्द
१५) त्रिविक्रम वेश १६) लक्ष्मीनृसिंह वेश १७) राजराजेश्वरी वेश १८) श्राद्धवेश १९) पुण्याभिषेक वेश २०) पद्य वेश २१) गजोद्धार वेश २२) चाचेरी वेश २३) राज वेश २४) कालीय दलन वेश ।
जगन्नाथजीका सेवक ः
श्रीजगन्नाथजीको सेवा र पूजा–अर्चनाकालागि वर्षौदेखि सेवक नियुक्त हुंदै आएका छन् । विविध सेवाकालागि सेवकको ३५ भागमा वर्गीकरण गरिएकोछ । अझ लिपी ग्रन्थमा ११६ प्रकारका सेवकको वारेमा वर्णन गरिएको पाइन्छ । यी सेवक श्रीमन्दिर र यस मन्दिर अन्तर्गत अन्य मन्दिरमा देव–देवताको पूजा–अर्चना गर्दछन् । सवै सेवकका लागि अलग अलग सेवा– कार्य छ । नियमानुसार प्रत्येक सेवकले केवल आपूmलाई तोकिएको सेवा कार्य मात्र गर्नु पर्दछ । सेवकहरूलाई उनीहरूले गरेको सेवा कार्यकालागि तलव दिने व्यवस्था छैन । जगन्नाथजी र अन्य देवीको पूजा–अर्चना, भोग–प्रसाद आदिवाट प्राप्त रकम सेवकहरूले लिन्छन् । पुरीको गजपति महाराजा श्रीमन्दिरको प्रधान सेवक हुन् । रथयात्राको समयमा तीनै रथका सुनको कूचोले सफा गर्छन् । गजपति महाराज पछि मन्दिरमा – राजगुरु, पाटयोषी महापात्र, तलिछ माहापात्र, भंडार मेकाप, पलिआ मेकाप, पुरोहित, मुदिरथ, पुष्पालक, वडपण्डा, महाजन, प्रतिहारी, दुंटिआ, पतिमहापात्र, गरावडु, विमानवडु, दइता, गोछीकार, सुना गोस्वामी, महासुआर, पाइक, रोष पाइक, पुराण पंडा, चित्रकार, रूपकार, घंंटुआ आदि ।
मन्दिरको आम्दानी ः
मन्दिरको आम्दानी निम्नानुसार छ । १) मन्दिरको संपत्तिवाट २) महाप्रसाद विक्रीवाट ३) मन्दिरमा शीलास्थापनावाट ४) मन्दिरस्थित पसलवाट भाडा ५) पिण्डिकावाट असुल ६) ध्वजा र अलंकार प्रदानवाट ७) नीलाद्रविहारको दर्शनवाट ८) रथको काठ विक्रीवाट ९) गुंडिचा मन्दिरस्थित कुंजवाट १०) वस आदि साधनवाट ११) नरेन्द्र सरोवरको माछा विक्रीवाट १२) विभिन्न व्यक्तिले दिएको दान (रुपैंया, सुन, चांदी) वाट १३) दोलवेदी कंजवाट १४) श्रीमन्दिरको वारेमा लेखिएका किताव, पत्रपत्रिकाको विक्रीवाट ।
पुरीका अन्य मन्दिरहरू ः
१) पतित पावन २) विश्वनाथ मन्दिर ३) श्रीरामचन्द्र मन्दिर ४) कुर्मबेढा ५) आग्नेश्वर महादेव मन्दिर ६) श्री सत्यनारायण मन्दिर ७) कल्प गणेश मन्दिर ८) सर्वमंगला देवी मन्दिर ९) पंचपाण्डवको मन्दिर १०) अनन्त वासुदेवजीको मन्दिर ११) महाव्रजेश्वरी देवीको मन्दिर १२) कुतामण्डीजीको मन्दिर १३) सूर्ययन्त्रको मन्दिर १४) क्षेत्रपालजीको मन्दिर १५) मुक्ति मण्डप १६) यज्ञनृसिंहजीको मन्दिर १७) जलक्रीडा मण्डप १८) विमलादेवको मन्दिर १९) योगेश्वरजीको मन्दिर २०) साक्षीगोपालजीको मन्दिर २१) काञ्चीगणेशजीको मन्दिर २२) क्षीरचोरा गोपीनाथ मन्दिर २३) पञ्चशक्ति मन्दिर २४) नीलमाधव मन्दिर २५) यन्त्रकालीका मन्दिर २६)
ज्ञज्ञघ
लक्ष्मीनारायण मन्दिर २७) महालक्ष्मी मन्दिर २८) नवग्रहको मन्दिर २९) सूर्य चन्द्र मन्दिर ३०) गोपीनाथ र रामचन्द्रजीको मन्दिर ३१) पातालेश्वर मन्दिर ३२) पादपद्य मन्दिर ३३) सारो मन्दिर ३४) चैतन्यदेव मन्दिर ३५) शिखरनिशा मन्दिर ३६) देवस्नान मण्डप ३७) मदन मोहन मन्दिर ३८) मार्जना मण्डप ३९) नाभिछेदन मण्डप ४०) गारद ४१) गरुड स्तम्भ ४२) जय–विजय द्वार ४३) रत्न सिंहासन ४४) पाकशाला ४५) पुष्पोद्यान ४६) नीलाद्रि विहार ४७ कैवल्य वैकुण्ठ ।
साक्षी गोपाल मन्दिर ः
पुरीवाट १० मिल पर साक्षीगोपाल स्टेशनछ । पुरी र भुवनेश्वरवाट मोटर, वस आउंछ । स्टेशनवाट मन्दिर आधामील छ । मन्दिरको नजीक धर्मशालाछ । पुरीधामको यात्राको साक्षी यहां गोपालजीको मानिन्छ । यसैले यात्रीहरू प्राय पुरीको दर्शन गरेर यहां आउंछन् । मन्दिरको नजीक नन्दन तलाउछ । यहां स्नान गरेर मात्र गोपालजीको दर्शन गरिन्छ । मन्दिरको वाहिर गरुडस्तम्भछ । मन्दिरको दुवैतिर राधाकुण्ड र श्यामकुण्ड नामका सरोवरछन् । मुख्यमन्दिर श्री गोपालजीको धेरै राम्रो मूर्ति छ । समीपमा राधिकाजीको मन्दिरछ ।
कथा यस प्रकारछ ः
एक वृद्धव्राम्हण तीर्थयात्रा जान लागे । तव एक युवक (व्राम्हण कुमार) पनि उनीे संगै गए । त्यस समय यात्रा पैदलै हुन्थ्यो । युवकले वृद्धव्राम्हणको खूवै सेवा गरे । उनको सेवावाट प्रसन्न भएर वृन्दावन पुगेर गोपालजीको मन्दिरमा वृद्ध व्राम्हणले भने – ‘यात्रावाट फर्के पछि म आप्mनो कन्याको तिमीसंग विवाह गराइदिन्छु ।’ यात्रावाट दुवै फर्के । युवक गरीव थिए । वृद्ध धनी । वृद्ध व्राम्हणका छोराले आप्mनी वहिनीको ती युवकसंग विवाह गरीदिन मानेनन् । युवकको अपमान भयो । युवकले पंचायत वोलाए । पंचले भने ‘ कसको सामु उनले आप्mनो कन्या संग तिम्रो विवाह गरी दिने भनेर भनेका थिए । ‘साक्षी लेराऊ ।’ युवकमा भगवान्प्रति दृढ विश्वास थियो । उनले भने ‘गोपालजीको सामुन्ने भनेको थियो ।’ पंच प्रत्यक्ष साक्षी चाहन्थे । युवक वृन्दावन गए र रोएर गोपालजीलाई प्रार्थना गरे । गोपालजी वोले । ‘ तिमी हिंड, म तिम्रो पछि पछि जान्छु । म आएको आवाज तिमी सुनिरहन्छौ । जहां तिमी पछि फर्केर हेर्छौ म त्यहिं खडा भईदिन्छु ।’
पूmलअलसा नामको स्थानमा भगवान्को गोडा हिलोमा डुव्यो । ध्वनि वन्द भयो । व्राम्हणले पछाडि फर्केर हेरे । गोपालजी त्यहीं खडा भए । युवकको काम भयो । गोपालजी यति टाढा सम्म हिडेर आए । कन्या दिनु कसैकालागि पनि परम सौभाग्यको कुरो थियो उनको साक्षी अव कसले मागोस् ।
राधिकाविना अकेला गोपाल मात्र वस्न रुचाउँंदैनथे । स्वयं वृषभानुकुमारी गोपालजीको पूजारी श्री विल्वेश्वरको कन्याको रूपमा आइन । कन्याको नाम लक्ष्मी राखियो । कन्या युवती हुंदा अद्भुत घटना घट्न थाल्यो । कहिले गोपालजीको माला कन्याको गलामा ÷ कहिले लक्ष्मीको कपडा वन्द गरेको गोपालजीको मन्दिर भित्र । प्रत्येक दिन यस्तो घटना हुन थाल्यो । यो कुरा
ज्ञज्ञद्ध
राजासम्म पुग्यो । अन्तमा विद्वानहरूले सल्लाह दिए गोपालजीको मन्दिरमा राधाजीको मूर्ति स्थापना गर्नु प¥यो ।
राजाको आदेश अनुसार मूर्तिको निर्माण प्रारम्भ भयो । मूर्ति वन्यो । स्थापनाको दिन आयो । मूर्तिको ठिक प्रतिष्ठाको समयमा पूजारीकी कन्या लक्ष्मीको मृत्यु भयो । मूर्तिको मानिसहरूले देखे कालीगढले जो राधाको मूर्ति वनाएका थिए । त्यो मूर्ति ठिक लक्ष्मीको नै मूर्ति वनाएका थिए । कार्तिक शुक्ल नवमीको यस प्रतिमाको चरण दर्शन महोत्सव हुन्छ ।
जगन्नाथजीको रथयात्रा ः
द्वारिकामा एकपटक श्रीसुभद्राजीले शहर हेर्न मन गरिन । श्रीकृष्ण तथा वलरामजीले उनलाई छुट्टै रथमा राखेर आप्mना दुई रथका वीचमा राखी शहर दर्शन गर्न लगे । यसै घटना अनुसार यहां रथयात्रा निकालीन्छ । जगन्नाथजीको सवै यात्रामा ‘रथयात्रा’ सवैभन्दा ठूलो मानिन्छ । पुरीको रथयात्रा संसारभर प्रसिद्ध छ । यो यात्रा आषाढ शुक्ल द्वितीया तिथीमा हुन्छ । द्वितीयादेखि त्रयोदशीतिथिसम्म श्री जगन्नाथ दाजु वलराम र वहिनी सुभद्रा देवीकासाथ श्री गुंडिचा मन्दिरमा रहन्छन् । यस अवधिमा गुंडिचा मन्दिरमा श्री मन्दिरमा जस्तै सवै कुरा हुन्छ । आषाढ शुक्ल द्वितीयाका दिन तीन मूर्ति तीन रथमा वसी गुंडिचा मन्दिर लगिन्छ ।
श्रीजगन्नाथजीको रथको नन्दीघोष, वलरामजीको रथको तालध्वज र सुभद्रादेवीको रथको देवदलन भनिन्छ । जगन्नाथजीको दोस्रो नाम पीतवास यसैले उनको रथ पहेंलो वस्त्रले सिंगारिएको हुन्छ । वलरामजीको नाम नीलाम्वर । यसैल,े उनको रथ नीलो वस्त्रले सिंगारिएको हुन्छ । सुभद्रादेवीजीको रथ देवीको रथ भएकाले कालो कपडाले सिंगारिएको हुन्छ । विभिन्न कपडाले सुसज्जित तीन रथ तीन मूर्तिको राखिन्छ । यसलाई पहडि भनिन्छ । पुरीको गजपति महाराजले सुनको कूचोले वढारेर चन्दन छर्कन्छन् । त्यसपछि धुमधाम संग रथमा आसिन तीन मूर्तिलाई गुंडिचा मन्दिरतिर तानेर लगिन्छ । श्री गुंडिचा मन्दिरमा ७ दिन रहेपछि ती तीनै मूर्तिलाई रथमा राखेर आषाढ एकादशी तिथिमा मन्दिर फर्काइन्छ । यसलाई वाहुडा (वापसी) यात्रा भनिन्छ ।
पुरीका विभिन्न मठ ः
पुरीभित्र विभिन्न मठ छन् । कुनै उद्देश्य पुर्तिकालागि मठको स्थापना गरिएको हो । जगन्नाथ संस्कृतिको सुरक्षा र पच्रार–प्रसार गर्नु नै मठको प्रमुख उद्देश्य हो । गरीव विद्यार्थीलाई भोजन र आश्रय दिनु । साधु सन्तको सेवा गर्नु । वाहिरवाट आउने तीर्थयात्रीको सत्कार गर्नु पनि मठको
ज्ञज्ञछ
लक्ष्य हो । मठको मठाधीश या मठाधिकारी सवै कामकाजको देखभाल गर्छन् । मठमा अङ्गिरा र भृगु आश्रम सवैभन्दा प्राचीन हुन् । पुरीका केही मठहरू ः १) एमार मठ २) शंकरानन्द मठ ३) गोवद्र्धन मठ ४) जगन्नाथवल्लभ मठ ५) राधवल्लभ मठ ६) सोनार गौराठङ्गमठ ७) राधाकान्त मठ ८) वडओडिआ मठ ९) नन्दिनी मठ १०) ओकारनाथ मठ ११) गंगामाता मठ १२) सालवेग मठ १३) सिद्धवकुल मठ १४) आचारी मठ १५) दशावतार मठ १६) गौडियामिशन मठ १७) साधवदास मठ १८) धुमुसर मठ १९) गोपालतीर्थ मठ २०) कवीर मठ २१) वाउली मठ २२) भंगु मठ २३) पुरुषोतम मठ २४) पंजावी मठ २५) तोटा गोपीनाथ २६) दक्षिणपाश्र्व मठ २७) नीलाल आश्रम ।
पुरीमा स्नानः
१) महोदधि (समुन्द्र) २) रोहिणी कुण्ड ३) इन्द्रद्युम्न सरोवर ४) मार्कण्डेय सरोवर ५) श्वेतगंगा ६) चन्दन तलाव ७) लोकनाथ सरोवर ) चक्रतीर्थ आठ पवित्र जलतीर्थ छन् । यसमा पनि समुद्र स्नान, रोहिणी कुण्ड, मार्कण्डेय सरोवर र इन्द्रद्युम्न सरोवर प्रधान मानिन्छन् । १) श्रीजगन्नाथजीको मन्दिरवाट सिधै एकमील गए पछि स्वर्गद्वार आउंछ । यहांको स्नान गर्ने ठाउंलाई स्वर्गद्वार भनिन्छ । २) रोहिणी कुण्ड ः यो कुण्ड श्रीजगन्नाथ मन्दिरको भित्रछ । यहां सुदर्शन चक्रको छायां पर्दछ । भनिन्छ, यहां एक कौवा अकस्मात खस्यो र मुक्ति पायो । ३) इन्द्रद्युम्न सरोवर ः मन्दिरवाट डेडमिल पर गुंडिचामन्दिर (जनकपुर) मा छ । ४–५ मार्कण्डेय सरोवर र चन्दन तलाउ श्री जगन्नाथजीको मन्दिरवाट आधामिल पर संग संगै यी तलाउ छन् । ६ श्वेतगंगा सरोवर स्वर्गद्वार जाने वाटोमा पर्दछ । ७ लोकनाथ मन्दिरको नजीक लोकनाथ सरोवर । जगन्नाथजीको मन्दिरवाट २ मील टाढा ८ चक्रतीर्थ स्टेशनवाट आधामीलपर समुन्द्र तटमा ।
सवै मन्दिरको दर्शन पछि वाहिर आयौं । आउंदा हिडेर आएकोले फर्कदा अटोवाट जाने विचार गरी अटोवाट समुद्री किनारमा फर्कियौं । समुद्री किनारको होटलमा खाना खाई आफु वसेको होटलमा फर्कियौं । होटलमा केहीवेर आराम गरी समुद्री छालमा खेल्न किनारतिर लाग्यौं । ठूला– ठूला छाल आउने कुनै वेला त छालले वगरमा लडाइ दिने ।
ज्ञज्ञट
छाल आएपछि होशियार भएर वसेन भने त छालले हुत्याइदिने । पानी नुनिलो भएकोले आंखामा परेपछि आंखा असजिलो हुने । नत्र पानीमा खेल्न वडो मज्जा हुने । ३०–३५ मिनेट नुनीलो पानीमा खेले पछि पुनः होटलमा आई नुवाई धुवाई वेलुका नदी किनारका वजारहरूमा घुम्न गयौं । वजारमा दिउसो भन्दा पनि वेलुका वढी चहल पहल । समुन्द्री किनारमा मानिसहरू आनन्दसंग वसि रहेका । पुरीमा पाइने नयां सामानहरू खरिदगरी हामी होटलमा आयौं । भोलि वेलुका पुरीवाट कोलकता जानु पर्ने रेलको टिकट हातमा थिएन । टिकट प्रभुले लिईसकेका थिए । विना टिकट रेल चढ्न नमिल्ने । तर अहिले टिकट नभए पनि मोवाइलमा पिएनआर नं सहितको एसएमएस गरेको छ भने त्यही आधारमा आप्mनो परिचय पत्र देखाएमा हुने व्यवस्था गरेकोले मोवाइलको एसएमएस देखाए पुग्ने हुंदा ढुक्क भयो ।
भोलि विहान ६ वजे दृश्यावलोकनकालागि हिड्नु पर्ने । दृश्यावलोकनकालागि समुदी्र किनारमा थुप्रै ट्राभल एजेन्सीहरू छन् तिनीहरूवाट टिकट लिन सकिन्छ । प्रतिव्यक्ति भारु १५०।– मा दृश्यावलोकन गर्न सकिन्छ । केही नास्तागरी सुत्यौं ।
२०६९ पौष १ गते आइतवार÷ २०१२ डिसेम्वर १६ (सातौं दिन)
विहान ६ वजे हामी सवै सामानहरू लिएर होटल अगाडिवाट अटोमा दृश्यावलोकनका लागि राखिएका वसहरू सम्म पुग्यौं । अटोवाट ओर्लियो । ठूला ठूला टुरिष्ट वसहरू राखिएका । सवै वसहरू यहीं वाट छुट्ने रहेछन् । त्यही वसहरू मध्ये एउटा वसमा सामानहरू राखी वस्यौं । ७.२५ मा हाम्रो वस दृश्यावलोकनको लागि अगाडि वढ्यो । वसमा हामी ५०–५५ थियौं । गाइडले भन्न थाले । आज १२ घण्टा तपाइहरूले पूरै समय मेरालागि दिनु पर्छ । सवै जनाले मेरो घडीको समय अनुसार अहिले ७.३५ वजे मिलाउनुस् । हाम्रो वसको नंवर ३५१० हो । कही छलिनु भयो भने यस वसमा आएर वस्नुस् । हाम्रो गाडीको नाम ‘तिरुपति’ हो । तपाईहरू छलिनु भयो भने मेरो नाम अक्षय प्रधान । मेरो मोवाइल नंवर ७३७७५२५५२६ हाम्रो वस ड्राइभरको नाम व्रज वावु । यात्राको नाम त्जभ न्यमिभल त्चष्बलनभि या इमष्कजब। वसभित्र धूम्रपान नगरी दिनू । आज १२ घण्टाको लागि हामी सवै ‘तिरुपति परिवार’ भएर रहन्छौं । आदि–आदि
हामी जाने ठाउंहरूमा टिकट लाग्दो रहेछ । कोणार्क मा भारु १०।– । चिडियाखानामा भारु २०।– । यस्तैगरी प्रतिव्यक्ति भारु ६५।– लाग्दो रहेछ । प्रत्येक ठाउंमा हामी सवै लाईन्मा वसेर टिकट लिनु सम्भव थिएन । टिकट उनीहरूले नै लिए । यसैले, हाम्रो यात्रा छिटो छिटो हुन गयो ।
दृश्यावलोकनकालागि हामी अघि वढ्यौं । वाटोमा काजूका रुखहरू प्रशस्त देखिन्थे । केही वेर पछि पुवा नदी आयो । केही वेर पछि भार्गव नदी हुंदै हामी लाग्यौं चन्द्रभागातिर । वस रोकियो
ज्ञज्ञठ
। गाइडले भने यहां ३० मिनेटको समय दिएको छ । त्यस समय भित्र सवै जना यहां आईपुग्नु पर्छ । नजीकै थियो चन्द्रभागा । टुंडिखेलको चउर जस्तै वरिपरि बारेर राखेको संगै ठूलो समुन्द,्र पानीको छाल आइरहेको । वालुवाको वगर । समुद्रमा जल सेचनगरी हामी फर्कियौं ।
चन्द्रभागा ः सवै नदीहरू समुद्रमा मिल्छन् तर चन्द्रभागामा वर्षमा एक पटक माघशुक्ल सप्तमी तीथिका दिनमा समुद्र आएर नदीमा मिल्छिन् । त्यस दिन यहां स्नान गर्नाले महापुण्य मिल्ने कुरा विश्वास गरिन्छ ।
चन्द्रभागको दृश्यावलोकन पछि हामी लाग्यौं ‘कोणार्क’ सूर्यमन्दिरको दृश्यावलोकनका लागि । पुरीवाट कोणार्क २६ कि.मि । यो उडिसामा पर्दछ । वस गएर रोकियो कोणार्कमा गाइडले भने हामी जाने ठाउंमा अन्त कतै खाना खाने होटल छैन । यही अशोका होटलमा खाना खाने । सवैजनाले वसवाट ओर्लेपछि खानाकोलागि केही रकम दिएर अर्डर गर्ने मन्दिर घुमेर आएपछि खाना खाने र फर्कने । यहां हामीलाई १ घण्टा ३० मिनेटको समय छ । सो समयमा मन्दिर दर्शन र खाना खाएर वसमा आइसक्नु पर्छ । हामी खाना अर्डर गरेर मन्दिरतिर लाग्यौं । सडकका दायांवायां थिए साना छाप्राका पसलहरू । हिंड्दै ८–९ मिनेटको पैदल यात्रापछि मन्दिरको ढोका आयो । गाईडले सवैको हातमा टिकट राखिदिए । मन्दिर भित्र पसियो । अगाडि सिंहद्वार, अर्को तिर अश्वद्वार र अर्को हात्तीद्वार विशाल मन्दिर । पूरै ढुंगाले वनेको मन्दिर । कला कौशलले भरिपूर्ण मन्दिर ।
कोणार्कको सूर्य मन्दिर ः
पुरीवाट समुद्रको किनार पैदलमार्ग २० मिलछ तर यो वाटो राम्रो छैन । पुरीवाट मोटर, वसवाट ५४ कि.मि र भुवनेश्वरवाट ४४ कि.मि पर्छ । कोणार्कमा मानिसको बस्ती छैन । वस्नकालागि ठाउं छैन । मन्दिरमा कुनै मूर्ति छैन । वर्षायाममा वस जांदैन । कोणार्कलाई प्राचीन ‘पद्यक्षेत्र’ भनिन्छ । एकपटक श्रीकृष्ण–चन्द्रको छोरा साम्वलाई कुष्ठरोग लाग्यो । भगवान्को आज्ञानुसार यो ठाउंमा आए कोणादित्यको आराधना गरेपछि कुष्ठरोग निको भयो । त्यसपछि साम्वले सूर्यमूर्ति स्थापना गरे तर त्यो मूर्ति अहिले
ज्ञज्ञड
छैन । यहां सूर्यदेवको विशाल मूर्तिछ । यहां ठूलो रथ मन्दिर वनाएको थियो । मन्दिर रथमा सात घोडा, सारथि वस्ने ठाउं आदि सवै वनाएकोछ । मन्दिर धेरै अग्लोछ । यो सूर्य मन्दिर आप्mनो कलाको लागि विश्वको सर्वश्रेष्ठ मन्दिर मानिन्छ । यहां नवग्रहको मूर्ति एउटै ढुंगामा वनाएकोछ । यस मन्दिरमा अश्लील मूर्तिहरूछन् । मन्दिरभरि वच्चा, जवान र वूढाहरूको मनोरन्जनका लागि मूर्तिहरू वनाइएका छन् । प्राचीन मन्दिरहरूमा यस्ता अश्लिल चित्रहरू कोरिनु वज्रपात नहोस् भन्नाका लागि । कोणार्कलाई ‘सूर्यक्षेत्र’, ‘कोणादित्य’, ‘मैत्रवन’, ‘रविक्षेत्र’, ‘अंकतीर्थ’ नामले पुकारिन्छ ।
कथा यस प्रकार छ ः राजा नरसिंहदेव प्र्रथमले सूर्य मन्दिर वनाउन आदेश दिए, वाह्रौ शताव्दीमा यस मन्दिर निर्माण गर्ने आदेश दिएका थिए । १२ हेक्टर जमिनमा । १२ सिंढी भएको र १२ घोडा भएको । १२०० कालीगढहरूले । १२ वर्ष भित्र वनाई सक्नु पर्ने । १२ वर्षको राज्यको आय यसमा खर्च गरिने भएको थियो । १२ वर्षमा यो मन्दिर वनाईसक्नु पर्ने । यदि १२ वर्षमा वनाउन नसकिए १२०० कालीगढको शिर काटी दिने । यस्तो कठोर निर्णयले कालीगढहरू त्राहि त्राहि भएका थिए । विशु महारानाको नेतृत्वमा यो सूर्य मन्दिर वनिरहेको थियो । मन्दिरको काम सवै सिद्धिसकेको थियो । केवल मन्दिरमा गजूर टुप्पोमा एउटा ढुंगा राख्न मात्र वांकी थियो । त्यो टुप्पामा ढुंगा राख्न धेरै गाह्रो परेको थियो । पूरै मन्दिर चुम्वकवाट निर्माण भएको थियो । टुप्पामा पनि चुम्वक राख्नु पर्ने । यता राजाले १२ वर्षभित्र पूरा नभए १२०० कालीगढको शिर काटिदिने हल्ला गरेका थिए । कालीगढहरू डर र त्रासमा थिए । सवैकाम समयमा भए पनि टुप्पामा ढुंगा राख्ने काम नहुंदा काम समाप्त भएको थिएन । मुख्य कालीगढ विशु महारानाका १२ वर्षका छोरा धर्मपदाले त्यो सूर्य मन्दिर वनाएको ठाउंमा आएर हेरे । सवैजना कालीगढहरू उदास भएर वसेका । उनलाई यस विषयमा केही ज्ञान थिएन । उनले टुप्पोमा ढुंगा लगेर राखिदिने काम गरे । यो काम देखेर सवै कालीगढहरू छक्क परे । धर्मपदाले यो ढुंगा
ज्ञज्ञढ
राखे पछि विचार गरे । राजाले यो ढुंगा मैले राखेको थाहा पाए भने १२०० कालीगढको शिर काटिदिने छन् । यदि म मरे भने त १२०० कालीगढको ज्यान वच्छ । म एक जना मरेर १२०० कालीगढको ज्यान वच्छ भने । यत्तिकैमा उनी मन्दिरको माथिवाट फाल हालेर मरे । मन्दिरको प्राण प्रतिष्ठा नभैकन मानिस मरेकोले यस मन्दिरलाई ‘अपसगुन मन्दिर’ पनि भनिन्छ । यहां मानिसहरू मन्दिरको दर्शन गर्न नभै कला–कौशल हेर्न आउने गर्दछन् । विशाल मन्दिरको माथि चुम्वकले अड्याएको रहेछ । मन्दिरको वीचमा चुम्वक भएकोले माथिवाट हवाईजहाज जांदा हवाइजहाज खसेकोले जनताले त्यो चुम्वक झिक्न दवाव दिएकोले चुम्वक झिकियो । चुम्वकले नै त्यो मन्दिरलाई सन्तुलनमा राखेको रहेछ । चुम्वक झिक्नासाथ मन्दिर भत्कन थाल्यो । मन्दिर जस्ताको तस्तै राख्न मन्दिर भित्र माटो भरेर अड्याइएको रहेछ । वाहिरवाट मन्दिर नभत्कोस भनेर फलामका पाईपहरूले अड्याइरहेको थियो ।
त्यसपछि हामी लाग्यौं, विश्व शान्ति स्तूप । स्वयम्भूनाथको मन्दिर जस्तै पहाडको टाकुरामा रहेछ सेतो अग्लो मन्दिर । टाढैवाट प्रष्ट संग देखिने यो मन्दिरमा वसहरू लाइनका लाइन् लागेको । मन्दिरमा जांदा वाटाका दुवैतिर पसलहरू । यहांको प्रत्येक पसलहरूमा काजु वेच्न राखेको । यहां नजीकै काजु पशस्त पाइने हुनाले काजु धेरै सस्तोमा पाइने रहेछ । विश्वशान्ति स्तूप ः
दक्षिण पश्चिम भुवनेश्वरवाट करीव ८ कि.मि पर धवलागिरी पहाडमा शान्तिस्तूप छ । मगधको राजा अशोकले कलिंगको लडाईमा विजय प्राप्त गरे । लडाइमा विजय प्राप्त गरे । लडाइमा धेरै मानिसहरू मरे । कामिनी नदी पूरै रगतले वहेको थियो रे । त्यसैले, यस नदीलाई ‘खूनकी प्यासी नदी’, ‘रक्तपिपासु नदी’ भनिदो रहेछ । यही कलिंगको लडाइवाट विरक्तिएर सम्राट अशोकले शान्ति खोज्दै नेपालको लुम्विनीमा आई । वौद्धधर्ममा लागे । यहां अशोकस्तम्भको निर्माण गरे । पछि यहां आएर शान्ति स्तूपको निर्माण गरेका रहेछन् । वुद्धका चारमूर्तिहरू रहेछन् । धर्म, कर्म, तपस्या र निर्माण ।
ज्ञद्दण्
त्यसपछि हामी लाग्यौं, गुप्तकाशी, लिंगराज, स्वयम्भूको दर्शन गर्न । हाम्रो वस धेरै टाढा रोकियो । आज आइतवारको दिन । विद्यालय र अफिस भारतमा विदा हुने । दृश्यावलोकनकालागि धेरै वसहरू आईरहेका । १५–२० मिनेट पैदल हिडेर मन्दिरमा पुग्यौं । मन्दिर सम्म गाडी पुग्दोरहेछ । मन्दिरमा कडा व्यवस्था थियो । मोवाईल, क्यामरा लैजान निषेध । छामछुम गरेर पठाइयो । भित्र पस्दा पण्डाहरू दर्शन गराइदिन भनेर आए, हामीलाई धेरै समय थिएन । दिएको समयमा फर्किसक्नु पर्ने । हामीलाई समय छैन भन्दै सिधै मन्दिरमा दर्शन गर्न गयौं । मन्दिरमा भित्र पस्दा जगन्नाथजीको मन्दिरमा जस्तै पण्डाले टाउकोमा ट्वाक्क लठ्ठीले हिर्काउंदा रहेछन् । सवै मन्दिरहरूको दर्शन गरी वस रोकिएको ठाउंमा आइपुग्यौं ।
लिंगराजको मन्दिर ः
उडीसाको राजधानी भुवनेश्वर आउंछ । भुवनेश्वरमा अनेकौ मूर्तिहरू छन् । यसैले, भुवनेश्वरलाई ‘मन्दिरको शहर‘ पनि भनिन्छ । स्वयं आपैm उत्पत्ति भएको हुनाले स्वयम्भु भनिएको हो । लिंगराज मन्दिरको निर्माण सन् १०५० मा उत्कलमा केशरवंशी राजा ललाटेन्दु केशरीले निर्माण गरेका थिए । । एधारौशताव्दी १६८ फिट उचाई भएको हरिहर भगवान्को मन्दिरको उद्घाटन शंकराचार्यले गर्नु भएको थियो । यहां १०८ शिवलिंग रहेछन् । वीचमा विशाल–मन्दिर छ भने वरिपरि धेरै मन्दिरहरू छन् । यस मन्दिरको कला–कौशलले सवको मन चकित पार्दछ । यहां शंकर भगवान्को शिवलिंग छ जहां वेलपत्र र तुलसीले पूजा गरिन्छ । यसको सामुन्ने गरुड र सांढे छन् । अनन्त वासुदेव यस मन्दिरको नजीकछ । चैत्र महीनाको शुक्लाष्टमी (अशोकाष्टमी)मा शिवजीको रथयात्रा हुन्छ । जगन्नाथजीको जस्तै लिंगराज शंकर भगवान्को धेरै प्रसिद्धि छ । भुवनेश्वरमा काशीमा जस्तै शिवका मन्दिरहरू छन् । त्यसैले, भनिन्छ भुवनेश्वरलाई ‘उत्कल वाराणसी’ अथवा ‘गुप्तकाशी’ पनि भनिन्छ । पुराणमा यसलाई ‘एकाग्रक्षेत्र’ पनि भनिन्छ । भगवान्ले यस क्षेत्रको प्रकट गरेको हुनाले यस क्षेत्रलाई ‘शाम्भवक्षेत्र’ पनि भनिन्छ । पुरीको जस्तै यहांपनि ‘महाप्रसाद’ को महात्म्य मानिन्छ ।
त्यसपछि उदयगिरी र खण्डगिरी पहाड दुवै पहाड छुट्टा–छुट्टै भएकाले एउटा पहाडमा मात्र जाने भनी उदयगिरी पहाडतिर लागियो । हेर्दा स्वयम्भूनाथको मन्दिरमा जाने सिंढी जस्तै वाटो हामी माथि गयौं देवीको मन्दिर दर्शन गरी उकालो चढियो पहाड पूरै ढुंगै ढुंगाले वनेको रहेछ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गर्नका लागि घाम र पानी बाट बच्नको लागि ढुंगालाई खोपेर घर जस्तै वनाएका गुफाहरू ज्यादै सुन्दर देखिन्थे । पारिपट्टि हेर्दा खण्डगिरि पहाड देखिन्थ्यो । यी दुई
ज्ञद्दज्ञ
पहाडलाई वीचमा वाटोले काटेको थियो । खण्डगिरी पहाडमा पनि यस्तै राम्रा गुफाहरू देखिन्थे । जुन गुफाहरू हेर्दा हाम्रा गाउंघरका पुराना घरहरू हुन कि जस्ता लाग्थे । तर ती ढुंगामा कँुदेर वनाएका गुफा हुन् ।
माथि टाकुरोमा जैन मन्दिर रहेछ । त्यस मन्दिरमा जान भारु १।– तिरेपछि जुत्ता मोजा फुकालेर राखेपछि ढोकामा वसेका व्यक्तिले पाइप लगाएर गोडा भिजाइदिने रहेछन् । यो गोडा सफा गरेको । भित्र मन्दिरको वरिपरि कम्पाउण्ड घेरिएको । कम्पाउण्डवाट हेर्दा पारिपट्टि खण्डगिरी पहाड मजासंग देखिने । नजीकै भुवनेश्वरको विमानस्थल देखिने । सवैतिर हेर्दै वस रोकेको ठाउंमा आई वस चढियो ।
अव वस लाग्यो, चिडियाघर तिर । नन्दनकाननको यो ‘चिडिया घर’ एशियाकै सवैभन्दा ठूलो चिडियाखाना रहेछ । यहांवाट लागेपछि ठूला ठूला सडक । जताततै चारैतिर सडक । तीनकुने – सूर्यविनायकको सडक जस्तै । ठाउं ठाउंमा ओभरहेड क्रस् व्रिज । गाडी एकनासले दौडेको छ गाडी गएर रोकियो वस पार्कमा । वसपार्कवाट झण्डै १० मिनेट हिंडेर जानु पर्ने । चिढियाघर भित्र पस्न भारु २०।– लाग्ने । भित्र प्लाष्टिकका झोलाहरू लैजान
निषेध । क्यामरा लिएर जान भारु १००।– तिर्नु पर्ने । मोवाइल लैजान पाइने । १९६० मा वनेको यो चिडियाखाना । दुइ दिन हेर्दा पनि नसकिने यो चिडियाघर डेढ घण्टामा केही पशु, पंछी, वन मान्छे, वाघ आदि हेरियो ।
वाघ धेरै ठूला ।
४.३० वजे हामी चिढियाघर पुगेका थियौं । ६ वजे सम्म त्यहीँ घुम्यौं । ६ वजे वस चढ्यौं त्यस पछि वस लाग्यो पुरीतर्फ । वस दू्रत गतिले दौडिरहेकोछ । पुरीस्टेशनमा ८.३० मा वसवाट ओर्लियौं । पुरीरेलस्टेशन पुग्न ५–७ मिनेट लाग्यो ।
ज्ञद्दद्द
कोलकताकालागि हाम्रो रेल नं १४८१० थियो । रेलको नाम श्रीजगन्नाथ एक्स्प्रेस । हाम्रो प्लेटफर्म नं ४ वाट भन्ने जानकारी पाए पछि हामी त्यहीँ प्लेटफर्ममा गएर वस्यौं । एकै छिन पछि रेल आइपुग्यो १०.४५ वजे पुरीवाट कोलकताका लागि प्रस्थान भयौं । दिउसो भरि कहिले यता÷कहिले उता गर्दा गर्दे थाकेकोले रेलमा मज्जा संग सुत्यौं ।
२०६९ पौष २ गते सोमवार÷ २०१२ डिसेम्वर १७ (आठौंं दिन)
विहानको ५ वजे विउँंझियो । सिट फोल्डगरी एकै ठाउंमा वसियो । त्यहीँ चिया खाइयो । विहानको ९.३० वजे हौडा स्टेशनमा ओर्लियो केही समय अगाडि नै आइ पुगिन्थ्यो । अफिसको समयमा लोकल रेललाई पठाउंदो रहेछ । त्यसैले केही ढीला हुन गयो ।
हौडा स्टेशनवाट वाहिर आएर जलपथ (पानी जहाजं) वाट निमतला जानकोलागि टिकट काटियो । टिकट भारु ५।– मात्र । जहाजमा गएर वस्यौं । निमतलाको वन्दरगाहामा ओर्लिएर हामी ११ वजे घरमा आइपुग्यौं । खाना खाएर केही वेर आराम ग¥यौं र हामी निमतलावाट नजीकैको वजार कलाकारवजार र संगै वडावजारतिर हेर्न र सामान खरिद गर्नका लागि गयौं । कोलकताको वडावजार पनि त्यस्तै मानिसै–मानिसको भिड ठूला–ठूला अग्ला घरहरू । फुटपाथमा फुटपाथे पसल । मानिसहरू सडकवाट हिंड्नु पर्ने सवैतिर हेर्दै घुम्दै सामान किन्दै वेलुका ७ वजे घरतिर फर्कियौं । नास्तागरी सुत्यौं ।
२०६९ पौष ३ गते मंगलवार÷ २०१२ डिसेम्वर १८ (नवौंंं दिन)
आज हामी जांदैछौं । कोलकतावाट अलि टाढा गाउंमा । मायापुर । मायापुरमा क्ष्लतभचलबतष्यलब िक्यअष्भतथ ँयच प्चष्कजलब ऋयलकअष्यगकलभकक ९क्ष्क्प्ऋइल्० को प्रधानकार्यालय रहेछ । यो भगवान् कृष्ण संग सम्वन्धित अफिस । काठमाण्डौंको वूढानीलकण्ठमा यसको मन्दिर रहेकोछ । मायापुरको लागि हामी ७ जाना थियौं । दाई, भाउजू, जीवन दाई, अम्विका भाउजू, पिङकी र हामी २ जना । घरवाट विहान ८ वजे निस्केर ३–४ मिनेटको वाटोमा रहेको वडावजार गएर लोकल रेलमा टिकट काटियो ‘कृष्णनगर’ सम्मकालागि । रेल
भाडा प्रतिव्यक्ति भारु २०।– लाग्दो रहेछ । झण्डै १०३ कि.मि टाढा रहेछ ‘कृष्णनगर’। ९ वजे रेल
ज्ञद्दघ
चढी १२.१५ वजे कृष्णनगर स्टेशनमा ओर्लियो । रेलवेस्टेशनवाट मायापुरको वस चढ्न २०–२५ मिनेटको वाटो हिड्नु पर्ने । त्यहां सम्म जानकोलागि मानिसहरू झण्डै १००–१५० जना लाइन् लागि रहेका अटो आएको थिएन । वल्ल एउटा अटो आयो त्यो अटोमा ५–७ जना चढेर गए । यसरी हाम्रो पालो २–३ घण्टामा पनि नआउने देखेर एउटा रिक्सावालालाई सोधेको ७ जना लाई प्रतिव्यक्ति भारु ७।– दिने भए म लैजान्छु भनेकोले हामी एउटै रिक्सामा सातै जना वस्यौं । एउटामा ४ जना अर्कोमा ३ जना वस्न लागेको मानेनन् । रिक्सा भनेको मान्छे वोक्ने रिक्सा होइन । काठमाण्डौंमा सामान ओसार्ने रिक्सा हो । उनले सकी नसकि हामीहरूलाई वस स्टप सम्म पु¥याए । त्यहां रिक्सावाट ओर्लेर वसको प्रतीक्षामा वस्यौं । वस आयो भरिएर त्यसैमा सवैजना चढ्यौं । धेरै ठेलमठेल भिड जसरी भए पनि जानै प¥यो । खूवै गाह्रो संग लाग्यौं, मायापुर तिर । वाटो घेरैलामो रहेछ । गाउंको वाटो अहिले आउला छैन भरे आउला छैन वल्ल वल्ल २ वजे पुगियो ‘मायापुर’ ।
वसवाट ओर्लियो ठूलो मन्दिर । नजीकै वन्दै गरेको विशाल भवन जुन मन्दिर वन्न लागेको रहेछ । सुन्दर वगैंचा । ठूलो क्षेत्रफलमा फैलिएको स्कोन मन्दिर । वाहिरहोटलमा केही खानेकुरा खाएर हामी भित्र पस्यौं । सुन्दर वगंैचा, मन्दिरहरूको फोटो खिची सवैतिर घुम्यौं । भाउजू सत्यवती ढुंगाना स्कोनको लाइफ मेम्वर हुनु हुंदो रहेछ । लाइफ मेम्वर हुनेहरूकालागि के व्यवस्थाछ भनेर त्यहांका गार्डलाई सोद्धा उनले वंशीभवनमा गएर वुभ्mनुस् भने । हामी वंशी भवनमा गएर सोद्धा उनले एउटा लाइफ मेम्वरलाई ४ जना सम्म ४ दिन ३ रात खान र वस्नकोलागि निशुल्क व्यवस्था हुंदोरहेछ । एक त हामी सात जना त्यहांमाथि हामी त्यहां वस्न भनेर गएका पनि होइनौ । यदि लाइफ मेम्वर भएको भए स्कोनका सेण्टरहरू कोलकता, ओडिसा जहां जहां यस्ता सेण्टर छन्, त्यहां निशुल्क वस्न पाइदो रहेछ । त्यहां घुम्ने क्रममा लाइफ मेम्वर वन्न अनुरोध गर्दै थिए । भारु २१,१११।– मा लाइफ मेम्वर वन्न पाइन्छ भनेर । यो वुझेपछि हामी ठूलो मन्दिरतिर आयौं । मन्दिर भित्र जान लामो लाइन लागिसकेको । मन्दिर भित्र मोवाइल, क्यामरा, झोला, पेटी केही पनि लैजान नपाउने । सवै कुराहरू वाहिर राखी लाइनमा वसियो । एक छिन पछि मन्दिर भित्र पसियो । विशालमन्दिरको वीचमा प्रभुपादजीको समाधि रहेछ सुनैसुनको, सुनको गजूर, मन्दिरमा टाउं ठाउंमा सुन । प्रसादकोरुपमा वुनिया वाँडिरहेको । प्रसाद खाएर वाहिर निस्कियो र लागियो फेरि राधाकृष्णको मन्दिरतिर । राधाकृष्णको मन्दिर नजीकै रहेछ नृषिंहको मन्दिर लाइन्मा वस्दै गइयो । नृसिंहको पित्तलको टोपी लाइनमा वस्ने मानिसहरूलाई पालै पालो त्यो टोपी लाइदिने । यसरी दर्शन गरी सकेपछि हामी मन्दिरको प्राङगणवाट वाहिर आयौं । त्यहांँ वस थिएन । वस अन्यत्रवाट आउने रहेछ । त्यहांवाट वस चढ्न सकिन्न । सकिएपनि वस्न पाइन्न भनेर अलिपरतिर गइयो, जहांवाट वस आउंछ । नभन्दै वस आयो वसमा भएका केही मानिस ओर्लिए । हामीहरू सवैले सिट पायौं र सजिलैसित आयौं । वस कृष्णनगरको रेल्वे स्टेशनमा आइ पुग्यो । हामी लोकल रेलमा चढी डमडम स्टेशनमा ओर्लियौं । डमडम स्टेशनमा ओर्लिएर पुनः दुइवटा अटोवाट निमतला भन्दा केही पर ओर्लिई ५– ७ मिनेट पैदल हिंडेर घर पुग्यौ ं। रातको १० वजे आज घरका सवैजना घुम्न गएको र अवेर पनि भएकोले खाना वाहिर खाएर गएका थियौं । केही समय पछि सुत्यौं ।
२०६९ पौष ४ गते वुधवार÷ २०१२ डिसेम्वर १९ (दशौंंंं दिन)
ज्ञद्दद्ध
भोलि विहानै हिड्नुपर्ने काठमाण्डौं । केही सामान किन्न छुटेको भए किनौं भनेर खाना खाई लाग्यौं वजार तिर निमतलावाट । वसमा धरमतला सम्म । वजार घुम्यौं केही सामान किन्यौं र घर फर्कियौं । घरमा पुगेर केही छिनपछि फेरी वडावजार घुमी आयौं । नास्तागरी लैजाने सामानहरू व्यागमा मिलाएर राख्यौं र सुत्यौं ।
२०६९ पौष ५ गते विहिवार÷ २०१२ डिसेम्वर २० (एधारौंंंं दिन)
आज विहान नास्ता नगरी खाना खायौं । जीवन दाई, अम्विका भाउजू र पिङ्कीसंग विदा भएर ट्याक्सीमा सामान राखि १०.३० वजे निमतलावाट नेता सुवास चन्द्र वोस अन्तराष्ट्रिय विमानस्थलतिर लाग्यौं । ट्याक्सी ड्राइभर अलि लोसे परेछन् । वल्ल वल्ल पुगियो विमानस्थल । ट्याक्सी भाडा भारु २३०।– लाग्यो भाडा दिएर उनलाई फर्काई हामी लाग्यौं विमानस्थलतिर । सामान जांच गराई, लक गराई, वोर्डिङ्गपास वनाई विमान स्थल माथि रहेको विश्राम स्थलमा गएर वस्यौं । केही समय पछि जानकारी भयो १ नं को ढोकावाट विमान स्थल जान । तल ओर्लियो वसवाट जहाजसम्म । जहाज चढियो एयर वस ३१९ उडान ं एआइ २४७ , २ वजे हजाइजहाज काठमाण्डौंकालागि प्रस्थान भयो । केही समय पछि खाना खाईयो । भ्mयालवाट वाहिर हेर्दा सुरुमा केही देखिएन आधाघण्टा पछि टाढा हिमशिखर देखियो । त्यसको तल काला पहाड । त्यसकोमुनि कालो कुहिरो । मानौ त्यो ताल हो कि ? हेर्दा हेर्दै डाँंडाकांँडा देखिए पहाडमा मोटर वाटो । एकै छिन पछि डांडोको टुप्पोमा टावर देखियो । पूmलचोकीको टावर होकि जस्तो लागेको थियो । एकै छिन पछि सुन्दर उपत्यका छर्लङ्गदेखियो । सन्तानेश्वर महादेव÷अनि विमानस्थल । वस चढी विमानस्थलमा फर्म भरी । आप्mना सामान वोकी वाहिर आयौं र ट्याक्सीवाट घर पुग्यौं ४ वजे ।
एघारदिनको यो कोलकता यात्राका दौरानमा भित्री मनमा लागेका यी हाम्रा कुरा । आप्mनै घरमा वसेर हामीहरू टाढाका मन्दिरको दर्शन गरिरहेकाछौंं । दिउसो भरी यताउता घुमिन्छ । थकाई लाग्छ अनि घर पुग्या,े सवै थकाई मेटिन्छ । जीवन दाईकोे त्यो वानी, व्यहोरा र उहांले गर्नु भएको त्यो सहयोग र अम्विका भाउजू र पिङ्कीले गरेको त्यो आतीथ्य–सत्कारको भने सदासदाका लागि सम्झना भित्र भई रहन्छ÷गराइ रहन्छ । सधैं आप्mनै घरमा खाए जस्तो । अझ त्यो भन्दा पनि मीठो । आप्mनै घरमा आप्mनै परिवारमा वसे जस्तो । यो मन र पुण्य दुवैको एकसाथ प्राप्ति हाम्रो ठूलो कुरो । थोरै दिनमा हृदय भरियो राम्ररी हाम्रो । ‘भवतु सर्वमङ्गलम् !’

No comments:
Post a Comment